यत्रो समृद्धिको कुरा भइरहेको बेला त्यस्ता जाबा निर्मलाहरुको कुरा गर्नुहुन्छ डा बसन्त गौतम

को निर्मला ? के निर्मला ? के बलात्कार ? कुन हत्या ? खोई निर्मला ? उसैले बोल्नु पर्दैन ? बलात्कार भएको देख्ने को छ ? हत्या भए लाश खै त्यसै हावामा कराएर हुन्छ ? यत्रो समृद्धिको कुरा भइरहेको बेला त्यस्ता जाबा निर्मलाहरुको कुरा गर्नुहुन्छ ? यत्रा पानीजहाज र रेल ल्याउने कुरा छ दुइ चार बलात्कार र हत्याले के हुन्छ ? को हुन् जाबा निर्मलाहरु ? यत्रो समृद्धिको कुरा छ यत्रा पानीजहाज र रेलको कुरा छ समृद्धिको यस्तो शुभ साइतुमा दुइ चार निर्मला लुटिएर के हुन्छ? दुइ चार निर्मला मारिएर के हुन्छ ? को निर्मला ? कुन निर्मला ? के बलात्कार ? कुन हत्या ? सर्जक निर्मलाका निम्ति न्यायका अभियान्ता हुनुहुन्छ ।

‘पैसाको खेल रेडियोमा’ गेम शो ‘महा आजिजा’ गर्दे बिग एफएम

पोखराको बिग एफएमले महान पर्व बडादशँैको अवसर पारेर यस वर्ष पनि रेडियो गेम शो ‘महा आजिजा’ गर्ने भएको छ । ‘पैसाको खेल रेडियोमा’ भन्ने थिममा खेलाईने रेडियो गेम शो असोज २४ गते घटस्थापनादेखि असोज २९ गतेसम्म चल्ने एफएमले जनाएको छ । यो पटकको ‘महा आजिजा’ लाई कालिगण्डकी अक्सिजन ग्याँस प्रालिले मुख्य प्रायोजन गरेको छ । रेडियो गेम शो ‘महा–आजिजा’ अन्तरगत सहभागी हुने स्रोताहरुले हरेक दिन पैसा जित्ने मौका पाउनेछन् । ‘सहभागीहरुले २० हजार सम्म जित्न सक्छन् ।’ कार्यक्रमको बारेमा प्रस्ट्याउँदै बिग एफएमका प्रोग्राम चिफ शंकर तिवारीले भने–‘सहभागीहरुलाई ६ दिनसम्म विभिन्न चरण गरेर खेलाईनेछ ।’ प्रतियोगितामा सहभागी हुनका लागी स्रोताहरुले एसएमएसमार्फत नाम दर्ता गर्नुपर्ने कार्यक्रम संयोजक तिवारीले जानकारी दिए । गेम शोमा सहभागिताको लागि स्रोताहरुले मोबाइलको म्यासेज बक्समा गई बिआईजी स्पेश एफएम स्पेश आफ्नो नाम ठेगाना लेखेर ४३२१ मा पठाउनुपर्नेछ । गेम शोमा सहभागिताको लागी जुनसुकै बेलामा पनि एसएमएस पठाउन सकिने एफएमले जनाएको छ । खेलमा सहभागिता जनाउने स्रोताहरुलाई विभिन्न प्रश्नहरु सोधिनेछ र सहभागीहरुले सोधिएका प्रश्नको सहि उत्तर दिएको खण्डमा क्रमशः पैसा जित्दै जानेछन् । ‘स्रोताहरुको बौद्धिक विकास गराउने हाम्रो लक्ष्य हो । त्यसैले आफ्नो आईक्यू टेस्ट गर्न चाहने र बिग एफएमसंगै दशैँ मनाउन चाहने स्रोता तथा शुभेच्छुकहरुले सहभागिता जनाउन सक्नुहुनेछ ।’ तिवारीले भने । ६ दिनसम्म चल्ने रेडियो गेम शो ‘महा–आजिजा’ हरेक साँझ ७ बजेदेखि ९ बजेसम्म स्रोताहरुले सुन्न र खेल्न सक्नेछन् । रेडियोले नयाँ वर्षदेखि भ्यालेण्टाइन डे होस् वा तीज दशैं तिहार होस् । यस्ता इभेण्टमा बर्षौंदेखि निरन्तर रेडियो गेम शो आयोजना गर्दै आउको छ । यसैबीच, यस कार्यक्रममा प्रमुख प्रायोजकका रुपमा कालिगण्डकी अक्सिजन ग्याँस प्रालि जोडिएको छ । प्रालिका कार्यकारी निर्देशक माधव बस्ताकोटी र एफएमका मार्केटिङ म्यानेजर अनिशा नेपालीबीच सो सम्झौतामा हस्ताक्षर भयो । कार्यकारी निर्देशक बस्ताकोटीले बिग एफएमसँगको सहकार्य निरन्तर रहेको जानकारी गराउँदै ठूलो इभेण्टमा जोडिन पाउँदा खुशी लागेको प्रतिक्रिया दिए । ‘यस सहकार्यले हाम्रो कम्पनीको प्रवद्र्धनका साथै श्रोतासँग समेत चाडपर्वमा प्रत्यक्ष जोडिने मौका मिलेको छ ।’ बस्ताकोटीले भने । पोखरा औद्योगिक क्षेत्रमा प्रधान कार्यालय रहेको प्रा.लि.को डिपो नयाँबजार प्रदर्शनी केन्द्र गेट नजिकै रहेको छ । आइएसओ ९००१ः२०१५ प्रमाणित यस प्रालिमा मेडिकल एवं औद्योगिक ग्याँसका अतिरिक्त आर्गन, कार्बनडाइअक्साइड, डीए ग्याँस, नाइट्रोजन, एमोनिया र नाइट्रोस अक्साइड ग्याँस समेत उपलब्ध छ । ९९ प्रतिशत भन्दा माथिको शुद्धता र फुल फ्रेशर सिलिण्डर, चौबिसै घण्टा सेवा एवं डेलिभरीको व्यवस्था रहेको छ । गण्डकी धौलागिरीका विभिन्न शहर गोरखा बजार, आँबुखैरेनी, बेशीशहर, दमौली, डुम्रे, खैरेनी, कुश्मा, बाग्लुङ र स्याङ्जामा समेत डिपो रहेको छ ।

अमेरिकाको चासो माल्दिभ्स र श्रीलंकातर्फ

काठमाडौं । अमेरिकाको चासो माल्दिभ्स र श्रीलंकातर्फ देखिएको छ । पछिल्लो समय चीनको प्रभाव बढ्दो क्रममा रहेका उक्त मुलुहरुमा अमेरिकाले आँखा लगाएको हो । पछिल्ला केही कदमले अमेरिका कूटनीतिमा कमजोर बन्दै गएको अवस्थामा उसले आफ्ना शीर्ष राजनीतिक अधिकारलाई उक्त दुई मुलुकको भ्रमणमा पठाउने निर्णयमा पुगेको हो । अमेरिकी अधिकारीले आइतबार दिएको दिएको जानकारीअनुसार अक्टोबर ९ देखि ११ सम्म दक्षिण एर्व मध्य एसियाली मामिला ब्युरोकी उप सहायकमन्त्री एलिस वेल्सले माल्दिभ्स र श्रीलंकाको भ्रमण गर्न लागेकी हुन् । समाचारमा बताइएअनुसार श्रीलंका र माल्दिभ्सको भ्रमणको क्रममा द्विपक्षीय साझेदारी तथा साझा हितको विषयमा छलफल हुने बताइएको छ । वेल्सले मालेमा केही समयअघि मात्र भएको निर्वाचनमा जित हासिल गरेका इब्राहिम मोहम्मद सोलिह र सिभिल सोसाइटीका नेताहरुसँग भेट गर्ने कार्यक्रम रहेको छ । माल्दिभ्समा केही समयअघि मात्र भएको निर्वाचनमा चीननिकट मानिने अब्दुल्लाह यामिनको हारसँगै अमेरिकाले आफ्नो विशेष दूत माल्दिभ्स पठाउन लागेको हो । वेल्सले श्रीलंका भ्रमणको क्रममा पनि वरिष्ठ अधिकारीहरुसँग भेट गर्ने कार्यक्रम रहेको छ । अमेरिकाकी अधिकारीको उक्त दुई मुलुकको भ्रमणको क्रममा भारत–प्रशान्त क्षेत्रमा साझा लक्ष्यको विषयमा छलफल हुने बताइएको छ । अमेरिकी अधिकारीले दिएको जानकारीअनुसार उक्त दुई मुलुकहरुको सम्बन्धमा सुधारको लागि पनि यो भ्रमण निकै महत्वपूर्ण हुनसक्ने देखिएको छ । चीनको प्रभाव श्रीलंका र माल्दिभ्समा व्यापक मात्रामा व्यापक मात्रामा बढिरहेको कारण त्यसलाई रोक्नका लागि अमेरिका अघि बढिरहेको हो । केही वर्षअघि भारतको उपस्थिति बलियो रहेका उक्त मुलुकहरुमा चीनको बढ्दो प्रभावसँगै अमेरिका चीनसँग सशंकित देखिएको हो । त्यसका साथै भारतसँगको चिसिँदो सम्बन्धको कारण पनि आफ्नो भारत–प्रशान्त क्षेत्रको योजनालाई अघि बढाउनका लागि साना मुलुकहरुलाई हातमा लिने अमेरिकाको प्रयास हुनसक्छ । भारत र चीनको लागि पनि यी दुई मुलुकहरुसँगको सम्बन्ध निकै महत्वपूर्ण रहेको छ । व्यापारिक तथा आफ्नो प्रभाव विस्तारको हिसाबमा यी मुलुकहरुमा आफ्नो उपस्थिति दुवै मुलुकका लागि महत्वपूर्ण मानिन्छ । यस्तोमा भारत र चीन सो क्षेत्रमा आफ्नो प्रभाव विस्तारका लागि लामो समयदेखि संघर्ष गरिरहेका छन् । यस्तोमा अमेरिकाले उक्त मुलुकहरुमा आफ्नो प्रभाव विस्तारको लागि आँखा लगाउनुलाई यी दुई मुलुकहरुले कसरी लिने हुन् भन्ने हेर्न बाँकी छ ।

अराजकता, उदन्डता, बेतिथि र बलात्कार, जस्ता घटनाले जनता आजित ः बाँनिया

अराजकता, उदन्डता, बेतिथि र बलात्कार, जस्ता घटनाले जनता आजित ः बाँनिया नेपाली काग्रेस काठमाण्डौ सभापति सवुज वाँनीया ले सवल र सुदृढ काग्रेस नेपाली जनताको चाहना भएको वताउनु भएको छ । वडा दशैं तथा दीपावली को पूर्व संन्ध्यामा नेपाली जनसम्पर्क संन्ध्यामा नेपाली जनसम्पर्क समिति लंगआईलेण्ड च्याप्टर परिवार न्यूयोर्क अमेरिका द्वारा हिक्सभिलमा आयोजित काग्रेस समर्थकहरूको वृहद भेला तथा सुभकामना आदान प्रदान कार्यक्रममा वहाँले उक्त कुरा वताउनु भएको हो, काग्रेसीहरू को खिचातानी, वेमेल लाई सवक सिकाउन गत निर्वाचनमा जनताले कम्युनिस्टहरू लाई जिताएको भए पनि उनिहरुको ७ महिनाको शासनकालमा देशमा अराजकता, उद्वन्डता, वेतिथी, बलत्कार जस्ता घटनाले जनता आजित भएको बताउनु भयो । दोहोरो नागरिकता को विषय नेपालको संविधानमा प्रस्ट उल्लेख भएको वताउनु हुदै वानीया ले यो संवैधानिक अधिकार लाई कुनै ले दिएर दिईने र खोसेर खोसीने कुरा हैन भन्ने प्रस्ट पार्नु भयो । नेपाली जनसम्पर्क समिति लंगआईलेण्ड च्याप्टर न्यूयोर्क का सभापति विश्व वास्तोला ले कमजोर र विभाजित काग्रेस ले कम्युनिस्टहरू संग प्रतिस्पर्धा गर्न नसक्ने हुदा, विचार र व्यक्तिगत कुरामा वेमेल भए पनि काग्रेस हरू विच नितिगत एकता हुनुपर्ने कुरामा जोडदिनु भयो, । उहाले प्रवासमा रहेका काग्रेस हरूको चाहना नेपालमा सवल, वलियो र एकिकृत काग्रेस देख्न चाहेको वताउनु भयो । विश्व परिवेश वाटै पलाएन हुदै गएको कम्युनिस्टहरू नेपालमा बहुमत हुनु नया पुस्ताको लागि पनि दुखद भएको उआाले बताउनु भयो । कार्यक्रममा च्याप्टर उपसभापति विनोद थापा, रक्तदाता अर्जुन प्रसाद मैनाली, समाजसेवी दुर्गेस कार्की, कोषाध्यक्ष शिव वानीया,सदस्य प्रविण गौतम, शंखनारायण प्रजापति, नीरज साप्कोटा, लक्ष्मी वाँस्तोला, बलराम वाँनीया लगाएत ले समसामयिक विषयमा आफ्नो धारणा राख्दै शुभकामना मन्तब्य राख्नु भएको थियो ।