डोटीको रुवसकाँडामा बस दुर्घटना

0

धनगढी — दार्चुलाबाट महेन्द्रनगरतर्फ आउँदै गरेको ना ५ख ९११४ नं को बस आज बिहान भीमदत्त राजमार्गअन्तर्गत पर्ने डोटीको रुवसकाँडा सडक खण्डमा दुर्घटना हुँदा २४ जना घाइते भएका छन् ।

कैलालीस्थित क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका अनुसार सडकबाट झण्डै १०० मिटर तल भीरमा उक्त बस खसेर भएको दुर्घटनामा परी घाइते भएकामध्ये चारजनाको स्थिति गम्भीर भएको र उनीहरूलाई कैलालीका पद्मा अस्पताल र सेती अञ्चल अस्पतालमा ल्याइँदैछ ।

बस दुर्घटना भए लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले घाइतेको उद्धार गरिरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

पहिरोमा परेका दुईको मृत्यु

0

लमजुङ — मस्र्याङ्दी गाउँपालिका–३ खुदी पल्लोटारीमा पहिरोमा परेका दुई जनाको मृत्यु भएको छ ।

पहिरोमा पुरिका एर एकै परिवारका ६० वर्षीया अभिरुपा थापा र १० वर्षीय सिरक थापालाई उद्धार गरेर उपचार गराउने क्रममा उनीहरूको मृत्यु भएको हो ।

वर्षाका कारण ठाउँ–ठाउँमा सडक अवरोध हुँदा उनीहरुलाई थप उपचारका लागि सदरमुकामसम्म पनि ल्याउन सकिएको थिएन ।

पहिरो चलेपछि घर छोडेर भाग्दाभाग्दै उनीहरू पुरिएका थिए । स्थानीयवासी र प्रहरीले तत्काल उद्धार गरे पनि थप उपचार पाउन नसक्दा दुवैको ज्यान गएको प्रहरीले जनाएको छ ।

तीन नयाँ आइफोन लञ्च, दुईमा डुअल सिमको विशेषताः नयाँ एप्पल वाचले ३० सेकेन्डमा मुटुको इसिजी गर्न सक्ने

0

एप्पलले बुधबार आफ्नो वार्षिक लञ्चिङ इभेन्टमा पहिलो पटक दुईवटा सिम राख्न मिल्ने आइफोन सार्वजनिक गरेको छ । कम्पनीले यो फिचर्स आइफोन एक्सएस  र एक्सएस म्याक्समा दिएको छ । यस्तै, तेस्रो आइफोन अक्सआर ले  एउटा सिममात्र सपोर्ट गर्नेछ । एप्पल वाचको चौथो सिरिजमा निकै ठूलो परिवर्तन गर्दै कम्पनीले नयाँ हेल्थ फिचर दिएको छ । यसमा ३० सेकेन्डभित्र इसिजी गर्न सकिन्छ । संसारको १६ देशमा १४ सेप्टेम्बरदेखि एप्पल वाचको बिक्री सुरु हुनेछ । यस्तै, तीन नयाँ आइफोन भने सेप्टेम्बर २८ तारिखदेखि २१ देशमा उपलब्ध हुनेछ ।

संसारमा दुई अर्ब आइओएस  डिभाइसः

एप्पलका सिइओ टिम कुकले कार्यक्रमको कि–नोटको सुरुवात गरे । उनका अनुसार यतिबेला संसारमा दुई अर्ब आइओएस डिभाइस छ, जसले जीवनशैली परिवर्तन गरेको छ । उनले फायर, वाटर र वेपर फेस डिस्प्लेसहित एप्पत वाचका तीन भेरियन्ट पेश गरे । वाचको डिजिटल क्राउनलाई पूर्ण रुपमा पुनः डिजाइन गरिएको छ । स्पिकर पहिलेको भन्दा ५० प्रतिशत लाउड बनाइएको छ ता कि फोन कलमा पनि राम्रो आवाज सुनियोस् ।

मुटुको गतीसँगै एप्पल वाचमार्फत इसिजी पनि गर्न सकिनेः

नयाँ एप्पल वाच लगाउनेहरुको चाल पनि डिटेक्ट गर्नेछ । इमर्जेन्सी वा दुर्घटना हुँदा यसले आफन्तलाई आफै एसओएस मेसेज पठाउनेछ । सिरिज–थ्रीको तुलनामा यसमा ३५ प्रतिशत ठूलो डिस्प्ले दिइएको छ र यसको क्षमतामा पनि दोब्बर वृद्धि गरिएको छ । यसपटक वाचमा मुटुको गती मापन गर्नुका साथै इसिजीको विशेषता पनि दिइएको छ । यसको मद्दतले जता पनि ३० सेकेन्डभित्र मुटुको इसिजी लिन सकिने जसलाई एपमा देख्न सकिनेछ ।

विश्वको नम्बर वान स्मार्टफोन हो आइफोनः

एप्पल वाचपछि टिम कुकले आइफोन एक्सएस  र एक्सएस म्याक्स सार्वजनिक गरे । उनले आइफोन विश्वकै नम्बर वान स्मार्टफोन बताए । उनका अनुसार आइफोनका प्रयोगकर्ता ९८ प्रतिशत सन्तुष्ट छन् । कुकले आइफोन एक्स (10S) लाई अहिलेसम्मको सबैभन्दा सुन्दर आइफोन बताए । यो ५.८ इन्चको रेटिना डिस्प्लेसहित गोल्ड, सिल्भर र कालो रङमा उपलब्ध छ । यसको ग्लास सबै स्मार्टफोनमा सबैभन्दा टिकाउ हुने उनले बताएका छन् ।

एक्सएस म्याक्स पी सबैभन्दा ठूलो आइफोनः

एप्पलका सिइओका अनुसार एक्सएस म्याक्स ६.५ इन्चको रेटिना डिस्प्ले भएकमो अहिलेसम्मको सबैभन्दा ठूलो आइफोन हो । यो कुनै पनि स्मार्टफोनको तुलनामा सबैभन्दा सुरक्षित फेस आइडी डिटेक्शन हुनेछ । यी दुई नयाँ आइफोन न्यूरल इन्जिन, फोर–कोर जिपियु र सिक्स–कोर सिपियु प्रविधीमा आधारित हुनेछ जसका कारण यी पहिलेको भन्दा निकै तेज हुनेछन् र कम इनर्जीमा नै चल्नेछन् । यी दुई फोन ५ ट्रिलियन अपरेशन प्रति सेकेन्ड हुने दाबी गरिएको छ । यसमा ५१२ जीबीको अधिकतम स्टोरेज हुनेछ अर्थात् यसमा दुई लाख फोटो सेभ गर्न सकिनेछ ।

होम बटन बिनाको आइफोन एक्सआर : 

एप्पलले तेस्रो नयाँ फोन आइफोन एक्सआर पनि लञ्च गर्यो ।  यसमा ६.१ इन्चको लिक्विड रेटिना डिस्प्ले हुनेछ । यो धुलो र पानीबाट सुरक्षित हुनेछ । यसमा होम बटन हुनेछैन । यसलाई चलाउनका लागि हेप्टिक टच नामको नयाँ फिचर दिइएको छ । यसमा सिंगल रियर क्यामरा दिइएको छ । यसमा एडभान्स Bokeh टेक्नोलोजीका साथ १२ एमपीको सिंगल क्यामरा हुनेछ । यसको ब्याट्रि लाइफ डेढ घण्टा बढी हुनेछ ।

यस्तो छ मूल्यः

एप्पलले आइफोन एक्सआर म्याक्सको मूल्य १०९९ डलर, आइफोन एक्सएसको ९९९ डलर र आइफोन एक्सआरको ७४९ डलर तोकेको छ । यस्तै, एप्पलले आइफोन सेभेन र आइफोन एट को मूल्य घटाएको छ । यसको नयाँ मूल्य क्रमशः ४४९ डलर र ५५९ डलर तोकेको छ ।

तीन नयाँ आइफोनको स्पेसिफिकेशनः

मर्न र हजारौं जिन्दगी जिउन’ चाहन्थे

0

पूर्वी नेपालको कोसी तटनजिकैको कोइलाडी गाउँमा राजपुत परिवारको एक बालक एकपल्ट सिकिस्त बिरामी प¥यो । डाक्टरले उपचारका लागि उसलाई भारत लैजान भन्यो ।

सम्पन्न जमिनदार परिवारको छोरोलाई उपचारार्थ भारत लैजानु कुनै महाभारत थिएन । उसलाई बिहार राज्यको दरभङ्गा नजिक लहेरियासराय लगियो ।

उपचारको क्रममा डेरामा बसिराख्दा एक दिन उसले नाराबाजीको आवाज सुन्यो । डेराको झ्यालबाट हेर्दा केही मानिस नारा लगाउँदै गइरहेको देख्यो । त्यत्तिकैमा उसले गोली चलेको र एउटा युवक रक्ताम्मे भई ढलेको देख्यो ।

पछि सोध्दा उसले के थाहा पायो भने ती मानिस अङ्ग्रेजको शासनबाट भारत स्वतन्त्र बनाउन खोजिरहेका छन् र यो नारा अङ्ग्रेजको शासनविरुद्ध लगाइराखिएको हो । बालहृदयमा यसको छाप प¥यो । उसले के बुझ्यो भने देशलाई विदेशी दासता वा निरङ्कुश शासनबाट मुक्त गराउनु छ भने विरोधको बाटो अपनाउनै पर्दछ र रगत बगाउनुपर्छ भने पनि डराउनु हुन्न ।

यसै भावनाका साथ हुर्कंदै, शिक्षार्जन गर्दै गएको बालकको नाम थियो– रामराजा प्रसाद सिंह, जो हाम्रो मुलुक नेपालमा गणतन्त्रका महानायकका रूपमा स्मरणीय छन् । उनले बाल्यावस्थामै आफ्नो देशभित्र पनि राणाहरूको क्रूर शासन र दमन देखिसकेका थिए ।

रामराजा भारतबाट उच्च शिक्षा प्राप्त गरी स्वदेश फर्कंदा मुलुकमा निर्दलीय पञ्चायती व्यवस्था लादिइसकेको थियो । त्यसैले उनले देशको संवैधानिक व्यवस्थामा परिवर्तन र सुधारको खाँचो औँल्याउन थाले । क्रूरताको बाटोमा हिँडिरहेको राज्यसत्ताका लागि उनी आँखाको काँडा बन्न थाले ।

गिरफ्तारी र जेलयात्रा रामराजाका लागि नियमित आकस्मिकता बन्न थाल्यो । उनले पनि दमनकारी शासकलाई चैनले बस्न नदिन उसको विरुद्ध सङ्घर्षको बाटो अपनाउने सङ्कल्प गरे । जेलबाट निस्केपछि उनले स्नातक निर्वाचन क्षेत्रबाट सक्रिय राजनीतिमा प्रवेश गर्न खोजे । तर २०२४ सालको निर्वाचनमा उनलाई उम्मेदवार बन्नै दिइएन, गिरफ्तार गरियो ।

जेलबाट निस्केपछि रामराजाले २०२८ सालको स्नातक निर्वाचन क्षेत्रबाट फेरि उम्मेदवारी दिए ।  स्नातक निर्वाचनताका उनले दिएका ‘यो निर्वाचन होइन, क्रान्तिको आरम्भ हो’ र ‘म चुनाव होइन, क्रान्ति चाहन्छु, पद होइन गणतन्त्र चाहन्छु’ जस्ता क्रान्तिकारी भाषण गरे, जसका कारण देशमा उनका समर्थकहरूको सङ्ख्या बढ्न थाल्यो ।

देशभरका स्नातक मतदाताको मन जितेर उनी राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भए । तर षडयन्त्रकारी प्रशासनले उनलाई पहिले राष्ट्रिय पञ्चायतमा पस्न, त्यसपछि शपथ ग्रहण गर्न, अनि मेडेन स्पिच दिनबाट वञ्चित गर्न अनेक जालझेल ग¥यो ।

पञ्चायती व्यवस्थाको निरङ्कुश, निर्मम र निष्ठुर व्यवहारबाट आजित भए पनि आफ्नो विश्वासमा सदा अडिग रहे । राजा महेन्द्रद्वारा जेलबाट दरबार झिकाएर प्रधानमन्त्री पदको प्रलोभनसहित निर्दलीय पञ्चायती व्यवस्थालाई सहयोग पु¥याउन आग्रह गरिँदा, रामराजाले ‘म विकाउको वस्तु होइन, यो मेरो जीवनको लक्ष्य होइन, मेरो र तपाईंको सोचमा ठूलो फरक छ, म सहयोग गर्न सक्दिनँ’ भन्दै उक्त प्रस्ताव ठाडै अस्वीकार गरे र अरू चार वर्ष जेलका चिसा छिँडीमा बिताए ।

जब जेलमुक्त भए, रामराजाले जस्तोलाई तेस्तै भन्ने सिद्धान्त अपनाउँदै सशस्त्र सङ्घर्षको बाटो हिँड्ने निर्णय लिए, जुन निर्णयले २०४२ साल असार ६ गते साकार रूप पायो । सिंहदरबारभित्र र नारायणहिटी दरबारको बाहिर, राजधानीका महत्वपूर्ण स्थलहरू र देशका विभिन्न नगरहरूमा एकै दिन एकैसाथ ‘गणतन्त्रको स्थापना गर’ भन्ने नाराका साथ बम विस्फोटबाट गुञ्जायमान भए ।

बहुदलीय जनवादी मोर्चाका अध्यक्ष रामराजा प्रसाद सिंहले यस घटनाको जिम्मेवारी लिए । फलस्वरूप पञ्चायती सरकारले उनी र बहुदलीय जनवादी मोर्चाका अन्य नेता कार्यकर्ताहरूमाथि राष्ट्रद्रोहको अभियोग लगाउँदै सर्वोच्च अदालतमा मुद्दा चलायो ।

सर्वोच्च अदालतले रामराजा र उनका भाइ लक्ष्मणप्रसाद सिंह तथा अन्य सहयोगी नेताहरू विश्वेश्वर मण्डल र प्रेमबहादुर विश्वकर्मालाई सर्वस्वहरणसहित मृत्युदण्ड सजाय सुनायो । यसै घटनासित सम्बद्ध खेमराज भट्ट मायालुलाई सर्वस्वसहित ३० वर्ष कैद तथा रामराजाका छोरा मनोज कुमार सिंहलाई पनि १० वर्ष कैद सजाय सुनाइयो । तर बहुदलीय जनवादी मोर्चाका नेता कार्यकर्ता भूमिगत भएकाले पञ्चायती सरकारले सर्वश्वहरणबाहेकका सजाय कार्यान्वयन गर्न सकेको थिएन ।

जनआन्दोलनमार्फत २०४६ सालमा देशमा प्रजातन्त्र पुनस्र्थापना भएपछि गठित अन्तरिम सरकारले बहुदलीय जनवादी मोर्चाका नेता कार्यकर्तामाथि झेल गर्यो, आममाफी दिएन । बहुदलीय जनवादी मोर्चाले चुनाव लड्न पाएन । चुनावबाट गठित सरकारले भने रामराजा र उनका पार्टीका नेता–कार्यकर्तालाई जेनरल एमनेस्टी दियो । यसपछि उनीहरूले भूमिगत जीवन परित्याग गरे तर नेपाललाई राजाविनाको देश बनाउने सोच त्यागेनन् ।

त्यसैबीच, रामराजाको परिकल्पनापथमा अर्को क्रान्तिकारी पुस्ताले जनयुद्धको नाउँबाट क्रान्तिबीउ छर्दै थियो । त्यो जनयुद्धबाट रामराजाको मनमा गणतन्त्र नेपाल स्थापना सङ्कल्प साकार हुने आशाको किरण उत्पन्न हुन थाल्यो । उनी एक पल्ट फेरि राजनीतिक क्षितिजमा सक्रिय हुन थाले । गणतन्त्रका लागि लडिरहेका माओवादीलाई उनले भरपुर सहयोग दिए भने माओवादीले पनि उनलाई आफ्नो अग्रजका रूपमा स्वीकार ग¥यो ।

त्यो सहकार्यपूर्ण सङ्घर्षले देशमा युगान्तकारी परिवर्तन ल्यायो । गणतन्त्र नेपाल स्थापना भयो ।  रामराजाले देश गणतन्त्रमय भएको उपलक्ष्यमा खुशी भएर भनेका थिए– ‘गणतन्त्रको यो यस्तो क्षण हो, जहाँ हजारौँ मृत्यु मर्न पनि मन लाग्छ र हजारौँ जिन्दगी जिउन पनि मन लाग्छ ।’

गणतन्त्रका लागि रामराजाको योगदानको कदर गर्दै माओवादीले उनलाई देशको पहिलो राष्ट्रपति पदका लागि आफ्नो उम्मेदवार बनायो । तर राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिका कारण, गणतन्त्र नेपालका प्रतीकपुरुष रामराजा राष्ट्रपति निर्वाचित हुन सकेनन् ।

पराजयको वातावरणमा पनि उनको मनोबलमा कुनै कमी भएन । संविधानसभाले आफ्नो निर्धारित र विस्तारित अवधिमा पनि देशलाई गणतन्त्र संस्थागत गर्ने संविधान दिन नसकेकोमा उनी दुःखी हुन्थे । उनले आफ्नो जीवन कालमा देश गणतन्त्रमय भएको त हेर्न पाए तर गणतान्त्रिक संविधान हेर्न पाएनन् ।

गणतन्त्रको पहिलो सूर्यको न्यानो ताप ताप्न पाएकोमा खुशी मान्ने रामराजाप्रसाद सिंह आज हाम्रा माझ छैनन् । उनको देहावसानमा कृतज्ञ राष्ट्रले १३ तोपको सलामीका बीच राजकीय सम्मानका साथ उनलाई बिदा ग-यो । साथै सरकारले उनलाई मरणोपरान्त ‘राष्ट्र गौरव’को उच्च सम्मानबाट सम्मानित ग-यो ।

गणतन्त्रका लागि उनको त्याग, तपस्या र सङ्घर्षको गाथा इतिहासको पानामा सुनौला अक्षरहरूमा लेखिएका छन् । उनको व्यक्तित्व हिमालयझैँ अग्लो, विशाल र उदात्त तथा चट्टानसरह अडिग थियो । सतत सङ्घर्षले बनेको रामराजाको मौलिक व्यक्तित्व अपराजेय थियो ।

रामराजा हाम्रा माझ नरहे पनि आज उनको नाउँ नेपाली जनमानसमा एउटा आदर्श नायकका रूपमा विद्यमान छ । हिमाल, पहाड र तराईको भावनात्मक एकताका पक्षमा निर्भयताका साथ खड़ा रहेका रामराजा गणतन्त्र नेपाल रहँदासम्म जिउँदै रहने छन् ।