सेल्फी, नाचगान र पूजा : तस्विरमा यस्तो देखियो पशुपतिको तीज

0

काठमाडौैँ–नेपाली महिलाहरूको महान चाड हरितालिका तीज आज मनाइँदैछ ।

प्रत्येक वर्षको भाद्र शुक्ल तृतीयाका दिन तीजको ब्रत बसी विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी भई यो चाड मनाउने गरिन्छ ।

गएराती दरखाने र आज ब्रत बसी तीज मनाउने प्रचलन रही आएको छ ।

भाद्रशुक्ल द्वितीयादेखि सुरु भएको तीज भाद्र शुक्ल पञ्चमीका दिन सप्त ऋषिको पूजा गरी सम्पन्न भएको मानिन्छ ।

भगवान शिवको आराधना गर्दै नाचगान मनोरञ्जन गरी दिदीबहिनी बोलाएर आफ्ना दुःख, सुख साट्ने महत्वपूर्ण चाड तीज नेपाली महिलाको आफ्नै मौलिक संस्कृति हो ।

जहाँ मुसलमान धर्मगुरुहरुले पैसा जम्मा गरेर लेनिनको शालिक पुनर्स्थापना गरे

0

मध्य एशियाली देशहरुका मिडिया दक्षिणी ताजिकिस्तानको एक खबरले अचम्मित छन् ।

त्यहाँका मुसलमान उलेमा(धर्मगुरु)हरुले आफ्नो साप्ताहिक चन्दा रकम जम्मा गरेर कम्युनिष्ट नेता लेनिनको प्रतिमा सहरको केन्द्रमा लगाएका छन् ।

लेनिनले सन् १९२२ मा ताजिकिस्तानलाई समेत समेटेर कम्युनिष्ट राज्य  सोभियत संघको स्थापना गरेका थिए ।

रेडियो लिबर्टीको ताजिक सेवाको अनुसार तुस सहरको मस्जिदहरुका इमामहरु र खतिबहरुले मस्जिदमा जम्मा भएको पैसाबाट सोभियत कम्युनिष्ट नेताको शालिक सहरको केन्द्रमा सोही स्तम्भमा स्थापित गरेका छन्, जहाँ दुई वर्ष पहिले ढालिएको थियो ।

अहिले यो शालिकलाई पुनः पहिलेको यसको सुनौलो रंगले रंगाइएको छ ।

साथै प्रतिमाको भाँच्चिएको हातको स्थानमा नयाँ हात लगाइएको छ ।

तुस सहरका बासिन्दा महरीनिसो राजाबोवाको भनाइमा यो कार्य इमामहरु आफैंले गरेका हुन् । उनले फ्रिडम रेडियोसँगको कुरामा भने, ‘उनीहरुले आफैँले खराब अवस्थामा रहेको लेनिनको शालिकको मर्मत गरे र शालिक राख्ने स्मारकको वरपर पनि सफाइ गरे । पछिल्लो समय उनी पानीको फोहोराको मर्मत गरिरहेका छन् । ’

एक मस्जिदको इमामको फ्रिडम रेडियोसँग कुरा गरे । उनले कुल खर्चको बारे त बताएनन् तर लगभग हरेक मस्जिदले प्रति हप्ता लगभग १०० डलरको चन्दा उठाएको बताए ।

तूस सहरमा लेनिनको यो शालिक १९८० मा सोभियत कालमा स्थापित गरिएको थियो र यो दक्षिण ताजिकिस्तान क्षेत्रमा रहेको सबैभन्दा ठूलो शालिक हुने गथ्र्यो ।

सोभियत संघबाट छुट्टिएपछिका कयैन वर्षपछिमा देशमा सोभियतकालिन अधिकाशं शालिकलाई हटाइए । तिनको स्थानमा ताजिक राष्ट्रिय नायकहरुको शालिक लगाइयो । त्यही क्रममा उक्त स्थानमा रहेको लेनिनको प्रतिमा ओवशोरोन गाउँ पु¥याइयो र त्यहाँको गोदाममा थन्काइयो ।

शालिक पुनर्स्थापना गर्नको लागि मस्जिदका इमामहरुले किन पैसा जम्मा गरे स्पष्ट भएको छैन । तर सहरको मुख्य स्तम्भ लगभग दुई वर्षसम्म खाली रहेको थियो र त्यसमा कुनै प्रतिमा लगाइएको थिएन ।
यो घटनाको सन्दर्भमा सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आएको छ ।

फ्रिडम रेडियोको वेबसाइटमा एक प्रयोगकर्ताले टिप्पणी गरेका छन्, “उनीहरु धार्मिक गुरु होइनन्, मूर्ती–पूजक हुन् ।”(मुसलमान धर्ममा शालिक पूजालाई अपराध मानिन्छ ।)

अन्य मानिसहरुले यो रकम गरीबको मद्दतमा खर्च हुन सक्थ्यो भनेका छन् ।

केही मानिसहरुले ताजिकिस्तानको वर्तमान स्थितिको तुलना सोवियत युगको जीवन शैलीसँग गरेका छन् ।

महाजिर नामको एक व्यक्तिले लेखेका छन् “उनीहरुले ठीक गरे । यदी लेनिन हुदैन थिए भने सबै मध्य एशियाली देशहरु अफगानीस्तानजस्तै हुने थिए ।”

केही मानिसहरुले आफ्नो देशको विगत स्वीकार्नुपर्छ भन्ने विचार राखेका छन् । फ्रिडम वेबसाइटमा टिप्पणी गर्ने एक व्यक्तिले भनेका छन्,“ लेनिन हाम्रो देशको पनि नेता थिए कि थिएनन् भन्नेमा प्रश्न हुन सक्छ तर उनी हाम्रो पनि इतिहास हुन् र हाम्रो बच्चाहरुलाई यो बारेमा जानकारी हुनुपर्छ ।”

–बीबीसी हिन्दीबाट

असोज ३ गते ‘ब्ल्याक आउट’ गर्न राजपा नेपालले जिल्लामा पठायो यस्तो सर्कुलर

काठमाडौं–राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संविधान दिवसको दिन असोज ३ गते मधेसमा ब्ल्याक आउट गर्ने निर्णय गरेको छ ।

संविधान जारी भएको दिनको सम्झनामा सरकारले असोज ३ गते संविधान दिवस बनाउने निर्णय गरेको छ । तर, राजपा नेपालले सो दिन कालो दिनको रुपमा मनाउने निर्णय गर्दै विरोध प्रदर्शन र विरोध सभा गर्ने समेत निर्णय गरेको हो ।

दुई दिनसम्म चलेको राजपा अध्यक्ष मण्डलको बैठकले असोज ३ गते साँझ सात वजेदेखि सात १७ बजेसम्म ‘ब्ल्याक आउट’ गर्ने निर्णय भएको पार्टीका संयोजक महन्थ ठाकुरले रातोपाटीलाई जानकारी दिए ।
साथै, पार्टीको महाधिवेशनलाई मध्यनजर गर्दै प्रदेश, जिल्ला तथा स्थानीय तहमा पार्टीको बैठक राख्न  सर्कुलर समेत पठाएको छ ।

राजपा नेपालको बैठकले जिल्लालाई पठाएको सर्कुलरमा भनिएको छ–निर्वाचित जिल्ला समन्वय समिति, नगरपालिका, गाउँपालिका, वार्डस्तरका सबै प्रमुख र सदस्यहरुसँग अन्तरक्रियात्मक बैठक गर्ने र उनीहरुबाट नियमिति र मासिक लेवी बारे छिट्टै केन्द्रबाट निर्णय गर्ने ।’

पार्टीका सबै सदस्यले राजपा नेपालको साधारण सदस्यता ग्रहण गर्नुपर्ने उल्लेख गर्दै पार्टीको प्रथम महाधिवेशन प्रयोजनका लागी अभिायनका रुपमा सञ्चालन हुने सदस्यता वितरण अभियानमा विगतमा राजपा नेपालको सदस्यता ग्रहण गरिसकेका नेता कार्यकर्ताहरुले समेत महाधिवेशनका लागि नयाँ सदस्यता लिन पनि निर्देशन दिएको छ ।

जिल्लाभन्दा तलको संगठनमा अध्यक्ष मण्डलको व्यवस्था नभएकाले गाउँ, टोल, वडा, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका, प्रदेशसभा निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्रस्तरका तदर्थ संगठनहरुमा एकल अध्यक्षीय प्रणाणी बनाउन पनि सर्कुलरमा उल्लेख छ ।

निर्मला पन्त हत्या प्रकरणः विष्टसँगै बम दिदीबहिनी पनि छुटे

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा अभियुक्त बनाइएका दिलिपसिंह बिष्ट रिहा भएका छन् । बिष्टसँग बम दिदीबहिनी पनि रिहा भएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई जिल्ला अदालत कञ्चनपुरले साधारण तारेखमा रिहा गर्न आदेश दिएको सरकारी वकिलको कार्यालयले जानकारी दिएको छ । १४ वर्षीय रोशनी बमलाई साधारण तारेखमा छाडिएको छ भने दिदी १८ वर्षीय बबिता बमलाई ३० हजार धरौटीमा छाडिएको छ ।

प्रहरीले घटनाको २४ दिनपछि भदौ ४ गते बिष्ट नै घटनाका मुख्यअभियुक्त भनेर पक्राउ गरेको थियो । तर प्रहरीले नक्कली अभियुक्त खडा गरेको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेपछि तत्कालिन प्रहरी प्रमुख (एसपी) डिल्लीराज विष्ट र प्रमुख जिल्ला अधिकारी केन्द्र तानिएका थिए ।

गत साउनको दोस्रो साता १३ वर्षीया पन्तको शव साथी रोशनीको घरमा गएको भोलिपल्ट हत्या गरिएको अवस्थामा भेटिएको थियो ।

‘निर्मलाको डिएनएको प्रोफाइल तयार भएको छ । उनको शरिरमा भेटिएको अपराधीको डिएनएसँग बिष्टको डिएनए मिलेन । त्यही भएर विष्टलाई रिहा गर्ने निर्णय भएको हो,’ जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ ।