जनताले काँग्रेस नै ठिक भन्न थाले, नेता सिंह

काठमाडौं , नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले  जनताले काँग्रेस नै ठिक भन्न थालेको बताएका छन । कम्युनिष्टलाई सरकार चलाउने जनमत दिएका जनताले पश्चाताप मानिरहेको दाबी पनि उनले गरे । क्षेत्र नम्बर १ काठमाडौंको १० नम्बर इकाईद्वारा मंगलबार आयोजित चियापान तथा भेटघाट कार्यक्रममा बोल्दै नेता सिहंले  महंगी धेरै बढेको र सरकारले शान्ति सुरक्षा पनि दिन नसकेकाले जनताहरु छटपटाइरहेको  बताए । अरु पार्टीले गफ धेरै गर्ला तर आखिरमा गर्नुपर्ने बेलामा त कांग्रेसले नै गर्छ, नेता सिंहले भने, कांग्रेस यस्तै हो, एकपटक त कम्युनिष्टलाई सत्ता दिएर हेरौं भनेको, सत्ता त दिएर हेरियो, तर हाल कस्तो भइरहेको छ सबै जनताले अनुभुति गरिरहेका छन उनले भने । दुई तिहाइ बहुमतको सरकारले हत्या, हिंसा, बलात्कारका घटना रोक्न नसकेको भन्दै उनले सरकारको कडा आलोचना गरे । अहिलेको अवस्थालाई उनले माओवादी जनयुद्धको त्राससँग तुलना गर्दे  नेता सिंहले भने, जनयुद्धको बेला जस्तै अहिले रेडियो, टिभी, पत्रिका हेर्दा र सुन्दा नराम्रा समाचारहरु आइरहेका छन् । नेपाली कांग्रेसलाई सक्षम र प्रभावकारी पार्टी बनाउन आन्तरिक तयारी सुरु गरिसकेको समेत  उनले जानकारी दिए । उनले भने, ुअब यो पार्टीलाई समृद्धिको अभियानमा, आर्थिक क्रान्तिमा फिट गर्नका लागि हामीले आन्तरिकरुपमा अभ्यास सुरु गरेका छौं । आउँदा चुनौतीहरुलाई सामना गर्न सक्ने सक्षम, प्रभावकारी पार्टीको रुपमा कांग्रेसलाई तपाईंहरुले चाँडै पाउनु हुनेछ ।ु

अर्घाखाँचीमा जीप दुर्घटना, १३ घाइते, ६ गम्भीर

0
अर्घाखाँची को सितगंगा नगरपालिका वडा नं २ सितापुरको फलाचौरको घुम्तीमा जिप दुर्घटना भएको छ । दुर्घटनामा   १३ जना घाईते भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । देउरालीयातायात व्यबसायी समितीको लु १ ज २३६९ नम्बरको जिप मंगलबार बिहान ४ बजे दुर्घटनामा परेको हो । घाईते मध्ये ६ जनाको अबस्था गम्भीर रहेको बताईएको छ  । यसरी घाईते हुनेहरुमा बर्ष ३६  बिकाश केसी ,बर्ष २८ बालकृष्ण शाह ,बर्ष २७ का सुरज पुन बर्ष ४८ का उदय पुन ,बर्ष ४५ का शिव बहादुर घर्तिमगर र बर्ष ४८ का बोम बहादुर पुन रहेको ईलाका प्रहरी कार्यालयका ठाडाका प्रहरी निरीक्षक कमल परियारले जानकारी दिए ।  घाईते यज्ञ बहादुर पुन ,टिकाराम पुन ,नर बहादुर पुन ,भोबिश पुन ,अर्जुन पुन ,ज्ञान बहादुर पुन र  नारायण अधिकारी को अबस्था सामान्य  रहेको छ। जिल्लाको मालारानी ६ हंशपुर काफलठुँटा सिदुरेबाट नवलपरासीको त्रिबेणिमा दाहसंस्कार गरि फर्कने क्रममा उक्त दुर्घटना भएको हो । घाईतेहरुको ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथामिक उपचार पछि लुम्बिनी अञ्चल अस्पताल बुटवल रिफर गरिएको छ ।

सरकारलाई दवाव दिन कञ्चनपुर बन्द

0
कञ्चनपुरकी  निर्मला पन्तका हत्यारा पत्तालगाउन सरकारले ढिलाई गरेको र प्रतिवेदन सार्वजनिक नगरेको भन्दै मंगलवार नेपाल विद्यार्थि संघले कञ्चनपुर जिल्ला वन्द गराएको छ । बलात्कार र हत्याकाण्डको २ महिना भन्दा वढि समय वितिसक्दा समेत निर्मलाका हत्यारा कानुनी कठघरामा नआएको र उच्व स्तरिय छानविन समितिले निर्मला बलात्कार पछि हत्या वारे तयार पारेको प्रतिवेदन समेत सरकारले सार्वजनिक नगरेको भन्दै नेबिसंघ कञ्चनपुरले बन्द गराएको हो । सरकारलाई दवाव सिर्जनाका लागि १ दिने कञ्चनपुर बन्द गरिएको नेपाल विद्यार्थि संघ कञ्चनपुरले जनाएको छ बन्दले  जनजिवन प्रभावित बन्न पुगेको छ  । छानबिन समितिले गृहमन्त्री रामवहादुर थापालाई प्रतिवेदन बुझाएको साता दिन वितिसक्दा समेत सार्वजनीक नगर्दा वास्तविक दोशिलाई वचाउने चलखेल भईरहेको भन्दै नेपाल विद्यार्थि संघले ले आपत्ती जनाएको छ । विहानै देखि जिल्लाका अधिकांश वजार, यातायात, कलकारखाना लगायत शैक्षिक संंस्था समेत बन्द भएका छन्् । नेबिसंघले गराएको बन्दका कारण यातायात सुचारु हुन नसक्दा रोजगारीका लागी भारत गएका र दशैका लागी भारतवाट घर फर्किरहेका हजारौ यात्रुहरु अलपत्र परेका छन् भने उनीहरु महेन्द्रनगर बसपार्कमै बस्न वाध्य भएका छन् । केहि यात्रुहरु भने हिडेरै गन्तव्य जान थालेका छन् । निर्मलाहत्याको विरोधमा कञ्चनपुरमा दैनिकजसो आन्दोलन भईरहेको छ । गएको साउन १० गते साथी रोशनी बमको घरमा गृहकार्य गर्न गएकी १३ वर्षीया निर्मला पन्तको साउन ११ गते निम्बुखेडा खोलापारी उखुवारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।

पोखराको नदिपुरमा एक युबक मृत फेला

सरिता तिम्सिना पगेनी पोखराको नदिपुरमा एक युबक मृत फेला परेका छन । शरिरभरि चोट लागेको रत्ताम्य अबस्थामा उनको शब भेटिएको छ । हत्या भएको हुन सक्ने प्रहरीले  जनाएको छ ।प्रतिभा माबी को अगाडी राजकुमार भनिने  अन्दाजी ३० बर्षका युबक मृत फेला परेका हुन । उनले कवाडी सामान उठाउने  र बिक्री गर्ने  गरेको उनका साथी पवन सुबेदी ले जानकारी दिए। घटनाबारे थप बिबरण आउन बाँकी छ ।