के राजपा नेपालले सरकारबाट समर्थन फिर्ता लेला?

काठमाडौँ । विभिन्न मागहरु राखी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको ५४ दिन अर्थात् डेढ महिना पूरा भइसकेको छ ।

तर, हालसम्म उनीहरुको मागको कुनै सुनुवाई भएको छैन । आफ्नो मागप्रति सरकार उदासिन भएको भन्दै राजपा सरकारबाट समर्थन फिर्ता लिने मनस्थितिमा पुगेको छ ।

बबरमहलस्थित पार्टी कार्यालयमा सोमवारदेखि शुरु भएको अध्यक्षमण्डलको बैठकमा यो विषयमा प्रमुखताका साथ छलफल भइरहेको छ ।

न राजपा नेपाल सरकारमा सहभागी छ, न प्रदेशमा सरकारको नेतृत्व गरेको छ । न त राखेको माग नै पुरा भइरहेको छ । यस अवस्थामा सरकारलाई समर्थन दिइरहनुको कुनै अर्थ नरहेको भन्दै पार्टीमा बहस शुरु भएको अध्यक्षमण्डलका एकजना सदस्यले रातोपाटीलाई बताए ।

‘सरकारलाई दिएको विश्वासको मत फिर्ता लिनुपर्ने दबाब प्रदेश तथा स्थानीय तहबाट समेत आइरहेको हुनाले अब धेरै दिनसम्म यसरी त्यहाँ अल्झेर बसिरहनुको अर्थ रहँदैन भन्ने निष्कर्ष बैठकले निकालेको छ । तर निर्णय हुन बाँकी छ,’ उनले रातोपाटीसँग भने ।

साउन ३ गते प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाए पछि पार्टीले साउन २७ गते ताकेता पनि गरेको थियो । साउन २७ गते राजपा नेपालका अध्यक्षमण्डलका सदस्यहरुले प्रधानमन्त्री ओलीलाई भेटेर ज्ञापनपत्रको बारेमा ध्यानाकर्षण गराएका थिए ।

नेकपाको सचिवालय बैठक : माधव नेपाल समूहलाई मनाउने प्रयास

काठमाडौं– पार्टी एकता प्रक्रियामा तल्लो तहमा देखिएको विवादबारे छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ ।

आज दिउँसो ३ बजेपछि बस्ने बैठकमा तल्लो तहका रिर्पोटहरुको अध्ययन गरेर छलफल हुने सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जनाकारी दिए ।

‘समसामयीक विषयमा नै छलफल हुन्छ, एकता प्रकृयामा देखिएका अप्ठ्याराहरुलाई कसरी समामधान गर्ने भन्ने नै छलफलको विषय बन्छ’ सचिवालय सदस्य श्रेष्ठले रातोपाटीलाई बताए ।

यसअघि ११ बजेलाई बोलाइएको बैठक प्रधानमन्त्रीको व्यवस्तताका कारण सारिएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

नेकपामा पार्टी एकताको लामो समय बितिसक्दा पनि जनबर्गीय र तल्ला कमिटिहरुको एकता प्रक्रिया टुङग्याउन सकस हुदै आएको छ । आजको बैठकले एकता प्रकृयामा स्पष्ट मापदण्ड बनाउन सक्ने नेताहरुको विश्वास छ ।

५ नम्बर प्रदेश लगायतका केही जिल्लाहरुमा तत्कालिन एमाले र माओवादी केन्द्रबीच एकीकरणका क्रममा कार्यदलले सिफारिस गरेका नेतृत्वप्रति असन्तुष्टि छ ।

यो असन्तुष्टिमा खासगरी पूर्व एमालेको माधव नेपाल समुहले आफूलाई किनारा लगाएको भन्दै अध्यक्ष ओलीपक्षको चर्को आलोचना र विरोध गर्दै आएको छ ।

जसका कारण पूर्वनिर्धारित समयअनुसार भदौ पहिलो साताभित्रै भैसक्नुपर्ने जिल्ला कमिटिको एकीकरण हुन सकेको थिएन ।

तर, सचिवालय सदस्य श्रेष्ठले पार्टी एकता कार्यदलको सवै रिर्पोट अध्ययन भैनसकेकाले पार्टीमा कसको असन्तुष्टि छ या छैन भन्ने कुरा अहिले नै थाहा नभइसकेको प्रतिकृया दिए । पार्टीको आन्तरिक विषयबाहेक बुधबारको नेकपा सचिवालय बैठकमा वर्तमान सरकारले  गरेका र गर्न लागेका कामकारबाहिका बारेमा समेत छलफल हुनसक्ने प्रधनमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

साफ च्याम्पियनसीप : सेमिफाइलका खेल आज, इतिहास रच्ने दाउमा

काठमाडौँ- बङ्गलादेशमा जारी साफ च्याम्पियनसिपअन्तर्गत आज दुवै सेमिफाइलनका खेल हुँदैछन् । आज दिउँसो पहिलो सेमिफाइनलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ भने अर्को सेमिफाइलनमा भारत र पाकिस्तान भिड्ने छन् ।

दुवै सेमिफाइनल खेल ढाकास्थित बङ्गबन्धु रङ्गशालामा हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । समूह ‘ए’को विजेता नेपालले समूह बीको उपविजेता भाल्दिभ्ससँग खेल्न लागेको हो भने समूह ‘ए’ को उपविजेता पाकिस्तानले समूह ‘बी’को विजेता भारतसँग खेल्नेछ ।

समूह चरणमा भुटानविरुद्ध ४–० गोल र बलियो बङ्गलादेशविरुद्ध २–० गोल अन्तरले विजयी भएको नेपाली टोली माल्दिम्भविरुद्ध जित हात पार्दै इतिहास रच्ने दाउमा छ ।
नेपाली राष्ट्रिय टोलीका कार्यवहाक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले नेपाली टोली पछिल्लो समय लयमा रहेकाले फाइनल पुग्ने बताP । नेपालले माल्दिभ्सलाई हराउन सके इतिहास रच्नेछ । यसअघि नेपाल चार पटक सेमिफाइलनसम्म पुगिसकेको छ ।

आसाममा ५.५ रिक्टरस्केलको भूकम्प, नेपालसम्म धक्का

काठमाडौं– भारतको आसाम आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर  भूकम्प गएको छ ।

बुधबार बिहान  १० बजेर ५० मिनेट जाँदा ५.५ रिक्टरस्केलको भूकम्प गएको भूकम्पसम्बन्धी जानकारी दिने वेवसाइट इएमएससीले जनाएको छ ।

भूकम्पको धक्का पूर्वी नेपालका जिल्लाहरुमा समेत महसुश भएको जानकारी प्राप्त भएको छ । भूकम्पबाट क्षति भए नभएकोबारे जानकारी प्राप्त भइसकेको छैन।