सृजनशील स्वावलम्वन कृषि सहकारी संस्था लिमिटेडको अध्यक्षमा पौडेल
पोखरा ३ असोज,
सृजनशील स्वावलम्वन कृषि सहकारी संस्था लिमिटेडको चौंथो बार्षिक साधारण सभा तथा दोस्रो अधिबेशन ले फणिन्द्र प्रसाद पौडेल को अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । समिति को उपाध्यक्षमा गीता अधिकारी कुवँर,सचिवमा जगत पौडेल,सह सचिब मा पार्बती वाग्ले र कोषाध्यक्षमा गायत्री कुवँर चयन भएका छन । सदस्यहरुमा चुडामणी तिवारी,लोकनाथ भट्ठराई,रमा पौडेल,चन्द्रा बाँस्तोला,भगवती पौडेल पराजुली ,उमेश अधिकारी,सन्तोष कुमार श्रेष्ठ,र रमा सिके चयन भएका छन ।लेखा संयोजकमा जगन्नाथ सुबेदी,सदस्यमा बिष्णु देबी पराजुली र सन्देश पौडेल चयन भएका छन ।
यस अघि कार्यक्रमको उद्घाटन गर्दे गण्डकी प्रदेशका सांसद प्रभा कोइराला ले महिलाहरुको आर्थिक सशक्तिकरणको लागि सहकारीले महत्वपुर्ण भुमिका खेलेको बताइन । महिलाको सवालमा प्रदेश सरकारले काम गरिरहेको बताउदै उनले महिला शसक्तिकरणका लागि आफुले सक्दो सहयोग गर्ने बताइन ।संस्थाका अध्यक्ष फणिन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिबको प्रतिबेदन संसथाका सचिब जगत पौडेलले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिबेदन संस्थाका कोषाध्यक्ष गायत्री कुवँरले प्रस्तुत गरेकी थिइन । कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३ का सदस्यहरु लक्ष्मी पराजुली,जितेन्द्र कायस्थ , साबी परियार,बाल मन्दिर महिला समुहका अध्यक्ष शारदा पौडेल,समाजसेबी बिष्णु शंकर ख्वाउजु, क्रियाशिल पत्रकार महिला कास्कीका अध्यक्ष सरिता तिम्सिना पगेनी,निर्बाचन समितिका संयोजक शिब जी कोइराला,संस्थाका उपाध्यक्ष नबराज अधिकारी लगाएतले बोलेका थिए ।
९ महिने अबोध शिशु बलात्कृत
पोखरा पोष्ट,असोज २
कंचनपुरमा ९ महिने अबोध बालिका बलात्कृत भएकी छन ।गत बुधबार उनी अपहरणमा परेकी थिइन। सुतेको बेला आमाको काखबाट बालिका अपहरणमा परेपछि राती नै खोजीकार्य तिब्र पारिएको थियो ।बालिकालाइ प्रहरी टोलीले बिहान पौने ८ बजेतिर धानबारीमा सकुशल फेला पारेको इलाका प्रहरी कार्यलय त्रिभुवनबस्तीका प्रहरी निरिक्षक कर्ण बहादुर बमले जानकारी दिए।
बालिकाको योनीमा घाउ देखिएपछि बलात्कृत भएको स्थानीयले बतायका छन। धनगढीस्थित सेती अञ्चल अस्पतालमा बालिकाको उपचार हुन नसकेपछि काठमाडौ रेफर गरिएको छ ।
बलात्कार र हत्याका बिरुद्ध देशभर बिरोध प्रर्दशन जारी रहेकै बेला दिनहँुजसो बिभिन्न ठाँउमा बालिका देखि बृद्ध सम्म बलात्कारको शिकार भएका घटना सार्बजनिक भइरहेका छन ।
पेट्रोलियम पदार्थको मुल्य फेरी बढ्यो
पोखरा पोष्ट असोज २
पेट्रोलियम पदार्थको मुल्य फेरी बढेको छ ।सोमबार राति १२ बजेदेखि लागु हुने गरि नेपाल आयल निगमले स्वचालित मुल्य प्रणाली अनुसार मुल्य बृद्धि गरेको हो । निगमका निर्देशक एबं प्रबक्ता बीरेन्द्र गोइतका अनुसार पेट्रोलमा २ रुपौयाँ र डिजेल मट्ठितेलमा ३ रुपौयाँमा बढाइएको छ ।
यससँगै अब पेट्रेलको नयाँ मुल्य ११४ र डिजेल मट्ठितेलको १०१ कायम हुने भएको छ ।
निगमले पछिल्लो समय अन्तर्राष्ट्ठि बजारमा नै पेट्रोलियम पदार्थको मुल्यमा बृद्धि भएको सार्थै अमेरिकी डलरको तुलनामा नेपाली तथा भारतीय मुद्राको समेत अबमुल्यन भएकोले मुल्य बृद्धि गर्न परेको आयल निगमले जनाएको छ ।
बन्द आव्हान गरिएको छैन नेकपा (बिप्लब)
पोखरा पोष्ट असोज २
असोज २ गते मंगलबार बन्दको आब्हान गरेको बताउदै हल्ला फैलाइरहेको बेला नेकपा बिप्लब नेतृत्वले भने बन्दका कार्यक्रम घोषणा नगरेको जनाएको छ । बिप्लब नेतृत्वका एक नेताले असोज २ गते मंगलबार आफूहरुका बन्दका कूनै पनि कार्यक्रम नरहेको प्रष्ट पारेका छन ।
उनले आफ्ना पाटीका नेता प्रकाण्डमाथि गरिएको गतिबिधि जारी रहे चूप लागेर नबस्ने चेतावनी समेत दिदै सम्झाईरहन जरुरी नभएको बताए ।उनले आफूहरु माथि धरपकड जारी रहे धैर्यताको बाँध टूटने उल्लेख गरे ।
यता, माओबादी पूर्ब जनमूूक्ति सेना नेपाल पार्टीको नाममा सामाजिक संजालमा भाईरल बनाइएको बिज्ञप्ती पनि आधिकारीक पूिष्ट हुन सकेको छैन ।बिज्ञप्तीमा प्रकाण्डको रिहाइ लगाएत नेकपाको जस्तै गरि केहि बिषय समेटिएका छन ।
यतिबेला पोखरामा बन्दकर्ता कतै देखिएका छैनन र सवारीसाधन पनि निर्बाधरुपमा चलिरहेका छन ।