पोखरामा छोरी बचाउ अभियान

0
  पोखरामा छोरी बचाउ अभियान थालनी गरिएको छ । परिवर्तनका लागि कार्य नेपाल संस्थाले उक्त अभियानको थालनी गरेको हो । अभियानका संयोजक संस्थाका अध्यक्ष अधिवक्ता गिता कुमारी लामिछाने रहेकी छन भने उपसंयोजकमा ज्योति कोइराला प्रबक्तामा पत्रकार सरितातिमिल्सिना अर्थ संयोजकमा मिना ढकाल रहेकि छन । समाजमा छोरीहरुको बलात्कार, हत्या र हिंसाका घटनाहरु दिननुदिन बढिरहेका कारण आम नागरिक त्रसित मानसिकताका साथ बाच्नुपरेको हुँदा आवश्यकता अनुसार दबाबमुलुक एवं चेतनामूलक कार्यक्रम संचालन गर्ने उदेश्यले अभियानको थालनी गरिएको संयोजक लामिछानेले बताइन ।  सरकारले कंचनपुरका निर्मला हत्याका अपराधीलाई कानुनी दायरामा ल्याउन नसक्दा अपराधीको मनोबल बढेकाले बलात्कार र हत्याका श्रन्खला बढेकोमा मानव जगत नै चिन्तित भएको अवस्थामा समग्र सामाजिक अभियान्तहरुलाई अभियानमा साथ दिन संयोजकले आग्रह गरेकी छन् ।

राजधानी सार्ने प्रस्तावको बिरोधमा दन्कियो आगो ,

0
दीपेन्द्र बस्नेत धनगढी, ११ असोज । प्रदेश नम्बर ७ को स्थायी राजधानी गोदावरीको तेघरीमा र सुदुरपश्चिम नाम राख्ने सुझाव समितिले प्रदेशसभामा प्रस्तुत गरे लगत्तै राजधानी सार्न नहुने तर्क सहित बुधबार देखि आमहडताल घोषणा गरिए पछि आज धनगढी बन्द गर्दै कडा प्रदर्शन गरिको छ । प्रदेश सातको राजधानी धनगढीबाट गोदावरी नगरपालिका, ४ स्थित तेघरी सार्न खोजिएकोले धनगढीबासीहरुले विरोधमा विहिवार ९आज० धनगढी बन्द गराउदै प्रदेश सभा अगाडि प्रदर्शन गरिरहेका छन ।प्रदेश सातको राजधानीअन्यत्र नसार्न दवाव दिदै धनगढीबासिले विहिवार एक दिनका लागि आम हडताल गरेका हुन । आज धनगढीमा गरिएको आम हडतालका कारण धनगढीको जनजीवन नराम्ररी प्रभावित भएको छ । बन्दका कारण शैक्षिक सस्था, यातायात, कलकारखाना, बजार ठप्प छन । धनगढी बजारमा अटो सिक्सा समेत चल्न दिईएको छैन ।बन्दकर्ताहरु बजारमा खुल्ला रहेका पसल र अटो रिक्सा बन्द गराउन लागिरहेका छन । उनीहरुले अस्थायी राजधानीका लागि धनगढीमा करोडौ रुपैया खर्च भईसकेको बताउदै जङगल मासेर गोदावरीमा राजधानी नबनाउन आग्रह गरिरहेका छन । बन्दलाई मध्यनजर गर्दै ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । मगलवार विशेष समितिले प्रदेशको नाम ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी’ राख्न सुझाव दिदैप्रतिवेदन संसदमा पेश गरेको थियो । उक्त प्रतिवेदनमा माथि संसदमा छलफल जारी छ । उक्त प्रतिवेदन शुक्रवार सामान्य छलफलपछि टुङग्याउने तयारी सरकारको छ । दुई तिहाई बहुमत रहेको सरकारले शुक्रवार मतदानका आधारमा भए पनि प्रदेश नाम र राजधानी टुङग्याउने तयारी गरेको बताईएको छ ।

आधादर्जन औषधी बिक्री गर्ने मेडिकलहरुलाई गैर कानूनी भएको भन्दै औषधी बिक्रीमा रोक

0
रामचन्द्र रायमाझी  प्रकाशित मिति स् २०७५ असोज ११ बिहिबार पाल्पा । औषधी व्यवस्था विभागले तानसेनका आधादर्जन औषधी बिक्री गर्ने मेडिकलहरुलाई गैर कानूनी भएको भन्दै औषधी बिक्रीमा रोक लगाएको छ । अनुगमनको क्रममा अनुमति प्राप्त व्यक्ति वाहेक अन्यले सञ्चालन गरेको भन्दै सन्चो मेडिकल र साझा औषधी पसलमा औषधी विक्रि वितरणमा रोक लगाइएको जिल्ला स्वास्थ्य कार्यालयका सिनियर अहेव तथा अनुगमन टोलीका प्रतिनिधी ईश्वरी न्यौपानेले जानकारी दिए । औषधी व्यवस्था विभागको संयोजन र जिल्ला प्रशासन कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिहरु सहितको संयुक्त अनुगमन टोलीले बुधबार तानसेनका सन्चो मेडिकल हल, साझा औषधी पसल, सानु मेडिकल, तानसेन दाँत उपचार केन्द्र, शुभम फर्मा, प्रशंसा मेडिकल र चन्द्र मेडिकलमा औषधी विक्रि वितरणमा रोक लगाएको हो । औषधी पसलहरुमा औषधी विक्रि वितरणमा रोक लगाएको घटना भने यो पहिलो होइन । अनुगमन टोलीले औषधी व्यवस्था विभागको निर्देशिका अनुसार औषधी पसलहरु सञ्चालन नगरेको फेला पारेपछि यस्तो गर्नु परेको श्रोतले दावी गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयमा दर्ता नै नगरी सञ्चालन गरेको, औषधीका आधिकारिक विल नभएको समेत श्रोतले बतायो । पसलहरुलाई दर्ता गर्न र अनुमति प्राप्त व्यक्तिबाट मात्र पसलहरु सञ्चालन गर्न अनुगमन टोलीले निर्देशन दिएको छ । टोलीले तानसेनका १५ वटा स्वास्थ्य संस्थाहरुमा अनुगमन गरेको हो ।

श्रीमतीको हत्या गरेर भागेका श्रीमान पक्राउ

0
पोखरा ११, असोज सरिता तिम्सिना पगेनी कास्कीको लेखनाथस्थित  गगनगौडा खुदि खोलाको छेउमा रहेको सुकुम्बासी बस्तीमा श्रीमतीको हत्या गरेर भागेका श्रीमान पक्राउ परेका छन । बिहिबार बिहानै देखि घटना स्थल पुगेको संघीय इकाइ प्रहरी र जिल्ला प्रहरी कार्यलय कास्कीको  संयुक्त प्रयासबाट हत्यारालाइ पक्राउ गरिएको हो ।बुधबार राती घरमै श्रीमतीको हत्या गरेर भागेका ५५ बर्षिय यानबहादुर गुरुङ्ग लाइ प्रहरी ले पक्राउ गरेको हो । ६० बर्षिया आफ्नै श्रीमती  श्रीमाया गुरुङ्ग को हत्या गरेपछि उनले छिमेकीलाइ आफुले हत्या गरेको खबर छोडेर भागेको  कास्की प्रहरी प्रमुख ओम बहादुर रानाले जानकारी दिए ।बोरामा पोको पारिएको अबस्थामा शब भेटिएको थियो।