शहीद स्मारक ‘ए’ डिभिजन लिगः उद्घाटन खेलमा आर्मी र एनआटीले बराबरी खेले

काठमाडौँ, १४ असोज . शहीद स्मारक ‘ए’ डिभिजन लिगको आजको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र न्यूरोड टिम (एनआरटी)ले बराबरी खेलेका छन् । सातदोबाटोस्थित अखिल नेपाल फूटबल सङ्घ (एन्फा) मैदानमा आर्मी र एनआरटीले २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । एनआरटीका लागि रोजित पुडासैनीले खेलको १२आँै मिनेटमा गोल गर्दै अग्रता लिएका थिए । खेलको ३८औँ मिनेटमा पेनाल्टीमार्फट गोल गर्दै आर्मीले खेल बराबरी ग¥यो । एनआरटीका खेलाडीले डिबक्सभित्र बल ‘ह्याण्ड’ गरेपछि रेफ्रीले आर्मीलाई पेनाल्टीको अवसर दिएका थिए । आर्मीका सन्तोष तामाङले पेनाल्टी सदुपयोग गरी खेल बराबरीमा ल्याएका हुन् । राष्ट्रिय टोलीका स्ट्राइकर भरत खवास, नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की लगायतको सशक्त अग्रपङ्क्ति रहे पनि आर्मीले एनआरटीविरुद्ध अपेक्षाकृत प्रदर्शन गर्न सकेन । यद्यपि खेलको अन्तिम समयमा पाएको फ्रिकिकमा गोल गरी आर्मीले खेल बराबरी गरेको हो । पहिलो हाफमा एक÷एक गोलको बराबरी भए पनि दोस्रो हाफमा एनआरटीले पुनःअग्रता लिएको थियो । खेलको ६४आँै मिनेटमा एनआरटीका राजेश परियारले गोल गर्दै टिमलाई २–१ को अग्रता दिलाए । खेलको अन्तिम समयमा आर्मीका सन्तोष तामाङले व्यक्तिगत दोस्रो गोल गरी  खेल बराबरीमा ल्याए । बराबरीसँगै दुवै टोलीले समान एक÷एक अङ्क बाँडेका छन् । लिगअन्तर्गत आइतबार सङ्कटा क्लब र सरस्वती युथ क्लबबीच खेल हुनेछ ।

जनतालाइ आस्तिक बन्न सिकाउनुहोस प्रधानमन्त्री ज्यु,

0
नबराज बसौला लमजुङ्गे प्रधानमन्त्रीले भगवान नै छैनन यदि छन भने ती कार्लमार्क्स हुन भनेदेखी यो तपोभुमिमा बलात्कार , हत्या, हिंसा , लुटपाट का घटना एकाएक बढेको देखिन्छ। बरपिपल, तामातुलसा, भगवान भाकेर न्याय सम्पादन हुँदै आएको नेपाली समाजमा पुर्ब र बर्तमान प्रधानमन्त्री बाबुराम भट्टराई रकेपि ओलि आफ्ना नागरिकलाइ भौतिकबाद र नास्तिकता सिकाउने होडमा उत्रीनुको एउटा प्रभाब ले आजका युवाहरु पाप र धर्मको चेश्टा बाट च्युत हुँदै गएको आभाष हुन थालेको छ। नेपालि समुदायको ठूलो हिस्साले माता मान्दै आएको गाइलाइ काटेर खान पाउनुपर्छ भनेर बहस गर्न थालिनु, हिन्दु धर्म बिकासबिरोधी छ भनेर एउटा प्रधानमन्त्री भैसकेको ब्यक्तिले अभिव्यक्ति दिनु ले केही जमातलाइ भगवान प्रतिको आस्थामा बिस्वाश भङ हुँदै गएको र अदृश्य शक्ति सङ डर हुन छाडेको महशुस गर्न सकिन्छ। नराम्रो कर्म गरियो भने नर्क पुगिन्छ, भगवानले दन्ड दिन्छन, अर्को जुनिमा पशु भएर या यस्तै केही को रुपमा जन्म लिइन्छ भन्ने पाठ सिक्दै आएकाले नै नेपाल शान्तिभुमी को रुपमा चिनिन पाएको थियो भन्ने सत्य लाइ राज्य सन्चालनको कार्यकारी पदमा पुगेकाले बुझ्न सक्नुपर्छ।भगवान माथिको आस्था र बिस्वाशले मानिसलाइ सकारात्मक बन्न सिकाउदछ, अनुशासन र सत्कर्ममा रहन उत्प्रेरित गराउदछ। मन्दिर, गुम्बा,मस्जिद , चर्च जहाँ गएपनी प्रबेश गर्ने बित्तिकै तपाइमा सकारात्मक भाइब्रेशन सन्चार हुन शुरु भैहाल्छ। तपाईं जुनसुकै धर्म मा बिस्वाश गर्नुहोस ती सबै धर्मले नैतिकता सिकाउछ, पाप कर्म नगर्न सचेत गराउदछ। धेरै भौतिकबाद रनास्तिकता सिकाउनुको परिणाम पनि हुनसक्दछ यी यावत घटना घटी रहनुमा पनि। आफ्ना जनतालाइ नास्तिक हैन आस्तिक बन्न सिकाउनुहोस पुर्ब र बर्तमान प्रधानमन्त्री ज्युहरु१११

नारी पुरुष भन्दा न कमजोर छन न बलबान

0
नबराज बसौला लमजुङ्गे नारी पुरुष भन्दा न कमजोर छन न बलबान छन, छन त बिल्कुल भिन्न, बिल्कुल अलग। जबसम्म नारिले आफ्नो भिन्नताको भासामा, आफ्नो अलग ब्यक्तित्वको भासामा सोच्न थाल्दैनन तबसम्म नारिहरु कि पुरुषको दास भैरहन्छन कि पुरुषको अनुयायी हुनेछन। पश्चिममा नारिले बिद्रोह गर्दै पुरुष हुने दौडमा होमिए र आफू नारी हुनुको भिन्न पहिचान समाप्त पार्दै लगे। पुरुषको नक्कल गर्दा नारी सधै द्वितीय कोटिको पुरुष मात्रै हुन पुगे। यदि पुरुषले गणित जान्दछ र नारीले पनि गणित जान्दछिन भने यी दुई समान कुराले उनिहरुलाइ नजिक ल्याउदैन। यदि पुरुषले गणित जान्दछ र नारिले सङित, कला र काव्य जान्दछिन भने यी कुराले उनिहरुलाइ नजिक ल्याउदछ। पुरुष बन्ने दौडमा नारिहरु नक्कली पुरुष बन्नाले पश्चिमी समाजको परिवार छिन्नभिन्न हुदैछ। हामी पुरुष भन्दा के कम भन्ने होडमा आफ्नो नारी हुनुको प्राकृतिक गुण ,अलग पहिचान र महत्व गुमाइनु हुदैन। हामी पुरुष भन्दा भिन्न छौ भनेर आफ्नो महत्वलाइ स्थापित गराउन तिर नारी अग्रसर हुनुपर्दछ। अरु त अरु नारिहरु पुरुषको जस्तो लुगा लगाउनमा गर्व गरेको देख्दा पो उदेक लाग्छ। यदि नारिलाइ पुरुषलाई दिइने सौन्दर्य शिक्षा दिइयो भने नारिको ओठमाथी जुङा देखिन थाल्दछ। नारी र क्रान्ती।।।।।।।।।

‘ए’ डिभिजन लिगमा नौ क्लबबाट २८ विदेशी खेलाडी

0
–कुमार चौलागाई काठमाडौँ– यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिगमा नौ क्लबबाट २८ विदेशी खेलाडीले सहभागिता जनाउँदैछन् ।  लिगमा सहभागी १४ ‘ए’ डिभिजन क्लबमध्ये नौ टोलीले विदेशी खेलाडी अनुबन्ध गरेका छन् । तीन विभागीय टोलीबाहेक बाँकी ११ क्लबले विदेशी खेलाडी अनुबन्ध गर्न पाउने प्रावधान छ । अहिलेसम्म च्यासल युथ क्लब र मछिन्द्र क्लबले विदेशी खेलाडी अनुबन्ध गर्न सकेका छैनन् । लिगमा सहभागी २८ विदेशी खेलाडीमध्ये सबैभन्दा बढी नाइजेरियाका १२, क्यामरुनका पाँच, आइभरीकोस्टका चार, गिनीका दुई तथा माली, बुर्किना फासो, घाना र बङ्गलादेशका एक–एक खेलाडी ए डिभिजन लिगमा अनुबन्ध भएका छन् । थ्री स्टार, मनाङ मस्र्याङ्दी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, सङ्कटा, सरस्वती युथ क्लब, न्युरोड टिम एनआरटी, ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले विदेशी खेलाडी अनुबन्ध गरेका हुन् । अहिलेसम्म सबैभन्दा बढी चार विदेशी खेलाडी फ्रेन्ड्स क्लबले अनुबन्ध गरेको छ । उसले करिम मोहम्मद नुरुल बङ्गलादेश सिल्ला सुलेमाने गिनी, फोफाना ब्राहिमान आइभरीकोस्टर ओडेह ओलुवासोगो ग्लोरी नाइजेरियालाई क्लबमा भित्र्याएको छ । त्यसैगरी थ्री स्टारले अजाइ मार्टिन्स नाइजेरिया र पिटर सेगुन नाइजेरिया, मनाङ मस्र्याङ्दीले ओजानीबुजे भिक्टर अमोबी नाइजेरिया अदेलाजा सोमिडे ओलुवाउम्नी नाइजेरिया र ओलादिपो अफिज ओलावाले नाइजेरिया तथा सङ्कटा क्लबले नोर्बट सेड्रिक अबा क्यामरुन, अर्नेस्ट टाम्पी क्यामरुन र म्याक्सेल इलोन क्यामरुलाई टिममा अनुबन्ध गरेको छ । ब्रिगेड ब्वाइजले काजिम अदेगोके बुसारी नाइजेरिया, ताजुदिन अदेकुन्ले बुसारी नाइजेरिया र अबु करिम हामद सिया घाना, हिमालयन शेर्पा क्लबले याकुबा सावादोगो बुर्किना फासो, दादी जुनियर वाम्बा क्यामरुन र प्याट्रिक प्रिभाट गोहा आइभरीकोस्ट, जावलाखेल युथ क्लबले ओलाकेन अफिज लावल नाइजेरिया, अदामा डुम्बिया माली र फोफाना फेडे गिनी, न्युरोड टीम एनआरटीले क्रिष्टियनवासीले कामिने क्यामरुन, मसुद ओपेएमी अग्बोला नाइजेरिया र कुआसी जिन डिडियर इस्मेल योबोए आइभरीकोस्ट र सरस्वती युवा क्लबले सोलो नाइजेरिया कासी नाइजेरिया र कुलिबाल आइभरीकोस्टलाई क्लबमा भित्र्याएका छन् । अखिल नेपाल फुटबल सङ्घ एन्फाले ए डिभिजन क्लबलाई बढीमा चार विदेशी खेलाडी अनुबन्ध गर्ने मापदण्ड कायम गरेको छ । चारमध्ये एकजना सार्क देशको हुनुपर्ने प्रावधान छ । तीन विदेशी खेलाडी अनुबन्ध गरेको राउण्ड रोविन लिगको आधारमा हुने सो प्रतियोगितामा कूल ९१ खेल हुनेछन् । लिगको विजेताले रु ५० लाख, उपविजेताले रु ३५ लाख, तेस्रोले रु २५ लाख, चौथो टोलीले रु १५ लाख, पाँचौँ टोलीले रु सात लाख र छैटौँले रु पाँच लाख पुरस्कार पाउने छन् । फेयर प्ले टिमले रु एक लाख पाउने छन् । प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई रु ५० हजार तथा म्यान अफ दि म्याच खेलाडीलाई रु १० हजार दिनेछ । यस्तै लिग विजेता टोलीले एएफसी एशियन कप फुटबलमा सहभागिता जनाउन पाउने लिग निर्देशक सञ्जीव मिश्रले जानकारी दिए । ‘ए’ डिभिजन लिग चार वर्षपछि हुन् लागेको हो । पछिल्लो पटक २०७१ सालमा ‘ए’ डिभिजन लिग भएको थियो ।