लेखनाथको गगनगौंडामा महिला को शब भेटियो

0
पोखरा ११, असोज कास्कीको लेखनाथस्थित गगनगौडामा महिलाको शब भेटिएको छ । बोरामा पोको पारिएको अबस्थामा एक महिलाको शब भेटिएको स्थानीयले जानकारी दिएका छन । । मृतकका श्रीमान ले मारेर फालेको आँशंका गरिएको छ। घटना पछि श्रीमान बेपत्ता छन । उनको खोजी भइरहेको इलाका प्रहरी कार्यलय डाडाको नाक का प्रहरी नायब उपरिक्षक बिण्णुवरसिहं थापाले जानकारी दिएका छन । घटनाको बिस्तृत बिबरण केही बेरमा आउने प्रहरीले बताएको छ ।

बलात्कृत हुने महिला, पीडित पनि महिला, बेइज्जत हुने पनि महिलाकै ????????

0
७ असोज काठमाडौं । बलात्कारका घटनाबारे समाचार सुन्न नपरे हुन्छ जस्तो लाग्छ तर हामी दिनदिनै यस्ता समाचार सुन्न बाध्य छौं । दैनिकजस्तो हुने गरेका यस्ता घटनामा पीडकहरु कतिपय अवस्थामा कारवाहीमा परेपनि थुप्रै बालिका, युवती, महिला पीडित त छन् नै साथै उनीहरुको हत्यासमेत हुने गरेको छ । क्रियाशील पत्रकार महिला, डब्लुडब्ललुजेले सन्डेक्लवमा “समाजमा बढ्दो महिला बलात्कार” विषयक विभिन्न संचारमाध्यममा कार्यरत पत्रकार महिलाहरु बीच छलफल कार्यक्रमको आयोजना गरेको थियो । उक्त छलफल कार्यक्रममा स्रोत व्यक्ति तथा अनुसन्धानकर्ता डा। ल्हामु शेर्पाले बलात्कृत महिला तथा बलात्कारीकासम्बन्धमा आफूले गरेको अध्ययनले पितृसत्तात्मक व्यवहार नै यसको प्रमुख जड रहेको उल्लेख गर्नुभयो । उहाँ भन्नुहुन्छ, बलात्कारीलाई प्रहरीले जाहेरी नलिएर लुकाउँछ, संचारमाध्यमले बलात्कारीको फोटो तथा समाचार नदिएर लुकाउँछ । बलात्कारमा पुरुषनै बढी दोषि हुने उल्लेख गर्दै उहाँ प्रतिप्रश्न गर्नुहुन्छ– बलात्कृत हुने महिला, पीडित ११पनिमहिला, बेइज्जत हुने पनि महिलाकै  डा। शेर्पाका अनुसार, कस्ता पुरुष बलात्कारी हुन सक्छन् भन्ने खालको थुप्रै अन्तर्राष्ट्रिय अध्ययन भएका छन् । ती अध्ययनले पनि महिलालाई निचो देखाउँने फोहर शव्द प्रयोग गर्ने, अहंकारी, ज्यादा इष्र्या गर्ने, छिटो छिटो रिस उठ्ने, छिन छिनमा श्रीमतीको मोबाइल जाँच गर्ने खालको स्वभाव भएका पुरुष बलात्कारीभएको देखिएको कुरा उहाँले कार्यक्रममा जानकारी गराउँनुभयो । अन्तराष्ट्रिय अनुसन्धानले निकालेको निष्कर्षका सम्बन्धमा बोल्दै उहाँले भन्नुभयो– जो व्यक्ति बढी रिसाहा, इष्र्या , शंका गर्ने खालको, अहंकारी, नराम्रो शब्दहरु प्रयोग गर्ने त्यस्तो स्वभावको हुन्छ त्यस्ता व्यक्तिबाट बढी बलात्कारको घटना भएका छन् । तर हाम्रोसमाजमा भने यो भन्दा फरक खालको पनि हुन सक्छ किनभने हाम्रो समाज पित्तृसत्तात्मक सोचबाट ग्रसित समाजमा हो । बलात्कारको घटनामा विशेषतः महिलालाई नै दोषि देखाइन्छ जबाकि यसमा पुरुषपनि उत्तिकै दोषि हुन्छन् । विशेषगरि न्युन आर्थिक अवस्था, कमजोर महिलाहरु बढी बलात्कार घटनामा पर्ने गरेको पाइन्छ । उहाँ भन्नुहुन्छ– १५ देखि २५ वर्षभित्रका– १५ देखि २५ वर्षभित्रका महिलाहरुमा सूचनाको पहुँच एकदमै कम हुने हुँदा पनि यो उमेर समूहका महिला बढी बलात्कृत भएका छन् । त्यसैले यो उमेर समूहका महिलालाई सचेत रहने विभिन्न उपाय तथा सुचनाको पहुँच पु¥याउनुपर्छ । डा। शेर्पाले भन्नुभयो– बाबुआमाले दिएको वातावरण बच्चाले सानैमा सिक्छ र त्यही व्यवहार ठूलो भएपछि अपनाउँछ । तर अहिले बालिकाहरु बलात्कृत हुनेवातावरणले बालिकाहरुको शिक्षा पाउँने वातावरण अन्त्य भएको छ, उनीहरुको चाँडो विवाह हुन थाल्यो भने नेताहरुले भन्न थालेको समृद्धि कहाँबाट आउँछ कार्यक्रममा क्रियाशील पत्रकार महिला ९डब्लुडब्लुजे०का केन्द्रिय अध्यक्ष अमिका राजथलाले महिलालाई दबाएर राख्नुपर्छ भन्ने खालका परम्परागत व्यहार, महिलाका लागि प्रयोगहुने हेपाहा भाषाले बालबालिकाको हुर्काइमा पर्ने प्रभाव तथा दण्डहीनता जस्ता पक्षले बलात्कारी मानसिकतालाई प्रश्रय दिएको बताउँनुभयो । कार्यक्रममा शहरउन्मुख जीवन प्रणाली, एउटै कोठामा सबै उमेर समूहका परिवार कोच्चिएर बस्दा हुर्कदो बालबालिकामा नकारात्मक असर पर्ने गरेको कुरा पनि छलफल भएको थियो

शिक्षित व्यापारिक वर्गले आधुनिक मेशिन विधिद्धारा मत राख्दा पनि ४४३ जनाको मत रद्द भएकै होत

  पोखरा उधोग वाणिज्य संघको शनिबार सम्पन्न निर्वाचनमा प्रत्येक भोटरले अनिवार्य रुपमा १० जना सदस्यहरुलाई भोट गर्नु पर्ने वाध्यात्मत व्यवस्था गरेको थियो। चुनावमा जम्मा खसेको मत २९८६ रहेको थियो  । जम्मा १८ जना सदस्यहरुले निर्वाचनमा भाग लिएका थिए। प्रत्येक एक मतादाताले १० जना सदस्यलाई मत दिन पाउने व्यवस्था थियो। निर्वाचन अधिकृतले उपलव्ध गराएको तथ्याङ्क अनुसार जम्मा १८ जना सदस्यहरुले प्राप्त गरेको मत संख्या २५४३० रहेको छ । खसेको मत संख्यालाई आधार वनाउने हो भने जम्मा १८ जना सदस्यहरुले प्राप्त गर्नु पर्ने अधिक्तम मत संगख्या २९८६ ले १० लाइ गूणन गर्दा  २९८६० हुनु पर्ने हुन्छ। १० सदस्यलाई भोट हाल्न वाध्य पारिएको ईलोक्ट्रनिक्स मिसिनले अन्तर भएको ४४३० मत कुन शिर्षकमा छुट्टाएर राख्यो यदि भोट कर्ताले १० जना भन्दा कम सदस्यलाई ‌‍भोट हालेमा सम्पूर्ण सदस्यहरुको भोट रद्द हुने व्यवस्था रहेछ भने ४४३ जना भोट कर्ताले यात सदस्यहरुलाई भोट नै राखेनन वा ४४३ भोट कर्ताले १० जना भन्दा कम ९१० भन्दा वढी मत राख्न मेशिनले दिदैन० सदस्यलाई भोट राखी निस्किए । यो तथ्याङ्कलाई आधार मान्दा सदस्यका लागी हालिएको ४४३ मत रद्द भएको देखिन्छ । शिक्षित व्यापारिक वर्गले आधुनिक मेशिन विधिद्धारा मत राख्दा पनि ४४३ जनाको मत रद्द भएकै हो त साथै नेपालको विध्यमान निर्वाचन सम्वन्धि एेनहरुमा मतदान प्रक्रियामा भाग लिई मतपत्र हातमा लिएका मतदातले भोट राख्नु पर्ने नभए मतपत्र मतदान अधिकृतलाई फिर्ता दिनुपर्ने व्यवस्था गरेको अवस्थामा चुनावको लागि प्रयोग भएको मेशिनमा मतदान नगरे पनि हुने व्यवस्था किन राखियो , जुन तरिकाले ईलेक्ट्रोनिक्स मेशिन सेटिङ गरियो यो पुर्णत कानुनि व्यवस्था विपरित छ । मतदान मा भाग लिएका जो कोहिले भोट राखेर मात्र मतपेटिकामा मतपत्र खसाल्नु पर्ने कानुनि व्यवस्था छ । कानुनि व्यवस्था प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ ३९। मतदानको प्रक्रिया ९३० मतदाताले मतपत्रमा तोकिए बमोजिमको छाप वा चिन्ह गोप्य तवरले लगाई मतदान गर्नु पर्नेछ । मतदान गर्नु पर्नेछ । प्रतिनिधि सभा सदस्य निर्वाचन नियमावली, २०७४ ९२९०मतदान गर्ने तरीका ९५० कुनै मतदाताले मतपत्र बुझी लिएपछि मतदान नगर्ने निश्चय गरेमा सो मतपत्र मतदान अधिकृतलाई फिर्ता दिनुपर्नेछ । गणेश बहादूर थापाको बिश्लेषण  साभार फेसबूकबाट

पोखरा उद्योग बाणिज्य संघको चूनाबमा अध्यक्ष पदमा दामू अधिकारी बाहेक सबै पदाधिकारीमा लोकातान्त्रिक प्यानल बिजयी

  पोखरा उद्योग वाणिज्य संघको शनिबार पोखरामा सम्पन्न ३२औ महाधिबेशनबाट  अध्यक्षमा नेकपा प्यानलका दामु अधिकारी विजयी भएका छन् । उनले लोकतान्त्रीक प्यानलका रवीन्द्रबहादुर प्रजूलाई ७ मत अन्तरले पराजित गरेका हुन् । दामु अधिकारीले  १४७८ मत प्राप्त गर्दा  रवीन्द्र बहादुर प्रजूको १४७१ मत आएको छ । पदाधिकारीका सबै पदमा लोकतान्त्रिक प्यानलले जितेको छ । वरिष्ठ उपाध्यक्षमा  नारायण कोइराला विजयी भएका छन् । उनले १७१५ मत ल्याएका छन् भने यदुनाथ अधिकारीले १२३५ मत ल्याएका छन् । उद्योगतर्फ उपाध्यक्षमा विन्दु कोइराला सुवेदी १७११ मत सहित विजयी भएका छन् । गीता कुमारी तिवारी गौतमको १२३८ मत आएको छ । उपाध्यक्ष वाणिज्यतर्फ पवनकुमार प्रजापती १८३६ मत सहित विजयी भएका छन् । यमनाथ पौडेलको ११०५ मत आएको छ । महासचिवमा अर्जुन पोखरेल १७०२ मतसहित विजयी भएका छन् । महासचिवका प्रतिस्पर्धी किसान सुनारको १२४८ मत आएको छ ।कोषाध्यक्षमा सुरेन्द्रमान बिजुक्छे १५०२ मत सहित विजयी भएका छन् भन प्रेमबहादुर भुजेलको १४४५ मत आएको छ । उपमहासचिवमा चिनु कुमारी गुरुङ विजयी भएकी छन् । उनले सीता बराललाई पराजीत गरेकी हुन् । चिनु गुरुङले १५९१ मत ल्याउँदा सीता वरालले १३८८ मत प्राप्त गरिन् । पोखरा उद्योग बाणिज्य संघमा चुनावी नतिजामा धाँधली भएको भन्दै प्रजु प्यानलबाट जितेकाहरुले शपथ लिएनन् । निर्वाचन कमिटीले २ हजार ९ सय ८६ मत खसेको सार्वजनिक गरेको थियो । तर मतगणना हुँदा अध्यक्षमा ३७ मत कम देखियो । अध्यक्षका लागि दामु अधिकारीले १ हजार ४ सय ७८ मत ल्याएर बिजयी भए भने प्रतिश्पर्धी रवीन्द्रबहादुर प्रजुले १ हजार ४ सय ७१ मत ल्याए