रामराज पन्त स्मृती सम्मान संजीबनी लाइ ,बिभिन्न बिधामा श्रष्टाहरु सम्मानित
काठमाडौ ६, असोज
राम राज पन्त स्मृती सम्मान यो बर्ष कल्पना कल्पपुञ्जको उपन्यास संजीवनीुलाई प्रदान गरिएको छ । शुक्रबार एक समारोका बिच कार्यक्रमका प्रमुख अतिथि कलाकार मदन कृण्ण श्रेष्ठ र बिशेष अतिभि हरिबंश आचार्यले संजीवनी कृति लाइ पुरस्कार प्रदान गरेका हून ।पन्त स्मृती प्रतिष्ठानले २०५४ सालदेखी प्रदान गर्दै आएको पुरस्कार को राशी रु २५ हजार नगद रहेको छ । त्यसैगरि,स् कार्यक्रममा बिभिन्न बिधामा महत्वपुर्ण योगदान पुर्याउने ब्यक्तिहरु लाइ पनि सम्मान गरियो ।सम्मानित हूनेहरुमा क्रमश ःसदिक्षा वाल प्रतिभा पुरस्कारबाट स् सुश्री लक्ष्मी महरा ,नृत्य बिधामा सीताश्री स्मृति सम्मान पुरस्कारबाट सूरेश बस्नेत , चित्रकला बिधामा गोपाल राज पन्त स्मृति सम्मान पुरस्कार बाट स्नरेन्द्र राज पौडेल, हास्य लेखन बिधामा ।रामराज पन्त स्मृति सम्मान पुरस्कार बाट स् कल्पना श्रेष्ठ कल्पपुन्ज,उपन्यास संजिवनी ,वन्धु पन्त स्मृति सम्मान पुरस्कार बाट स् मोहन दुवाल , जनमत मैयाँ वासु पन्त स्मृति सम्मान पुरस्कार बाट स् डा। मिन श्रीस मगर , संस्कृति वीद् टीका मुकुन्द पन्त स्मृति सम्मान पुरस्कार बाटस् डा। शैलेन्दु प्रकाश नेपाल, समालोचना बिधामा आमा इन्दिरा पन्त स्मृतिसम्मान पुरस्कार बाट स् मातृका देवकोटालाइ , अपाङ्गता तथा समाजसेवा पुरस्कारबाट सम्मान गरिएको थियो ।कार्यक्रममा बोल्दै प्रमूख अतिथि बरिष्ठ कलाकार श्रेष्ठले सम्मानित ब्यक्तिहरुलाइ बधाई दिदै आफ्नो कार्यक्षेत्रमा थप सिर्जनशिल भएर लाग्न प्रेरित गर्नू भएको थियो । बरिष्ठ कलाकार हरिबंश आचार्यले मह जोडी सकूशल रहेको बताउदै सम्मानित श्रष्टालाइ बधाई दिनू भएको थियो । कार्यक्रम पन्त स्मृती प्रतिष्ठानका अध्यक्ष सन्तोष पन्तको अध्यक्षतामा सम्पन्न भएको थियो ।
५० ट्याङ्कर पेट्रोल काठमाडौं आउदै
विराटनगर । ट्याङ्कर चालकले विभिन्न माग राखेर गरेको हडताल मोरङमा शुक्रबारदेखि अन्त्य भएको छ । प्रमुख जिल्ला अधिकारी रमेश केसीको पहलबाट पेट्रोल पम्पमा इन्धन वितरण भइरहेको बताइएको छ ।
कार्यालय प्रमुखको आजको बैठकमा प्रजिअ केसीले अन्य जिल्लामा पेट्रोलको समस्या रहे पनि मोरङमा आजबाट सहज भएको र काठमाडौंमा देखिएको पेट्रोल अभावलाई हटाउन विराटनगरबाट ५० वटा ट्याङ्कर त्यसतर्फ पठाएको जानकारी दिए ।
ट्याङ्कर चालकले असोज १ गतेबाट नै हडताल गरेको पेट्रोल डिलर एशोसिएशनका अध्यक्ष महेन्द्र अग्रवालले बताए । रासस
अश्लील सामाग्रीको प्रकाशन प्रसारणमा रोक
अश्लील सामाग्रीको प्रकाशन प्रसारणमा रोक
काठमाडौं। सरकारले यौनजन्य अश्लील सामग्रीको सहज पहुँचले नेपाली समाजको मूल्यमान्यता र सामाजिक सद्भावमा खलल पुगेको भन्दै त्यस्ता सामग्रीको प्रकाशन तथा प्रसारणमा रोक लगाएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै त्यस्ता गतिविधिले समाजमा यौनजन्य हिंसा र विकृति सिर्जना गर्न प्रेरित गरेकाले यौनजन्य अश्लील सामग्रीको आदान प्रदान, प्रकाशन र प्रसारणलाई बन्देज लगाइएको जनाएको छ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामचन्द्र ढकालले इन्टरनेटको माध्यमबाट यस्ता यौनजन्य अश्लिल सामग्रीको नेपालभित्र पहुँचमा रोक लगाउन तथा त्यस किसिमका वेभसाइट बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइएको बताए।
मन्त्रालयले अश्लिल सामग्रीको विद्युतीय सञ्चार तथा इन्टरनेटका माध्यमबाट आदानप्रदान, प्रकाशन र प्रसारण नगर्न दूरसञ्चार सेवा प्रदायक, इन्टरनेट सेवाप्रदायक, सामाजिक सञ्जाल सञ्चालक तथा प्रयोगकर्ता सबैमा अनुरोधसमेत गरेको छ।
मुलुकी अपराध ९संहिता० ऐन, २०७४ को दफा १२१ तथा अन्य प्रचलित कानूनले यौनजन्य तथा अश्लील सामग्रीको प्रकाशन(प्रसारणमा बन्देज लगाएको छ। रासस
मुलुकी संहिता २०७४ को दफा ७७ बमोजिम जिल्ला अदालत पाल्पाबाट पहिलो विवाह
रामचन्द्र रायमाझी पाल्पा, असोज ४
नयाँ मुलकी देवानी संहिता ऐन लागु भएपछि जिल्ला अदालत पाल्पामा पहिलो अदालती विवाह भएको छ । मुलुकी संहिता २०७४ को दफा ७७ बमोजिम जिल्ला अदालत पाल्पाबाट पहिलो विवाह भएको हो । तानसेन नगरपालिका वडा ६ बस्ने ३४ बर्षिय सरोजराज शाक्य र काठमाडांै महानगरपालिका वडा ३ बस्ने २८ बर्षिय उप्पलवणा शाक्य बीच जिल्ला अदालत पाल्पामा विवाह भएको छ । जिल्ला अदालत पाल्पाका जिल्ला न्याधिस शंकरराज बरालको रोहवरमा बेहुला पक्ष र बेहुली पक्षको सहमतिमा नयाँ मुलुकी संहित २०७४ दफा ७७ अनुसार अदालती विवाह भएको हो । जिल्ला अदालत पाल्पाले श्रेस्तेदार सुवर्णप्रसाद खनालको हस्ताक्षरमा मुलुकी संहिता २०७४ को दफा ८० को उपधारा २ बमोजिम दुुवै बीच विवाह दर्ता प्रमाणपत्र प्रदान गरेको छ । यस यस अघि यस्तो किसिमको विवाह जिल्ला प्रशासन कार्यालयबाट हँुदै आएको काम नयाँ संहिता लागु भएसँगै जिम्मेवारी अदालतमा गएको हो । नयाँ संहिता जारी भएपछि जिल्ला अदालत पाल्पाबाट भएको यो पहिलो विवाह भएको श्रेस्तेदार खनालले बताए ।