‘विवाह नामको संस्थामा समाजले महिलाहरुलाई कमजोर बनाएको छ’

0
एजेन्सी । भारतीय अभिनेत्री कल्की कोचलिनको विचारमा समाजले ‘विवाह’ नामको संस्थालाई यसरी बनाएको छ कि यसमा महिलालाई कमजोर रुपमा हेरिन्छ । कल्कीले शैली चोपडा तथा मेघना पन्तद्वारा लिखित किताब ‘फेमनिस्ट रानी’को विमोचन समारोहमा बोल्ने क्रममा यी कुरा बताएकी हुन् । उनले विवाहबारे थप बोल्दै एक महिलाको लागि विवाहलाई लिएर रहेको ‘सबैभन्दा ठूलो समस्या’ भनेको योसँग जोडिएर आउने ‘स्वामित्व’को विचार हो भनिन् । कल्की र अर्का फिल्मकर्मी अनुराग कश्यपले सन् २०११ मा विवाह गरेका थिए तर, दुई वर्ष पछि दुई अलग भएका थिए र सन् २०१५ मा दुईको सम्बन्धविच्छेद भयो । उनका अनुसार विवाहपछि उनलाई तब मात्र कतै आमन्त्रित गरिन्थो जब अनुरागलाई आमन्त्रित गरिन्थ्यो । मानिसहरु उनलाई ‘अनुरागको पत्नी’ भन्थे तर अनुरागलाई कहिल्यै पनि ‘कल्कीको पति’ भन्दैनथे । त्यही कारण विवाह नामको संस्थाले महिला कमजोर बनाउने बताइन् । यहाँसम्म कि पतिले चाहँदा पनि ऊ कमजोर नै महिला रहन्छिन् । उनले समाजले यो संस्थालाई यही हिसाबमा नै बनाएको जिकिर गरिन् । कल्कीले कुनै पनि सम्बन्धलाई सफल बनाउन इमान्दारीता र स्वतन्त्रता आवश्यक हुने बताइन् । कल्कीले सम्बोधनको क्रममा सम्बन्धविच्छेद पछि आफू कुन प्रक्रियाबाट गुज्रेको पनि खुलाइन् । उनले भनिन्, “मैले आफैलाई लामो समयसम्म एक्ली पाए । मलाई जसरी पनि त्यो खालीपन भर्नु थियो । म आफूभित्रको खालिपनलाई कुनै प्रकारको पागलपनबाट वा रक्सी सेवनबाट वा हरेक समय मानिसहरुबाट घेरिएर भर्न चाहन्न थिएँ । मैले आफैलाई भर्नको लागि अन्तरमुखी बाटो चुने र घरमा रहनुको साथै परिवारका सदस्यहरुसँग बढी समय बिताउन थालेँ । अहिले सम्झिदाँ म त्यो खालको यात्राबाट गुज्रिएकोमा खुसी छु ।’ कार्यक्रमको दौराना कल्कीले आफ्नो फिल्मी करिअर र फेमिनिज्मबारे पनि कुरा गरिन् । उनले सबै मानिसहरु समान भएको र एकअर्कोलाई सम्मान गर्नु पर्ने बताइन् । उनले भनिन्, “हामी एक पितृसत्तात्मक समाजमा छौँ । यही कारण ‘फेमिनिज्म’ शब्दलाई पितृसत्ताको विरुद्ध प्रयोग गरिन्छ तर फेमिनिज्मको मतलब बराबर हुनुसँग रहेको छ । मलाई ‘समानतावादी’ शब्द प्रयोग हुनुपर्छ लाग्छ किनकी यस सबै मानिसहरुलाई बराबार भएको र एकअर्कोको लागि सम्मान गर्ने कुरा गर्छ ।” मार्गरिटा अफ अ स्ट्र, द्याट गर्ल इन यल्लो बुट्स र वेटिंगजस्ता फिल्महरुमा गैर–परम्परिक भूमिका निभाउने यी अभिनेत्रीले आफ्नो गैर–परम्परागत भूमिकाको रोजाईले आफूले सिनेमा र वास्तविक जीवनमा कुनै ठूलो मुल्य चुकाउन नपरेको बताइन् ।

कामना फिल्म अवार्ड : मनोनयन सूची सार्वजनिक

0
काठमाडौं –कामना प्रकाशनले सिजी कामना फिल्म अवार्ड्सको चौथो संस्करणको मनोनयन सूची सार्वजनिक गरिएको छ । ०७४ साल १ वैशाखेदेखि चैत मसान्तसम्म सार्वजनिक रुपमा प्रदर्शनमा आएका चलचित्रमध्यबाट निर्णायक मण्डलले उत्कृष्ट ५ मनोनयनको सूची सार्वजनिक गरेको हो । ३१ विधामा प्रदान गरिने चौथो संस्करणको सिजी कामना फिल्म अवार्डस् २०७५ अन्र्तगत सर्वोत्कृष्ट चलचित्र विधामा ब्लाइन्ड रक्स, घामपानी, कृ, लीली बीली र शत्रु गते मनोयनमा परेका छन्, भने निर्देशकमा दीपाश्री निरौला, मिलन चाम्स, नवल नेपाल, प्रदीप भट्टराई र सुरेन्द्र पौडेल मनोनयनमा परेका छन् । त्यसैगरी अभिनेता तर्फ दीपकराज गिरी, दयाहाङ राई, सौगात मल्ल, अनमोल केसी, प्रदीप खड्का र पुष्प खड्का मनोनयमा छन् भने अभिनेत्री तर्पm बेनिषा हमाल, मेनुका प्रधान, नीता ढुंगाना, प्रियंका कार्की, सारा सिरपाली र शिल्पा पोखरेल मनोनयमा परेका छन् । मनोयनमा सूचिमा छक्का पञ्जा २ सर्वाधिक धेरै १५ विधाको मनोनयनमा परेको छ । कृ १३ र ए मेरो हजुर २ एघार विधाको मनोयनमा परेका छन् । यसैगरी लिलीबिली १० विधाको मनोनयमा परेको छ । अवार्डमा चलचित्र क्षेत्रमा पु¥याएको योगदानको आधारमा १ लाख रुपियाँ नगदसहित कीर्तिमय दीर्घ योगदान सम्मान ९लाइफ टाइम अचिभमेन्ट अवार्ड०,  निर्णायक मण्डलको आधारमा जुरी अवार्ड प्रदान गरिनेछ । संगीत, फेशन र नाट्य विधामा सिजी क्रिटिक्स अवार्ड पनि प्रदान गरिनेछ । उत्कृष्ट ५ को मनोनयमा परेका ९ लोकप्रिय विधामा एसएमएस भोटिङको व्यबस्था गरिएको छ । ती ९ विधामा ९० प्रतिशत अंक निर्णायक मण्डल र १० प्रतिशत अंक एसएमएस भोटिङबाट मिलाई विजेता चयन आयोजकले जनाएको छ । चौथो संस्करणको सिजी कामना फिल्म अवार्डस् २०७५ समग्र फिल्म क्षेत्र र फिल्मकर्मीमा समर्पित हुने अवार्ड आयोजकले जनाएको छ । उत्कृष्ट ५ को मनोनयन सूची विधाः सर्वोत्कृष्ट चलचित्र ब्लाइन्ड रक्स घामपानी कृ लीली बीली शत्रु गते विधाः सर्वोत्कृष्ट निर्देशक दीपाश्री निरौला – छक्का पञ्जा २ मिलन चाम्स – लीली बीली नवल नेपाल – मंगलम प्रदीप भट्टराई – शत्रु गते सुरेन्द्र पौडेल – कृ विधा ः सर्वोत्कृष्ट नवनिर्देशक झरना थापा – ए मेरो हजुर २ नवराज बुढाथोकी – भुइँमान्छे घामपानी – दिपेन्द्र लामा पुर्णेन्दु झा – संरक्षण आर। राजवंशी – शेरबहादुर विधा ः  सर्वोत्कृष्ट अभिनेता दीपकराज गिरी – छक्का पञ्जा २ दायाहाङ राई – घामपानी सौगात मल्ल – झ्यानाकुटी अनमोल केसी – कृ प्रदीप खड्का – लीली बीली पुष्प खड्का – मंगलम विधाः  सर्वोत्कृष्ट अभिनेतृ बेनीषा हमाल – ब्लाइन्ड रक्स मेनुका प्रधान – शेरबहादुर नीता ढुंगाना – पञ्चायत प्रियंका कार्की – शत्रु गते सारा सिरपाली – पिंजडा ब्याक अगेन शील्पा पोखरेल – मंगलम विधा ः सर्वोत्कृष्ट नवअभिनेता सलीनमान बानीया – ए मेरो हजुर २ स्वरुपपुरुष ढकाल – छक्कापञ्जा २ आशीरमान देशराज श्रेष्ठ जोशी – ग्याङस्टर ब्लुज सुरज पाण्डे – लभ लभ लभ शारुक ताम्राकार – रानी विधा ः सर्वोत्कृष्ट नवअभिनेत्री अदिती बुढाथोकी  – कृ दिपीका प्रसाईं – ऐश्वर्य जसिता गुरुङ – लीली बीली सारा सिरपाली – रुद्र सीपोरा गुरुङ – भुइँमान्छे विधाः  सर्वोत्कृष्ट सहअभिनेता सलोन बस्नेत – ए मेरो हजुर २ जितु नेपाल – छक्का पञ्जा २ प्रमोद अग्रहरी – संरक्षण शिवहरी पौडेल – शत्रु गते रविन्द्र झा – शेरबहादुर विधाः सर्वोत्कृष्ट सहअभिनेतृ अनु शाह – कान्छी वर्षा राउत – छक्का पञ्जा २ मिथिला शर्मा – आधा लभ रोजीषा शाही – ग्याङस्टर ब्लुज रुपा राना – कृ विधाः सर्वोत्कृष्ट खलपात्र अनुपविक्रम – शाही कृ विपीन कार्की – नाका प्रशान्त ताम्राकार – ऐश्वर्य पुकार भट्टराई – पिंजडा ब्याक अगेन रमेश रञ्जन झा – संरक्षण विधा ः सर्वोत्कृष्ट हास्य कलाकार केदार घिमिरे – छक्का पञ्जा २ जयनन्द लामा – छक्का पञ्जा २ बुद्धी तामाङ – दुई रुपैंया राजाराम पौडेल – म यस्तो गीत गाउँछु शिवहरी पौडेल – शत्रु गते विधा ः सर्वोत्कृष्ट बालकलाकार अनुभव रेग्मी – ए मेरो हजुर २ विनोद मगराती – आधा लभ पिंजडा ब्याक अगेन – कुशाग्र भट्टराई सौरभ शाह – कृ स्वदीता सापकोटा – भुइँमान्छे विधा ः सर्वोत्कृष्ट  कथा नवराज बुढाथोकी – भुइँमान्छे यम थापा – ब्लाइन्ड रक्स दिपेन्द्र लामा – घामपानी प्रदीप भारद्वाज – झ्यानाकुटी शिवम अधिकारी – पञ्चायत विधा ः सर्वोत्कृष्ट पटकथा दीपकराज गिरी – छक्कापञ्जा २ दीपकराज गिरी÷प्रदीप भट्टराई – शत्रु गते नवल नेपाल – मंगलम नवराज बुढाथोकी – भुइँमान्छे लीली बीली – प्रदीप भारद्वाज विधा ः सर्वोत्कृष्ट संवाद दीपकराज गिरी÷जितु नेपाल÷केदार घिमिरे÷अभिमन्यु निरबी – छक्कापञ्जा २ गोविन्द फुयाँल÷नवल – नेपाल मंगलम हरिवंश आचार्य÷प्रदीप भट्टराई – शत्रु गते नवराज बुढाथोकी – भुइँमान्छे शिवम अधिकारी – पञ्चायत विधा ः सर्वोत्कृष्ट गीतकार अर्जुन पोखरेल – तिमी रोएको पल÷ऐश्वर्य धिरेन्द्र प्रेमर्षी  – सम्झनाको सारंगी÷संरक्षण डा। कृष्णहरी बराल – ए मेरो हजुर÷ए मेरो हजुर २ कालीप्रसाद बास्कोटा÷सबिन एकतारे –अजम्बरी÷ग्यांग्स्टर ब्लुज मुक्त उदास – तिमी नी आधा÷पिंजडा ब्याक अगेन विधाः सर्वोत्कृष्ट संगीतकार बसन्त सापकोटा – मलाई आँखामा÷ए मेरो हजुर २ अर्जुन पोखरेल – तिमी रोएको पल÷ऐश्वर्य हरी लम्साल – उड्यो मन÷ब्लाइन्ड रक्स राजनराज शिवाकोटी – कुटुमा कुटु÷दुई रुपैंया दीपक शर्मा – पर्ख पर्ख÷मंगलम विधाः सर्वोत्कृष्ट पाश्र्वगायक कालीप्रसाद बास्कोटा – ओडौंला पिरतीको÷शत्रुगते कृष्ण काफ्ले – पर्ख पर्ख÷मंगलम सुगम पोखरेल – भन्छु आज÷म यस्तो गीत गाउँछु सुगम पोखरेल – तिमी रोएको पल÷ऐश्वर्य स्वरुपराज आचार्य – सम्झनाको सारंगी÷संरक्षण विधाः सर्वोत्कृष्ट पाश्र्वगायिका अञ्जु पन्त – भन्छु आज÷म यस्तो गीत गाउँछु बानिका प्रधान –उड्यो मन÷ब्लाइन्ड रक्स विन्दु परियार – पर्ख पर्ख÷मंगलम मेलिना राई – कुटुमा कुटु÷दुई रुपैयाँ मीना निरौला – रुपै मोहनी÷शत्रु गते विधाः सर्वोत्कृष्ट नृत्य निर्देशक कविराज गहतराज – आँखैमा÷ ए मेरो हजुर २ कविराज गहतराज – इन्जीन गाडीमा÷लीली बिली कविराज गहतराज – कुटुमा कुटु÷दुई रुपैयाँ कविराज गहतराज – पर्ख पर्ख÷मंगलम मिलन चाम्स – उड्यो मन÷ब्लाइन्ड रक्स विधाः सर्वोत्कृष्ट द्वन्द निर्देशक चन्द्र पन्त – कृ हिमाल केसी – संरक्षण हिमाल केसी – पिजंडा ब्याक अगेन रोशन श्रेष्ठ – छक्का पञ्जा २ सम्राट थापा – ग्याङस्टर ब्लुज विधाः सर्वोत्कृष्ट छायांकन सञ्जय लामा – ए मेरो हजुर २ दीर्घ गुरुङ – छक्का पञ्जा २ पुरुषोत्तम प्रधान – कृ सुदीप बराल – लीली बीली सञ्जय लामा – म यस्तो गीत गाउँछु विधा ः सम्पादन अर्जुन जीसी – लीली बीली बनीष शाह – ए मेरो हजुर २ बिपीन मल्ल – छक्का पञ्जा २ सन्दिप अधिकारी÷बनीष शाह – कान्छी सुरेन्द्र पौडेल – कृ विधा ः पाश्र्वसंगीत शैलेश श्रेष्ठ – ए मेरो हजुर २ सुजिल कर्मचार्य – छक्का पञ्जा २ शैलेश श्रेष्ठ – कृ एलिष कार्की – लीली बिली सैलेश श्रेष्ठ – म यस्तो गीत गाउँछु विधा ः ध्वनी मिश्रण उत्तम न्यौपाने – ए मेरो हजुर २ सुनयमान श्रेष्ठ – छक्का पञ्जा २ उत्तम न्यौपाने – कृ मुकेष शाह – लीली बिली सुनयमान श्रेष्ठ – संरक्षण विधा – श्रृंगार अमृत मरहठ्ठा – पञ्चायत सीजी थापा – भुइँमान्छे निमा लामा –  कृ शंकर थापा – घामपानी श्याम बराल – छक्का पञ्जा २

नेपाल आउँदै बलिउड अभिनेता गोबिन्दा

0
काठमाडौँ — बलिउड अभिनेता गोबिन्दा नेपाल आउने भएका छन् । आइतबार राजधानीमा आयोजना हुने ‘एलजी सिनेमा सर्कल अवार्ड’को लागि उनी नेपाल आउने भएका हुन् । अवार्डमा पाहुनको रुपमा उनले सहभागी जनाउने अवार्डका अध्यक्ष दिनेश डिसीले बताए । डिसीका अनुसार गोबिन्दा शनिबार नेपाल पाउनेछन् । तीन दिनको भ्रमणका लागि नेपाल आउन लागेका गोबिन्दाले अवार्डमा बरिष्ठ निर्देशक किशोर रानालाई लाइफटाइम अचिभमेन्ट अवार्ड दिने कार्यक्रम रहेको छ । राना र बलिउड अभिनेता गोविन्दा पुरानै साथी हुन् । १५ वर्ष मुम्बईमा बिताएका किशोरले हिन्दी फिल्मसँगै भोजपुरी फिल्ममा समेत काम गरेका थिए । राना अहिले मृगौला रोगबाट पिडित छन् । अवार्डको अलवा गोविन्दाको पशुपतिनाथको पूजा गर्ने कार्यक्रम समेत रहेको बुझिएको छ ।

‘छक्का पञ्जा ३’को यस्तो छ नयाँ गीत ‘उमेर ढल्किन्छ… ’

0
काठमाडौं – दीपाश्री निरौला निर्देशित चलचित्र ‘छक्का पञ्जा ३’को नयाँ गीतसार्वजनिक भएको छ । दिपकराज गिरी, दीपिका प्रसाई, जीतु नेपाल, केदार घिमिरे र बुद्धी तामाङ लगायतको अभिनय देख्न सकिने गीत नवलपरासी स्थित सास्वत धाममा छायाँकन गरिएको छ । निशान भट्टराई र एन्जिला रेग्मीको स्वर रहेको गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ भने शब्द पोखरेल र दिपकराज गिरीले लेखेका हुन । गीतमा महाराज थापाले संगीत संयोजन, कबिराज गहतराजको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाँकन र बिपिन मल्लको सम्पादन रहेको छ । प्रियंका कार्की, स्वस्तिमा खड्का र वर्षा राउतले अतिथी भुमिका निर्बाह गरेको चलचित्रको यस अगाडि सार्वजनिक ‘पहिलो नम्बरमा ’बोलको गीतले छोटो समयमै करोड बढी दर्शक पाइसकेको छ । दिपकराज गिरीको कथा र पटकथा रहेको चलचित्रको सम्बाद दिपकका साथै, जीतु नेपाल, केदार घिमिरे र यमन श्रेष्ठले लेखेका हुन । दशैमा प्रदर्शन हुने भनिए पनि अहिले सम्म चलचित्रको रिलिज डेट तोकिएको छैन । सुमन गिरी, शिबहरी पौडेल, किरण केसी, पुरुषोत्तम प्रधान, दिपेन्द्र खनिया, केदार घिमिरे, जितु नेपालका साथै दिपक राज गिरी र दिपाश्री निरौलाले मिलेर चलचित्र बनाएका हुन् ।