साहित्यकार जनार्दनशरण त्रिपाठी स्मृति तथा काव्य परिचर्चा सम्पन्न

कास्की ।  नेपालश्री पुरस्कार कोष पोखरा २५ हेमजाको आयोजनामा बुधबार हेमजामा साहित्यकार जनार्दनशरण त्रिपाठी स्मृति तथा काव्य परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का बिखर्चीकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा बाेल्दै बिखर्चीले त्रिपाठी राष्ट्रवादी कवि,माटाे र प्रकृतिका उपासक एवम् वातावरणीय सवालहरुमा गम्भीर हुने चिन्तकका रुपमा रहेकाे बताए। उनले महाकाव्यकार त्रिपाठी लाई अन्तिम अवस्थामा भएपनि प्रज्ञाप्रतिष्ठानकाे तर्फबाट सम्मान अभिनन्दन गर्न पाएकाे स्मरण गरे।

नेपाल पत्रकार महासघंका केन्द्रीय सदस्य सरिता तिमिल्सिना पगेनीले महाकाव्यकार तथा साहित्यकार जनार्दनशरण त्रिपाठीका कृतिलाइ नेपालका  हरेक कुनामा  चर्चा परिचर्चा गर्नुपर्नेमा जाेड दिइन।

पोखरा महानगरपालिका वडा न. २५ का वडा सदस्य कृष्णबहादुर कुँवरले महाकाव्यकार तथा साहित्यकार जनार्दनशरण त्रिपाठी जन्मिएको वडाकाे बासिन्दा हुनपाएकाे र साेही वडाकाे वडा सदस्य हुन पाएकाेमा हर्ष प्रकट गरे।

अधिवक्ता रामचन्द्र त्रिपाठीले शास्त्रीजीकाे नेपाली साहित्य प्रतिकाे याेगदान बारेदेश विदेशमा समेत चर्चा परिचर्चा हुनुपर्ने बताए ।

पोखरा महानगरपालिका वडा न. २५ का निवर्तमान अध्यक्ष शोभाकर तिमिल्सिनाले महाकाव्यकार त्रिपाठी शैक्षिक ,साहित्यिक र आध्यात्मिक क्षेत्रका त्रिवेणी भएको बताए ।

यसैगरी उक्त कार्यक्रममा हेमजा साहित्य प्रतिष्ठान नेपालका उपाध्यक्ष सुनिल गाक, तिब्रेकोट मणि बिकास समितिका उपाध्यक्ष कृष्णबहादुर कुँवर क्षेत्री,  र समाजसेवी माधवशरण बाँस्तोला लगायतले स्व जनार्दनशरण त्रिपाठीको याेगदान कृतित्व र व्यक्तित्व बारे परिचर्चा गरे । कार्यक्रममा सगरमाथा साहित्य प्रतिष्ठान गण्डकी प्रदेशका अध्यक्ष माधव खतिवडा, कवि शिव त्रिपाठी, बसन्त चालिसे र गौमती त्रिपाठी लगायतले रचना वाचन गरेका थिए ।

सो अवसरमा नेपालश्री पुरस्कार काेषका अध्यक्ष अरुणाेस्तम त्रिपाठीले साहित्यकार जनार्दनशरण त्रिपाठीको जन्मजयन्तीका सन्दर्भमा तिब्रेकोट मणि बिकास समितिलाई १ लाख ५ सय रकम हस्तान्तरण गरेका थिए । महाकाव्यकार तथा साहित्यकार जनार्दनशरण त्रिपाठीकाे स्मृतिमा आयाेजित उक्त कार्यक्रम उहाँ लगायत सम्पूर्ण कीर्तिशेष साहित्यकारहरुकाे सम्झनामा एक मिनेट माैन धारण गरिएको उक्त कार्यक्रम नेपालश्री पुरस्कार कोषका अध्यक्ष अरुणस्तोम त्रिपाठीको अध्यक्षतामा सम्पन्न भयाे।

कार्यक्रममा स्वागत उपाध्यक्ष डा बाबुराम अधिकारीले र सञ्चालन महासचिव छन्दमणि त्रिपाठीले गरेका थिए ।

पोखरा महानगरका २ सय ८०जना सुन्तला कृषकलाई रु.२५ लाख बराबरको अनुदान प्रदान

पोखरा  । पोखरा महानगरपालिकाले सुन्तला कृषकहरूलाई अनुदान प्रदान गरेको छ । नगर प्रमुख धनराज आचार्यले किसानहरूलाई सुन्तला बगैँचा व्यवस्थापन प्रोत्साहन कार्यक्रम अन्तर्गत नगद रु.२५ लाख बराबरको अनुदान प्रदान गर्नुभएको हो ।

नगरप्रमुख आचार्यले कृषकहरूलाई व्यवसायीकरण गर्दै उत्पादन वृद्धि र पेसाप्रतिको आकर्षण बढाउनका लागि महानगरपालिकाको तर्फबाट अनुदान सहायता प्रदान गरिएको बताउनुभयो । उहाँका अनुसार वडा स्तरमा सुन्तलाको पकेट कार्यक्रम सञ्चालन गरी कृषकहरूलाई व्यवसायीकरण र उत्पादन वृद्धिमा महानगरले जोड दिएको बताउनुभयो ।

महानगरको आर्थिक विकास महाशाखा प्रमुख प्रमुख मनोहर कडरियाले सुन्तला कृषकहरूलाई महानगरपालिकाले विगत पाँच वर्षदेखि अनुदान उपलब्ध गराउँदै आएको बताउनुभयो । ताकिएको मापदण्ड अनुसार किसानबाट प्राप्त निवेदनका आधारमा प्राविधिक टोलीको स्थलगत अनुगमन पश्चात् योग्य कृषकहरूलाई अनुदान प्रदान गरिएको कडरियाले जानकारी दिनुभयो ।

पोखरा महानगरपालिकाको कृस्ती, निर्मलपोखरी, खाल्टे, मासपाटन, फेदीपाटन लगायत स्थानका दुई सय ८० किसानलाई अनुदान प्रदान गरिएको छ । महानगरपालिकाले सुन्तला बगैँचा व्यवस्थापनका लागि विभिन्न मापदण्ड बनाइ प्रतिबोट अधिकतम एक सय ५० का दरले १० हजार ६ सय ५२ बोटका लागि अनुदान वितरण गरेको हो ।

अनुदान प्राप्त गर्न प्रत्येक बोटमा एक सय किलो प्राङ्गारिक मल अनिवार्य राख्न रु.५०, बोडो पेस्ट गरेबापत रु.४०, बोडो मिक्स्चर स्प्रेबापत रु.३० र बोटको वरपर बाक्लो छापो लगाएबापत रु.३० गरी एक सय ५० प्रदान गरिएको हो ।

सुन्तलालाई असिनाको प्रभाव कम गर्न आर्थिक वर्ष २०८१।०८२ मा महानगरपालिकाले ७ं प्रतिशत अनुदानमा जाली उपलब्ध गराउने छ ।

पोखरा महानगरपालिकाद्धारा चैते धान लगाउने कृषकहरूलाई प्रोत्साहन रकम प्रदान

पोखरा  । पोखरा महानगरपालिकाले चैते धान लगाउने कृषकहरूलाई प्रोत्साहन रकम प्रदान गरेको छ । महानगरको वडा नं.२६ र २७ का २२६ जना कृषकहरूलाई नगद रु.६ लाख ८१ हजार ३ सय बराबरको प्रोत्साहन रकम प्रदान गरेको हो । उनीहरूलाई सोमबार आयोजित एक कार्यक्रमका बिच पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य उक्त प्रोत्साहन प्रदान गर्नुभएको हो ।
प्रोत्साहन रकम प्रदान गर्दै नगर प्रमुख आचार्यले कृषिलाई पोखरा महानगरपालिकाले प्राथमिकतामा राखेको बताउनुभयो । कृषिको यान्त्रीकरण तथा व्यवसायीकरण, उत्पादकत्व वृद्धि, बाँझो जमिनमा खेतीपाती, विभिन्न बालीहरूको क्लष्टरमा खेती, वडा स्तरमा पकेट कार्यक्रमहरू, कृषक सम्मान तथा प्रोत्साहन, अुनदात र साझेदारी लगायतका कार्यक्रमहरू मार्फत महानगरको कृषि प्रवर्द्धन गरिएको उहाँले बताउनुभयो ।
कृषि उपजको बजारीकरणका लागि समेत महानगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गरेको उहाँले बताउनुभयो । निर्वाहमुखी कृषिलाई बिस्तारै व्यवसायीकरणका लागि कृषकहरूसँग महानगरपालिकाले विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको उहाँले बताउनुभयो । पछिल्लो समय पोखरामा चैते धानको उत्पादन राम्रो भएको उल्लेख गर्दै उहाँले यसप्रति कृषकहरूको आकर्षण समेत बढिरहेको नगरप्रमुख आचार्यले बताउनुभयो । कृषकहरूलाई प्रदान गरिएको प्रोत्साहन रकमले उनीहरूलाई थप हौसला मिल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
पोखरा महानगरपालिका आर्थिक विकास समितिका संयोजक बोध बहादुर कार्कीले कृषकहरूको हौसला अभिवृद्धि गर्दै उद्यमशीलता प्रवर्द्धनका लागि महानगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । वडा नं.२७ का वडा अध्यक्ष पूर्णकुमार गुरुङले महानगरपालिका कृषकहरूको साथैमा रहेको बताउनुभयो । यस प्रकारका प्रोत्साहन कार्यक्रमहरूले कृषकहरूलाई  पेसा प्रति आकर्षण बढाउने उहाँले बताउनुभयो ।
यस वर्ष पोखरा महानगरपालिका वडा नं.२६ मा ४३९ रोपनी र वडा नं.२७ मा ३१८ रोपनी गरी ७५७ रोपनी क्षेत्रफलमा चैते धान लगाइएको छ । सोमबार वडा नं.२६ का १२३ जना कृषकहरूलाई ३ लाख ९५ हजार १ सय र वडा २७ का १०३ जना कृषकहरूलाई २ लाख ८६ हजार २ सय रुपैयाँ प्रोत्साहन प्रदान गरिएको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिनुभयो । उहाँका अनुसार महानगर क्षेत्रको करिब १ सय हेक्टर क्षेत्रफलमा ५ सय मेट्रिक टन चैते धान उत्पादन हुने अनुमान गरिएको छ ।
कार्यक्रममा विभिन्न संघसंस्थाहरुलाई सम्मान गरिएको छ भने, सूचिकृत व्यवसायीक कृषकहरूलाई किसान परिचय पत्र समेत प्रदान गरिएको छ ।

बिद्यालय पोषण दिवा खाजालाइ स्थानिय उत्पादन संग जोड्ने मन्त्री भट्टराईको पहिलो निर्णय

काठमाडौ  ।   शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले  पहिलो निर्णय बिद्यालय पोषण दिवा खाजालाइ स्थानिय उत्पादन संग जोड्ने निर्णय लाई सदर गरेकी छन ।

मन्त्री भट्टराईले विद्यार्थीलाई दिइने दिवा खाजालाई स्थानीय उत्पादनसँग जोड्नका लागि अध्ययन गर्न समिति गठन गरेकी छन् ।

पदभार ग्रहण गर्दै प्रारम्भिक बाल विकासदेखि ५ कक्षासम्मका विद्यार्थीहरूलाई दिइने दिवा खाजा कार्यक्रमलाई स्थानीय कृषि उत्पादनसँग जोड्ने प्रारूप तयार गर्न समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गरेकी हुन् ।

शिक्षा मन्त्रालयका साथै कृषि मन्त्रालय, स्वास्थ्य मन्त्रालय र योजना आयोगका प्रतिनिधिहरू सहभागी हुने समितिले स्थानीय कृषि उत्पादनलाई दिवा खाजामा जोड्न राष्ट्रिय प्रारूप तयार गर्नेछ ।