सामाजिक कथामा आधारित सिनेमा ईश्वर साउन ११ गतेबाट रिलिज हुने

पोखरा । साउन ११ गतेबाट रिलिज हुन लागेको सिनेमा ईश्वर सामाजिक कथामा आधारित रहेको निर्माण पक्षले जानकारी गराएको छ । सोमबार पोखरामा चलचित्र पत्रकार संघ नेपाल कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दे निर्माता हरि थापाले ईश्वर सामाजिक कथामा आधारित भएको बताए ।
“ईश्वर समाजको कथा हो । समाजमा भएका वेथिति विरुद्धको आवाज ईश्वरले बोल्छ । प्रहरी प्रशासनमा देखिएका समस्यालाई उजागर गर्ने पात्रको भूमिकालाई प्रस्तुत गरएको छ ।”, उनले भने । सिनेमाको कथा मन परेकाले लगानी गरेको भनाई उनको छ ।
सिनेमामा निर्माताको रुपमा निरन्तरता दिने प्रतिबद्धता समेत उनले गरेका छन् । सिनेमाले दर्शकको मन छुनेमा उनी आशावादी देखिन्छन् ।
माओत्से गुरुङले अन्याय र अत्याचारको विरुद्धमा लाग्ने प्रहरीको विषयमा सिनेमा माध्यम उल्लेख गरिएको बताए । सिनेमामा उनी भूपूूआर्मीको भूमिकामा देखिएका छन् ।
नायिका कृष्टी गुुरुङले ईश्वर आफ्ना लागि सिनेमा क्षेत्रमा कडीको रुपमा साबित हुने बताइन् । उनी आफ्नो भूमिकामा आशावादी छिन् ।
दिव्याकंगना फिल्मको प्रस्तुतीमा निर्माण भएको सिनेमाको पत्रकार सम्मेलन चपस कास्कीका अध्यक्ष प्रभु अधिकारीको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको संचालन सह—सचिव शंकर तिवारीले गरेका थिए ।

विपद् ब्यवस्थापन र न्यूनीकरणमा सबैको ध्यान केन्द्रित गरौँ : मुख्यमन्त्री पाण्डे 

  पाेखरा ।गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद् ब्यवस्थापन र न्यूनीकरणका सवालमा सबैको ध्यान केन्द्रित हुनुपर्ने बताएका छन् ।
सरोकारावालाहरुबिच मुख्यमन्त्री तथा मन्त्रिरपरिपदको कार्यालयमा सोमवार भएको छलफलमा विपद्को जोखिम अझै रहेकाले सावधानीमा ध्यान दिनुपर्ने, राहत, उद्धार र पुनस्र्थापनका लागि सबैले आ—आफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्वक काम गर्नुपर्ने उनले बताए ।
मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशभित्र विपद्को उच्च जोखिम रहेको र विगत वर्षभन्दा यस वर्ष धेरै क्षती बेहोर्नुपरेकाले सबै संवेदनशिल हुन जरुरी रहेको बताए ।  मनसुन अझै सक्रिय रहेको बताउँदै उनले सचेत रहन सर्वसाधारणलाई पनि सुझाए । स्थानीय सरकार, संघ सरकारसँगका कार्यालयहरुसँगको सहकार्य र समन्वयमा प्रदेश सरकारलेपनि विपद् ब्यवस्थापनका कार्यहरु गर्दै आएको मुख्यमन्त्री पाण्डेले बताए ।
विपद्का कारण क्षती बेहोर्नुपरेका, ज्यान गुमाएकाहरुको परिवारलाई प्रदेश सरकारले दिने राहत जिल्ला प्रशासन कार्यालयहरुबाट बितरण भईरहेको र सहज प्रक्रियाबाट तत्कालै बितरण गर्न निर्देशन दिए । विपद्का बारेमा सचेतना जगाउँदै सर्वसाधारण नागरिकलाई जागरुक बनाउन संचार माध्यामको महत्वपूर्ण भूमिका हुने भएकाले संचारक्षेत्रलाई यस विषयमा केन्द्रित रहेर प्रकाशन प्रशारण गर्न मुख्यमन्त्री पाण्डेले अनुरोध गरे ।
मनसुन सुरु भएपश्चात गण्डकी प्रदेश भित्र बाढी, पहिरो लगायत विपद्का कारण भएको क्षती, राहत बितरण, उद्धार, उपचार, पुर्नस्थापना लगायतका विषयमा सरोकारवालाहरु विच छलफल भएको हो ।
सोमवार भएको उक्त छलफलबाट निम्न निर्णयहरु भएका छन् ।
निर्णयहरु
१. मनसुनजन्य विपदबाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे बैठकमा सरोकारवालाहरुबीच जानकारी एवम् छलफल गरियो।
२. मनसुनजन्य विपदबाट थप क्षति हुन नदिन सम्भावित जोखिममा रहेका बासिन्दालाई पूर्व जानकारी गराउने, सम्बन्धित निकायहरुबाट सचेतनामूलक सन्देशको प्रकाशन तथा प्रसारण गर्ने।
३. विपद्को अवस्थामा आपतकालीन खोज, उद्धार, राहत लगायतका कार्यलाई थप प्रभावकारी बनाउन गण्डकी प्रदेश सरकारका सबै मन्त्रालयरआयोगरनिकाय र स्थानीय तहमा रहेका विपद् उद्धारमा प्रयोग गर्न सकिने सवारी साधन एवम् एम्बुलेन्सलाई समन्वयत्मक रुपमा परिचालन गर्ने र यसको लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सम्बन्धित सबै निकायमा अनुरोध गर्ने।
४. मनसुनजन्य विपद्को सम्भावित अवधिभर खानेपानीरसिँचाईरपूर्वाधार विकासरस्वास्थ्य आदि विषयगत प्रदेश सरकार मातहतका मन्त्रालयरनिर्देशनालयरनिकाय तथा जिल्लास्तरका कार्यालय प्रमुखले सम्बन्धित मन्त्रालयका सचिव एवम् सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको अनुमति बिना कार्यक्षेत्र नछोड्न लेखी पठाउने।
५. विपद्को सम्भावित क्षेत्रको भौगोलिक अध्ययनको लागि भूगर्वविद् सहितको टोलीलाई खटाइदिन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ९ल्म्च्च्ःब्० मा लेखी पठाउने। यससँग सम्बन्धित टोली परिचालनको समयमा सडक, खानेपानी तथा सरसफाई हेर्ने लगायतका प्रदेशरजिल्लास्थित कार्यालयले आवश्यक समन्वय गर्ने।
६. मनसुनजन्य विपद्को कारण सडक पूर्वाधार, खानेपानी तथा सिंचाईका संरचनामा पुगेको क्षति र मर्मतसंभार सम्बन्धी विवरण सम्बन्धित मन्त्रालयले तयार गरी आवश्यकतानुसार मर्मतसंभार एवम् पुनर्निर्माण गर्ने।
७. मनसुनजन्य विपदबाट भएकोरहुने सक्ने क्षतिलाई तत्काल न्यूनीकरण गर्न आपतकालीन रुपमा प्रयोग गर्नुपर्ने पाईप, तारजाली तथा अन्य सार्वजनिक निर्माण लगायतको विपद् व्यवस्थापनसँग सम्बन्धित कार्यहरुको खरिद प्रक्रिया यथासम्भव छिटो छरितोरुपमा सम्पन्न गर्न तयारी अवस्थामा रहने। त्यस्ता तार, जाली तथा पाइप वा अन्य सामग्री वितरण गर्दा सम्बन्धित स्थानीय तह वा वडाको सिफारिस तथा विपद्को फोटो अनिवार्य समावेश गरेर मात्र वितरण गर्न कार्यालयलाई निर्देशन दिने।

पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मतले पास

  पाेखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले महानगरपालिकाको बजेट तथा कार्यक्रम सर्वसम्मत पास गरेको हो । उपप्रमुख मन्जुदेवी गुरुङले १० असारको नगरसभामा रु.७ अर्ब ५१ करोड ३२ लाख ८३ हजार बराबरको बजेट पेस गर्नुभएको थियो।
बजेटको स्रोतमा सङ्घीय सरकारबाट अनुदान स्वरूप रु.४ अर्ब २० करोड २२ लाख १ हजार, प्रदेश सरकारबाट अनुदान रु.९ करोड ६३ लाख ८१ हजार, आन्तरिक आयबाट रु.१ अर्ब ५५ करोड ५१ लाख ४० हजार रहनेछ।
यस्तै सङ्घीय राजस्व बाँडफाँडबाट रु.३८ करोड ३३ लाख ७५ हजार, प्रदेश राजस्व बाँडफाँडबाट रु.९ करोड ७२ लाख २० हजार, स्थानीय राजस्व बाँडफाँटबाट १ अर्ब १२ करोड ८६ लाख ६१ हजार रुपैयाँ र राजश्व बाँडफाँडबाट ५४ लाख २४ हजार रुपैयाँ रहनेछ । यस्तै नगर विकास कोषबाट ४ करोड ४८ लाख ८० हजार रुपैयाँ ऋण लिइने महानगरले जनाएको छ ।
आगामी आ.वको बजेटमा महानगरले पर्यटन, कृषि, उद्योग तथा व्यापार, हरित, दिगो र विपद् उत्थानशील पूर्वाधार विकास, मूल्य श्रृखला सबलीकरण, बजार प्रणाली सुदृढीकरण, न्यून कार्बन उत्सर्जन तथा कार्बन तटस्थतालाई प्राथमिकतामा राखेको छ ।
यस्तै सरलीकृत र प्रविधिमैत्री सेवा प्रवाह, वातावरण प्रति संवेदनशील र जिम्मेवार समाज निर्माण, नवउद्यम (स्टार्टअप) प्रवर्द्धन तथा स्वरोजगार सिर्जना र उद्यमशीलता विकास, स्वास्थ्य र उत्पादनशील जनशक्ति तयारका साथै वित्तीय सुशासन तथा राजस्व परिचालन र महिला, विपन्न र सीमान्तकृत समुदायको आर्थिक सशक्तीकरणमा जोड दिएको छ ।
नगरसभाले आर्थिक ऐन २०८१ र विनियोजन विधेयक लगायत सभामा पेस भएका प्रस्तावहरू समेत सर्वसम्मतिले पास गरेको छ । पोखरा महानगरपालिकाको पञ्चवर्षीय योजना (०८१/०८२-०८५/८६) समेत महानगरको १५ औँ अधिवेशनबाट पारित गरिएको छ । बेरूजु फर्छ्यौट र सम्परीक्षण सम्बन्धी विशेष प्रस्ताव समेत पारित गर्दै महानगरले आगामी आर्थिक वर्षलाई बेरूजु फर्छ्यौटको वर्षको रूपमा महत्व दिने भएको छ ।

पहिरोमा परी मृत्यु भएकाको परिवारलाई जिल्ला प्रशासन कास्कीबाट राहत प्रदान

कास्की । जिल्ला प्रशासन कार्यालय कास्कीले गत असार २७ गते राति  पोखरा महानगरपालिका-३२ चैनपुरस्थित बाह्रबीसेमा पहिरोमा परी   मृत्यु भएकाहरूको परिवारलाई  आइतबार   राहत रकम प्रदान गरेको छ ।

जिल्ला प्रशासन  कार्यालय कास्कीका प्रमुख  जिल्ला अधिकारी भरतमणि पाण्डेले  मृतकहरूको स्थायी घर रुपा गाउँपालिका-२ पेलुङ्गा पुगेर राहत प्रदान गर्नुभएको हो ।

प्रमुख  जिल्ला अधिकारी  पाण्डेले  पोखरा महानगरपालिका-३२ चैनपुरस्थित बाह्रबीसेमा पहिरोमा परी  मृत्यु भएका  १८ वर्षीया अनिता ओझा र ११ वर्षीया अनुष्का ओझाका परिवारलाई  रु. तीन लाख  साथै  सोही घटनामा परी मृत्यु भएका नौ वर्षीय प्रतीक सुवेदीको  परिवारलाई रु. दुई लाख   प्रदान गर्नुभयाे ।

 

अनिता र अनुष्काका बुबा  शिवराज ओझा र प्रतिकका बुबा पुष्पराज सुवेदीले राहत रकम बुझ्नुभएको थियो ।

नेपाल सरकारको विपद्का घटनामा परी मृत्यु भएका व्यक्तिलाई राहत उपलब्ध गराउने सम्बन्धी मापदण्ड, २०७७ बमोजिम जिल्ला विपद् व्यवस्थापन कोषबाट सो रकम प्रदान गरिएको  जिल्ला प्रशासन  कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले पाेखरा पाेष्टलाइ  जानकारी दिनुभयाे । राहत बितरणामा  रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, रुपा-२ का वडाध्यक्ष राजन सुवेदी लगायत स्थानीय समाजसेबीकाे  सहभागिता रहेकाे थियाे।