बडादशैंको अवसरमा पोखराको विन्ध्यबासिनी मन्दिरमा नवदुर्गा महोत्सव हुने

पाेखरा ।  नेपालीहरुको महान चाँड बडादशैंको अवसरमा पोखराको विन्ध्यबासिनी मन्दिरमा नवदुर्गा महोत्सव हुने   भएकाे छ । पोखराको प्रसिद्ध धार्मिकस्थल विन्ध्यबासिनी मन्दिरमा  विगतका वर्ष झैं यसवर्ष पनि नवदुर्गा महोत्सव हुने भएको हाे  ।  सोमबार  विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समितिले पाेखरामा  पत्रकार सम्मेलन गरेर   विन्ध्यबासिनी धार्मिक क्षेत्रविकास समितिको आयोजनामा यहि असोज १७ गते घटस्थापनाको दिनदेखि असोज २५ गते महानवमीसम्म नवरात्री विशेष कार्यक्रम हुने  जानकारी दिएको हो ।

विन्ध्यबासिनी धार्मिक क्षेत्रविकास समितिका सदस्य सचिव  तीर्थ श्रेष्ठका अनुसार  असोज १७ गते घटस्थापनाको दिन नवदुर्गाका नौ रुप सिंगारिुएका नवकन्या, आरुढ नौरथ, विन्ध्यबासिनी मन्दिरको झाँकी तथा विभिन्न जातिका वेशभुषा र सांस्कृतिक झाँकीसहित शोभायात्रा निकालेर जातीय, धार्मिक, सांस्कृतिक, सामाजिकलगायतका पक्षहरुको उजागर गरिने छ। घटनास्थापनाको दिन विहान ७ बजे विन्ध्यवासिनी पार्कबाट शुरु हुने शोभायात्रा मोहरियाटोल, भैरवटोल, भीमसेन टोल, नालामुख, तेर्सापट्टी, महेन्द्रपुल, चिप्लेढुंगा, सिद्धार्थचोक, रामकृष्णटोल, गणेशटोलहुँदै पुनः विन्ध्यबासिनी मन्दिर प्राङ्गण पुगेर समापन हुनेछ । मन्दिरमा सोहि दिनदेखि श्रीमददेवी भागवत ज्ञान महायज्ञसमेत प्रारम्भ हुने सदस्य सचिव श्रेष्ठले जानकारी दिए ।

महायज्ञमा महानवमीसम्म हरेक दिन संगीतमय झाँकीसहित श्रीमददेवी भागवतको कथासमेत प्रस्तुत गरिने समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले जानकारी दिए । उनका अनुसार श्रीमददेवी भागवतको कथा पूर्वाह्न ९ बजेबाट मध्याह्न १२ बजेसम्म र दिउँसो २ बजेबाट अपराह्न ४ बजेसम्म कथा प्रवचन हुनेछ ।

मन्दिरमा विजया दशमीको नित्य पुजा विहान ४ बजेबाट प्रारम्भ हुनेछ भने ५ बजेबाट दर्शनार्थीका लागि मन्दिर खुल्ला गरिने समितिले जनाएको छ । साँझ ६ बजे भने आरती हुने अध्यक्ष श्रेष्ठले बताए । उनका अनुसार विहान ५ बजेबाट पूर्वाह्न ९ बजेसम्म भजनकिर्तनसमेत हुनेछ ।

मन्दिरबाट प्राप्त आम्दानीमार्फत समितिले विन्ध्यबासिनी मन्दिरको सौन्दर्यकरणका साथै आवश्यक पूर्वाधार निर्माण, विन्ध्यबासिनी गुरुकुल भवन, मन्दिरमा बृद्धबृद्धा तथा असहायःका लागि आवतजावत गर्न विद्युतीय लिफ्ट, विन्ध्यबासिनी गुरुकुल विद्याश्रम सञ्चालन गरी निःशुल्क अध्यापन, ज्येष्ठ नागरिक मिलन केन्द्र सञ्चालन गर्दै आएको छ ।

काठमाडौँबाट  पोखरा आउँदै  गरेको माइक्रोबस नुवाकोटमा दुर्घटना, १२  जना घाइते

पाेखरा  ।  काठमाडौँबाट  पोखरा आउँदै  गरेको माइक्रोबस नुवाकोटमा दुर्घटना   भएकाे  छ । छहरे-टोखा सडक खण्ड अन्तर्गत नुवाकोटको शिवपुरी गाउँपालिका-७ मा आज  ग १ ख ४५३५ नंं.माइक्रोबस  दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तिराज कोइरालाले जानकारी दिए।

अपराह्न एक बजे अदुवारीमोडमा  बस अनियन्त्रित हुँदा सडकबाट अन्दाजी ५० मिटर तल पुगेको घटनास्थल पुगेका प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए।

उनका अनुसार उक्त गाडीमा १८ जना सवारमध्ये गम्भीर दुईसहित १२ जनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ ।

प्रहरीका अनुसार  धादिङको विभिन्न स्थानमा गएको पहिरोका कारण काठमाडौँको टोखाबाट नुवाकोट हुँदै धादिङको गल्छी निस्केर पोखरा आउँने क्रममा माइक्रोबस नुवाकोटमा दुर्घटनामा परेको हो ।

 

अभिभावकमुखी शिक्षालाई प्रभावकारी बनाउन मन्त्री थापाको निर्देशन

पोखरा ।गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुुकुमार थापाले अभिभावकमुखी शिक्षालाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । शिक्षा विकास निर्देशनालय पोखराले आयोजना गरेको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को अभिलेख संसोधन र शैक्षिक तथ्याङ्क सम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले शिक्षा क्षेत्रमा सुधार ल्याउन अभिभावकमुखी शिक्षालाई जोड गर्नुपर्ने बताएका हुन् ।
“मन्त्रालयले राखेको अभिभावकमुखी शिक्षा नयाँ कार्यक्रम हो । यसलाई प्रभावकारी बनाउन आवश्यक छ । शैक्षिक क्षेत्रलाई सुदृढिकरण गर्न यस्ता कार्यक्रमले मदत पुग्छ ।”, उनले भने । मन्त्री थापाले तथ्याङ्कको विश्वसनियतामा शंका नआउने गरी यथार्थपरक तथ्याङ्क उपलब्ध गराउनुपर्ने आवश्यकतालाई औंल्याएका छन् ।
उनले तीनै तहको सरकार मिलेर नै शिक्षा क्षेत्रमा सुधार ल्याउन सकिने उल्लेख गरे । घोकन्ते विद्या भन्दा पनि संस्कारमुखी शिक्षा आजको आवश्यकता रहेको भनाई उनको छ । फलस्वरुप मन्त्रालयले यसपालीको बजेटमा समेत व्यवसायिक र नैतिकवान शिक्षालाई जोड दिएको उनले बताए ।
फ्राइडे फर फ्युचर, सिक्दै कमाउँदै, अभिभावक शिक्षा लगायतका कार्यक्रम महत्वपूर्ण रहेको र यसको प्रभावकारी कार्यान्वयनका लागि मन्त्री थापाले सम्बन्धित सबैलाई निर्देशन दिएका छन् ।
गण्डकी प्रदेश सरकारका प्रमुख सचिव रघुराम विष्टले कक्षा १० का विद्यार्थीको सर्टिफिकेटमा नामथर, जन्ममितिका बारेमा ध्यान दिन आवश्यक रहेको बताए । जसका लागि अभिभावकमुखी शिक्षा प्रभावकारी हुने भनाई उनको छ । सही तथ्याङ्कको आवश्यकतालाई उनले जोड दिएका छन् ।
सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका निमित्त सचिव तोयानाथ लम्सालले प्रदेश स्तरमा शैक्षिक तथ्याङ्कको विश्वसनियता बढाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जानकारी गराए । उनले मन्त्रालयले बिग्रदो, हराउँदो संस्कारलाई परिवर्तन गरि समाज र व्यक्तिलाई सुधार गर्न शिक्षाको क्षेत्रमा नयाँ कार्यक्रम ल्याएको उल्लेख गरे । मन्त्रालय अन्तर्गत प्रदेशका ११ वटै जिल्लाका विभिन्न कार्यालयहरुलाई प्रभावकारी बनाउन साझेदारी मोडलमा बजेट विनियोजन गरेको जानकारी उनले गराएका छन् ।
शिक्षा निर्देशनालय पोखराका प्रमुख अम्बिका आचार्यले मुस्कान सहितको गण्डकी प्रदेश बनाउन शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन विविध कार्यक्रमको आयोजना गर्दै आएको उल्लेख गरे । कार्यक्रम असोज १० र ११ गते दुई दिन सम्म चल्ने उनले बताए । कार्यक्रममा ११ जिल्लाका शिक्षा विकास तथा समन्वय इकाई प्रमुुखहरु र ८५ वटै पालिकाका शिक्षा, युुवा तथा खेलकुद शाखाका प्रमुखहरुको सहभागिता रहेको छ ।

कास्कीमा बढ्दो डेंगी संक्रमण नियन्त्रणका लागि  जिल्ला बिपद व्यवस्थापन समितिसंग छलफल

 

पाेखरा।कास्कीमा बढ्दो डेंगी संक्रमण नियन्त्रणका लागि  जिल्ला बिपद व्यवस्थापन समितिसंग छलफल गरिएको छ।साेमबार जिल्ला प्रशासन कार्यलय कास्कीमा भएको छलफल कार्यक्रममा बाेल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पान्डेले स्थानीय तहका जनप्रतिनिधि र सामाजिक संघ संस्थाकाे सहकार्यमा डेंगी नियन्त्रण गर्न सकिने बताउनुभयो ।

पछिल्लो समय  कास्कीमा डेंगीले महामारीको रुप लिदै गएको अबस्थामा यसको नियन्त्रणका लागि साेमबार बसेकाे बैठकले गरेका निर्णय यस्ता छन् :

 

. जिल्लास्थित स्थानीय तहहरुका सबै वडाध्यक्षहरुको संयोजकत्व तथा समन्वयमा सम्भावित डंगी रोगको संक्रमण नियन्त्रणका लागि लामखुट्टेको लार्भा खोज नष्ट गर्न स्वास्थ्यकर्मी, आमा समुह, महिला स्वास्थ्य स्वंयसेवीका, क्लब, टोल बिकास सस्था, नागरिक समाज, निजी क्षेत्र, पर्यटन व्यवसायी, जिल्लास्थित सबै सुरक्षा निकायहरु अन्य सरोकारवालाहरुको सहभागितामा संलग्न बिवरण अनुसार बिहान बजेदेखी बजेसम्म सबै टोलहरुमा लामखुट्टेको बासस्थान खोजी तथा नष्ट अभियान संचालन गर्ने सोको अनुगमन जिल्ला विपद् व्यवस्थापन समिति पोखरा महानगरपालिकाले गर्ने

. सबै स्थानीय तहहरुले स्थानीय आम संचार माध्यम तथा सामाजिक संजाल मार्फत डेंगी रोग रोकथाम तथा नियन्त्रणका लागी सार्वजनिक अपील गर्ने, नियन्त्रणका उपायहरुका बारेमा पत्रकार महासंघ कास्की मार्फत सबै सञ्चार माध्यमहरुलाई परिचालन गरी व्यापक प्रचार प्रसार गर्ने व्यवस्था मिलाउने

. डेंगी रोग संक्रमणको सम्भावित जोखिम स्थलहरु जस्तै: बिद्यालयहरु, सरकारी तथा सार्वजनिक कार्यालयहरु, संघ संस्थाहरु, ग्यारेज/ वर्कसप, कबाडी व्यवसाय, निर्माणधिन भवनहरु, औधोगिक क्षेत्र भित्रका प्रतिष्ठानहरु, सुकुम्बासी बस्तीहरुमा सम्बन्धित पक्षले सरसफाइ तथा लामखुट्टेको बासस्थान खोजी तथा नष्ट गर्ने अभियान सञ्चालन गर्ने उक्त गतिबिधीहरुको अनुगमन स्थानिय तह तथा जिल्ला प्रशासन कार्यालय, कास्कीले गर्ने। . सबै सरकारी तथा निजी अस्पतालहरु, पोलीक्लिनिक, लगायतका स्वास्थ्य संस्थाहरु मार्फत लक्षण भएका बिरामीको निदान, उपचार गर्ने व्यवस्थापन गरी सोको तत्काल स्वास्थ्य कार्यालय कास्कीमा प्रतिवेदन गर्ने . सबै स्थानीय तहहरुले सबै स्वास्थ्य संस्था / स्वास्थ्यकर्मी मार्फत कक्षा , , १० तथा उच्च मा.बि. हरुमा डेंगी रोग रोकथाम तथा नियन्त्रणका लागी बिद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम तथा विद्यालयहरुमा पर्चा पम्पलेट वितरण कार्यक्रम सन्चालन गर्ने उक्त कार्यक्रममा सहजीकरण शिक्षा विकास तथा समन्वय इकाई कास्कीले पर्चा पम्पलेट को व्यवस्थापन प्यावसन (PABSON) हिसान (HISAN) ले मिलाउने

. डेगी रोग रोकथाम तथा नियन्त्रण निर्देशक समिति गण्डकी प्रदेशले तोकिएको दररेट रु.६००।०० (अक्षेरुपी सय मात्र) मा परिक्षण गर्ने, तोकिएको रकम भन्दा बढी लिए / नलिएको अनुगमन जनस्वास्थ्य प्रयोगशाला पोखराले गर्ने

. राजनैतिक दलहरुले आफ्ना सदस्यहरु भातृ संगठनहरुलाई डेंगी रोग नियन्त्रणका लागि लामखुट्टेकका लार्भा खोज नष्ट अभियानमा परिचालन गर्ने

गर्ने

.कास्की जिल्लास्थित अस्पतालहरुमा विरामीहरुका लागि आवश्यक पर्ने रगतको अभाव हुन नदिन पर्याप्त भण्डारण नियमित रगत संकलन कार्यलाई नेपाल रेडक्रस सोसाइटी पोखरा शाखाको नेतृत्वमा व्यवस्थित गर्ने

एक महिना अघि  कास्कीमा  करिब सात सय जनामा डेंगु संक्रमण देखिएकोमा असोजको पहिलो साता त्यो संख्या बढेर करिब ४ हजार ५ सय ४७ पुगेको छ भने चार जनाको दुखद निधन समेत भैसकेको छ।