पोखरामा जारी कोटीहोम एक सय एक हवन कुण्डमा भइरहेका हवन आज समापन हुने
पाेखरा उच्च अदालत बार एशाेसिएशनकाे अध्यक्षमा शालिग्राम भट्टराई
तेश्राे त्रैमासिक सम्मकाे समग्र मुल्यांकन नतिजामा जिल्ला प्रशासन कार्यलय कास्की प्रथम
कास्की ।जिल्ला प्रशासन कार्यलयहरुकाे आर्थिक बर्ष २०८१/०८२ काे तेश्राे त्रैमासिक सम्मकाे समग्र मुल्यांकन नतिजामा जिल्ला प्रशासन कार्यलय कास्की प्रथम भएको छ।
गृहमन्त्रालयले सार्वजनिक गरेको आर्थिक बर्षकाे पहिलो त्रैमासिकमा छैठौं स्थानमा रहेको कास्की दाेस्राे त्रैमासिकमा चाैथाें स्थानमा पर्न सफल भएको थियाे।
आर्थिक बर्ष २०८०/०८१ काे चाैथाें त्रैमासिककाे अन्त्यतिर जिल्ला प्रशासन कार्यलय कास्कीको प्रमुख जिल्ला अधिकारीकाे जिम्मेवारी सम्हाल्नुभएका सहसचिव भरतमणि पाण्डेले उत्कृष्ट कार्यसम्पादन गरी आफ्नो कार्यकालकाे अन्त्यमा जिल्ला प्रशासन कार्यलय कास्कीलाई पहिलाे नम्बरमा पार्न सफल हुनुभएको हाे ।
कास्कीका सिडिओ भरतमणि पाण्डेकाे सरूवा, कास्कीकाे सिडिओकाे जिम्मेवारी रुद्रादेवी शर्मालाइ
कास्की । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को सरुवा गरेको छ । बर्दिया, कास्की, धनुषालगायतका जिल्लाका सिडिओहरूको फेरबदल गरेकाे हाे ।
कास्कीका सिडिओ भरतमणि पाण्डेलाई मन्त्रालयमा तानिएको छ । बर्दियाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई कास्की जिल्ला प्रशासन कार्यालयमा सरुवा गरिएको छ । शर्माको स्थानमा मन्त्रालयको अतिरिक्त समूहमा रहेका सुरेन्द्र पौडेललाई बर्दियाको जिम्मेवारी दिइएको छ ।
यसैगरी, धनुषाका प्रजिअ रामु राज कडरियालाई मन्त्रालयमा तानिएको छ भने शंकरहरि आचार्यलाई धनुषाको प्रजिअको जिम्मेवारी दिइएको छ ।