कास्की । कास्कीको माछापुच्छ्रे – १ मा नेपाली काँग्रेसका इन्द्रबहादुर गुरुङ सहितको गठबन्धन प्यानल विजयी भएको छ ।
नेपाली काँग्रेस र माओवादी केन्द्रको तालमेल रहेको सो वडामा गुरुङले ६२२ मत पाउनुभयो भने नेकपा(एमाले)का अनुप गुरुङले ५८४ मत पाउनु भएको निर्वाचन अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
यसैगरी महिला सदस्यमा काँग्रेसका जमुना पुन, दलित महिला सदस्यमा श्याममाया सुनार र खुला सदस्यमा नेपाली काँग्रेसका देवबहादुर मगर र माओवादी केन्द्रका पुर्खबहादुर पुन विजयी हुनुभएको निर्वाचन अधिकृत पोखरेलले जानकारी दिनुभयो ।
सो वडाबाट गाउँपालिका अध्यक्षमा नेपाली काग्रेसका मीनबहादुर गुरुङले ६८३ र नेकपा(एमाले)का विक्रम गुरुङ गुरुङले ५२५ मत पाउनुभयो । यसैगरी उपाध्यक्षमा काँग्रेसका सीता अधिकारीले ६१८ र एमालेका सीता तिवारीले ५३३ मत पाउनुभएको छ ।