१७ हजार भँेडाच्याङ्ग्रा निकासी
दशैँलाई लक्षित गरी यहाँबाट करिब १७ हजार भेँडाच्याङ्ग्रा निकासी भएको छ । मुस्ताङ, डोल्पा, मुगु, जुम्ला, जाजरकोट र तिब्बतबाट समेत महीनौँ लगाएर ल्याइएका भेडाच्याङ्ग्रा म्याग्दी हुँदै निकासी गरिएको हो । दशैँलाई लक्षित गरी यो वर्ष १६ हजार ७०० भेँडाच्याङ्ग्रा निकासी भएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीको जोमसोमस्थित सेवा केन्द्रका पशु चिकित्सक शिव […]
हुम्लामा राष्ट्र बैंकले पैसा नपठाउँदा नयाँ नोटको अभाव
हुम्ला, नेपालीको ठूलो चाड दशैँ लागेसँगै जिल्ला सदरमुकाम सिमकोटमा रहेको एक मात्र राष्ट्रिय वाणिज्य बैंकमा खुद्रा पैसाको अभाव भएको छ । यस वर्ष दशैँमा राष्ट्र बैंकले पैसा नपठाउँदा खुद्रा पैसाको अभाव देखिएको हो । दशैँको घटस्थापना शुरु भएपछि ग्राहक नयाँ नोटको खोजीमा बैंकमा लिन आए पनि बैंकसँग पर्याप्त मात्रामा नोट नहुँदा दिन नसकिएको वाणिज्य बैंक […]
पोखरा महानगरपालिकाले लिँदै आएको एकीकृत सम्पत्ति कर खारेजी
पोखरा, पोखरा महानगरपालिकाले लिँदै आएको एकीकृत सम्पत्ति कर हटेको छ ।। विहिबारको कार्यपालिका बैठकबाट नयाँ कार्यविधि पारित भएसँगै एकीकृत सम्पत्ति कर खारेजी भएको हो ।यस अघि करको बिषयलाइ लिएर चौतर्फी विरोध गरिएको थियो । नागरिकको ढाँड सेक्ने गरि महानगरले कर असुल गरेको भन्दै उच्च अदालत पोखरामा मुद्धा समेत परेको थियो । मुद्धाको सुनुवाई गर्दै उच्च […]
कृषिमा आधुनिकीकरण र ब्यावसायिकरण गरिनुपर्ने , प्रधानमन्त्री ओली
नबिन लामिछाने मनाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाँउपालिका –१ भ्राताङमा एग्रो मनाङ प्रालिले स्थापना गरेको स्याउ फार्म उदघाटन गरेका छन । प्रधानमन्त्री ओलीले कृषिमा आधुनिकीकरण मार्फत नै किसान सफल व्यवसायी र उद्यमी बन्न सक्ने बताए ।’ एग्रो मनाङले स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गर्ने खालको उदाहरणीय काम गरेको भन्दै प्रधानमन्त्री […]
तत्काल चिनीको मूल्य निर्धारण गर्न निर्देशन
काठमाडौँ, २५ असोज प्रतिनिधिसभा, उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उपभोक्ताको हित हुने गरी तत्काल चिनीको मूल्य निर्धारण गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले चिनीको आयातमा परिमाणत्मक बन्देज लगाइनुअघि आयात भएको चिनी गोदामको तत्काल अनुगमन गर्न र गैरकानूनी कार्य गरेको पाइएमा गोदममा सिलबन्दी गरी कारबाही गर्नसमेत सरकारलाई निर्देशन […]
विराट ट्रेड एक्स्पोमा रु २५ करोडको कारोबार हुने
विराटनगर, २४ असोज मोरङ व्यापार सङ्घको आयोजनामा विराटनगरमा हुने ‘विराट ट्रेड एक्स्पो–२०७५’ मा रु २५ करोड कारोवार हुने बताइएको छ । सङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आगामी पुस ६ देखि १४ गतेसम्म सञ्चालन हुने एक्स्पोमा भारत, श्रीलङ्का र स्वेदशका गरी २७५ वटा स्टल रहने मेला संयोजक अनुपम राठीले जानकारी दिनुभयो । प्रत्येक वर्ष सञ्चालन […]
हिमालयन ऊर्जा कम्पनीको १० लाख कित्ता आइपिओ आउँदै
काठमाडौँ, २४ असोज हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडले नौ लाख ९० हजार कित्ता बराबरको साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित रामेछापको गोकुल गङ्गा गाउँपालिकाका २, ३, ४ र ५ वडा र दोलखाको जिरी नगरपालिका ३, तामाकोशी गाउँपालिकाको ५ र ६ तथा मन्थली नगरपालिका १३ का बासिन्दालाई शेयरबिक्री गर्न लागेको हो । […]
‘पैसाको खेल रेडियोमा’ गेम शो ‘महा आजिजा’ गर्दे बिग एफएम
पोखराको बिग एफएमले महान पर्व बडादशँैको अवसर पारेर यस वर्ष पनि रेडियो गेम शो ‘महा आजिजा’ गर्ने भएको छ । ‘पैसाको खेल रेडियोमा’ भन्ने थिममा खेलाईने रेडियो गेम शो असोज २४ गते घटस्थापनादेखि असोज २९ गतेसम्म चल्ने एफएमले जनाएको छ । यो पटकको ‘महा आजिजा’ लाई कालिगण्डकी अक्सिजन ग्याँस प्रालिले मुख्य प्रायोजन गरेको छ । […]
बडादशैंका लागि नयाँ नोट सटही सुरु
नेपालीहरुको महान पर्ब बिजया दशमी नजिकिदै गर्दा, नेपाल राष्ट्र बैंकले आइतबारदेखि विभिन्न दरका नयाँ नोट सटही गर्ने जनाएको छ । राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका गरी प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म नोट सटही गर्ने भएको हो। बैंक तथा वित्तीय संस्थाले आइतबारदेखि नै नयाँ नोट वितरण सुरु गर्दैछन् ।२७ हजार रुपैयाँसम्म नयाँ नोट […]
बसमा पत्रकारलाई पनि आरक्षित सिट
काठमाडौँ, १९ असोज नेपालीको महान् चाड दशैँ मनाउन काठमाडौँ उपत्यका बाहिर जाने यात्रुले टिकट नपाएको गुनासो सुनिरहेकै बेला राजधानीभित्र चल्ने एउटा यातायात कम्पनीले भने पत्रकारलाई लक्षित गरी आरक्षित सिटको व्यवस्था गरेको छ । साँखुदेखि दक्षिणकालीसम्मको भर्खरै रुट अनुमति पाएको बाबा गोकर्णेश्वर यातायात अटो प्रालिका २५ वटै बसमा पत्रकारका लागि अग्रपङ्क्तिका दुई सिट आरक्षित कोटामा […]