जनकपुरमा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने

२३ मंसिर २०७५, आईतवार

आगामी पुस ७ र ८ गते जनकपुरधाममा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन–२०७५ हुने भएको छ । उद्योग वाणिज्य सङ्घको राजर्षिजनक सभागृहमा हुने सो सम्मेलनमा नेपाल–भारतका मैथिली सेवी, विद्वान, साहित्यकारका साथै अन्य भाषाका अन्तर्राष्ट्रिय ख्यातिका साहित्यकार, संस्कृतिविद्को सहभागिता रहने जनाइएको छ । सम्मेलनका संयोजक रामभरोस कापड़ि भ्रमरका अनुसार सम्मेलनअन्तर्गत विचार गोष्ठीमा समसामयिक विषयमा एक दर्जनभन्दा अधिक कार्यपत्र प्रस्तुत […]

सुरजको ख्वापा : द मास्क प्रदर्शनीमा

२२ मंसिर २०७५, शनिबार

ललितपुरको पाटन संग्राहलयमा एक हप्ते एकल माक्र्स प्रदर्शनीमा राखिएको छ । कलाकार सुरज शाक्यले निर्माण गरेका ६ इञ्चदेखी १८ इञ्चसम्मका ५१ वटा मास्क हरु उक्त प्रदर्शनीमा राखिएका छन् । पुरातन शैलीका मास्क देखी समयसामयिक रुपमा चलेका विभिन्न प्रकारका मास्क हरु मण्डला, सिंह, भैरव आदि उक्त प्रदर्शनीमा राखिएका छन् । बरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले गत शुक्रबार […]

माउन्टेन फिल्म फेस्टिबल शुरु

२१ मंसिर २०७५, शुक्रबार

‘काठमाडौँ इन्टरन्यासनल माउन्टेन फिल्म फेस्टिबल’ (किम्फ)को सोह्रौँ संस्करण आजदेखि शुरु भएको छ । राष्ट्रियसभा गृह र नेपाल पर्यटन बोर्डमा यही मङ्सिर २५ गतेसम्म सञ्चालन हुने सो फिल्म फेस्टिबलको आज आयोजित एक समारोहबीच पहिलो टेम्पो चालक लक्ष्मी शर्मा, गायिका आनी छोइङ डोल्मा र तवला वादक दावा योङजुङ शेर्मालागतयले सामूहिक रुपमा उद्घाटन गर्नुभयो । अष्टे«लियाली निर्देशक जेनिफर […]

त्यति राम्रो उनको मुहार चुम्यो अरुले नै

२० मंसिर २०७५, बिहीबार

प्रकट पङ्गेनी शिव त्यति राम्रो उनको मुहार चुम्यो अरुले नै उनको मनको फुलबारी घुम्यो अरुले नै म अभागी हेर्दै बसें आफ्नै रित्तो हात हिउंगोरिको मीठो बास्ना सुम्यो अरुले नै।

पशुपतिलगायत शिवालयमा छरियो शतबीज

२० मंसिर २०७५, बिहीबार

मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानै हिजोदेखि देशभरका शिवालयमा रातभर महादीप बाली बसेका भक्तजनले नदीमा स्नान गरी शतबीज छरेका छन् । बाला चतुर्दशीसमेत भनिने मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहानै स्नान गरी शिवालय क्षेत्र विशेषगरी पशुपति क्षेत्रको मृगस्थलीमा धानका सय गेडा छरे दिवङ्गत पितृले मोक्ष पाउने शास्त्रीय मान्यता छ । हेमाद्रीलगायत धर्मशास्त्रका पुस्तकमा वर्णन गरिएअनुसार धानको […]

 लुम्बिनी आउने पर्यटक बास नबसी फर्कन्छन्

१९ मंसिर २०७५, बुधबार

यस वर्ष कात्तिकको मध्यसम्म करीब १६ लाख स्वदेशी तथा विदेशी पर्यटकले लुम्बिनी भ्रमण गरिसके । भ्रमणका लागि उपयुक्त याम भएकाले यस वर्ष थप एक लाख पर्यटक लुम्बिनी घुम्न आउने अपेक्षा लुम्बिनी विकास कोषले राखेको छ । तथ्याङ्कअनुसार यहाँ आउने पर्यटकमध्ये सबैभन्दा धेरै श्रीलङ्काका छन् । त्यसपछि थाइल्यान्ड, चीन, बर्मा, म्यानमारलगायतका देशहरुबाट पर्यटकहरु लुम्बिनी आउँछन् । […]

फेरि जन्मेलान् नारायण गोपाल

१८ मंसिर २०७५, मंगलवार

‘म त लालीगुराँस भएछु, वनैभरि फूलिदिन्छु मनैभरि फुलिदिन्छु’ नेपाली साङ्गीतिक इतिहासमा एकपछि अर्का गीत दिन सफल स्वरसम्राट नारायण गोपालले संसार छाडेको मङ्सिर १९ गते २८ वर्ष बितिसक्दा पनि उहाँको नाम आज पनि उत्तिकै अमर छ । ‘केही मीठा बात गर, रात त्यसै ढल्कँदै छ’, ‘आँखा छोपी नरोउ भने भन्नुप¥या छ, मुटुमाथि ढुङ्गा राखी हाँस्नुप¥या छ’, […]

जनकपुरमा विवाहपञ्चमीको रौनक

१८ मंसिर २०७५, मंगलवार

यही मङ्सिर २६ गते जनकपुरधाममा आयोजना हुने विवाह महोत्सवका लागि उत्साहपूर्वक संपूर्ण तयारी भइसकेका छन्। महोत्सवमा यस पटक भारतको अयोध्याबाट आउने भगवान् रामको प्रतीक स्वरूप आउने जन्तीमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको समेत सहभागिता रहने चर्चा छ । प्रदेश सरकार, जनकपुरधाम उपमहानगरपालिका र जानकी मन्दिरका महन्तको पहलमा जानकी मन्दिर परिसरदेखि बाह्रबिघा ( रङ्गशाला) सम्म सिङ्गारिने, […]

राष्ट्रिय कला प्रर्दशनी पोखरामा शुरु, सुर्खेतका बिक्रम शिशिर प्रथम

१५ मंसिर २०७५, शनिबार

एनएस क्लब राष्ट्रियकला एप प्रतियोगिता तथा प्रर्दशनी  आज देखि पोखरामा शुरु भएको छ ।प्रर्दशनीमा  नेपालका सात वटा प्रदेशका  कुलपति,प्राज्ञ,विज्ञ,बरिष्ठ कलाकार ,युबा र मन्टेश्वरीमा अध्ययनरत स साना बालकलाकारहरुको कलाकृति नियाल्न पाईन्छ ।   पोखराको महेन्द्रपुलमा रहेको पोखरा आर्ट ग्यालरीमा  गरिएको प्रर्दशनीमा  एक बर्षीय बालक देखि ७५ बर्षीय जेष्ठ नागरिकसम्मका कला कृति हेर्न पाईन्छ । भर्खर सिसाकलम […]

मिसवर्ल्डमा श्रृंखलाका १५ प्रतिस्पर्धी : कवयत्रीदेखि ‘बक्सर’सम्म

११ मंसिर २०७५, मंगलवार

चीनमा आगामी ८ डिसेम्बरमा ६८ औं मिस वर्ल्डको फाइनल राउण्ड हुँदैछ । नेपालकी सुन्दरी श्रृंखला खतिवडाले प्रतियोगितामा आफ्नो बलियो उपस्थिति देखाइरहेकी छन् । यसपालि मिस वल्र्डका दाबेदारहरुको चर्चा गर्दा श्रृंखलाको नाम कसैले पनि छुटाएको पाइँदैन । यूट्युव, अनलाइन पोर्टल र ब्लगहरुले बिजेताको पूर्वानुमान गर्ने क्रममा उनलाई अग्रस्थानमा राखेका छन् । मल्टिमिडिया अवार्डका लागि भइरहेको अनलाइन […]