भारतलाई पराजित गर्दै नेपाल फाइलनमा

१९ आश्विन २०७५, शुक्रबार

नेपाल भूटानमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै नेपाल फाइनल पुगेको हो । थिम्पुस्थित चाङलिमिथाङ मैदानमा निर्धारित ९० मिनेट र थपिएको अतिरिक्त समय एक÷एक गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगको थियो । पेनालटीमा नेपालकी गोलकिपर अन्जना रानामगरको उत्कृष्ट […]

नेपाल–प्यालेस्टाइनबीचको खेल शनिबार

१९ आश्विन २०७५, शुक्रबार

डिफेन्डिङ च्याम्पियन नेपाल बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकपको दोस्रो खेलमा शनिबार प्यालेस्टाइनसँग प्रतिष्पर्धा गर्दैछ । बुधबार भएको समूह चरणको पहिलो खेलमा ताजकिस्तानसँग २–० ले पराजित भएको नेपाललाई सेमिफाइनल पुग्न शनिबारको खेल जित्नै पर्नेछ । शनिबार बङ्गलादेशको सिल्हेट डिस्ट्रिक रङ्गशालामा साँझ ६ः१५ बजे शुरु हुने खेलमा नेपाल सेमिफाइनलमा पुग्न प्यालेस्टाइनलाई २–० गोलभन्दा बढीको अन्तरमा पराजित गर्नुपर्नेछ । अघिल्लो […]

साफ यू–१८ महिला फुटबलमा नेपाल–भारत भिड्दै

१९ आश्विन २०७५, शुक्रबार

  काठमाडौँ, १९ असोज  भूटानमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलको पहिलो सेमिफाइनलमा आज नेपालले भारतको सामना गर्दैछ । नेपाल र भारतबीचको खेल नेपाली समयानुसार दिउँसो भूटानको राजधानी थिम्पुस्थित चाङलिमिथाङ मैदानमा ३ः१५ मा शुरु हुने अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले जनाएको छ । आजै हुने दोस्रो सेमिफाइनलमा आयोजक भूटान र बङ्गलादेश प्रतिस्पर्धा गर्नेछन् । समूह […]

रोनाल्डोले यौन शोषणको आरोप अस्वीकार गरे

१८ आश्विन २०७५, बिहीबार

  लास भेगास, १८ असोज  विश्वप्रसिद्ध फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले पूर्व अमेरिकी मोडेलले आफूमाथि लगाएको यौन शोषणको आरोपको खण्डन गरेका छन् । अमेरिकी मोडेलले सन् २००९ मा आफूलाई रोनाल्डोले बलात्कार गरेको आरोप लगाएकी छिन् । रोनाल्डोका विरुद्धमा लास भेगासको प्रहरीले अनुसन्धान गर्ने यसै साता बताइसकेको छ । पोर्चुगाली यी फुटबल खेलाडीले आफूमाथि लागेको आरोपमा सत्यता […]

एसिसी यू–१९ एसिया कप क्रिकेट  नेपाल समूह चरणबाटै बाहिरियो

१५ आश्विन २०७५, सोमबार

  १५ आश्विन २०७५, सोमबार पोखरा । नेपाल बङ्गलादेशमा जारी एसिसी यू–१९ एशिया कप क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ । आज अफगानिस्तानसँग तीन विकेटले पराजित हुँदै नेपाल एक खेलअगावै प्रतियोगिताबाट बाहिरिएको हो । टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले १३१ रन मात्र बनाएको थियो । १३२ रनको सामान्य लक्ष्य अफगानिस्तानले ३७ ओभर ३ बलमा सात विकेट […]

चितवन टाइगर्स विजयी शुरुवात

१४ आश्विन २०७५, आईतवार

पोखरा, १४ असोज . नेपाल भलिबल सङ्घ र भारतको आधिअवाधी फाउन्डेसनको आयोजनामा आजदेखि यहाँ महिला भलिबल प्रतियोगिता शुरु भएको छ । उद्घाटन खेलमा चितवन टाइगर्स विजयी भएको छ । लिग चरणको पहिलो खेलमा चितवनले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको सो खेलमा चितवनले […]

एशिया कप भारतसँग नेपाल पराजित

१४ आश्विन २०७५, आईतवार

काठमाडाँै, १४ असोज । एशिया कप क्रिकेटको पहिलो खेलमा नेपालको यू–१९ क्रिकेट टोली पराजित भएको छ । नेपाल भारतसँग १७१ रनले हारेको हो । बङ्गलादेशमा आजदेखि शुरु भएको समूह चरणको पहिलो खेलमा भारतले ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा नौ विकेट गुमाएर तीनसय पाँच रन बनायो । नेपालले ३६ दशमलव ५ ओभरमा १३३ रन मात्र […]

शहीद स्मारक ‘ए’ डिभिजन लिगः उद्घाटन खेलमा आर्मी र एनआटीले बराबरी खेले

१४ आश्विन २०७५, आईतवार

काठमाडौँ, १४ असोज . शहीद स्मारक ‘ए’ डिभिजन लिगको आजको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र न्यूरोड टिम (एनआरटी)ले बराबरी खेलेका छन् । सातदोबाटोस्थित अखिल नेपाल फूटबल सङ्घ (एन्फा) मैदानमा आर्मी र एनआरटीले २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । एनआरटीका लागि रोजित पुडासैनीले खेलको १२आँै मिनेटमा गोल गर्दै अग्रता लिएका थिए । खेलको […]

‘ए’ डिभिजन लिगमा नौ क्लबबाट २८ विदेशी खेलाडी

१२ आश्विन २०७५, शुक्रबार

–कुमार चौलागाई काठमाडौँ– यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिगमा नौ क्लबबाट २८ विदेशी खेलाडीले सहभागिता जनाउँदैछन् ।  लिगमा सहभागी १४ ‘ए’ डिभिजन क्लबमध्ये नौ टोलीले विदेशी खेलाडी अनुबन्ध गरेका छन् । तीन विभागीय टोलीबाहेक बाँकी ११ क्लबले विदेशी खेलाडी अनुबन्ध गर्न पाउने प्रावधान छ । अहिलेसम्म च्यासल युथ क्लब र […]

साफ च्याम्पियनसिपः नेपालको भेट माल्दिभ्ससँग

२८ भाद्र २०७५, बिहीबार

काठमाडौँ– बङ्गलादेशको राजधानी ढाकामा जारी साफ च्याम्पियनसिपको सेमिफाइनलमा बुधबार नेपालले माल्दिभ्ससँग खेल्ने भएको छ ।  गोलाप्रथाद्वारा माल्दिभ्स समूह ‘बी’को उपविजेता बनेपछि नेपालको भिडन्त माल्दिभ्ससँग हुने भएको हो । समूह ‘ए’बाट नेपाल समूह विजेता बन्दै सेमिफाइलन प्रवेश गरेको हो । त्यसैगरी भारत समूह ‘बि’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । भारतले समूह ‘ए’को उपविजेता […]