नेपाल सेमिफानइलबाटै बाहिरियो, मालदिभ्ससँग ३–० गोलले पराजित

२८ भाद्र २०७५, बिहीबार

काठमाडौं । बंगलादेशमा जारी दक्षिण एसियाली फुटबल महासंघ–साफ च्याम्पियनसिप अन्तर्गत सेमिफाइनलको खेलमा नेपाल माल्दिभ्ससँग ३–० गोलले पराजित भएको छ । यो सँगै नेपाल च्याम्पियनसिपबाटै बाहिरिएको छ । मालदिभ्सले खेलको नवौं मिनेटमा फ्रिकिकमार्फत सुरुवाती गोल गरेको थियो । मालदिभ्सका कप्तान एक्रम अब्दुल घानीले करिब २० यार्ड टाढाबाट सेकेन्ड बार च्यापेर गरेको प्रहार गोलमा परिणत भएको हो । […]