लेखनाथ महोत्सवको सम्पूर्ण तयारी पुरा

६ पुष २०७९, बुधबार

  लेखनाथ । लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि भन्ने मूल नाराका साथ पुस ७ गतेदेखि १८ गतेसम्म  १८ औँ संस्करणको लेखनाथ महोत्सव गरिने भएको छ। पोखरा–२७ तालचोकस्थित डाँडाकोनाकमा सञ्चालन हुने उक्त महोत्सवको सम्पूर्ण  तयारी पूरा भएको मंगलबार संघले आयोजना  गरेको पत्रकार सम्मेलनमा  लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले जानकारी दिए ।   […]

पोखरा सडक महोत्सवको पूर्वाद्धमा ‘स्वास्थ्य र पर्यटनका लागि हाइकिङ’

३ पुष २०७९, आईतवार

पोखरा । रेवान पोखराले आउन लागेको पोखरा सडक महोत्सवको पूर्वाद्धमा पोखरादेखि धम्पुससम्मको एक दिवसिय हाइकिङ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा पोखरामा क्रियाशिल झण्डै दुई दर्जन पत्रकार सहित आयोजक रेवान पोखराको टोली सहभागि थिए । टोलीले पोखराको लेकसाइडबाट काँडेसम्म बस यात्रा तथा काँडेबाट अष्ट्रेलियन बवेस क्याम्पहुँदै धम्पुससम्म ३ घण्टाको पैदल यात्रा गरे । अंग्रेजी नयाँ वर्ष […]

एघारौ पोखरा महोत्सवबाट सेती नदी एक साहसिक पर्यटकीय गन्तब्य निर्माणमा पहलकदमी थाल्ने

१ पुष २०७९, शुक्रबार

पोखरा । शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनका लागि खुल्ला चिडियाखाना निर्माणमा पहलकदमी संगै सेती नदी संरक्षणमा काम गर्दै आइरहेको युनाईटेड क्लवले एघारौं पोखरा महोत्सवबाट सेती नदी एक पर्यटकीय गन्तब्य निर्माणमा पहलकदमी थाल्ने भएको छ । महोत्सवकै आयोजना गरी प्रति टिकटबाट एक रुपैया छुट्याउदै आएको युनाईटेड क्लवले अगामी पुष २७ देखी माघ ९ गते सम्म […]

फेवाताल सरसफाइ महाअभियानमा २ सय बढी ट्रक फोहोर सङ्कलन

२५ आश्विन २०७९, मंगलवार

 पोखरा ।पोखरा महानगरपालिकाको नेतृत्वमा शुभारम्भ गरिएको फेवाताल सरसफाइ महाअभियानमा हजारौँ स्वयंसेवी अभियान्ताहरुले सक्रियता पूर्वक सहभागिता जनाएका छन् । विभिन्न ३३ स्थानबाट शुभारम्भ गरिएको यस महाअभियानमा पोखरा महानगरपालिकाका ३३ वटै वडाका जनप्रतिनिधि सहित ५ हजार बढी अभियान्ताहरुले सक्रिय सहभागिता जनाएका हुन् । यो फेवाताल सरसफाइका क्रममा भएको नागरिक सहभागिता मध्ये अहिले सम्म कै सबैभन्दा धेरै हो […]

पोखरामा धार्मिक पर्यटनको विकास गर्न सकिन्छ : मन्त्री श्रेष्ठ

४ भाद्र २०७९, शनिबार

पोखरा ।कृष्णजन्माष्टमीको अवसरमा पोखरा – ८ रत्नचोकस्थित श्री कृष्ण प्रणामी मन्दिरमा शुक्रबार श्रीकृष्ण जन्माष्टमी प्राकट्य महोत्सव गरिएको छ । महोत्सवको उद्घाटन गर्दै प्रमुख अतिथि शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले समाज परिवर्तनको अभियान हरेकले आफैबाट र आफ्नै घर भित्रबाट शुरु गर्नुपर्ने बताउनुभयो । उहाँले सामाजिक विकृति विसंगति अन्त्यका लागि सबै एकजुट […]

रेवान पोखराको अध्यक्षमा नरेश भट्टराई

२ भाद्र २०७९, बिहीबार

पोखरा ।   रेवान पोखराको अध्यक्षमा नरेश भट्टराई निर्विरोध निर्वाचित हुनुभएको छ । पोखरामा आज सम्पन्न २८ औं वार्षिक साधारण सभा तथा १५ औ अधिवेसनले समितिको निवर्तमान अध्यक्षमा लक्ष्मण बराल, प्रथम उपाध्यक्षमा विश्वराज पौडेल, द्वितीय उपाध्यक्षमा वसन्त गौतम, महासचिवमा विकास भट्टराई, कोषध्यक्षमा रोशन जङ कार्की, सचिवमा भीस्मराज पौडेल, सह कोषध्यक्षमा बैभव पौडेललाई चयन गरेको छ […]

पोखराको अमरसिहं चोकमा माछापुच्छ्रे मिनि मार्ट संचालनमा

१० श्रावण २०७९, मंगलवार

पोखरा । पोखराको अमरसिहं चोकमा माछापुच्छ्रे मिनि मार्ट संचालनमा आएको छ । पोखरामा रहेर विगत दुई दशक देखि सुन व्यवसायमा आवद्ध तीन दाजुभाई दुर्गा सुनार , गणेश सुनार र शिव सुनारको सयुक्त लगानीम उक्त मार्ट संचालनमा आएको हो । मार्टको उद्घाटन गर्दै पोखरा महानगर पालिका वडा नं. १२ का वडा अध्यक्षले सन्तोष बास्तोलाले प्रतिकुल समयमा […]

पर्यटकीय बसपार्क उपत्यका नगरविकास समितिलाई हस्तान्तरण

२२ असार २०७९, बुधबार

पोखरा।पोखरामा निर्माण भएको पर्यटकीय बसपार्क पर्यटन विभागले पोखरा उपत्यका नगरविकास समितिलाई हस्तान्तरण गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा एक कार्यक्रमको आयोना गरि विभागले बुधबार उपत्यका नगरविकास समितिलाई बसपार्क हस्तान्तरण गरेको हो । बसपार्कको स्वामित्व हस्तान्तरण गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले पर्यटकीय सहर पोखरामा पर्यटकीय बसपार्क निर्माणले पर्यटकीय क्षेत्रमा […]

साहित्य, संगीत, कला र संस्कृति क्षेत्रका पाँच जनालाई गण्डकी प्रज्ञा सम्मान

१२ असार २०७९, आईतवार

    राजाराम पौडेल पोखरा ।  गण्डकी प्रज्ञा सम्मानबाट साहित्य, संगीत, कला र संस्कृति क्षेत्रका पाँच जना व्यक्ति सम्मानित हुनुभएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रथम वार्षिक उत्सवको अवसरमा आयोजित गण्डकी प्रज्ञा उत्सवको अन्तिम दिन शनिबार उहाँहरुलाई सम्मान समर्पण गरिएको हो । जस अनुसार गण्डकी प्रज्ञा संगीत सम्मानबाट गोरखाका आलोक श्री, गण्डकी प्रज्ञा कला सम्मानबाट […]

टेसा पोखराको २४ औं वार्षिक साधारणसभा सम्पन्न

१९ बैशाख २०७९, सोमबार

पोखरा ।  ट्रेकिङ इक्युपमेन्ट्स सप एशोसिएसन(टेसा) पोखराको २४ औं वार्षिक साधारणसभा पोखरा महानगरपालिका वडा नं २५ हेमजा सुइखेतस्थित रिभर भ्याली रिसोर्टमा आज सम्पन्न भएको छ । साधारणसभामा टेसा आवद्ध पर्यटन व्यवसायी, विभिन्न पर्यटन सम्बद्ध संघसंस्थाका अध्यक्ष एवम् पदाधिकारीको सहभागिता थियो । कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपिबहादुर भट्टराईले कोरोना प्रभावित पर्यटन क्षेत्रको पुर्नरुत्थानका लागि तीनवटै […]