फेवातालमा डुंगा दौड प्रतियोगिता हुने

२५ जेष्ठ २०८१, शुक्रबार

पोखरा । फेवा डुंगा व्यवसायी संगठनको आयोजनामा फेवातालमा डुंगा दौड प्रतियोगिता हुने भएको छ । संगठनले शुक्रबार पत्रकार सम्मेलन गरी संस्थाको ३० औं स्थापना दिवसका अवसरमा प्रतियोगिता एंव एक दिने मेला उत्सव आयोजना गर्ने जानकारी दिएको हो । पोखराको पर्यटन प्रवद्र्धन गर्नका लागि जेठ ३१ गने मेला र प्रतियोगिता गर्न लागिएको संगठनका अध्यक्ष बलराम गिरीले […]

जिल्ला बन क्षेत्र समन्वय समिति कास्कीको  बैठक सम्पन्न

२५ जेष्ठ २०८१, शुक्रबार

पोखरा  ।  कास्की जिल्ला बन क्षेत्र समन्वय समितिको  बैठक शुक्रबार पोखरामा सम्पन्न भएको छ। बैठकलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति  कास्कीका प्रमुख तथा बन क्षेत्र समन्वय समितिका प्रमुख लिलाधर पौडेलले बन क्षेत्रको संरक्षणमा सरकारी निकायहरू अति गम्भीर र प्रभाबकारी ढंगले लागि पर्न आग्रह गर्दै पछिल्लो समय बन बिनासको महत्वपूर्ण कारक तत्व डढेलो नियन्त्रण गर्न प्रभाबकारी […]

पोखरा–२९ ले नागरिक सम्मान गर्ने

२३ जेष्ठ २०८१, बुधबार

लेखनाथ । पोखरा महानगरपालिका वडा नं. २९ ले नागरिक सम्मान कार्यक्रम गर्ने भएको छ । वडाको विकासको लागी विगतदेखि वर्तमान समयसम्म विभिन्न क्षेत्रबाट महत्वपूर्ण भूमिका निर्वाह गरेका व्यक्तिहरुलाई योगदानको आधारमा सम्मान गर्न लागिएको हो । मंगलबार आयोजित पत्रकार सम्मेलनमा साे कुराको जानकारी दिईएको हो । जेठ २५ गते शुक्रवारका दिन आयोजना गरिने सम्मान कार्यक्रमका वारेमा […]

पत्रकार नेपाल पुरस्कृत, फिल्मकर्मी शेरचन सम्मानित

२० जेष्ठ २०८१, आईतवार

पोखरा ।पत्रकार विजय नेपाल ‘जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार–२०८०’ बाट पुरस्कृत भएका छन् । यस्तै, अग्रज फिल्मकर्मी विनोद शेरचन सम्मानित भए । चलचित्र पत्रकार संघ नेपाल कास्कीको शनिबार छैटौं साधारणसभा जितप्रसाद द्वा चलचित्र पत्रकारिता २०८० अर्पण तथा सम्मान कार्यक्रमको अवसरमा पोखराका मेयर धनराज आचार्यले पत्रकार नेपाललाई नगद ३५ हजार र सम्मान पत्र सहित पुरस्कृत गरे […]

सगरमाथाको सफल आरोहण गरी फर्किने क्रममा निधन  भएका बस्ताकोटीकाे पार्थिव शरीरमा पाेखरामा श्रद्धाञ्जली अर्पण

१८ जेष्ठ २०८१, शुक्रबार

  पाेखरा । पाेखराका युवा पर्यटन व्यवसायी तथा साहसी युवा विनोदबाबु बस्ताकोटीकाे पार्थिव शरीरमा शुक्रबार  पाेखरामा   श्रद्धाञ्जली अर्पण गरिएकाे छ । पोखरा–२६, खरानेफाँट निवासी ३७ वर्षीय बस्ताकोटीको विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी फर्किने क्रममा यही जेठ ९ गते सगरमाथाको चौथो शिविर नजिकै ८ हजार २ सय ५ मिटर उचाइमा आइपुग्दा   अचानक बिरामी भई […]

एमाले पोखरा महानगरको अधिवेशनको तयारी पुरा

१७ जेष्ठ २०८१, बिहीबार

  नेकपा  एमाले,पोखरा पोखरा महानगरपालीका कमिटीको दोस्रो नगर अधिवेशनको तयारी पुरा भएको छ । राज्य पुन संरचना संगै नेकपा ९एमाले०ले ७५३ स्थानीय तहमा नै पालिका कमीटी गठन गरेको थियो । नेकपा एमाले पोखरा महानगरपालीका कमिटीको दोस्रो अधिवेशनको लागी वडा ,जनवर्गीय संगठनबाट आउने प्रतिनिधि चयन सम्पन्न भइसकेको छ ।११६ सदस्यीय आयोजक कमीटी ,४८ सदस्यीय सल्लाहकार समिती […]

राज्यका सबै क्षेत्रमा आर्थिक अनुशासन जरुरीः प्रदेश प्रमुख भट्ट

१७ जेष्ठ २०८१, बिहीबार

पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले राज्यका सबै क्षेत्रमा आर्थिक अनुशासन अपरिहार्य रहेको बताउनुभएको छ । उहाँले आर्थिक अनुशासन कायम गर्नका लागि सबै तह उत्तिकै जिम्मेवार बन्नुपर्नेमा पनि जोड दिनुभयो । महालेखा परीक्षकको छैटौं वार्षिक प्रतिवेदन ग्रहण गर्नुहुँदै प्रदेश प्रमुख भट्टले यस्तो बताउनुभएको हो । नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम महालेखा […]

विकासको मूल प्रवाहीकरणमा महिलाको उपस्थिति आवश्यकः प्रदेश प्रमुख भट्ट

१७ जेष्ठ २०८१, बिहीबार

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्ली राज भट्टले पुरुषजत्तिकै महिलाको सहभागिता र प्रतिनिधित्वले मात्र लोककल्याणकारी राज्य स्थापना हुने बताउनुभएको छ । उहाँले विकासको मूल प्रवाहीकरणमा महिलाको उपस्थिति अत्यन्त आवश्यक रहने उल्लेख गर्नुभयो । ३५ वर्ष अघि स्थापित पोखरा लेडी जेसीजको साताव्यापी कार्यक्रम जेसीज सप्ताहको समुद्घाटन समारोहका प्रमुख अतिथि भट्टले जेसीजले लैङ्गिक मुद्धालाई पनि ध्यानमा राखेर […]

फेवातालमा फसेकी अस्ट्रेलियाकी नागरिकको सशस्त्र प्रहरीद्धारा सकुशल उद्धार

१७ जेष्ठ २०८१, बिहीबार

पोखरा। फेवातालमा विहिबार अपरान्ह अचानक आएको हावाहुरीका कारण वीच तालमा फसेकी विदेशी महिलाको सशस्त्र प्रहरी बल नं.२४ कालिका गणको विषेश उध्दारकहरुले सकुशल उद्धार गरेका छन। एक्लै काठको डुङ्गा भाडामा लिई फेवातालमा सवार उनि दिउसो करिब ४ बजे र ४० मिनेट जाँदा आएको हावाहुरीमा परी वीच तालमा अतालिएकी र उध्दारका लागि चिच्याई रहेको अवस्थामा उध्दार गरिएको […]

गृहका २५ जना सहसचिव (सीडीओ)को  सरुवा,   कास्कीकाे सीडीओ बने   भरतमणि पाण्डे 

१६ जेष्ठ २०८१, बुधबार

  कास्की । गृह मन्त्रालयले एकैपटक २५ जना सहसचिव तथा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ । विभिन्न मन्त्रालयबाट गृहमा सरुवा भएर आएकाहरूको पदस्थापन र मन्त्रालय र अन्तरगतका निकायमा विभिन्न जिम्मेवारीमा रहेको १६ जना सीडीओहरुको जिम्मेवारी हेरफेर भएको हाे  । गृहमन्त्री रबि लामिछानेको बुधबारकाे  निर्णय अनुसार १६ जिल्लामा नयाँ सीडीओ खटाइएको छ ।हाल  कास्कीमा […]