काङ्ग्रेसको चियापान कात्तिक १६ मा

६ कार्तिक २०७५, मंगलवार

नेपाली काङ्ग्रेसले विजयादशमी, शुभ दिपावली, नेपाल सम्वत् ११३९, छठलगायत पर्वका अवसरमा आयोजना गर्ने चियापान कार्यक्रम कात्तिक १६ गते शुक्रबार गर्ने भएको छ । कात्तिक ७ गते कोजाग्रत पूर्णिमाका दिन केन्द्र र सबै जिल्लामा आयोजना गर्ने भनिएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम कात्तिक १६ गते शुक्रबारका दिन गर्ने गरी मिति परिवर्तन गरिएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद […]

महिला अधिकारलाई कार्यान्वयन गर्न नसक्नु दुःखद

६ कार्तिक २०७५, मंगलवार

 विश्वमा नेपाल महिलाको हक र अधिकारको विषयमा विकसित मुलुकभन्दा अग्रपङ्तिमा रहेता पनि मौलिक हकमा समावेश भएका महिलाको विशेष अवसरलाई कानूनसम्मत ढङ्गले कडाइका साथ लागू गर्न नसक्नु नै पछिल्लो समयमा महिला हिंसा वृद्धि भएको बताइएको छ । जेनेभामा भइरहेको महिलाविरुद्ध हुने सबै प्रकारको भेद्भाव उन्मूलन गर्ने महासन्धि (सिडा)मा नेपालको गैरसरकारी संस्थाको तर्फबाट छायाँ प्रतिवेदन प्रस्तुत गर्दै […]

निजी लगानीका अस्पताल खुल्ने क्रम बढ्दै

६ कार्तिक २०७५, मंगलवार

 सुदूरपश्चिम प्रदेशको प्रमुख शहर धनगढीमा पछिल्लो समय निजी लगानीमा अत्याधुनिक सेवा सुविधासहितका अस्पताल खुल्ने क्रम बढ्दै गएको छ । धनगढी उपमहानगरपालिका–३ चटकपुरमा अघिल्लो महीनादेखि रु १० करोड बढीको लगानीमा २५ श्ययाको सुविधायुक्त ‘माया मेट्रो’ अस्पताल सञ्चालनमा आएको छ । अस्पतालमा २४ घण्टा आकस्मिक तथा ट्रमा सेवा, बहिरङ्ग तथा अन्तरङ्ग सेवा, अत्याधुनिक प्रयोगशाला, अत्याधुनिक डिजिटल भिडियो […]

दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात पुग्यो

६ कार्तिक २०७५, मंगलवार

 पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–११ अरुणखोलामा आइतबार बिहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएका सोलुखुम्बुका ३० वर्षीय गणेश बस्नेतको उपचारको क्रममा मृत्यु भएपछि हालसम्म दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या सात पुगेको प्रहरीले जनाएको छ । यसअगावै मृत्यु हुनेमा नेपाली सेनामा कार्यरत गुल्मी हस्तचौर गाउँपालिका–२ बस्ने […]

पोखरा अब खेल पर्यटनको ‘हब’मा विकास हुँदै

६ कार्तिक २०७५, मंगलवार

कुमार चौलागाई पोखरालाई पर्यटनसँगै खेल पर्यटनको पनि “हब” बनाउने उद्देश्यसहित अर्को सातादेखि पोखरामा ‘पोखरा प्रिमियर लिग शुरु हुँदैछ । क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा यही कात्तिक ९ गतेदेखि २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा छवटा टोलीले प्रतिष्पर्धा गर्दैछन् । पोखरा रङ्गशालामा सञ्चालन हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामाले […]

मन्त्री अर्याललाई मातृ शोक

६ कार्तिक २०७५, मंगलवार

मन्त्री अर्याललाई मातृ शोक भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्याललाई मातृशोक परेको छ । मन्त्री अर्यालकी माता तारादेवी अर्यालको ८६ वर्षको उमेरमा सोमबार साँझ आफ्नै निवासमा निधन भएको हो । केही समयदेखि निमोनिया र फोक्सोमा समस्या देखिएपछि काठमाडौँमा उपचार गराइ रहनुभएकी अर्याललाई दशैँको समयमा घर ल्याइएको थियो । स्व तारादेवीका चार छोरा […]

क्रिकेटर लामिछाने अष्ट्रेलियाको उच्च डिभिजनमा खेल्ने

६ कार्तिक २०७५, मंगलवार

अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को सफलता प्राप्त गर्दै आएका नेपाली राष्ट्रिय टोलीका युवा खेलाडी सन्दीप लामिछानेले अष्ट्रेलियन लिग खेल्ने भएका छन् । अघिल्लो महीना मलेसियामा सम्पन्न आइसिसी विश्वकप टी–२० एशिया क्षेत्र छनोट ‘बी’को खेल सकिएलगत्तै मलेसियाबाट अष्ट्रेलिया गएका सन्दीप अष्ट्रेलियाको उच्च डिभिजनको क्रिकेट लिगमा आबद्ध भएका हुन् । सन्दीपले अष्ट्रेलियाको मेलबर्न स्टार्स क्लबबाट ‘बिग बास’ लिग […]

नेपाली काङ्ग्रेसको अहिले पनि बलियो अस्तित्व छ –महामन्त्री डा कोइराला

५ कार्तिक २०७५, सोमबार

  विराटनगर,  नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाली काङ्ग्रेसको अस्तित्व अहिले पनि बलियो रहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँगको सङ्क्षिप्त कुराकानीमा उहाँले सो कुरा बताउँदै जति सक्दो पार्टीको महासमितिको बैठक बस्नुपर्ने पर्नेमा जोड दिनुभयो ।उहाँले पार्टीभित्र देखिएका गुटबन्दीले गर्दा निर्वाचनमा पराजयको स्थिति भोग्नुपरेको चर्चा गर्दै यसको जस–अपजस नेतृत्वले मात्र होइन सबैले लिनुपर्नेमा […]

कृष्णनगरमा कफ्र्यु हटाइयो, जनजीवन सामान्य

५ कार्तिक २०७५, सोमबार

  कपिलवस्तु, दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा कपिलवस्तुको कृष्णनगरमा विवाद हँुदा कपिलवस्तु प्रशासनले लगाएको कफ्र्यु बिहानदेखि आज दिनको १२ बजेसम्मका लागि हटाएको छ । कफ्र्यु हटेसगैँ जिल्लाको जनजीवन सामान्य हुँदै गएको छ । शुक्रबारदेखि कृष्णनगर तनावग्रस्त बनेको थियो । विवाद तीन दिनसम्म पनि साम्य नभएपछि स्थिति नियन्त्रणमा लिन आइतबार साँझ ५ बजेबाट अनिश्चितकालीन कफ्र्यु लगाइएको […]

नक्कली नोट छाप्ने मेसिनसहित पाँच जना पक्राउ

४ कार्तिक २०७५, आईतवार

काठमाडौं । नेपाली नक्कली नोट छाप्ने मेसिनसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । नेपाली नक्कली नोटहरु छापी वजारमा वितरण गरिरहेको अवस्थामा सनिबार अभियुक्तहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा पर्सा पर्सागढी नगरपालिका ३ घर भई हाल हाल कीर्तिपुर नगरपालिका ३ मच्छे गाउँ बस्ने ईन्द्रबहादुर श्रेष्ठ, गोरखाको शहिद लखन गाँउपालकिा वडा न ८ घर भई […]