दशैँका बेला पोखरा सहित १० ठाँउमा खाद्यान्नमा सहुलियत पसल सञ्चालन

२९ आश्विन २०७५, सोमबार

  काठमाडौँ, दशैँको अवसरमा खाद्य संस्थानले काठमाडौँसहित १० ठाउँमा सहुलियत पसल सञ्चालन गरेको छ । वित्तामोड, विराटनगर, लहान, जनकपुर, वीरगञ्ज, दाङ, तुलसीपुर, पोखरा सुर्खेत र धनगढीमा सहुलियत पसलको सञ्चालन भइरहेको छ । काठमाडौँको नख्कु, जावलाखेल, थापाथली र रामशाहपथमा सहुलियत पसल सञ्चालन भइरहेको छ । बिक्री संस्थानका बिक्रीवितरण विभागका प्रमुख लालमोहन ठाकुरका अनुसार जापनी चामल प्रतिकिलो […]

श्रीपेच सर्वसाधारणका लागि खुला

२९ आश्विन २०७५, सोमबार

नेपालमा गणतन्त्र स्थापनापछि सङ्ग्रहालयका रुपमा परिणत भएको नारायणहिटी राजदरबारमा रहेको नेपालका राजाहरुले लगाउने श्रीपेच आज सर्वसाधारणका लागि अवलोकन गर्न खुला गरिएको छ । नारायणहिटी दरबारमा रहेका श्रीपेच, राजदण्ड र अन्य सामग्री प्रदर्शनीको आज यहाँ प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दै दैवी शक्तिको झुटो सिद्धान्तका भरमा शासन गर्ने परम्पराको अन्त्य भएपछि त्यसको प्रतीकका रुपम रहेको श्रीपेच […]

फुटबल क्लबलाई ललितपुर महानगरको आर्थिक सहयोग

२९ आश्विन २०७५, सोमबार

–कुमार चौलागाई ललितपुर महानगरपालिकाले ललितपुर जिल्लाका पाँच वटा ‘ए’ डिभिजन क्लबलाई आर्थिक सहयोग गर्ने भएको छ । महानगरको बोर्ड बैठकले जिल्लाका पाँच वटा ‘ए’ डिभिजन क्लब फ्रेन्ड्स, ब्रिगेड ब्वाइज, जावलाखेल र च्यासल युथ क्लबलाई वार्षिक रु चार लाखका दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको महानगरका सूचना अधिकारी रुद्र गौतमले जानकारी दिनुभयो । त्यसैगरी जिल्लाका […]

बलात्कारीलाई सर्वस्वसहित जन्म कैदको माग

२९ आश्विन २०७५, सोमबार

  धनुषा,  महान्यायाधिवक्ता अग्नीप्रसाद खरेलले धनुषाको औरही गाउँपालिकामा १० वर्षीया बालिका मनिका यादवको बलात्कारपछि हत्या भएको आरोपमा पक्राउ परेकालाई सर्वस्वसहितको जन्मकैदको मुद्दा दायर गर्न निर्देशन दिनुभएको छ । जनकपुरस्थित धनुषा जिल्ला सरकारी वकिल कार्यालय र उच्च सरकारी वकिल कार्यालयको अनुगमनको लागि यहाँ आउनुभएका महान्यायाधिवक्ता खरेलले नयाँ संविधानको जारी भएको ऐन कानूनअनुसार अभियुक्तलाई कडा कारवाही गर्नका […]

पछाडी सर्यो काँग्रेसको चियापान कार्यक्रम

२९ आश्विन २०७५, सोमबार

नेपाली काँग्रेसले चाडपर्वका अवसरमा आयोजना गरेको पुर्वनिर्धारित चियापान कार्यक्रम पछाडी सारेको छ । पार्टीका नेता चक्रप्रसाद बाँस्तोलाको निधनभएकाले शोक स्वरुप चियापान कार्यक्रम सार्ने निर्णय भएको पार्टी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले जानकारी दिनुभयो । बाँस्तोलाको निधनपछि पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले पुर्वनिर्धारित चियापन कार्यक्रम पछाडी सार्दै शोक मनाउने कार्यक्रमहरु तय गरेको हो […]

वैदेशिक रोजगारीबाट फर्किएका युवाको दसैं कोसेली–स्मार्ट फोन र टिभी

२९ आश्विन २०७५, सोमबार

दसैं नजिकिँदै गर्दाको यो समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगियो भने स्वदेश फर्किएका नेपालीहरुको बाक्लो उपस्थिति देख्न सक्छौं। विदेशबाट स्वदेश फर्किंदा अधिकांश नेपालीले आफ्ना परिवार र आफन्तका लागि केही उपहार तथा चिनो ल्याउने चलन नयाँ होइन। यसरी स्वदेश फर्किएकाहरुले बढी मात्रामा टिभी, मोबाइल फोन, ब्ल्यांकेट, घडी, लत्ताकपडा, गरगहना, क्यामेरालगायतका सामाग्रीहरु उपहारको रुपमा ल्याउने गरेको पाइन्छ। त्यसमध्ये […]

नयाँ पदमार्ग खोज्दै सरकार

२९ आश्विन २०७५, सोमबार

पर्वतको मोदी गाउँपालिकामा पर्ने रमणीयस्थल भमरकोटमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीदेखि प्रतिनिधिसभाका सांसद पदम गिरीसम्म बास बस्ने गरी पुग्नुभयो । भर्खर पदयात्रा मार्गका रुपमा विकास गर्न लागिएको भमरकोटमा देउपुरदेखि पैदल हिँडेर चिसो र झरीमा रुझ्दै अध्यक्ष तिमिल्सिनासहित पर्यटनमन्त्रीले रात काट्नुभयो । बिहान उठेपछि सूर्योदय हेरेर मनोरम दृश्यमा आफूहरुको मन […]

पाराग्लाइडिङ विश्वकप हुने

२९ आश्विन २०७५, सोमबार

नेपाल पाराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ सङ्घ, नेपाल हवाई खेलकुद संस्था, बाबु एड्भेन्चर क्लब स्याङ्जाको संयुक्त आयोजनामा नेपालमा पहिलो पटक पाराग्लाइडिङ विश्वकप हुने भएको छ । हालै इन्डोनेसियामा सम्पन्न १८औँ एशियाली खेलकुद प्रतियोगितामा नेपालको लागि एक मात्र रजत पदक दिलाउन सफल खेल पाराग्लाइडिङको पहिलो पटक नेपालमा नै पाराग्लाईडिङ्ग विश्वकप आयोजना गर्न लागिएको संघका महासचिव तथा प्रतियोगिता संयोजक […]

१७ हजार भँेडाच्याङ्ग्रा निकासी

२९ आश्विन २०७५, सोमबार

दशैँलाई लक्षित गरी यहाँबाट करिब १७ हजार भेँडाच्याङ्ग्रा निकासी भएको छ । मुस्ताङ, डोल्पा, मुगु, जुम्ला, जाजरकोट र तिब्बतबाट समेत महीनौँ लगाएर ल्याइएका भेडाच्याङ्ग्रा म्याग्दी हुँदै निकासी गरिएको हो । दशैँलाई लक्षित गरी यो वर्ष १६ हजार ७०० भेँडाच्याङ्ग्रा निकासी भएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीको जोमसोमस्थित सेवा केन्द्रका पशु चिकित्सक शिव […]

लमहीको विकट क्षेत्रमा सभामुख, स्थानीयले विकासका योजना मागे

२८ आश्विन २०७५, आईतवार

  घोराही,  सभामुख कृष्णबहादुर महराले आज दिनभर लमहीको विकट क्षेत्रको अनुगमन भ्रमण गर्नुभएको छ । यहाँको लमही नगरपालिकाका विकट क्षेत्र मानिने हात्तिखालको वडा नं ९ मा पर्ने गोठुवा, पैते, अमेलियालगायतका स्थानमा उहाँले आज दिनभर घुमेर स्थानीयसँग भेटघाट गर्दै उनीहरुको गुनासो सुन्नुभयो । लमही नगपालिकाका प्रमुख जीतबहादुर केसीका साथमा महरा लमहीको विकट गाउँमा पुग्नुभएको हो । […]