कर्तब्य ज्यान मुद्दामा फरार रहेका युवा पक्राउ

२४ आश्विन २०७५, बुधबार

बर्दिया, २४ असोज आठ वर्षदेखि कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक युवकलाई आठ वर्षपछि आज प्रहरीले पक्राउ गरेको छ । गुलरिया नगरपालिका–१२ भैसाहीका २० वर्ष कैद सजाय तोकिएका ३९ वर्षीय शङ्खर थारुलाई प्रहरीले घरमै लुकिछिपी रहेको अवस्थामा आजे बिहान पक्राउ गरेको हो । सोही ठाउँका ३० वर्षीय छोतेलाल थारुको २०६७ जेठ १४ गते हत्या गरी […]

काङ्ग्रेस बैठक स्थगित

२४ आश्विन २०७५, बुधबार

काठमाडौँ, २४ असोज प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको निर्धारित बैठक शीर्ष नेताहरुको व्यस्तताका कारण स्थगित गरिएको छ । भोलि असोज २५ गतेका लागि निर्धारित बैठक पार्टीका शीर्ष नेताहरुको काठमाडौँ उपत्यका बाहिरका विभिन्न कार्यक्रममा व्यस्त हुनुपरेकाले स्थगित गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । बैठक अर्को सूचना प्रकाशित नहुञ्जेलसम्म स्थगित गरिएको हो । […]

स्थानीय तहमा आर्थिक अनियमितता लगायतका विषयमा धेरै उजुरी परे

२४ आश्विन २०७५, बुधबार

पोखरा, २४ असोज अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले स्थानीय तहमा आर्थिक अनियमिततालगायतका विषयमा धेरै उजुरी पर्ने गरेको बताउनुभएको छ । ।उहाँले सङ्क्रमणकालीन समयका नाममा कसैलाई भ्रष्टाचार गर्ने छुट नभएको स्पष्ट पार्नुभयो । भ्रष्टाचार निवारणमा सबैको एकताबद्ध प्रयास आवश्यक हुने उहाँको भनाइ छ । आयोगको पोखरा कार्यालय भवनको शिलान्यास गर्दै उहाँले जनताले राज्यबाट […]

नेपालमा प्रत्येक वर्ष मानसिक रोगीको संख्या बढ्दै,

२४ आश्विन २०७५, बुधबार

नेपालमा प्रत्येक वर्ष मानसिक रोगीको संख्या बढ्दै गएको छ । सरकारले भने मानसिक स्वास्थ्यलाई प्राथमिकतामा नराखेकाले मानसिक रोगीले भरपर्दो उपचार सेवा समेत पाउन सकेका छैनन् । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार नेपालमा करिब २५ लाख मानिसलाई कुनै न कुनै किसिमको मानसिक समस्या छ भने करिब ३ लाख नेपालीमा कडा खालको मानसिक रोग छ । मानसिक […]

विचाराधीन मुद्दामा समाचार नलेख्न आग्रह

२३ आश्विन २०७५, मंगलवार

काठमाडौँ, २३ असोज प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले विचाराधीन मुद्दामा समाचार सम्प्रेषण नगर्न सञ्चारमाध्यमसँग आग्रह गर्नुभएको छ । संवैधानिक तथा कानून पत्रकार मञ्चले आज बडादशैँ, तिहार, छठलगायत चाडपर्वका अवसरमा आयोजना गरेको चियापन कार्यक्रममा उहाँले भन्नुभयो, “विचाराधीन मुद्दाका समाचार लेख्नाले न्याय सम्पादन र मानव अधिकारमा समेत क्षति पुगेको हुँदा आगामी दिन यस्ता मुद्दामा समाचार नलेख्न आग्रह गर्छु ।” […]

निर्मला हत्याको अनुसन्धानमा बाधा नर्गेने अबस्था सृजना गर आयोग

२२ आश्विन २०७५, सोमबार

काठमाडौं । । राष्ट्रिय मानव अधिकार आयोगले नेपाल सरकार एवं गृहमन्त्रालयलाई आठ बुँदे निर्देशन जारी गर्दै अनुसन्धानमा कसैले बाधा नगर्ने अवस्था सिर्जना गर्न भनेको छ । आयोगले सरकारलाई कञ्चनपुरकी निर्मला हत्याको अनुसन्धानका क्रममा बाधा पार्नेलाई रोक्न भनेको छ। निर्देशन गरिएको बुँदा ३ मा भनिएको छ, ‘यस्ता किसिमका जघन्य अपराधहरु घटिसकेपछि निलम्ब नगरी यथासक्य शीघ्र अनुसन्धान […]

नेविसङ्घमा ३२ वर्षे उमेर हद पारित

२२ आश्विन २०७५, सोमबार

काठमाडौँ, २२ असोज नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घमा ३२ वर्षे उमेर हद लाग्ने भएको छ । आइतबार राति सम्पन्न काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकले ३२ वर्षे उमेर सम्बन्धी सो व्यवस्था कायम रहने सङ्घको विधानको व्यवस्था पारित गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो । नेविसङ्घमा ३२ वर्षे उमेर हदको व्यवस्था ११औँ महाधिवेशनदेखि कायम छ । नेविसङ्घमा […]

सङ्गठनभित्र गल्ती गर्नेलाई कारवाही नगरेसम्म प्रहरी सङ्गठन राम्रो हुँदैन महानिरिक्षक खनाल

२१ आश्विन २०७५, आईतवार

काठमाडौँ, २१ असोज प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले केही प्रहरीका कारण प्रहरी सङ्गठन नै नराम्रो हुन पुगेको भन्दै गल्ती गर्ने प्रहरी अधिकारीलाई कारवाही गरिने बताउनुभएको छ । प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिताको आइतबार समापन कार्यक्रममा उहाँले जनताले प्रहरीप्रति आशा र भरोसा गरेकोले जनचाहनाअनुसार सेवा प्रदान गर्नुपर्ने बताउनुभयो । “ सङ्गठनभित्र गल्ती गर्नेलाई कारवाही नगरेसम्म […]

११ जना एसएसपीहरुको बढुवा सिफारिस

२१ आश्विन २०७५, आईतवार

११ जना एसएसपीहरुको बढुवा सिफारिस नेपाल प्रहरीका ११ प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीको प्रहरी नायव महानिरीक्षक डिआइजी बढुवामा सिफारिस भएको छ ।बढुवा सिफारिस हुने एससपीहरुमा विनोद शर्मा घिमिरे, विकास श्रेष्ठ, ठाकुर ज्ञवाली, पूर्णचन्द्र जोशी, तारिणी प्रसाद लम्साल, शैलेश थापा क्षेत्री, हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्न कुमार कार्की, हरिभक्त प्रजापती र सूर्य प्रसाद उपाध्याय रहेका छन् । […]

स्थानीय तहमा सहकारी ऐन नबन्दा समस्या

२१ आश्विन २०७५, आईतवार

बैतडी, २१ असोज रासस बैतडीका स्थानीय तहहरूले समयमै सहकारी ऐन बनाउन नसक्दा सहकारी संस्था अलमलमा परेका छन् । डिभिजन सहकारी कार्यालय खारेज भएसँगै कार्यालयले सबै स्थानीय तहमा सहकारी हस्तान्तरण गरेको भए पनि सहकारी ऐन, कानून र कर्मचारीको अभावमा सहकारीसम्बन्धी काम अघि बढ्न नसकेको स्थानीय तहले जनाएका छन् । केही स्थानीय तहले सहकारी ऐन निर्माणका लागि […]