मनोज घर्तीमगरलाई ‘मौलिक कौराहा पुरस्कार’
पोखरा। राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिद्वारा स्थापित ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०७९’ बाट पत्रकार मनोज घर्तीमगर पुरस्कृत हुने भएका छन् । नेपाल मगर पत्रकार संघ कास्कीले सञ्चालन गर्दै आएको उक्त पुरस्कारबाट मौलिक कौराहा संरक्षणको पक्षमा र पत्रकारितामार्फत उजागर गरेको भन्दै पत्रकार घर्तीमगर पुरस्कृत हुने भएका हुन् । पत्रकार घर्तीमगरलाई पुरस्कार छनोट समितिका संयोजक […]
कवि तेजनाथ घिमिरेको निधन
पोखरा । पोखराका कवि तेजनाथ घिमिरेको निधन भएको छ । शनिबार बिहान २ बजेर १२ मिनेटमा उहाँको निधन भएको छोरा कलाकार प्रकाश घिमिरेले जानकारी दिए । पोखरा ३ नदीपुर निवासी घिमिरे लामो समयदेखि उच्च रक्तचाप, मधुमेह तथा दम रोगबाट पीडित थिए । उहाँलाई अक्सिजन दिएर घरमै उपचार भइरहेकोमा आज बिहान ८३ वर्षको उमेरमा निधन भएको […]
गण्डकी सरकारबाट ५४ वटा ऐन पारित, ३९ ऐन कार्यान्वयनमा
पोखरा ।गण्डकी प्रदेश सरकारका कानून संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले प्रदेश सभाबाट हालसम्म ५४ वटा ऐन पारित भएको बताउनुभएको छ । बुधबारको प्रदेश सभामा सांसदहरुले उठाएका सवालको जवाफ दिँँदै मन्त्री थापाले ५४ ऐन मध्ये कार्यान्वयनमा ३९ ऐन रहेको जानकारी गराउनुभयो । गण्डकी प्रदेश सभाको गठन भए पश्चात हालसम्म विभिन्न ५४ वटा […]
स्थानीय उत्पादनले बजार नपाएको महिला उद्यमीको गुनासो
पोखरा ।गण्डकी प्रदेशका महिला पर्यटन व्यवसायी एवं उद्यमीले स्थानीय उत्पादनले बजार नपाएको गुनासो गरेका छन् । स्थानीय कच्चा पदार्थ प्रयोग गरी बनाइएका उत्पादनले बजार नपाउँदा व्यवसाय नै धरासायी भएको उनीहरुले बताए । पर्यटन व्यवसायी महिला संघ (टेवान) ले आइतबार पोखरामा गरेको ‘पर्यटकीय उत्पादनको विकास र प्रवद्र्धनमा महिलाको भूमिका’ विषयक अन्तरक्रियाका वक्ताले सरकारका निकायले स्थानीय उत्पादनको […]
निर्बाचन सम्म गठबन्धन कायमै रहन्छ – कांग्रेस उपसभापति खड्का
पोखरा । नेपाली कांग्रेसका उपसभापति एबं पुर्ब गृहमन्त्री पुर्ण बहादुर खड्काले बर्तमान गठबन्धनलाई कायमै राखेर अगाडी बढ्नुपर्ने बाध्यता रहेको बताउनुभएको छ । नेपाली कांग्रेस गण्डकी प्रदेश समितीको बैठकलाई सम्बोधन गर्नुहुंदै उपसभापति खड्काले बर्तमान सरकार बन्नुभन्दा अघि संबिधान,नियम कानुन सबै मिचिंदै गएपछि तत्कालिन बाध्यत्मक परिस्थितीले गर्दा बर्तमान गठबन्धन बन्नपुगेको स्पष्ट गर्नुभयो । वहांले गठबन्धनको मर्म र […]
प्रेस युनियनको अध्यक्षमा अनिता बिन्दुको उम्मेदवारी घोषणा
पोखरा । नेपाल प्रेस युनियनको अध्यक्ष पदमा अनिता बिन्दुले उम्मेदवारी घोषणा गरेकी छन् । बुधबार गण्डकी प्रदेशको राजधानी पोखरामा नेपाल प्रेस युनियनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा युनियनकी पूर्व उपाध्यक्ष विन्दुले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी हुन् । कार्यक्रममा वाेल्दै उनले प्रेस स्वतन्त्रता ,पत्रकारको पेशागत सुरक्षाका साथै पत्रकारको ट्रेड युनियन अधिकार स्थापनाका लागि आफ्नो […]
नि:शुल्क कानुनी सहायता सम्वन्धी अन्तरक्रिया कार्यक्रम
पोखरा । पोखरा उच्च अदालत बार एशोसियसन महिला समितिको आयोजना एंव गण्डकी प्रदेश सरकार कानुन संचार तथा प्रदेश सभा मामिला मन्त्रालयको आर्थिक सहयोगमा एक दिवसिय नि:शुल्क कानूनी सहायता सम्वन्धि कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको उदघाटन गर्दै गण्डकी प्रदेश सरकारका महान्याधिवक्ता रोहित राज बास्तोलाले विधालय तह देखि नै कानुनी शिक्षा आवश्यक रहेको बताउनु भयो। […]
पाेखरा -१० मा ३ महिने व्युटिसियन तालिम
पाेखरा।पाेखरा महानगरपालिका वडा नम्बर १० ले आयोजना गरेको ३ महिने व्युटिसियन लेवल -२ तालिम आइतबार पाेखरामा सम्पन्न भएको छ।समापन कार्यक्रममा वाेल्दै पाेखरा-१० का वडाध्यक्ष राजेश गुरुङले महिलालाई सीप सिकाएर आत्मनिर्भर वनाउने उदेश्यले तालिमको आयोजना गरिएको वताए ।उनले सिकेको सिपलाई व्यवाहारमा उतार्न समेत तालिमका सहभागीलाई अनुरोध गरे। तालिम संयाेजक एवम् पाेखरा -१०का पुर्व वडा सदस्य […]
समाचारमा मानवअधिकार ख्याल गर्न पत्रकार महासंघका केन्द्रीय सदस्य तिमिल्सिनाकाे सुझाव
पाेखरा।समाचार रिपोर्टिङ तथा प्रकाशन प्रसारणका क्रममा मानवअधिकारका विषयवस्तुलाई ख्याल गर्न नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवम् कानुन विभाग प्रमुख अधिवक्ता सरिता तिम्सिना पगेनीले संचारकर्मीहरुलाई सजग गराएकी छन्। विहिवार खेलकुद पत्रकार मञ्च गण्डकीले पाेखरामा आयोजना गरेको मानवअधिकार प्रवर्द्धनमा खेलकुद पत्रकारिताकाे भुमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई सहजिकरण गर्दै उनलेे मानवअधिकार प्रवर्द्धनमा पत्रकारको अहम भुमिका हुने वताईन। नेपालकाे […]
मानव अधिकारमैत्री वातावरण निर्माणमा सरकार प्रतिवद्ध छ :मन्त्री थापा
पाेखरा।गण्डकी प्रदेश सरकारका कानुन ,संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले गण्डकी प्रदेश सरकार मानव अधिकारमैत्री वातावरण निर्माणका लागि प्रतिवद्ध रहेको वताएका छन्।क्रियाशील पत्रकार महिला (डव्लु डव्लु जे )गण्डकीले बुधबार पाेखरामा आयोजना गरेको मानव अधिकार प्रवर्द्धनमा पत्रकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा वाेल्दै मन्त्री थापाले मानव अधिकारकारकाे संरक्षण गर्नु राज्यको दायित्व भएको उल्लेख […]