अन्नपुर्ण गाउँपालिका ३ मा क्षमता अभिबृद्धि तालिम शुरु ,आर्थिक रुपमा महिला सवल र सक्षम हुनुपर्छ : उपप्रमुख गुरुङ

११ पुष २०७५, बुधबार

पोखरा  । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले महिलाहरु आर्थिक रुपमा सक्षम नहुदाँ सम्म महिला हिंसा अन्त्य नहुने बताएकी छन् । अन्नपूर्ण गाँउपालिका वडा नम्वर ३ ले आयोजना गरेको महिलारुको क्षमता भभिबृद्धि तथा उद्घोषण तालिमको उद्घाटन गदै उपप्रमुख गुरुङले आर्थिक रुपमा सवल र सक्षम नहुदाँ सम्म महिलाहरु हिसांमा परिरहेन भन्दै अव आर्थिक रुपमा आत्मनिर्भर हुनुपर्नेमा जोड […]

पोखराको बिजयपुर खोलामा मृत अबस्थामा भेटिए बाबुजा श्रेष्ठ

११ पुष २०७५, बुधबार

पोखरा , ओखलढुंगा बर्नालु  ४ घर भई  पोखरा २६ बस्ने २८ बर्षीय बाबुजा श्रेष्ठ मंगलबार पोखराको बिजयपुर खोलामा मृत अबस्थामा भेटिएका छन । उनको शब बिजयपुर खोला किनारमा पानीमा घोप्टो परेको अवस्थामा फेला परेको हो । सोमवार देखि हराएको भन्दै  उनको खोजी भइरहेको थियो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कृषि प्रमुखसहित १३ जनालाई भ्रष्टाचार मुद्दा

११ पुष २०७५, बुधबार

अख्तियारले जिल्ला कृषि बिकास कार्यलय दैलेखका तत्कालीन प्रमुखसहित १३ जनाबिरुद्ध मंगलबार बिशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । सिड किट्स बितरणमा अनियमितता आरोपमा तत्कालीन प्रमुख नरहरि घिमिरे ,४ शाखा अधिकृतसहितलाई मुद्या हालेको हो ।मुद्दा दायर गरिएकामा वागबानी बिकास अधिकृत सुर्यनाथ योगी,कृषि प्रसार अधिकृत नरेन्द्र बहादुर थापा ,लेखा अधिकृत ढालबहादुर हमाल,प्राबिधिक सहायक गमानसिंह थापा,बागवानी बिकास […]

नेकपामा अध्यक्षविरुद्ध चार शीर्ष नेता

११ पुष २०७५, बुधबार

काठमाण्डौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा दुई अध्यक्षविरुद्ध चार शीर्ष नेता उभिएका छन् । पार्टी र सरकार सञ्चालनमा अध्यक्षद्वयको भूमिका चित्तबुझ्दो नभएको आरोप लगाउँदै चार शीर्ष नेता एक ठाउँमा उभिएका हुन् । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकार र पार्टी सञ्चालन एकलौटी ढंगबाट गरेको र अर्का अध्यक्ष पुष्पकमल दाहालले मौन […]

व्यापारिक तथा भेटघाटको थलो बन्दै लेखनाथ महोत्सव

११ पुष २०७५, बुधबार

विष्णुहरि  पौडेल लेखनाथ । लेखनाथ उद्योग वणिज्य संघको आयोजनामा पुस १६ गते सम्म चल्ने १५ औं संस्करणको लेखनाथ महोत्सवमा दिनभरी स्टेजका रमाईला कार्यक्रम पनि हेर्न पाईने र घर फर्कने क्रममा आफुलाई आवश्यक सामग्री खरीद गर्न पाईने भएपछि महोत्सव स्थल व्यापारिक थलो बनेको छ । बजार मूल्यभन्दा केही सस्तोमा आवश्यक सामग्री पनि पाईन थालेपछि मेला भरेर […]

बैठकपछि पार्टी र सरकार अझै सशक्त रुपमा अघि बढ्ने :(नेकपा) का प्रवक्ता श्रेष्ठ

११ पुष २०७५, बुधबार

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको जारी स्थायी कमिटीको बैठकपछि पार्टी र सरकार अझै सशक्त रुपमा अघि बढ्ने बताएका छन् । सरकारको कामप्रति अहिलेसम्म सन्तुष्ट हुन नसकेका प्रवक्ता श्रेष्ठले प्रेस सङ्गठन नेपाल कास्कीद्वारा  आयोजित पत्रकार सम्मेलनमा भने पार्टी एकिकरणपछिका बाँकी काम, पार्टी नेतृत्व र सरकारका गतिविधि लगायतमा बैठकमा गम्भीर छलफल […]

वाणिज्य बैंकहरुले भारतीय वित्तीय संस्थाबाट ऋण लिन पाउने

११ पुष २०७५, बुधबार

  काठमाडौँ, : नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई पर्यटन, कृषि क्षेत्र र लघु वित्त क्षेत्रमा कर्जा प्रवाह गर्न भारतीय बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाउने व्यवस्था गरेको छ । केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आज एक सूचनामार्फत कर्जा प्रवाह गर्ने प्रयोजनका लागि वित्तीय साधनको प्रबन्ध गर्न भारतीय बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन […]

जापानको श्रम बजारमा नेपालीलाई सेवा

११ पुष २०७५, बुधबार

  काठमाडौँ, जापान सरकारले नेपाली कामदारलाई आफ्नो श्रम बजारमा सेवाको अनुमति दिने भएको छ । केही समयअघि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्ना जापानी समकक्षीसँगको भेटवार्तामा नेपाली श्रमिकलाई जापानमा अवसर उपलब्ध गराउन आग्रह गरेबमोजिम जापानले नेपालीलाई रोजगारीको अवसर प्रदान गर्ने निर्णय गरेको हो । जापानी अखवार द जापान टाइम्सले जापनी मन्त्रिपरिषद्को आजको बैठकको निर्णय भन्दै प्रकाशन गरेको […]

मदन भण्डारीको हत्यारा पत्ता नलगाउने पार्टीको सरकारले निर्मलाको हत्यारा पत्ता लगाउन सक्दैन : हिसिला यामी

१० पुष २०७५, मंगलवार

चाँदनी आचार्य कैलाली ,नयाशक्ति पार्टि नेपालका नेतृ तथा पुर्व मन्त्रि हिसिला यामीले राष्ट्रपति विधा देवि भन्डारीका श्रीमान तथा तत्कालिन नेकपा एमालेका नेता मदन भण्डारिको हत्यारा अहिले सम्म पत्ता नलागेका अवस्थामा सामान्य गरिव परिवारका निर्मला पन्तको हत्यारा पत्ता लाग्ला भन्नेमा आफु विश्वस्त नभएको वताएकी छन । देश ब्यापि पार्टि विस्तार अभियान स्वरुप सुदुरपश्चिमका विभिन्न जिल्ला हुँदै […]

बुधबार नेकपाको पुनः बैठक बस्दै

१० पुष २०७५, मंगलवार

    काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीका ४६ सदस्यले पार्टी र सरकार सञ्चालनबारे राखेका सुझावलाई समेटेर बुधबार बस्ने बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिउत्तर दिनुहुने भएको छ । गत मङ्सिर २९ गतेदेखि शुरु भएको उक्त बैठक अध्यक्षद्वयले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथिको छलफलमा हालसम्म ४६ […]