फिल्मी शैलीमा सात लाख लुटपाट

३ मंसिर २०७५, सोमबार

महोत्तरी जिल्लाको सोनमा गाउँपालिका– ३ खखनाको ३ वटा घरमा गएराति डकैती भएको छ । डकैतीमा रु सात लाख मूल्य बराबरको धनमाल लुटिएको छ भने पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो । प्रहरी नायब उपरीक्षक खड्काका अनुसार सशस्त्र डाँकाले गएराति सोनमा गापा–३ खखनाका ललिन यादवको घरको मूल ढोका […]

ठेकेदारको लापर्वाहीले धारापानी सिँचाइ योजना अलपत्र

३ मंसिर २०७५, सोमबार

निर्माण कम्पनीको बेवास्ताका कारण कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लामा रहेको धारापानी सिँचाइ आयोजना अलपत्र परेको छ । सिँचाइ आयोजना सम्पन्न गर्न ठेक्का पाएको आशिष कन्ट्रक्सन धनगढीले समयसीमा दुईपटक थप गर्दा पनि काममा ढिलाइ गरेपछि योजना नै अलपत्र परेको हो । दोस्रोपटक काम गर्न थप गरिएको समय सकिएर आठ महीना बितिसक्दा पनि योजनाको काम निर्माण कम्पनीले अटेर […]

हरियो पत्ती चियाको मूल्य निर्धारण नहुँदा समस्या

३ मंसिर २०७५, सोमबार

यसक्षेत्रमा खेती शुरु भएको २०० वर्षभन्दा बढी भए पनि चिया क्षेत्र भने अझै व्यवस्थित बन्न सकेको छैन । विशेषगरी सरकारी क्षेत्रबाट चियामा सहयोग राम्रो नभएको, मूल्यमा एकरुपता नभएको र अर्गानिक चियाको माग बढेपनि त्यसको लागि आपूर्तिको उचित व्यवस्था हुन नसक्दा हाल चियामा बढी समस्या देखिएको छ । सरकारले चियाको बजारीकरणको राम्रो व्यवस्था नगरिदिँदा चिया निकासी […]

रसुवागढी विद्युत्गृहको निर्माण तीब्रगतिमा

३ मंसिर २०७५, सोमबार

भूमिगत संरचनाबाट उत्तरी क्षेत्रमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृह संरचना बनाउने काम धमाधम अगाडि बढेकोे छ । एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको चार हजार १८५ मिटर लामो रेड्रेस सुरुङ र विद्युत् उत्पादन गर्ने स्थलमा पहरा फुटाइ उत्खनन कार्य पूरा भइसकेकाले विद्युत्गृहको संरचना बनाउने कार्य अगाडि बढाइएको आयोजना प्रमुख छवि गैह्रेले बताउनुभयो । […]

देशभरका नारायण मन्दिरमा भक्तजनको भीड

३ मंसिर २०७५, सोमबार

कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा भक्तजनको भीड लागेको छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुत्नुभएका भगवान् विष्णु आज जागा हुनुहुने धार्मिक विश्वास छ । आज जागा हुनुहुने भगवान् विष्णुलाई पूजाआजासहित आराधना गर्न बिहानैदेखि नारायण मन्दिरमा भक्तजनको भीड लागेको हो […]

जिप दुर्घटनामा एकको मृत्यु, सात घाइते

३ मंसिर २०७५, सोमबार

पाल्पाको रिब्दिकोट गाउँपालिका– ३ सिरुखर्कमा जिप आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । दुर्घटनामा बाग्लुङ बरेङ्ग गाउँपालिका– ३ बस्ने कमला परियारका एक वर्षीय छोरा अङ्कित परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उनको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो […]

हराएका १९ मोटरसाइकल सम्बन्धित धनीलाई

२ मंसिर २०७५, आईतवार

महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट विभिन्न समयमा हराएको १९ थान मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाइएको छ । महाशाखाले उपत्यकाको कालिमाटी, सातदोबाटो, साँखु, कपन गौशाला, कालिमाटी, महाराजगञ्ज, भैँसेपाटी, थापाथली, सानेपालगायत स्थानबाट हराएका मोटरसाइकल फेला पारेर आज सम्बन्धित धनीलाई जिम्मा लगाएको हो । महाशाखाले सुमन श्रेष्ठ, सन्तोष उपाध्याय, मोहम्मद गुडजु, भरतबहादुर थापा, अर्जुन […]

राराको पर्यटन विकासमा सङ्घीय सरकारको चासो देखिएन : मुख्यमन्त्री शाही

२ मंसिर २०७५, आईतवार

  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले रारा पर्यटन विकास गुरुयोजना निर्माण गर्न लागेको बताउनुभएको छ । शाहीले आज पत्रकारसँग कुरा गर्दै प्रदेश सरकारले राराको प्रचारप्रसार गरी पर्यटन विकास गर्न दबाब सिर्जना होस् भन्ने उद्देश्यका साथ गत वैशाख १ गते प्रधानमन्त्रीसहितको टोली रारा पु¥याएर कर्णाली रारा पर्यटन वर्ष २०७५ को घोषणा गरेपनि संघीय सरकारले खासै चासो […]

थ्री स्टार शीर्ष स्थानमा

२ मंसिर २०७५, आईतवार

काठमाडौं । ललितपुरे क्लब रुस्लान थ्री स्टार क्लबले पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ । आइतबार भएको खेलमा ब्रिगेड ब्वाईजलाई ५ – १ ले हराउदै थ्री स्टारले जितलाई कायम राखेको हो।   सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा थ्री स्टारलाई जित दिलाउन रजिन धिमाल, सुनिल बल, रन्जन बिष्ट, निराजन खड्का र कप्तान बिक्रम […]

युवकको हत्या

२ मंसिर २०७५, आईतवार

नेपालगञ्ज उपमहानगरपालिका – १३ उदयपुरमा एक युवकको हत्या भएको छ । उदयपुरस्थित गङ्गापुरमा पोल्ट्री फार्ममा कार्यरत सुर्खेतका ३० वर्षीय सागर चन्दको धारिलो हतियार प्रहार गरी हत्या भएको वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो । धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका चन्दको उपचारका क्रममा आज मृत्यु भएको हो । चन्दलाई आफन्तले […]