जीप दुर्घटनामा १० को मृत्यु

१९ कार्तिक २०७५, सोमबार

 सदरमुकाम दुनैबाट त्रिपुराकोटतर्फ जाँदै गरेको भे१च १६१० नं को जीप ठूलीभेरी नगरपालिका–९ बतासेओढारबाट ठूलीभेरी नदीमा खस्दा १० जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । जीपमा १२ जना सवार थिए । ती यात्रुको घटनास्थलमै मृत्यु भएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिनुभयो । मृतकको सनाखत हुन सकेको छैन । शव नदीबाट […]

दुई तिहाइको सरकार नेपाली जनताका लागि ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात्’

१९ कार्तिक २०७५, सोमबार

ललितपुर,  कागतिहारका उपलक्ष्यमा स्रष्टाहरुले कविता, मुक्तक, गीत, नृत्यलगायत विधामार्फत हास्यव्यङ्ग्य प्रस्तुत गरेका छन् । हासने प्रतिष्ठानले आज आयोजना गरेको ‘आलु पार्टी’ मा जावलाखेलस्थित हासनेघरमा जीतु नेपाल, केरा अर्याल, घनश्याम गौतम, डम्बर घिमिरे, कल्याण राना, पिँडालु पौडेल, बमबहादुर जितालीलगायतले सिर्जना प्रस्तुत गरे । प्रतिष्ठानका अध्यक्ष रामकुमार पाँडेले चार दशक पहिलेदेखि काग तिहारका दिन हास्य कार्यक्रमको आयोजना […]

तास खेल्दै गर्दा कर्मचारी पक्राउ

१८ कार्तिक २०७५, आईतवार

  भक्तपुर,  नेपाल विद्युत् प्राधिकरण, भक्तपुर शाखाको नोलाइटमा काम नगरी तास खेलेर बस्ने कर्मचारीलाई प्रहरीले पक्राउ गरी रिहा गरेको छ । नोलाइट जस्तो आकस्मिक सेवाका कर्मचारी दैनिक तास खेलेर बस्ने र नोलाइटको फोनसमेत नउठाउने गरेको गुनासो बढेपछि महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले कर्मचारीलाई तास खेल्दै गर्दा गएराति पक्राउ गरेको हो । तास खेलिरहेको अवस्थामा नोलाइटमा […]

संस्थानको चामल बिक्री हुन सकेन

१८ कार्तिक २०७५, आईतवार

खाद्यान्न अभाव भइरहने बाजुरामा यस वर्ष नेपाल खाद्य संस्थानको चामल अपेक्षित रुपमा बिक्री हुन सकेको छैन । खाद्य संस्थानले निर्धारण गरेको मूल्यभन्दा बजारमा सस्तोमा चामल पाउन थालेपछि बिक्री हुन नसकेको हो । सदरमुकाम मार्तडीस्थित खाद्य संस्थानको गोदाममा दुई सय क्विन्टल चामल र एक सय क्विन्टल गहुँ मौज्दात रहेको कार्यालयका कर्मचारी परे रावलले जानकारी दिनुभयो । […]

सबैका गलामा माला

१८ कार्तिक २०७५, आईतवार

–हरि बाँस्तोला कुनै पनि औपचारिक कार्यक्रममा अतिथिका लागि माला तथा खादा लगाउने प्रचलन सामान्य हो तर यहाँस्थित एक पर्यटकीय गाउँमा आयोजित कार्यक्रममा उपस्थित सबै पाहुनाको गलामा सयपत्री फूलको माला लगाएर समानताको व्यवहार देखाइएको छ । कास्की जिल्लाको मादी गाउँपालिकाको पर्यटकीय गाउँ ताङ्तिङमा शनिबार आयोजित गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, गण्डकी प्रदेशको पहिलो अधिवेशन उद्घाटन कार्यक्रममा सबैलाई […]

रोकिएनन बलात्कारका घटना,सुनसरीमा फेरि ६ बर्षीया बालिका बलात्कृत

१८ कार्तिक २०७५, आईतवार

ईटहरी ।बलात्कारका घटनाहरु बाहिर आउने क्रम बढिरहेको छ । गत कार्तिक ७ गते  इटहरीमा १४ बर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा २६ बर्षीय नवीन बिक पक्राउ परेका थिए । इटहरीमा नै फेरि अर्की बालिका बलात्कृत भएको घटना बाहिरिएको छ । इटहरी ५ स्थित काव्यबाटिकाका १८ बर्षीय भवानी आचार्यले स्थानीय ६ बर्षीया बालिकालाई बलात्कार गरेको जानकारी बाहिर […]

३७ किलो चरेससहित तीन पक्राउ

१८ कार्तिक २०७५, आईतवार

रुपन्देही प्रहरीले शनिबार राती बुटवलमा ठूलो परिणाममा लागुऔषध चरेससहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले शनिबार राती करीब ८ बजेको समयमा रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका–१३ स्थित बेलबास शान्तिचोकबाट प्रदेश नं ५ तुलसीपुर दाङको प्रहरी अनुसन्धान टोलीले ३७ किलोग्राम चरेससहित तीन जनालाई पक्राउ गरेको हो । विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी […]

महिलाहरुले हलो जोत्न थाले

१७ कार्तिक २०७५, शनिबार

राजेन्द्र कार्की  जाजरकोट ।महिलाहरले हलो जोत्न हुदैंन भन्ने परम्परागत मान्यतालाई चिर्दे  जाजरकोट जुनीचाँदे ४ लुहादहका महिलाहरुले  हलो जोत्न थालेका छन।  गाँउका पुरुषहरु मजदुरी गर्न भारत गएपछि महिलाहरु आफैले हलो जोतेर बाली लगाउने गरेका हुन । तत्कालिन माओवादीको आधार इलाकाको रुपमा रहेको यस वस्तीमा त्यतिवेला देखि नै महिलाहरुले हलो जोत्ने शुरुआत गरेका हुन ।

बलात्कार गरी गर्भवती बनाएको आरोपमा ताजपुरिया पक्राउ

१७ कार्तिक २०७५, शनिबार

गौरीगञ्ज गाउँपालिका–६ झापाका ५० वर्षीय चैतु ताजपुरिया एक युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।सोही गाउँपालिकाकी १७ वर्षीया आफ्नै नाताकी युवतीलाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा उनी शुक्रबार पक्राउ परेको प्रहरीले जनाएको छ । पीडित युवतीका बुबाले प्रहरीलाई दिएको उजुरीका आधारमा ताजपुरियालाई पक्राउ गरिएको गौरीगञ्ज इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले जानकारी दिनुभयो […]

नातिको कुटाइबाट हजुरबुबाको मृत्यु

१७ कार्तिक २०७५, शनिबार

   इलामको दक्षिणीमाई नगरपालिकामा नातिको कुटपिटका कारण हजुरबुबाको मृत्यु भएको छ । उक्त नगरपालिका–५ बस्ने नाति सञ्जय राईले गए राति करीब ९ बजे घरायसी झगडामा बियरको बोतल प्रहार गर्दा ६५ वर्षीय हजुरबुबा देउमान नेम्वाङको घटनास्थलमै मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले कुटपिटमा संलग्न राईलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गरिरहेको छ ।