१९ औं संस्करणको लेखनाथ महोत्सव शुरु

५ पुष २०८०, बिहीबार

लेखनाथ । ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ लेखनाथमा विहिबारबाट १९ औं संस्करणको लेखनाथ महोत्सव शुरु भएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सञ्चालन हुने महोत्सवको एक समारोहका विच उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आर्थिक गतिविधि बढाउन महोत्सवको योगदान महत्वपूर्ण […]

टेवानको तीज सांस्कृतिक महोत्सव  सुरु, पोखराको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास

२५ भाद्र २०८०, सोमबार

  पोखरा ।  नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले उत्पादनलाई पर्यटन सङ्ग जोडियो भने मुलुकको विकास हुने बताएका छन् । सोमबार पर्यटन विकास महिला संघ (टेवान) ले आयोजना गरेको तीज सांस्कृतिक महोत्सवको पोखरामा उद्घाटन गर्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् । तीज मनाउने तरिका बद्लिएको र परिस्कृत ढंगबाट तीज मनाउने प्रयास […]

टेवानको आयोजनामा पोखरामा तीज, सांस्कृतिक महोत्सव हुने

१६ भाद्र २०८०, शनिबार

पोखरा । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)को आयोजनामा पोखरामा तीज, सांस्कृतिक महोत्सव – २०८० हुने भएको छ । ‘दिगो पर्यटनका लागि समान सहभागिता’ नाराका साथ महोत्सव आयोजना गरिएको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । भदौ २५, २६ र २७ गते लेकसाइडस्थित कोमागाने पार्कमा महोत्सव हुनेछ । महोत्सवका अवसरमा महिला प्रतिभा प्रतिस्पर्धा कार्यक्रमसमेत हुने […]

रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेवान) पोखरा २५ औं सडक महोत्सवको तयारीमा

१५ असार २०८०, शुक्रबार

पोखरा । रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेवान) पोखरा २५ औं सडक महोत्सवको तयारीमा जुटेको छ । अंग्रेजी नयाँ वर्षका अवसरमा सञ्चालन हुने महोत्सवको यो संस्करणका लागि रेवानले संस्थाका प्रथम उपाध्यक्ष विश्वराज पौडेललाई संयोजकमा चयन गरेको छ । त्यसैगरि सह–संयोजकमा सह–कोषाध्यक्ष वैभव पौडेल चयन भए । रेवान पोखराका अध्यक्ष नरेश भट्टराई अध्यक्षतामा बुधबार पोखरामा बसेको कार्यसमिति […]

वेगनासतालमा खुल्यो वेगनास बंगलो

१४ असार २०८०, बिहीबार

   पोखरा  । पोखरा पछिको पर्यटकिय केन्द्र वेगनासतालमा कलात्मक महल तथा बंगलो डिजाईनमा वेगनास बंगलो संचालनमा आएको छ। कोभिड लगत्तै निर्माण सुरु गरिएको होटल करिव ३ करोडको लगानीमा असारको पहिलो साता बाट संचालनमा आएको संचालक राजन रानाभाटले जानकारी दिए । उक्त होटलमा एसी डिलक्स, तातो चिसो पानी, मिनी बारसहित ५ वटा कलात्मक कोठा, ४ कटेज तथा […]

पोखराको फेवातालमा यही असार ८ र ९ गते ड्रागन बोट रेस फेस्टिभल

२ असार २०८०, शनिबार

पोखरामा पहिलो पटक हुन लागेको नेपाल–चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभलको तयारी अन्तिम चरणमा पुगेको छ । पोखराको फेवातालमा यही असार ८ र ९ गते ड्रागन बोट रेस फेस्टिभल गर्न लागिएको हो । यसले पोखरामा चिनियाँ पर्यटक आगमन वृद्धि सहित नेपाल चीनबिचको सम्बन्ध थप सुमधुर बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ । पोखरा महानगरपालिका, नेपालस्थित […]

मिलेनियम ट्रेकको अन्तरक्रिया

२९ जेष्ठ २०८०, सोमबार

पोखरा  । मिलेनियम ट्रेकको पुनः प्रवद्र्धन एवम् बजारीकरणको उद्देश्यका साथ शुक्रबारदेखि निस्किएको टोलीले आइतबार पदमार्ग क्षेत्र अन्तर्गत पुतलीबजार नगरपालिका वडा नं ९ कोल्मा, काल्खु एवम् शुक्लागण्डकी नगरापलिकावडा नं १२ विसौनामा अन्तरक्रिया गरेको छ । मिलेनियम ट्रेक व्यवस्थापन समितिको आयोजना तथा नेपाल पर्यटन बोर्डको सहआयोजना एवम् प्रवद्र्धनमा पर्यटन सम्बद्ध विभिन्न क्षेत्रका प्रतिनिधि, पर्यटक गाइड, सञ्चारकर्मी लगायतको […]

एकीकृत पर्यटकीय परियोजनाको सम्भाव्यता अध्ययनका लागि समझदारी

३० चैत्र २०७९, बिहीबार

पोखरा । पोखराको एकीकृत पर्यटकीय परियोजनाको सम्भाव्यता अध्ययनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । पोखरा महानगरपालिका, नगर विकास कोष काठमाडौँ र नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क लिमिटेड (निफ्रा) काठमाडौँ बिच बुधवार समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा पोखरा नगरपालिकाका प्रमुख धनराज आचार्य,  नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटा र निफ्राका प्रमुख कार्यकारी अधिकृत […]

एघारौ पोखरा महोत्सव स्थलबाटै चिडियाखाना अवलोकनको निःशुल्क बसको ब्यवस्था

२८ पुष २०७९, बिहीबार

  पोखरा  । पोखराको अमरसिंह चौरमा जारी एघारौं पोखरा महोत्सवबाट पोखरामा निर्माणाधिन चिडियाखानाको अवलोकनको लागि निःशुल्क बसको ब्यवस्था गरिएको छ । महोत्सवमा आउने दर्शकले टिकट काटेर महोत्सवको अवलोकन संगै महोत्सव स्थलबाट दिउसो एकबजे र चार बजे गरी दुई सिफ्टमा निशुल्क बस सेवा उपलब्ध गराइएको महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सव प्रवेश […]

२४ औं भदौरे पञ्चासे महोत्सव सम्पन्न

१४ पुष २०७९, बिहीबार

पोखरा। कास्कीको अन्नपूर्ण गाँउपालिकामा अवस्थित सुन्दर पर्यटकिय गाँउ भदौरेमा पुष ९ गते देखि आयोजना भएको ‘२४ औं भदौरे पञ्चासे महोत्सव’ सम्पन्न भएको छ । तमु ल्होसार, अन्नपूर्ण गाउँपालिका वडा स्तरिय फुटबल प्रतियोगिता, भेट्रान्स फुटबल प्रतियोगिता, मौलिक साँस्कृतिक प्रस्तुतीलगाएतका कार्यक्रमसहित महोत्सव सम्पन्न भएको हो । महोत्सव समापनको उद्घाटन गर्दै गण्डकी प्रदेशका सांसद प्रकाश बरालले आफुलाई सेवकको […]