कुमारी नठहरिएका महिला पुलिसमा भर्ना हुन पाउँदैनन्

कुनै पनि महिलाले देशको प्रहरीमा भर्ना हुनका लागि भर्जिन हुनुपर्ने कानून लागू गरिन्छ भने के होला ? हाम्रो देशमा त यस्तो सायद अब सम्भव छैन । तर दुनियाको ठूलो मध्येको एक देश इण्डोनेसियामा चाहीँ यस्तो अनौठो तथा विभेदकारी नियम रहेछ । हो, इण्डोनेसियामा पुलिसमा भर्ति हुन चाहने महिलाले आफ्नो भर्जिनिटी टेष्ट गराउनु पर्दछ । उक्त परीक्षणमा कुमारी नठहरिएका महिला पुलिसमा भर्ना हुन पाउँदैनन् । अझ आपत्तिजनक त के भने महिला उम्मेदवारको कुमारित्व परीक्षण पुरुष अधिकारीहरुद्वारा गराइन्छ । यस्तो परीक्षणलाई दुई औँले परीक्षण भनिन्छ । जहाँ पुलिसमा भर्ना हुन आएका महिला उम्मेदवारको यौनांगमा दुई औँला छिराएर योनी जाली च्यातिए नच्यातिएको परीक्षण गरिन्छ । इण्डोनेसियामा महिलाको कुमारित्व परीक्षणलाई आधिकारिक रुपमा अनुमति नदिइने भए पनि पुलिसमा भर्नाका क्रममा भने यस्तो परीक्षण एउटा मुख्य मापदण्डको रुपमा रहिआएको अकल्याण्ड विश्वविद्यालयले गरेको एक अध्ययनले देखाएको छ । महिलाले पुलिसमा भर्ना पाउनका लागि आफुलाई केवल भर्जिन प्रमाणित गरेर पुग्दैन । सुन्दरताका अन्य धेरै मापदण्डहरु पनि पूरा गर्नुपर्ने हुन्छ । एजेन्सी

नेपथ्य देशका चार सहरमा गुन्जिँदै

लोकरक ब्यान्ड ‘नेपथ्य’ले पूर्वपश्चिम सांगीतिक यात्रा गर्ने भएको छ। यो यात्रामा पूर्वी पहाडी क्षेत्रदेखि पश्चिमको तराई भेगसमेत समेटिने नेपथ्यले जनाएको छ।

केही समय अघिमात्र काठमाडौं र सिक्किमका दर्शकसामु सांस्कृतिक प्रस्तुति दिइसकेको ब्यान्डले स्थापनाको २५औं वर्ष मूलुकका अन्य भागका संगीतप्रेमीसँग पनि मनाउने उद्देश्यले कार्यक्रम तय गरेको जनाएको छ। मंसिर ४ गते झापाको बिर्तामोडबाट सुरु हुने यात्रा मंसिर ७ गते धरान, १० गते बुटवल हुँदै १३ गते धनगढी पुगेर सम्पन्न हुनेछ।

दसौं एल्बम सार्वजनिक गर्ने तयारीमा रहेको ब्यान्डले सांगीतिक कार्यक्रममा नयाँ तथा पुराना सबै गीतहरु प्रस्तुत गर्ने छ।

‘द्वन्द्वका बेला सबैभन्दा बढी बिथोलिएको पश्चिमी भेगमा हामीले धेरै पटक पुगेर कन्सर्ट आयोजना गर्दै संगीतका माध्यमबाट भारी मनहरुलाई हलुका पार्न खोजेका थियौं,’ नेपथ्यका मुख्य गायक अमृत गुरुङ भन्छन्, ‘त्यतिबेला खतरालाई चिर्दै यात्रा गर्ने नेपथ्य अब पनि मुलुकभरका दर्शकहरुसँग निरन्तर जोडिएर अघि बढ्न प्रयत्नरत छ।’ देशको जटिल र सहज सबै परिस्थितीमा देशवासीको साथ पाउँदा आफूलाई खुसी लागिरहेको गुरुङ सुनाउँछन्।

नेपथ्य यात्राअन्तर्गत सबै स्थानका कार्यक्रम साँझ पौने ६ बजेदेखि सुरु हुनेछ। नेपथ्यले बिर्तामोडको डोमलाल राजवंशी रंगशाला, धरान रंगशाला, बुटवल रंगशाला (एन्फा टेक्निकल सेन्टर) र धनगढी रंगशालामा प्रस्तुति दिनेछ।

नेपालयद्धारा व्यवस्थापन गरिने ‘नेपथ्य यात्रा’ बिर्तामोडमा सहारा नेपालले आयोजना गर्नेछ भने धरानमा ‘एम सी कफी आवर’ र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीहरुको संस्था ‘परिक्रमा स्टुडेन्ट्स् फेमिली’ले कन्सर्ट आयोजना गर्दैछन्। त्यस्तै, बुटवलमा ‘यस नेपाल’ र धनगढीमा ‘दाताज् इभेन्ट’ र ‘द मेन्सन् नेपाल’ले कार्यक्रम आयोजना गर्दैछन्।

केमियो भूमिकामा वेनिशा

२ वटा चलचित्र लगालग असफल भएपछि नायिका बेनिशा हमाललाई नयाँ निर्माताले जोखिम मोल्न चाहेका छैनन् । ‘ब्लाइन्ड रक्स र झ्यानाकुटी’को असफलताले बेनिशाको करिअर नै जोखिम मोडमा पु¥याइदियो । उनै, वेनिशा नयाँ चलचित्रमा देखिएकी छैनन् । उनले नयाँ चलचित्रमा साइन गरेको खबर पनि अहिलेसम्म सुनिएको छैन । सायद, उनको स्टारडममाथि निर्मातालाई विश्वास नभएको हुनसक्छ । उनै, वेनिशालाई दर्शकले चलचित्र ‘चङ्गाचेट’मा देख्न पाउनेछन् । तर, उनी चलचित्रको मुख्य भूमिकामा भने होइनन् । चलचित्रमा उनको केमियो भूमिका देखिएको छ । प्रहरीका ठूला हाकिमसँग पैसाकै लागि सम्बन्ध राख्ने एक यूवतीको भूमिकामा उनी देखिएकी छिन् ।
यो चलचित्रका निर्माता माधव वाग्ले र निर्देशक दिपेन्द्र के खनालको चलचित्रमा काम गर्न कलाकारहरु उत्साहित हुन्छन् । सायद, वेनिशाले ठूलो ब्यानरसँग सम्बन्ध जोड्न पनि यो चलचित्रमा केमियो नै भएपनि गरेको हुनुपर्छ । हुनत, ठूलो भूमिकामा अफर नआउँदा वेनिशाले सानै भूमिकामा चित्त वुझाएको देखिन्छ । ‘स्वर’ डेब्यू नायिकाले केमियो मै चित्त वुझाउँछिन् या ठूलो भूमिकामा पनि उनलाई निर्माताले पत्याउँछन्, केही समय प्रतिक्षा गर्नैपर्छ ।

दाम्पत्य जीवन रोमाञ्चक बनाउन यसो गर्नुस्

  विवाह एउटा रोमाञ्चक अनुभव हो । विवाह लगत्तै जीवन रंगीन बन्छ । तर, समय बित्दै जाँदा यो ‘ब्ल्याक एन्ड ह्वाइट’ हुँदै जान्छ । केही नयाँपन आउँदैन । जिन्दगीले हामीलाई यस तरिकाले व्यस्त राख्छ कि हामी एक अर्काको लागि पर्याप्त समय नै दिन सक्दैनौं । ठूला–ठूला चाहनालाई पुरा गर्नतिर लाग्दा ससाना खुसीहरु हराउँछन् तर, ख्याल राख्नुपर्ने कुरा के हो भने जति नै पुरानो सम्वन्ध भए पनि तपाईंको एक सानो मुस्कानले पार्टनरको अनुहारमा धेरै चमक देखिन सक्छ । । एक अर्काको हात थाम्नाले आनन्द मिल्छ । आफ्नो वैवाहिक जीवनलाई लामो समयसम्म रोमाञ्चक बनाउन यी विधीहरु अनुसरण गर्नुस ।पर्याप्त समय बिताउनुहोस् हाँसो त्यो जादुमयी चीज हो जुन खुलेमा सबै दुःख हराउँछ । हाँसीमजाकले सम्बन्धमा आएको चिसोपना हटाउँछ । सबै कुरा राम्रो चलिरहेको अवस्थामा पनि हाँसोले सम्बन्धको लागि टनिकको काम गर्छ । तपाईंसँग समयको कमी भए पनि सकेसम्म म्यानेज गरेर एक–अर्काको साथमा धेरै समय बिताउने गर्नुहोस् । एक–अर्काको कुरा सुन्नुहोस्, समस्याहरुको बारेमा छलफल गर्नुहोस् र मिलेर यसको हल निकाल्नुहोस् । एक शोधका अनुसार जो मानिस विवाहपछि पनि हाँसो मजाक गरिरहन्छन् उनीहरुको वैवाहिक जीवन धेरै सुखद हुन्छ । सधैं खुसी रहनुहोस् सधैँ खुसी रहने र आफ्नो वरिवरिका मानिसहरुलाई प्रसन्न राख्नु पनि एक कला हो । यो कला सबैमा हुँदैन तर, जसमा हुन्छ उनीहरुले सबैको मन जित्छन् । जीवनसाथीको रुपमा पनि यस्ता पुरुषहरुलाई महिलाहरुले प्राथमिकता दिन्छन् । चुपचाप, उदास रहेर आफैँमा हराउने पुरुषलाई कमै महिलाहरुले मन पराउँछन् । जो मानिस खुसी रहन र हाँस्न जान्छन् उनीहरु अक्सर समस्याहरुबाट लड्ने मामिलामा पनि धेरै सकरात्मक हुन्छन् । अधिकांश महिलाहरुलाई यस्तो पुरुष मन पर्छ जसको सेन्स अफ ह्युमर राम्रो छ, किनभने यस्ता मानिसहरु समस्यामा पनि दुःखी र उदास देखिँदैनन् । यति मात्रै होइन, उनीहरु मानिसहरुको भावनालाई पनि कदर गर्न जान्दछन् । उनीहरुलाई आफ्नो हाँसोठट्टाले मानिसहरुलाई केही समयको तनावमुक्त माहौल दिन सक्छ भन्ने कुरा थाहा हुन्छ । सँगै घुम्ने गर्नुहोस् व्यस्त दिनचर्यासँगै एक अर्काको लागि समय निकाल्न पर्छ । बिहान छिट्टै उठेर वा भोजन गरेपछि बेलुकाको समय कतै टहल्नको लागि समय निकाल्नुहोस् । यसले सँगै समय बिताउने मौका पनि मिल्छ र सयर पनि हुन्छ । त्यस्तै छुट्टीको दिनमा दुई जनामात्रै कतै घुम्न जाने वा बेलुका डिनरको लागि बाहिर जाने गरेमा सम्बन्धमा सँधै नयाँपन महसुस हुन्छ । पुराना यादहरु बाँड्नुहोस् कहिलेकाहीँ विवाहको पुरानो फोटो एल्बम निकालेर सँगै हेर्न सक्नुहुन्छ । ती सुन्दर पलहरुलाई एकपटक फेरि सम्झिन सकिन्छ । पुराना ती कुराहरुलाई याद गर्नुहोस् जसको कारणले तपाईंको सम्बन्ध मजबुत भएको थियो । सँगै बसेर एकअर्कालाई पुराना कुराहरु सुनाउँदा पनि खुसी मिल्छ । काममा सघाउने धेरैजसो पुरुषहरुमा भान्छा पत्नीको मात्रै जिम्मेवारी हो भन्ने सोचाई हुन्छ । तर तपाईंहरु दुवै जना मिलेर त्यहाँ किन काम नगर्ने रु मिलेर काम गर्नाले एकजनालाई मात्रै बोझ पनि पर्दैन र दुईजना कुरा गर्दै काम गर्दा छिटो पनि हुन्छ । अझै छुट्टीको दिन पत्नीलाई सरप्राइज्ड बनाउनको लागि आँफै खाना पकाउनुभयो भने झन् राम्रो । पार्टनरको रोजाइलाई ध्यान दिनुहोस् टिभीमा हाँसीमजाकको कार्यक्रम, कमेडी फिल्म वा शो सँगै बसेर हेर्नुहोस् । यसले साँच्चै नै तपाईंको सम्बन्धमा मिठास आउँछ र तपार्इंहरु एक–अर्काको नजिक आउनुहुनेछ । यसको साथसाथै आफ्नो पार्टनरलाई के कुराले धेरै खुसी बनाउँछ भन्ने बारेमा ख्याल राख्नुहोस् । उनीहरुलाई मनपर्ने उपहार दिने, रेष्टुराँमा उनीहरुलाई मनपर्ने खानेकुरा अर्डर गर्ने जस्ता स–साना कुराले नै आफ्नो पार्टनरलाई खुसी बनाउन सकिन्छ । साभार अनलाइन खबर