आठौँ राष्ट्रिय खेलकूद स¥यो, १३ औँ साग पनि प्रभावित हुने

–कुमार चौलागार्इं पूर्वाधार अभावका कारण आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता दुई महिनापछि सारिएको छ । यही मङ्सिर महीनामा प्रदेश नं ५ का विभिन्न स्थानमा हुने तय भएको सो प्रतियोगिता आगामी माघ २५ देखि फागुन १ गतेसम्म गर्ने गरी तय भएको राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले राससलाई जानकारी दिनुभयो । अघिल्लो महीना नुवाकोटको ककनीमा बसेको राष्ट्रिय खेलकूद परिषद् सञ्चालक समितिको (बोर्ड) बैठकले मङ्सिर ८ गतेदेखि नेपालगञ्ज रङ्गशालामा उद्घाटन गरी बाँके, बर्दिया, दाङ र रुपन्देहीका विभिन्न स्थानमा सो प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो । “समयमै आवश्यक सबै पूर्वाधार निर्माण हुन सकेन, पूर्वाधार नबनाई प्रतियोगिता गर्दा समस्या हुन्छ, दुई महीना पर सार्दैमा केही फरक पर्दैन,” सदस्यसचिव विष्टले भन्नुभयो । राष्ट्रिय खेलकूदका लागि सबै तयारी युद्धस्तरमा भइरहेको बताउँदै उहाँले प्रतियोगिता नयाँ तोकिएको मितिमै हुने जानकारी दिनुभयो । सदस्यसचिव विष्टले भन्नुभयो, “मिति सारेको निर्णय सार्वजनिक गरे ठेकेदारले काम ढिलो गर्लान् भनेर सार्वजनिक नगरेका हौँ, तर राष्ट्रिय खेलकूद चाहिँ कन्फर्म तोकिएकै मितिमा हुन्छ, सरकारले यसका लागि आवश्यक बजेट दिने ग्यारेन्टी पनि गरिसकेको छ ।” उहाँले आगामी फागुन २५ देखि चैत ५ गतेसम्म नेपालमा हुने तय भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग) पनि छ महीना सार्ने प्रस्ताव गरेको जानकारी दिनुभयो । आगामी सेप्टेम्बर महीनामा १३औँ साग आयोजना गर्छौैं भन्नुभयो । साग सार्ने प्रस्ताव परिषद्ले एनओसी हुँदै दक्षिण एशियाली ओलम्पिक काउन्सिललाई पठाउनेछ । त्यसपछि काउन्सिलको निर्णयअनुसार मात्र नयाँ मिति तय हुनेछ । “ओलम्पिक कमिटीसँग समन्वय गरेर हामीले सागपछि सार्ने प्रस्ताव गरेका छौँ, यसबारे छिट्टै निर्णय हुन्छ”, उहाँले भन्नुभयो । भौतिक पूर्वाधार निर्माण तथा टोली तयारीमा पर्याप्त काम हुन नसकेको भन्दै दुवै ठूला खेल सार्ने निर्णय गरिएको हो । युवा तथा खेलकूदमन्त्री परिषद्को अध्यक्ष रहने तर कार्यकारी अधिकार भने सदस्य सचिवमा रहने व्यवस्था छ । सदस्यसचिव विष्टका अनुसार आठौँ राष्ट्रिय खेलकूदका लागि भौतिक पूर्वाधार निर्माणलाई रु ३३ करोड बजेट निकासा भइसकेको छ । यसैगरी आयोजनाका लागि पनि रु ३५ करोड आवश्यक पर्नेमा १७ करोड आइसकेको र बाँकी रकम दिन अर्थ मन्त्रालय तयार रहेको पनि बताउनुभयो । दुई वर्षअघि सातौँ राष्ट्रिय खेलकूद गर्न अर्थ मन्त्रालयले रु ३३ करोड बजेट उपलब्ध गराएको थियो । युवा तथा खेलकूद मन्त्रालयका प्रवक्ता अणप्रसाद न्यौपानेले पूर्वाधार निर्माणकै कारण प्रतियोगिता दुई महीना पर सारिएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “प्रतियोगिता उद्घाटन हुने नेपालगञ्ज रङ्गशाला निर्माण सम्पन्न गर्न केही समय लाग्ने देखियो, अन्य पूर्वाधारको काम पनि पूरा गर्न केही समय लाग्ने भएकाले प्रतियोगिता सारिएको हो ।” पूर्वाधारको सम्पूर्ण निर्माण कार्य माघ दोस्रो सातासम्म सक्ने गरी ठेकेदारलाई भनिसकिएको र आवश्यक बजेट पनि सरकारका तर्फबाट उपलब्ध गराइसकिएको उहाँको भनाइ छ । सङ्घीय संरचनाअनुसार प्रतियोगिता अघिल्लो संस्करणसम्म विकास क्षेत्रका पाँच तथा तीन विभागीय टोलीले राष्ट्रिय खेलकूदमा सहभागिता जनाउने चलन थियो । तर देश सङ्घीय संरचनामा गइसकेकाले र पहिलो पटक गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को एउटा टोली पनि समावेश गर्ने भएपछि राष्ट्रिय खेलकूद पनि त्यहीअनुसार गर्दा टोली सङ्ख्या बढेर ११ पुगेको छ । आर्थिक र अन्य कारणले पलायन भएका प्रतिभालाई राष्ट्रिय खेलकूद हुँदै राष्ट्रिय टोलीसम्मको यात्रा निश्चित बनाउन गैरआवासीय टोलीको सहभागिता खोजिएको राखेपको भनाइ छ ।

माछापुच्छ्रेको काखमा घरेलु टिमको सान पिपिएल क्रिकेटको उपाधि पोखरालाई

 मध्यक्रमका ब्याट्सम्यान रवि इन्दर सिंहले उत्कृष्ट ब्याटिङ गरेपछि घरेलु टिम पोखरा पल्टनले पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। पोखरा रंगशालास्थित क्रिकेट मैदानमा मंगलबार भएको फाइनल भिडन्तमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै पोखरा च्याम्पियन बनेको हो।

पहिलो संस्करणको उपाधिसँगै पोखराले नगद २७ लाख रुपैयाँ जितेको छ। चितवनले भने १० लाख रुपैयाँमा चित्त बुझाएको छ।

चितवन राइनोजका अलराउन्डर सनी पटेल उत्कृष्ट खेलाडी बने। उनले प्रतियोगितामा ७ इनिङमा १ अर्धशतकसहित १ सय ९४ रन जोडेका थिए। यस्तै उनले १० विकेट लिन सफल भए।

चितवन राइनोजकै तीव्र गतिका बलर करण केसी प्रतियोगिताको उत्कष्ट बलर घोषित भए। उनले प्रतियोगितामा सर्वाधिक विकेट लिने क्रमा ७ इनिङमा १२ विकेट लिए।

यता हुलास काठमाडौं रोयल्यसका गौरव तोमार उत्कृष्ट ब्याट्सम्यान भए। २ अर्धशतक प्रहार गरेका तोमारले प्रतियोगितामा सबैभन्दा बढी ६ इनिङमा २ सय १२ रन जोडेका थिए।

प्लेयर अफ दि सिरिज, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलर भएका तीनै जनालाई सुजुकी मोटरबाइक प्राप्त गरे।

फाइनलमा चितवन राइनोजलाई ३ विकेटले हराएर च्याम्पियन बनेको पोखरा पल्टनका तीव्र गतिका बलर रासिद खान इमर्जिङ खेलाडी भए। उनलाई ५१ हजार रुपैयाँ प्रदान गरियो। पोखराकै स्पिनर ललितनारायण राजवंशी मोस्ट भ्यालुएबल खेलाडी भए। उनलाई  १ लाख १ हजार रुपैयाँ प्रदान गरियो।

पर्यटकको आगमनमा वृद्धि

  रसुवा,   पर्यटकीय क्षेत्र लाङटाङको भ्रमण गर्ने पर्यटकको सङ्ख्या क्रमशः वृद्धि हुन थालेको छ । स्थानीय पर्यटन व्यवसायी ढिण्डुप तामाङका अनुसार हिजोआज दैनिकरुपले पर्यटकीय मार्गमा स्वदेशी २० र विदेशी ६० पर्यटक आवतजावत गर्न थालेकाले अहिले हिमाली क्षेत्रको रौनक बढेको छ । भूकम्पपछिको आवास पुनःनिर्माणअन्तर्गत नयाँ बनेका संरचनाको होटल तथा लज बढेको र समुद्री सतहदेखि तीन हजार ९०० मिटरको उचाइ क्याङजेन पहाडलाई केन्द्र बनाएर पर्यटकले अल्का हिमशृङ्खला अवलोकन गर्न थालेको पर्यटन व्यवसायीहरूले बताए् । पर्यटकका लागि पदमार्गका विभिन्न ठाउँमा होटल तथा लज खुलेकाले खान र बस्न कुनै समस्या नभएको बताउँदै पर्यटन व्यवसायी तामाङले लाङटाङ क्षेत्रको मार्गअन्तर्गत लामा होटलमा करीब ६०, तवेलामा दुई थाङसामा छ, लाङटाङमा १५, मुण्डुमा छ, सिन्दुपमा दुई र क्याङजेनमा ४५ होटल तथा लज सञ्चालनमा रहेको जानकारी दिनुभयो । विसं २०७२को भूकम्प अघिभन्दा अहिले होटल लजको सङ्ख्या दोब्बर बढेको बताइएको छ । यी होटल तथा लजले आगन्तु आन्तरिक तथा बाह्य पर्यटकलाई सेवा दिएबापत प्रत्येक होटलले प्रतिदिन १५ देखि २५ हजारसम्म आम्दानी गर्न थालेकाले पर्यटन व्यवसायबाट जीविकोपार्जन सहज हुनथालेको उहाँको भनाइ थियो । काठमाडौाबाट स्याफ्रूबेँसीसम्म मोटर र त्यसपछि स्पाफ्रबेँसीबाट लाङटाङ खोलाको तीरैतीर साढे दुई दिनमा लाङ्टाङको क्याङजेन पुग्न सकिने र बाटोमा हिँढ्दा खाजा नासताका लागि ठाउँठाउँमा चिया पसलसमेत खुलेका छन् विनाशकारी भूकम्पले तहसनहस बनाएको उक्त क्षेत्रको वास्थान जिल्ला दैवीप्रकोप उद्धार समितिसँगको समन्वय तथा दाताको सहयोगमा हेलिकप्टरबाट सामान ढुवानी गरी आवास तथा होटल लज निर्माण गरिएको बताउँदै लाङटाङ पुनःनिर्माण समितिका अध्यक्ष तेम्वा लामाले अहिले कादुरी नामक गैरसरकारी संस्थाको सहयोगमा सय किलोवाट क्षमताको जलविद्युत् आयोजना सञ्चालन भइसकेको जानकारी दिनुभयो । –––

मन्त्री पण्डितले कानूनी हैसियतभन्दा बढी गाडी प्रयोग नगरेको : मन्त्रालय

  काठमाडौँ,  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कानूनी हैसियतभन्दा बढी सवारी साधन प्रयोग नगरेको मन्त्रालयले जनाएको छ । मन्त्री पण्डितले अनावश्यक धेरै गाडी प्रयोग गरेको भनेर केही सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि मन्त्रालयका निमित्त सचिव सुरेश अधिकारीले आज विज्ञप्ति जारी गर्दै मन्त्रीले मन्त्रालयले उपलब्ध गराएको भन्दा बढी गाडी प्रयोग नगरेको बताउनुभएको छ । विज्ञप्तिमा उहाँले मन्त्रीले प्रयोग गर्नुभएका दुईवटा झण्डासहितका गाडीमध्ये आवश्यकताअनुसार एउटा गाडी मन्त्री निवासमा पार्किङ गरिएको हुन्छ र अर्को गाडी प्रयोग गर्नु भएको जानकारी गराउनुभयो । मन्त्रीको निजी सचिवालयका उपसचिव र स्वकीय सचिवले मन्त्रालयले उपलब्ध गराएको एक÷एक वटा गाडी प्रयोग गरेको उल्लेख गदै ती चारवटा गाडीमध्ये अरु गाडी प्रयोग नगरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । निमित्त सचिव अधिकारीले गाडीलगायत अन्य स्रोत सामग्रीको प्रयोगसमेत अन्यन्तै मितव्ययी र पारदर्शी हिसाबले प्रयोग गरिएको र कुनै पनि अवैधानिक व्यक्तिबाट सरकारी स्रोतसाधनको प्रयोग नगएको तथा कुनै आयोजनामा सवारी साधन पार्टीका गतिविधिमा प्रयोग नगरिएको जनाउनुभएको छ । –––