जनकपुरसहित सम्पूर्ण मधेशमा दीपावलीसँगै छठपर्वको तयारी

  धनुषा जनकपुरसहित सम्पूर्ण तराई मधेशमा दीपावलीसँगै छठ पर्वको तयारी तथा रौनक पनि शुरु भइसकेको छ । असोज महीनाको कृष्ण पक्षको औँसी तिथिका दिन लक्ष्मी पूजा अर्थात् दीपावली मनाइन्छ । लक्ष्मी पूजाको ठीक चार दिनपछि नै अर्थात् कात्तिक महीनाको शुक्ल पक्षको चौथी तिथिका दिनदेखि छठ पर्व विधिवत्रुपमा रुपमा शुरु हुन्छ । छठ पूजा तराई मधेशमा बस्ने मैथिली भाषी मधेशी हिन्दू समुदायको मुख्य पर्व हो । दीपावली अर्थात् लक्ष्मी पूजालाई यहाँ दोस्रो ठूलो चाडको रुपमा लिइन्छ । तराई मधेशका बजारमा अहिले दीपावलीको लागि किनमेल गर्नेले छठ पूजाका लागि पनि बन्दोबस्ती गरिसकेका छन् । दीपावली सकिएलगत्तै चार दिनपछि नै छठ शुरु हुने हुँदा बजारमा छठ पूजामा प्रयोग हुने पुजन सामग्री बाँसको चोयाबाट बनाइएका टोकरी, नाङ्लो र सुपली, माटोको कलश, ढकनी, कोशी र दियो, कपडा, फलफूल, तेल, मसलाजस्ता खाद्यान्न किनमेल गर्न पसलमा ग्राहकको घुइँचो छ । क्षीरेश्वरनाथ नगरपालिकामा लाग्ने साप्ताहिक हाट सखुवा र नयाँबजारको सडकमा पसलेले छठलाई लक्षित गर्दै बाँसको चोयाबाट बनाइएका सामग्री र माटाका सामग्रीका करीब २०० को सङ्ख्यामा पसल सञ्चालन गरिसकेका छन् । दीपावली र छठको सरसामान एकै पटक किन्दा सजिलो र सस्तो पनि पर्ने भन्दै स्थानीय दुवै चाडका सामग्री किनमेलका लागि बजार धाउँदै छन् । सोमबार महेन्द्रनगर नयाँ बजारमा छठका लागि बाँसको चोयाबाट बनाइएको टोकरी किन्दै गर्नुभएको महेन्द्रनगर कुचाइ टोल बस्ने गीता देवीले भन्नुभयो, “अहिले दीपावलीमै किन्यो भने छठका बेला फेरि बजार धाउनु पर्दैन ।” छठका बेला बजारमा दीपावलीको भन्दा अझ बढी भीडभाड हुने भएकाले दीपावलीकै किनमेलका बेला छठको लागि सामान किनेको पनि उहाँले बताउनुभयो । नयाँ बजारमा बाँसको टोकरी र नाङ्लोको पसल थापेका हरिहरपुरका सुरेन्द्र सिंहले पनि छठपूजा गर्नेले दीपावलीकै बेलादेखि छठका सामानको किनमेल शुरु गरिसकेको बताउनुभयो । “छठ पूजामा छठीमातालाई अर्घ दिन बाँसको छैटा (टोकरी) र सुपली अनिवार्य चाहिन्छ, उहाँले भन्नुभयो”, तीन दिनदेखि नै हरेक दिन ४० देखि ५० वटा छैटा र सुपली बेचिरहेको उहाँले बताउनुभयो । छठ पर्वका लागि नदी, पोखरी, ताललगायत जलाशयमा छठीघाटको सरसरसफाइ र सजावटको काम पनि शुरु भइसकेको छ । नदी, तलाउ, पोखरीलगायत जलाशयमा सरसफाइ गरेर त्यहाँ आकर्षक ढङ्गले टेन्ट पण्डाल र झिलिमिली बिजुली बत्तीले सजाउने काम भइरहेको छ । तीन दिनसम्म उपवास बसी मनाइने छठपूजा पछिल्लो समय तराई मधेशमा मात्रै नभई नेपालका पहाडी भेगमा पनि मनाउन थालिएको छ । छठलाई हिन्दूको पर्व भनिएको भए पनि छठी माताप्रतिको आस्थाबाट प्रभावित भई तराई मधेशका मुस्लिम धर्मावलम्बीले पनि छठ पर्वको व्रत लिएर छठी माताको पूजा आराधना गर्दै आएका छन् । संस्कृतविद् रमापति चौधरीका अनुसार छठ पर्व नेपालको सन्दर्भमा पहाड र तराई मधेशलाई जोड्ने साझा पर्वका रुपमा विकास हुँदै आएको छ ।

फलफूल सेवनले महिलाहरु बुढि हुदा पनि स्वस्थ रहने : अध्ययन

एजेन्सी। महिलाले जवानीमा धेरै मात्रामा फलफूल, सब्जी वा शाकाहारी खाना खाएमा उनी बुढि हुदा पनि स्वस्थ रहने एक अध्ययनले देखाएको छ । अध्ययनले भनेको छ फलफूल, सब्जी वा शाकाहारी खानाले महिलाको स्वास्थ्यमा विशेष प्रभाव राख्दछ तर पुरुषमा भने यसले खासै महत्व राख्दैन। यस बिषयलाई लिएर वैज्ञानिकहरु चिन्तित देखिएका छन्।
 
अमेरिकाको कोरोनरी आर्टिलरी रिस्क डेभ्लोप्मेन्टको रिसर्चका अनुसार महिलाले युवा अवस्थामा फलफूल, सब्जी अवथा शाकाहारी खाना खानाले उनीहरुको मुटु २० बर्ष पछि पनि त्यति नै स्वास्थ्य रहने जनाएको छ।महिलाहरुको मुटु तथा नाडीसँग सम्बन्धित रोगहरुबाट पनि बच्न सकिन्छ। तर अचम्म लाग्दो कुराचाहिँ पुरुषमा भने सो अनुरुप फलफूल तथा सब्जी खाएर पनि यस्तो प्रभाव नदेखिएको उक्त सोधको प्रतिवेदनमा उल्लेख छ।
 
१९८० को दशकबाट शुरु गरीएको उक्त अध्ययनमा १८ देखि ३० सम्मका दुई हजार पाँच सय ८ जना युवा तथा युवतीको खान पिनलाई अधार मानेर गरीएको अनसन्धान थियो। दुई तीन दशकपछि जब खान पिनको हिसाबले उनहरुको मुटु परीक्षण गरियो तब थाहा भयो कि मांसाकारी खाने महिलाहरु भन्दा शाकाहारी खाने महिलाहरुमा ज्यादा स्वस्थ रेहेको पाइएको छ। जुन महिलाले २० देखि २५ बर्ष सम्म धेरै फलफूल र तरकारी खाएर अरु महिलाको तुलनामा स्वस्थ्य देखिए।
 
अनुसन्धानकर्ता मिशेल मिडेमाका अनुसार, “अनुसन्धानले यो पुष्टि गर्छ कि रोगहरुको विकास जीवन भर चल्ने प्रक्रिया हो। यसलाई जवानीमा स्वस्थ खानेकुरा खाएर कम गर्न सकिन्छ। अनुसन्धानलाई हेरेर हामि भन्न सक्छौ हामि कस्तो खानेकुरा खाएर स्वास्थ्य रहन सक्छौ भनेर।”
 
तर अनुसन्धानमा लिएका ३७ प्रतिशत पुरुषहरमा फलफूल, सब्जी वा शाकाहारी खाना खाए पनि महिला जस्तो सकारात्मक प्रभाव नपरेको उक्त प्रतिवेदनको ठम्याइ छ।अनुसन्धाकर्ता टोलीकी एक सदस्य मिडेमा बताउछिन,” ज्यादा डाइट पुरुषहरुका लागि कम रक्षत्मक हुने तथ्य अरु धेरै अध्ययनबाट पनि पुष्टि भइसकेको छ। तर आजसम्म पनि जीव विज्ञानको यो लिला बुझ्न सकिएको छैन की पुरुषहरुमा कमी किन हुन्छ भनेर?”

गच्छदार कांग्रेसका उपसभापति

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विजयकुमार गच्छदारलाई नेपाली कांग्रेसको मौजुदा विधानको बाधा अडकाउ फुकाउको प्रयोग गर्दै उपसभापति बनाए।मंगलबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले गच्छदारलाई उपसभापतिमा मनोनयन गरेको थियो । मंगलबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकमा देउवाले गच्छदारलाई उपसभापति बनाउन प्रस्ताव गरेका हुन् । नेपाली कांग्रेसको विधानमा एक उपसभापति, दुई महामन्त्री, एक सहमहामन्त्री र एक कोषाध्यक्षको व्यवस्था रहेको छ ।  गच्छदारलाई उपसभापति बनाउदा विधानको यो व्यवस्था मिचिने भएका कारण  बाधा अडकाउ फुकाउको प्रयोग गर्दै सभापति देउवाले उपसभापति बनाएका हुन् । केन्द्रीय समितिको बैठकले कांग्रेससँग पार्टी एकीकरण गरेको नेपाल लोकतान्त्रिक फोरमका अन्य नेता तथा भातृ संस्थाका नेतालाई समायोजन गर्न विमलेन्द्र निधीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ । बैठकले पार्टीको महासमिति बैठक मंसिर २८ देखि पुस ३ गतेसम्म गर्ने निर्णय गरेको छ।  विधान संशेधन मस्यौदा समितिले विधानको मस्यौदा तयार गरी नसकेका कारण महासमितिको बैठक पछाडि धकेलिएको हो । मंगलबारको बैठकले गच्छदारलाई उपसभापति बनाएपछि नेपाली कांग्रेसले तराई मधेशबाटै बिमलेन्द्र निधिसहित दोस्रो उपसभापति पाएको छ .  

पिपिएल उपाधि भिडन्त : पारस खड्का भर्सेस शरद भेषवाकर

पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत उपाधिका लागि मंगलबार घरेलु टिम पोखरा पल्टन र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ। खेल पोखरा क्रिकेट मैदानमा विहान ११ बजे सुरु हुनेछ।

शरद भेषवाकरको कप्तानीमा रहेको पोखरा पल्टन लिग चरणको शीर्ष स्थानमा रहदै सिधै फाइनलमा प्रवेश गरेको हो। पारस खड्काको नेतृत्वमा रहेको चितवनले एलिमिनेटरको खेलमा हुलास काठमाडौं रोयल्समाथि ६ विकेटको जित निकालेर फाइनलमा पोखरासँगको उपाधि भिडन्त पक्का गरेको हो।

फाइनलअघि आयोजकले पोखराको सारांकोटमा पत्रकार सम्मेलन आयोजना गरेको थियो। पत्रकार सम्मेलनमा दुवै टिमका कप्तानले आफ्नो उद्देश्य उपाधि जित्ने रहेको र त्यो पूरा हुन अब एक कदम बाँकी रहेको प्रतिक्रिया दिएका छन्।

फाइनलअघि दुवै टिमका कप्तानले दिएको प्रतिक्रिया :

पारस खड्का – चितवन राइनोज  दुई राम्रा टिम फाइनलमा पुगेका छन्। भोलिको खेल एकदमै प्रतिस्पर्धा हुनेछ र सबैले मजा लिनु हुनेछ भन्नेमा आसावादी छु।

पोखरामा  क्रिकेटप्रति पाएको प्रतिक्रियाले एकदमै खुसी लागेको छ। नेपाली क्रिकेटका लागि राम्रो कुरा के हो भने नयाँ ठाँउमा माहोल ल्याउन सकेका छौं।

पोखराविरुद्ध राम्रो क्रिकेट खेल्न पर्नेछ। हामीले पछिल्ला चार खेल राम्रो खेलेका थियौ। फाइनलमा पनि त्यस्तै खेलको अपेक्षा छ। पहिला के भएको थियो भन्दा पनि हामी फाइनलमा के गर्न सकिन्छ भन्ने योजना बनाइरकेका छौं।

शरद भेषवाकरको टिमसँग फाइनलमा खेलिरहन संयोग जस्तो हो। अरु टिमले पनि राम्रो गरिरहेका छन्। अरु बेला हामी एकै टिमबाट खेलिरहेका छौं।

चितवन टिम उत्साहित छ। हामी उपाधि जित्नलाई आएका थियौं। अब त्यो पूरा हुन एक कदम बाँकी छ। राम्रो क्रिकेट खेलेर उपाधि चितवन लान शतप्रतिशत योगदान दिनेछौं।

शरद भेषवाकर-  पोखरा पल्टन  हाम्रो जुन उद्देश्यका लागि प्रतियोगिता खेलेका थियौ त्यो पूरा हुन अब एक कदम बाँकी छ।

हाम्रो टिमका खेलाडीहरु भाग्यमानी छन् किनकी सबैले होम टिमका लागि खेल्न पाएका छौं। हाम्रो लागि सबै जना मैदानमा आएर झण्डा बोकेरa चियरअप गरिरहनु भएको छ। यो हाम्रो लागि फाइदाजनक कुरा हो। यसले हामीलाई उत्साहित बनाएको छ।

हामीले रिजल्टको बारेमा सोच्नु भन्दा पनि राम्रो प्रदर्शन गर्नेमा सोच्ने हो।

पारससँगको टिमसँग फाइनल खेलेपनि यो अन्य खेल जस्तै हो। टिम वातावरण राम्रो छ। हामीले एकै प्रकारको क्रिकेट खेलिरहेका छौं। फाइनलमा पनि त्यस्तै खेल्ने आसा छ।