साफ यू–१५ मा सेमिफाइलनका दुवै खेल बिहीबार

 

 साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत सेमिफाइनलका दुवै खेल बिहीबार हुने भएका छन् ।

ललितपुरस्थित एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा हुने पहिलो सेमिफाइनल समूह ‘ए’को विजेता बङ्गलादेश र समूह ‘बी’को उपविजेता भारतबीच बिहान १०ः३० बजे हुनेछ । दोस्रो सेमिफाइनल समूह ‘बी’ को विजेता पाकिस्तान र समूह ‘ए’ को उपविजेता नेपालबीच अपराह्न २ः३० बजे हुने एन्फाले जनाएको छ ।

समूह चरणमा एक हार र एक जीत निकाल्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको थियो । भारत पनि सोही नतिजाका साथ सेमिफाइनल पुगेको हो भने पाकिस्तान र बङ्गलादेश समूह चरणका दुवै खेल जित्दै सेमिफाइनल प्रवेश गरेका हुन् । प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, भुटान, माल्दिभ्स र बङ्गलादेशले सहभागिता जनाएका छन् । भुटान र माल्दिभ्स भने समूह चरणबाटै बाहिरिइसकेका छन् ।

सन् २०१३ देखि आयोजना हुँदै आएको प्रतियोगितामा नेपाली टोली अहिलेसम्म उपविजेतामै सीमित हुँदै आएको थियो । सन् २०१७ मा नेपालमै भएको प्रतियोगितामा नेपाल उपविजेतामा सीमित बनेको थियो । प्रतियोगिताका चारै संस्करण खेलेको नेपाल दुई पटक फाइनलमा हारेको थियो । यसअघि भएका तीन संस्करणमध्ये भारतले सन् २०१३ र १७ तथा बङ्गलादेशले सन् २०१५ मा उपाधि जितेको थियो ।

राष्ट्रपति भण्डारीद्वारा कतारको राष्ट्रिय पुस्तकालय र सङ्ग्रहालयको अवलोकन

राष्ट्रपति विद्यादेवी भण्डारीले कतारको चार दिने औपचारिक भ्रमणको तेस्रो दिन आज दोहास्थित राष्ट्रिय पुस्तकालय र सङ्ग्रहालयको अवलोकन गर्नुभएको छ। अत्याधुनिक र अत्यन्त आकर्षक शैलीमा निर्माण गरिएको भव्य पुस्तकालयमा अरबी, अङ्ग्रेजी लगायत विभिन्न भाषाका १० लाख भन्दा बढी पुस्तकहरू रहेका छन् । विद्युतीय पुस्तकालय र बालबालिकालाई क्रीडास्थल सहितको आकर्षक सुविधा यस पुस्तकालयको प्रमुख विशेषता रहेको पुस्तकालयका कर्मचारीले जानकारी दिनु भएको छ।

/fi6«klt e08f/Laf6 ljlzi6 cfuGt’s k’l:tsfdf x:tfIf/
/fi6«klt ljBfb]jL e08f/L stf/sf] rf/ lbg] cf}krfl/s e|d0fsf] t];|f] lbg a’waf/ bf]xfl:yt stf/ kmfp08];gsf] ljlzi6 cfuGt’s k’l:tfdf x:tfIf/ ug'{x’Fb} . tl:a/M bLk]Gb| clwsf/L, stf/, /f;;

पुस्तकालयको अवलोकनपछि राष्ट्रपति भण्डारीले यति विशाल र आधुनिक पुस्तकालयमा एउटा पनि नेपाली भाषाको पुस्तक नहुनु दुःखको कुरा भएको बताउनु भएको छ। उहाँले ४ लाख भन्दा बढी नेपाली कामदार रहेको देशको प्रमुख पुस्तकालयमा नेपाली भाषाका पुस्तकहरू उपलब्ध गराउन सरकार र दूतावासको ध्यानाकर्षण समेत गराउनु भएको छ। उहाँले यस किसिमको बालपुस्तकालय र क्रीडास्थल नेपालमा पनि सान्दर्भिक रहेकाले यसको अध्ययनका निम्ति नेपाली टोली छिट्टै यहाँ पठाउने बताउनु भएको छ । राष्ट्रपति भण्डारीले पुस्तकालयको विशिष्ट आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुका साथै संक्षिप्त धारणा समेत लेख्नु भएको छ। उहाँले यस किसिमको पुस्तकालय सबैका निम्ति आवश्यक र उदाहरणीय रहेको विचार व्यक्त गर्नु भएको छ। पुस्तकालयको भ्रमणका क्रममा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले पनि पुस्तकालय अत्यन्त व्यवस्थित, आकर्षक र पठनमैत्री रहेको प्रतिक्रिया दिनुभएको छ । पुस्तकालय सभ्यता र अध्ययनशीलताको सूचक समेत रहेकाले यसको विकास र विस्तारमा सरकार जागरुक रहेको बताउनु भएको छ। यसै बीच पुस्तकालयको अवलोकन पश्चात् राष्ट्रपति भण्डारीले यहाँको राष्ट्रिय सङ्ग्रहालयको अवलोकन गर्नु भएको छ। आधुनिक शैलीमा निर्माण गरिएको सङ्ग्रहालयमा पुरातात्विक, सांस्कृतिक र ऐतिहासिक महत्त्वका वस्तुहरू व्यवस्थित र फराकिलो गरी राखिएकोमा राष्ट्रपति भण्डारीले यस किसिमको व्यवस्थापन सबैका निम्ति अनुकरणीय हुने बताउनु भएको छ ।

प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । प्रधानमन्त्री ओलीको छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रण भएको उहाँको उपचारमा संलग्न प्रा डा अरुण सायमीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रधानमन्त्रीको रक्तचाप र मधुमेह पनि सन्तुलनमा रहेको हुँदा सामान्य हिँडडुल गर्नुभएको र सामान्य खाना थाल्नुभएको छ । प्रधानमन्त्री ओली सोमबार बिहान छातीमा सङ्क्रमण भई श्वासप्रश्वासमा समस्या देखिएपछि महाराजगञ्जस्थित त्रिवि, चिकित्सा शास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुनुभएको थियो । उहाँको उपचारका क्रममा नसाबाट दिइएका विभिन्न औषधि बिहीबारदेखि बन्द गरिने र मुखबाट खुवाइनेछ । प्रधानमन्त्रीको उपचारमा डा सायमीको संयोजकत्वमा प्रा डा दिव्यासिंह शाह तथा डा सन्तकुमार दास सम्मिलित हुनुहुन्छ ।

पिपिएलमा विराटनगर र चितवनको पहिलो जीत

 पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएका दुई खेलमा विराटनगर टाइटन्स र चितवन राइनोज विजयी हुँदै प्रतियोगितामा पहिलो जीत दर्ता गराएका छन् ।

कात्तिक ९ गतेदेखि जारी प्रतियोगितामा चार खेल खेलिसकेको विराटनगर शीर्षस्थानको बुटवल ब्लास्टर्सलाई १२ रनले पराजित गर्दै पहिलो जीत दर्ता गराउन सफल भएको छ । यसअघिका दुई खेल गुमाएको चितवन राइनोजले पनि एक्सपर्ट धनगढी ब्लुजलाई १२६ रनको विशाल अन्तरले हराएर अङ्कतालिकामा दुई अङ्क जोड्न सफल भयो ।
ljhoLkl5 lj/f6gu/ 6fO6G;sf v]nf8Lx?
kf]v/f lk|ldo/ lnu 6L @) lqms]6 k|ltof]lutfdf lj/f6gu/ 6fO6G; / a’6jn Anf:6;{ aLrsf] v]ndf ljhoLkl5 lj/f6gu/ 6fO6G;sf v]nf8L . tl:a/M /f]zg ;fksf]6f, /f;;

टस जितेर पहिले ब्याटिङ रोजेको विराटनगरले २० ओभरमा सात विकेट गुमाउँदै १४० रन बनायो । जीतका लागि १४१ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको बुटवलले पूरै ओभर खेल्दै १२८ रनमात्र जोड्यो ।

बुटवललाई लक्ष्य भेट्टाउन अन्तिम ओभरमा १३ रन चाहिएकामा विराटनगरका बलर किशोर महतोले मेडन ओभर बनाउँदै टोलीलाई पहिलो जीत दिलाउन महत्वपूर्ण भूमिका निभाए । उनले दुई विकेट पनि लिएका थिए । विराटनगरका लागि मुहम्मद आलम एक्लैले ७२ रन जोडेका दिए । ४५ बल सामना गरेका आलमले छ चौका र पाँच छक्का प्रहार गरे ।
ljhoLkl5 lj/f6gu/ 6fO6G;sf v]nf8Lx?
kf]v/f lk|ldo/ lnu 6L @) lqms]6 k|ltof]lutfdf lj/f6gu/ 6fO6G; / a’6jn Anf:6;{ aLrsf] v]ndf ljhoLkl5 lj/f6gu/ 6fO6G;sf v]nf8L . tl:a/M /f]zg ;fksf]6f, /f;;

आजको पहिलो खेलमा चितवन राइनोजले निर्धारित २० ओभरमा पाँच विकेटको गुमाउँदै १९३ रन जोडेको थियो । १९४ रनको विजयी लक्ष्यसहित प्रतिउत्तरमा उत्रिएको धनगढीले १६ ओभरको दोस्रो बलमा अलआउट हुँदै मात्र ६७ रनमा समेटियो ।

पारस खड्काको कप्तानीमा हरेको चितवनलाई पहिलो जीत दिलाउन हरिशङ्कर साहले सर्वाधिक ५३ रनको अर्धशतकीय योगदान गरे । उनले ३३ बलमा छ चौका र तीन छक्का प्रहार गर्दै टोलीलाई जीत दिलाए ।