भिरकोट नगरपालिका–५ माहापुरस्थित स्वरेक मैदान र वालिङ नगरपालिका–११ डौवा फाँटमा बिहीबारदेखि सञ्चालन हुने विश्वकप प्याराग्लाइडिङ प्रतियोगिताको तयारी पूरा भएको छ । प्रतियोगिताका लागि भारत, पाकिस्तान, जापान, चीन, कोरिया, अमेरिका, क्यानडालगायत २१ देशका ९८ खेलाडीले नाम दर्ता गराइसकेको र खेलाडी प्रतियोगिता स्थलमा आउनेक्रम जारी रहेको जिल्ला पर्यटन विकास समितिका उपाध्यक्ष अनन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिताको युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महिलातर्फ एकल, महिला र पुरुष गरी कूल चार इभेन्ट्स हुने प्रतियोगितामा १४ गोल्ड मेडल, १४ रजत तथा १४ कास्य पदक प्रदान गरिने बताइएको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जिल्ला समन्वय समितिका उपप्रमुख एवं प्रतियोगिता अनुगमन समितिका संयोजक दिलीपकुमार बगालेले बताउनुभयो । प्रतियोगिता नेपाल प्याराग्लाइडिङ सङ्घ, नेपाल हवाई खेलकूद संस्था र बाबु एडभेन्चर क्लब स्याङ्जाको आयोजना तथा जिल्ला समन्वय समिति स्याङ्जाको संयोजकत्वमा सम्पन्न हुनेछ । यही कात्तिक १५ देखि १८ गतेसम्म सञ्चालन हुने प्रतियोगिता स्वरेक मैदानमा उद्घाटन र डौवा फाँटमा समापन गरिनेछ ।
पेन्टाथोलनमा नेपाललाई दुई कास्य पदक
इजिप्टमा सम्पन्न पेन्टाथोलन (पाँच खेलको एउटा सङ्गठन)को वल्र्ड च्याम्पियनपिपमा नेपाल दुई कास्य पदक ल्याउन सफल भएको छ । यही कात्तिक ८ देखि ११ गतेसम्म इजिप्टमा सम्पन्न उक्त प्रतियोगितामा यू–१९ उमेर समूहको मिक्स रिले (सुटिङ, पौडी र दौड इभेन्ट) मा नेपालका राहुल दर्शन र सलोनी लामाको जोडीले कास्य पदक जितेको सङ्घका उपमहासचिव इन्दिरा निरौलाले जानकारी दिनुभयो ।
सो समूहमा कजाकिस्तानले स्वर्ण र भारतले रजत जितेका छन् । नेपाल रहेको समूहमा कजाकिस्तान, भारत, बेलायत, इजिप्ट र जर्मनी थिए । पदक जितेर खेलाडी नेपाल आएपछि मात्रै यो प्राप्त भएको हो । नेपाली टोली मङ्लबार राति काठमाडौँ आइपुगेको निरौलाले जानकारी दिनुभयो ।
प्रतियोगितामा नेपालबाट विभिन्न उमेर समूहका पाँच खेलाडीले सहभागिता जनाएका थिए । त्यसैगरी मुख्य प्रशिक्षकमा राजु दर्शन, सहायक प्रशिक्षकमा सुन्दर प्रजापति, टोली व्यवस्थापकमा भीम सुवेदी र अधिकृतमा रितेश श्रेष्ठको सहभागिता थियो । च्याम्पियनसिपमा विश्वभरका ३०० खेलाडीको सहभागिता थियो । ती खेलाडीलाई २४ समूहमा विभागजन गरी खेलाइएको थियो ।
सो समूहमा कजाकिस्तानले स्वर्ण र भारतले रजत जितेका छन् । नेपाल रहेको समूहमा कजाकिस्तान, भारत, बेलायत, इजिप्ट र जर्मनी थिए । पदक जितेर खेलाडी नेपाल आएपछि मात्रै यो प्राप्त भएको हो । नेपाली टोली मङ्लबार राति काठमाडौँ आइपुगेको निरौलाले जानकारी दिनुभयो ।
प्रतियोगितामा नेपालबाट विभिन्न उमेर समूहका पाँच खेलाडीले सहभागिता जनाएका थिए । त्यसैगरी मुख्य प्रशिक्षकमा राजु दर्शन, सहायक प्रशिक्षकमा सुन्दर प्रजापति, टोली व्यवस्थापकमा भीम सुवेदी र अधिकृतमा रितेश श्रेष्ठको सहभागिता थियो । च्याम्पियनसिपमा विश्वभरका ३०० खेलाडीको सहभागिता थियो । ती खेलाडीलाई २४ समूहमा विभागजन गरी खेलाइएको थियो ।
महाप्रबन्धकलाई हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
काठमाडौँ, सर्वोच्च अदालतले गोरखापत्र संस्थानका महाप्रबन्धकबाट वसन्तप्रकाश उपाध्यायलाई हटाउने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले आज उपाध्यायलाई पदबाट बर्खास्त गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । मन्त्रिपरिषद्को गत आइतबारको बैठकले उपाध्यायलाई पदबाट हटाउने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्को निर्णयविरुद्ध उपाध्यायले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । सरकारले यसअघि पनि उपाध्यायलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध पनि उपाध्यायले सर्वोच्च अदालतमा रिट निवदेन दायर गर्नुभएको थियो । सो निवेदनको सुनुवाइ गर्दै अदालतले गत असार २९ गते सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएपछि उपाध्याय संस्थानको महाप्रबन्धकको जिम्मेवारी लिएर फर्कनुभएको थियो । सरकारले उपाध्यायलाई पुनः गत आइतबार हटाउने निर्णय गरेको थियो ।
उपाध्यायलाई तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा २०७४ मङ्सिर २५ गतेको मन्त्रिपरिषद्को बैठकले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा चार वर्षका लागि नियुक्त गरेको थियो ।
गाँजा सेवन गरेर होहल्ला गर्ने पक्राउ
गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर २ बाख्रेछेडाको एक घरमा गाँजा सेवन गरेर होहल्ला गरेको सुचनाको आधारमा गाँजा सेवन गर्ने ५ जना पक्राउ परेका छन् । गाँजा सेवन गरिरहेको अबस्थामा जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेको प्रहरी उपरिक्षक दिपककुमार बस्नेतले बताए । पक्राउ परेका ५ जनालाई बुधवार जिल्ला प्रहरी कार्यालय गुल्मीले सार्बजनिक गरेको हो । गाँजा सेवन गरेर पक्राउ पर्नेहरु सुनसरी जिल्ला रामधुनी नगरपालिका ८ बस्ने २६ वर्षिउ बिजय लिम्बु, रेसुङ्गा नगरपालिका २ गुल्मी बस्ने ११ वर्षिय नबिन बिक, १८ वर्षिय बिबेक गुरुङ, मुसिकोट नगरपालिका ८ बस्ने १९ वर्षिय बिपिन ठकुरी, ३ बस्ने १८ वर्षिय बिशाल रायमाझी रहेको प्रहरी उपरिक्षक बस्नेतले बताए । पक्राउपर्नेहरुबाट हरियो गाँजा ८० ग्राम, चरेश जस्तो देखिने धुलो २० ग्राम, पाइलट चुरोघ १० खिल्ली, बिभिन्न रङको ४ थान ग्यास लाइटर, गाँजा सेवन गर्न प्रयोग गर्ने चिलिम फिट भएको पलाष्टिकको बोतल १ थान बरामत गरिएको प्रहरीले जनाएको हो । पक्राउ परेका ५ जनालाई जिल्ला अदालत गुल्मीबाट ५ दिनको म्याद थप गरि थप अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक बस्नेतले बताए ।