आवाज विहिनहरुको भावनाको लय उनेर लेखिएको उपन्यास संजिवनी

समीक्षक –अन्जना पौडेल अनुश्रुती जीवनको दुःखसुखको भोगाइ नैं अमृत हो ,त्यहि अमृत नैं संजीवनी हो । शुरुवात पछि अन्त्य र अन्त्यपछि शुरु यही नैं जीवन हो । यहि दर्शन संजीवनीले झल्काउछ । सानो बेलामा आवाज विहिन बहिरा साथीहरुलाइ आँपूmुले जानीनजानी बालसुलभ रुपमा दिएको पीडा र उलीउली भन्दै गिज्याएको संझेर आज आफ्नो अफिसमा आएकी सेवाग्राही पूजालाइ हेरेर कल्पनाको मनभित्र उपन्यास लेख्ने विज तयार भएको हो । कल्पना भन्छिन् –नारी पात्रलाइ नायकत्व दिनुमा मलाइ सहज थियो, किनकी मैले संगत गरेका साथीहरु पनि आवाजविहन भएर मसंगै हुर्केका थिए । बाल मानोबिज्ञानलाई राम्रोसंग प्रश्तुत गरिएको छ उपन्यास भित्र । आत्महत्या गर्न मन लाग्ने गरि सताइएकी थिएँ म बाल्यकालमा । पेज १०४ सूर्य परियार काकीको माया संझन्छिन् पूजा –आफू जिन्दगीको जुन सुकै मोडमा पुगेको होस् ,माया गर्ने मान्छेको धेरै याद आउने रहेछ । यो उपन्यास अंध्यारो पक्षबाट उज्यालो पक्षसम्म पुगेको पाइन्छ । स्याङ्जाको सेतीदोभानमा रहेको पूर्व सैनिकको परिवारमा गिठ्ठे लाहुरेकी श्रीमतीको कोखबाट जन्मेकी पूजाको बोली खुल्दैन । लाटी भएका कारण पूजा घर,परिवार ,समाज र स्कूलमा  पनि मानसिक र शारिरिक हिंसाको सिकार बन्छिन् । एस।एल।सी पछि काठमाण्डौमा उच्च शिक्षाका लागि आएकी उनी नेपाल टेलिभिजनमा साङ्केतिक समाचार वाचक बन्छिन् र लोकप्रिय पनि बन्छिन् । पूजा बालबालिकको लागि काम गर्ने एउटा विदेशी संस्थाको छात्राबासमा बस्छिन् । त्यहाँ इसाइकरण र बाल यौन दुव्र्यवहारका घटना देखेपछि राजीनामा दिन्छिन् । बानेश्वरको वी बेकरी क्याफेमा कम्प्युटर प्राविधिकको रुपमा जागिर खान पुगेकी उनी प्रमेशको सम्पर्कमा आउँछिन् । त्यसपछि उनले वेकरी क्याफेको जागिर छोडेर प्रमेशले काम गर्ने संस्थामा काम गर्न थाल्छिन् । सिमलका भुवा जस्तो उसको नरम व्यबहारले लाग्थ्यो म प्रमेशको आँखाकी नानी भएँ । पेज ११ । संयोगहरु पनि कति घटेछन् पूजाको जीवनमा – प्रमेशले दिने प्रेममा पनि प्रीति र सरिताको उपस्थितिले जीवन नैं अधकल्चो बनाइदिन्छ पूजाको  । संजिवनीका जीवनरुपी अनेक आयाम श्रीखण्ड झै घोटिएर जीवनका यथार्थ र सत्यताहरुमा मग्मगाइ रहे जस्तो लाग्छ । कतै गहिरो खाडलमा भासिएको भेटिन्छ त कतै सगरमाथाको उचाइ चुमेको देखिन्छ । बिभिन्न दुःखसुख ,चुनौती , माया र धोका वीचबाट खारिएर बनेको एउटा राम्रो गहना जस्तो लाग्छ संजिवनी । आमाले गर्भ फाल्न अपनाएको घरेलु औषधीको नकारात्मक प्रभावले बोल्न नसकेकी पूजा । १९५ पेज तीसको दशकमा घटेको घटनालाइ समेटेर लेखिएको उपन्यास भएकोले परिवार नियोजनको साधन नेपालमा थिएन भन्ने देखिन्छ । कल्पनाले त्यो समयको सामाजिक समस्यालाइ छर्लङ्ग्याएकी छन् । प्रमेशसंग प्रेम हुन्छ र विवाह पनि हुन्छ । तर प्रमेश मदिरा सेवन गर्ने र उनलाई कुटपिट गर्ने –उनले सहनसम्म सहिन् । कथाकी नायिका बहिरी पूजा धेरै दुःख पाएर सपनाबाट व्यूँझेझैं गरेर यथार्थबाट व्युँझिइन् । संस्थाकै एउटा काममा स्वीजरलैण्ड जाँदा प्रमेशले आफ्नैं श्रीमती पूजालाई उसको विदेशी साथी डेभिडसंग यौन सम्पर्क गराउन बाध्य गराउँछ । यसपछि पूजाको प्रमेशमाथिको विश्वास पूर्ण रुपमा टुट्छ । अस्थित्व बचाउनका लागि केके भोगेन पूजाको जीवनले रु नेपाल फर्के पछि पूजा आफू गर्भवती भएको थाहा पाउँछिन् , खुसी हुन्छिन् तर यस समाचारले प्रमेश दुःखी हुन्छ र गर्भपतनका लागि दवाव दिन्छ तर पूजाले बच्चा जन्माउन चाहन्छिन् । प्रमेशले पूजालाई बेवास्था गर्ने , अत्यधिक मदिरा सेवन गरेर आउने र यौन आक्रमण गर्छ । पूजाले आफ्नो स्वास्थ्य संवेदनशील भएकोले आफूले चिनेकी दिदीको घरमा काम गर्ने बहिनी शिवालाइ सहयोगीका रुपमा आफ्नो घरमा बोलाउँछिन् , उनलाइ प्रमेशले बलात्कार गर्छ । शिवाको एबोर्सन गरियो , शिवा कानुनमा जान चाहिनन् । शिवाको यो गुन नैं मार्गनिर्देशन बन्यो –पूजाको नयाँ जीवनको लक्ष्य परिवर्तनको लागि । यसभित्र हेर्दा नारीले मात्र इज्यतको रक्षा गर्नु पर्छ भन्ने जस्तो देखियो । पुरुष स्वतन्त्र ,मर्दका दशवटी रे । प्रमेश शुरुमा विदेश भासिन्छ तर नेपाल फर्केपछि उसले गर्ने दुइ नम्वरी धन्दाका कारण प्रहरीको फन्दामा परेर जेल जान्छ । पूजाले छोरी जन्माउछिन् र सन्जीवनी नाम राख्छिन् । उनले आवाजविहिन बालबालिकाहरुका लागि बालआश्रम खोल्छिन् र यसको नाम सन्जीवनी राख्छिन् । घरमा एक्लै रहेकी आमालाइ पनि आफूँसंगै राखेर सेवा गर्ने निधो गर्छिन् । सानोमा आमालाइ बुझ्न नसकेकी पूजाले ठूली भएपछि आफ्नैं परिबेससंग लड्नु पर्दा आमाको पीडा बुझ्ने  भइन् । स्वप्न शैलीको प्रयोग गरेको भए उपन्यासमा बोल्न नसक्ने पात्रहरुको कुरा राम्ररी आउँथ्यो कि १ यसलाइ पूर्ण रुपमा नारीवादी उपन्यास भन्न सकिदैन, किनकी यस पुस्तकले पूरै नारीवादको सैद्दान्तिक मान्यता समाउन सकेको छैन । किनकी प्रवेशलाइ दण्ड दिएर,सम्बन्ध विच्छेद गरेर आफुले बालआश्रम खोलेर बसेको भए पूर्णत नारीबादी उपन्यास हुन्थ्यो  । पूजा केहि समय त अड्किइन् , पछि विद्रोह गरिन् । पतिले दिएको चरम मानसिक र शारिरिक यातना पिएपछि पूजाले प्रमेशसंग सम्बन्ध विच्छेद गर्छिन् । उपन्यासमा प्रवेशलाइ पुनः अपनाउन पनि सक्ने संभावना बुझ्न सकिन्छ । हुन त नेपाली समाजको लोग्नेसंग अलग्गिएर बस्ने नारीलाइ हेर्ने दृष्टिकोणको कारण पनि उनले आदर्शबादलाइ भन्दा यर्थाथवादलाइ पछ्याएकी हुन् कि रु जीन्दगी भनेको संयोग हो र वियोग हो  । कुनै एउटा संयोबाट प्रेम भयो  र विवाह पनि संयोगबाट हुन्छ । आवाजविहिन पात्र पूजाको जीवन भोगाइलाई आख्यानीकरण गरिएको यथार्थवादी, सामाजीक बालबालीका ,बृद्धबृद्धा र अपाङ्गतामैत्री उपन्यास भन्न रुचाउँछु । भोगाइका उर्वर फाँटहरु भनौं या खण्डहर बगर अथवा रिगाउने भिर, त्यहिवीच कतैबाट निस्किएको झिल्को हो संजिवनी । संजिवनीले यहि भन्छ – केहि एकाध पुरुष बाहेक धेरै पुरुषहरु नारीको रुप र यौवनको धुपमा आकर्शित भएकै हुन्छन्,उनीहरुले नारीलाइ प्राप्त गर्न साम ,दाम,दण्ड ,भेद सबै प्रयोग गर्न पनि पछि पर्दैनन् ।  उनीहरुले प्राप्त गर्न सकेनन् भने सजिलोसंग चरित्रको दोष लगाइदिन्छन् । उपन्यासकार कल्पना कल्पपुन्जले गहिरो अनुसन्धान गरेर, आवाज विहिनहरुको मन छामेर , बुझेर उपन्यासमा उतारेकी छन् । प्रवेश जस्तो विष वृक्षबाट पनि उज्यालो सन्तान संजिवनी निस्किइन् तर आमा असल भएको कारणले छोरीले सहि बाटो हिड्ने कुरामा पाठक ढुक्क हुन्छन् । संजीवनी समुन्द्र मन्थनबाट अमृत निकालिएको जस्तो लाग्छ । मूल पात्र अर्थात् कथाकी नायिका पूजाको जीवन भोगाइको सार भेटिन्छ यसभित्र –प्रेम भनेकै सम्बन्धको विस्तार न रहेछ । शुरुदेखि अन्त्यसम्म बोलीचालीको स्थानीय भाषा र बोलीचालीमा धेरै प्रयोग हुन थालेको अंग्रेजी भाषा पुस्तकमा प्रयोग भएको भए पनि नौलो लाग्दैन । आवाज विहिनहरुको भावनाको लय उनेर लेखिएको उपन्यास हो ,संजिवनी । स्याङ्जामा जन्मेर हाल काठमाण्डौमा बैंकमा कार्यरत छन् । बिभिन्न पुरस्कार र सम्मानबाट सम्मानित भएकी कल्पनाका अन्य कृतिहरु पनि प्रकाशित  छन् । संजिवनीले पाठकको राम्रो प्रतिकृया पाएकोले र पुस्तक विक्री भएर दोस्रो संस्करण पनि प्रकाशन भएकोले हौसिएकी छन् । अर्को उपन्यास लेख्ने विचारमा रहेकी छन् कल्पना । आशा छ ,उनको लेखनीका निवहरु सदा दौडिइरहुन् । प्रीय मित्र कल्पनालाइ हार्दिक बधाइ र अनेकौं शुभकामना । कल्पना कल्पपुन्जको पहिलो उपन्यास सन्जीवनी शिखा प्रकाशनले बजारमा ल्याएको हो । पुस्तकको मुल्य रु।३५० रहेको छ ।    

६५ बर्षको भयो तरूण दल, शनिवार स्थापना दिवस मनाउँदै

  काठमाडौं । नेपाल तरुण दलले ६५ औं स्थापना दिवस यही शनिबार मनाउँदैछ । शनिबार बिहान ८ बजे विपी स्मृति भवन सानेपामा कार्यक्रम आयोजना हुने तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले बताए । बस्नेतका अनुसार स्थापना दिवसको प्रमुख आतिथ्यता नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गर्नेछन् । समारोहमा काँग्रेसका सबै नेताका साथसाथै विभिन्न भातृ संस्थाका प्रमुखहरुलाई बोलाइएको छ । कार्यक्रमलाई भब्य बनाइ तरुण दलको एकता प्रस्तुत गर्ने अध्यक्ष बस्नेतले बताए । संगठित छ त तरुण दल रु अध्यक्ष बस्नेतले तरुण दल संगठित रहेको दावी गरेका छन् । उनले पहिलेको तुलनामा तरुण दल निकै संगठित रहेको बताए । उनले भने ‘स्थानीय ईकाईदेखि केन्द्रसम्म हामीले प्रशिक्षण दिएर संगठनलाई मजबुद बनाउने काम गरेका छौं ।’ उनले ७७ वटै जिल्लाका अध्यक्षहरुको तीन दिने भेला नगरकोटमा गरेको सुनाए । त्यसैगरी सातै प्रदेश र जिल्लाजिल्लामा दुईदेखि तीन दिने प्रशिक्षण दिएर तरुण दललाई संगठित गरिएको पनि दावी गरे । बस्नेतले भने, ‘तरुण दल पहिलेको जस्तो कमजोर छैन, हामी संगठित भएका छौं, पार्टीका लागि जस्तोसुकै कदम चाल्न सक्ने भएका छौं । के के गर्यो तरुण दलले काम रु अध्यक्ष बस्नेतका अनुसार तरुण दलले एनजीओ र आइएनजीओले तराईको बाढी पहिरोमा गर्न नसकेको काम गर्यो । उद्धारका लागि तरुण दलले निकै ठूलो भूमिका खेलेको बस्नेतले बताए । त्यसैगरी राष्ट्रिय सभाका तीन जनाको नियुक्ति राष्ट्रपति विद्यादेवी भण्डारीले कानुन मिचेर गरेको भन्दै आन्दोलन गर्यो । जनमानसमा यसबारेमा सचेत समेत गराएको थियो। बस्नेतका अनुसार सरकारले गरेको मुल्यवृद्धिको विरुद्धमा रत्नपार्कमा विशाल विरोध कार्यक्रम गर्यो । त्यस्तै डा गोविन्द केसीले उठाएको स्वास्थ क्षेत्रको वेथितिको विरोध र स्वास्थ्य विधेयकलाई पारित गर्नका लागि दवाव दियो । यसक्रममा हजारौं कार्यकर्ता माइतीघर मण्डलामा सहभागी भए भने सरकारले प्रहरी लगाउँदा सयौं कार्यकर्ता घाइते भए । अध्यक्ष बस्नेतले तरुण दलको स्थापना दिवस मनाएपछि सडक आन्दोलनमा उत्रने बताए । साभार हाम्राकुरा डटकम बाट

सात गैँडा मरे

चितवन राष्ट्रिय निकुञ्जमा साउनयता प्राकृतिक कारणले सातवटा गैँडा मरेका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालका अनुसार बिभिन्न कारणले गैँडा मरेका हुन् । उहाँका अनुसार गैंडाको बच्चालाई गोहीले खाएर, जुधेर, भालेले हानेर, दलदलमा फसेर, बुढो भएर र एउटा मृगौला एवं फोक्सोमा खराबी भएर मरेको हो ।

चोरी शिकारीबाट गैँडा मर्न पाएका छैनन् । ढकालका अनुसार गत वर्षको यही समयमा १२ गैँडा कालगतिले मरेका थिए । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार गत वर्ष यो समयमा बाढीले चार गैँडा मरेका थिए । बाढीले बगाएर भारत पु¥याएका नौ गैँडा उद्धार गरी ल्याइएको थियो । नेपालकै सीमा क्षेत्रबाट बाढीले बगाएको एउटा गैँडा उद्धार गरिएको थियो । गैँडाको सङ्ख्या बढ्दै गएपछि कालगतिका कारण मर्ने सङ्ख्या पनि बढ्दै गएको अर्यालले बताउनुभयो । गत आर्थिक वर्षमा कालगतिले २६ गैँडा मरेका थिए । यो सङ्ख्या हालसम्मकै उच्च हो । कालगतिका कारण मर्ने सङ्ख्या बढ्दै गएपछि निकुञ्ज विभागले अध्ययनसमेत थालेको छ । सन् २०१५ को गणनाअनुसार निकुञ्जमा ६०५ गैँडा रहेका छन् ।

अस्पतालमा टेलिफोनको असुविधा