अशक्त महिलामाथि सामुहिक बलात्कार

0
  पोखरा । कास्कीमा एक अशक्त महिलामाथि सामूहिक बलात्कार भएको छ । कास्कीको सार्दिखोलामा  मुख बोल्न नसक्ने ४० वर्ष उमेर कटेकी एक महिलामाथि बलात्कार भएको हो । दुई जनाले सामूहिक बलात्कार गरेको श्रोतले बताएको छ । जिल्ला प्रहरी कार्यलय  कास्कीका डिएसपी, प्रहरी प्रवक्ता रविन्द्रमान गुरुङले आइतबार घटना भएको र संलग्न दुवै जना पक्राउ परिसकेको  बताए। ‘अशक्त महिलामाथि दुई जनाले सामूहिक बलात्कार गरेको जानकारी आएपछि हाम्रो टोलीले तत्काल एक जना र घटनापछि भागेका अर्का एक जनालाई अहिले पक्राउ गरिसक्यौं ।’ डिएसपी गुरुङले भने – ‘घटनाबारे थप जानकारी पछि सार्वजनिक गर्नेछौं ।’ भागेका एक जना बलात्कारीलाई पर्वतबाट पक्राउ गरेर ल्याइएको बताइएको छ ।

पानीमा डुबेको अबस्थामा शब फेला

  घोराही,  शनिबार राप्ती नदीमा नुहाउने क्रममा बेपत्ता भएका लमहीका वामदेव घिमिरेको शव आज अपराह्न फेला परेको छ । राप्तीमा नुहाउँदै गर्दा बेपत्ता भएका लमही नगरपालिका – ३ का गडवा गाउँपालिका –७ भोजपुर खोलामा पानीमा डुबेको अवस्थामा उनको शव फेला परेको र अस्पतालमा ल्याइएको वडा प्रहरी कार्यालयले जनाएको छ । –––

दशैँका बेला पोखरा सहित १० ठाँउमा खाद्यान्नमा सहुलियत पसल सञ्चालन

  काठमाडौँ, दशैँको अवसरमा खाद्य संस्थानले काठमाडौँसहित १० ठाउँमा सहुलियत पसल सञ्चालन गरेको छ । वित्तामोड, विराटनगर, लहान, जनकपुर, वीरगञ्ज, दाङ, तुलसीपुर, पोखरा सुर्खेत र धनगढीमा सहुलियत पसलको सञ्चालन भइरहेको छ । काठमाडौँको नख्कु, जावलाखेल, थापाथली र रामशाहपथमा सहुलियत पसल सञ्चालन भइरहेको छ । बिक्री संस्थानका बिक्रीवितरण विभागका प्रमुख लालमोहन ठाकुरका अनुसार जापनी चामल प्रतिकिलो ७० मा रु पाँच छुट, बासमती चामल प्रतिकिलो रु ८१ मा रु १० छुट, जिरा मसिनो चामल प्रतिकिलो रु ५५ मा रु पाँच छुट दिइएको छ । उहाँका अनुसार गोरखनाथ चामलप्रति किलो रु ३८ मा रु १० छुट, सोनामनसुली चामलप्रति किलो ४० मा रु पाँचले छुट, कर्णाली सिमी प्रतिकिलो १२० मा १० रुपैयाँ छुट, फापर प्रतिकिलो ७० मा १० रुपैयाँ छुट, ब्राउन बासमती चामल प्रतिकिलो रु ९५ मा पाँच रुपैयाँ छुट र मकवानपुर चामल प्रतिकिलो ३९ मा पाँच रुपैयाँ छुट दिएको छ । खसी बोका प्रतिकेजी ५०० मा १० रुपैयाँ छुट र च्याङरा प्रतिकेजी ७१० मा पनि १० रुपैयाँको छुट दिएको छ । बिक्री विभागका विभागीय प्रमुख लालमोहन ठाकुरले २३ दुर्गम जिल्लामा १५ हजार ८६८ क्विण्टल चामल पु¥याइएको छ, यसले गर्दा सबै ठाउँका मानिसले चामल समयमा नै पाउँछन् । अहिले एक लाख ६४ हजार क्विन्टल चामल र गहुँ स्टकमा रहेको उहाँले बताउनुभयो । खाद्य संस्थानले सहकारीहरूसँग सहकार्य गरेर सबै प्रदेशमा सहुलियत पसल राख्ने र दुग्ध विकास संस्थानले आफ्ना भण्डार रहेका ठाउँबाट उपलब्ध गराउने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । मोटा चामलमा प्रतिकेजी पाँच, नुनमा दुई, चिनीमा पाँच, बासमती चामलमा १०, दुग्ध संस्थानले घिउमा ५० र पनिरमा १० रुपैयाँ प्रतिकेजी छुट दिइएको छ । यसरी उपलब्ध गराइने सामानमध्ये प्रतिपरिवार ६ किलो चिनी, छ किलो नुन र ३० केजी चामल सस्तो मूल्यमा लिन सकिनेछ । त्यसका लागि सरकारले खाद्य संस्थानलाई दुई करोड र साल्ट ट्रेडिङलाई एक करोड ५० लाख रुपैयाँ अनुदान उपलब्ध गराउनेछ । –––

किशोरको शव फेला

0
  लहान,  सिरहाको धनगढीमाई नगरपालिका–७ मा आज एक किशोरको शव फेला परेको छ । घरबाट हराएका धनगढीमाई–११ महुवाडाँडा निवासी १८ वर्षीय विलाश यादवको शव फेला परेको हो । बेवारिसे अवस्थामा स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवपरीक्षणका लागि रामप्रसाद उमा स्मारक अस्पताल ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो । स्थानीयवासीले किशोरको हत्या गरी फ्याँकिएको हुन सक्ने आशङ्का गरेका छन् ।