१६ बर्षीया किशोरी बलात्कृत
सप्तरी । डाक्नेश्वरी नगरपालिका २ मा १६ बर्षीया किशोरी बलात्कृत भएकी छन् ।
किशोरीलाई बलात्कार गरेको अभियोगमा २२ बर्षीय ओमप्रकाश साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय राजविराजले जनाएको छ ।
रातिको समयमा पिसाव फेर्न घर नजिकै सडक बाटोमा गइरहेको मौका छोपी साहले किशोरीको मुखमा रुमालले बाँधेर आफ्नै कोठामा लगेर बलात्कार गरेको प्रहरीले बताएको छ ।
घटनाको जानकारी प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले साहलाई नियन्त्रणमा लिएको र जर्वजस्ती करणीमा मुद्दा दर्ता गरी आवश्यक अनुसनधान कार्य शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी भावेश रिमालले जानकारी दिए ।
गुर्जा हिमाल आरोहणका क्रममा सात जनाको मृत्यु, दुई वेपत्ता
पर्वत, म्याग्दी धौलागिरि गाउँपालिका–१ स्थित गुर्जा हिमाल आरोहणका लागि आधार शिविर पुगेका नौ जनामध्ये सातजनाको मृत्यु भएको छ ।
पाँच जना कोरियाली र चार जना नेपाली नागरिकसहित नौ जनाको टोली गुर्जा हिमालको आधार शिविरमा पुगेका थिए । उनीहरुको खोजीका लागि गएका स्थानीयवासीले तीमध्ये सात जनाको शव देखेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिनुभयो ।
यद्यपी सिम्रिक एयरको हेलीकोप्टरबाट आज बिहान गरिएको अनुगमनका क्रममा टे«किङ गाइड लाक्पा शेर्पाले आठ जनाको शव देखिएको बताउनुभएको थियो । हिमालको आधार शिविरमा पुगेर वास बसेका आरोही टोली आँधीहुरी र हिमपहिरोको दुर्घटनामा परेको हुनसक्ने अनुमान गरिएको छ ।
उनीहरुको शव आधार शिविरको खोच र भिरालो ठाउँमा रहेका कारण स्थानीयबासीले पनि उद्धार गर्न नसकेको बताइएको छ । टोलीमा रहेका नौ जनामध्ये सातजनाको शव देखिएको भएपनि दुईजनाको अवस्थाबारे पत्ता लाग्न नसकेको बताइएको छ ।
घटनामा परी मृत्यु भएकाहरु कसैको पनि सनाखत हुन सकेको छैन । घटनामा परी मृत्यु भएकाहरुको शव ल्याउन र बेपत्ताहरुको खोजी गर्न आज बिहान ८ बजे सिम्रिक एयरको हेलिकप्टर गुर्जा हिमालको आधार शिविरमा पुगेको भएपनि मौसमको खराबी र हेलीकोप्टरबाट झर्न सक्ने दक्ष प्राविधिकको अभावमा हेलिकोप्टर फर्किएको थियो ।
म्याग्दीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीका अनुसार घटनास्थलमा देखिएका शवहरुलाई निकाल्न र बेपत्ता रहेका दुईजनाको खोजी गर्न गृह मन्त्रालयको समन्वयमा भोलि बिहान ७ बजेपछि फेरि पनि सिम्रिक एयरको हेलिकोप्टरलाई बोलाइएको छ ।
उक्त हेलिकोप्टरमा प्राविधिकहरु रहने छन् । यही असोज २१ गते गुर्जा हिमाल आरोहणका लागि १० जनाको टोली आधार शिविरतर्पm प्रस्थान गरेको थियो । त्यसमध्येका एकजना कोरियन नागरिक आपूmलाई असजिलो महशुस भएको भन्दै आधार शिविरमा नपुग्दै बीच बाटोबाटै फर्किएका थिए । यही असोज २१ गते यात्रा प्रारम्भ गरेको टोली असोज २५ गते बिहानबाट सम्पर्क बिहीन भएको थियो ।
पर्यटन विभागबाट ६० दिनभित्र हिमाल आरोहणको अनुमति पाएका टोलीले गुर्जा हिमालको दक्षिणी मोहोडाबाट हिमाल आरोहण गर्ने गरी आधार शिविरतर्फ लागेको थियो ।
–––
सुत्केरीको अकालमा ज्यान गयो
सङ्खुवासभा– समयमै स्वास्थ्य संस्था नल्याउँदा खाँदबारीमा एक सुत्केरीको अकालमा ज्यान गएको छ ।
खाँदबारी नगरपालिका–३ की २० वर्षीया नन्दुमाया गुरुङको सुत्केरी हुन नसक्दा ज्यान गएको हो । उनलाई अन्तिम अवस्थामा जिल्ला अस्पतालमा आफन्तले ल्याएका थिए । पाठेघरबाट रगत बग्न थालेको झन्डै छ घन्टापछि अस्पताल ल्याउँदा उनको शनिबार बिहान ज्यान गएको जिल्ला अस्पतालले जनाएको छ ।
अस्पतालका डा युवराज बस्नेतले भन्नुभयो, “उनको ३४ हप्ताको बच्चा थियो, समयमै अस्पताल ल्याउन नसक्दा ज्यान गुम्यो, समयमै ल्याएको भए आमालाई बचाउथ्यौँ ।”
उनलाई पटकपटक जिल्ला अस्पतालमा गर्भ जाँच गराउन आउँदा सर्तक हुन सुझाब दिएको बस्नेतले बताउनुभयो । “पहिले नै हामीले सर्तक हुन र राम्रो अस्पतालमा जान सुझाब दिएका थियौं”, चिकित्सक बस्नेतले भन्नुभयो, पटकपटक भनेका थियौ, जानु भएन छ, उनलाई अस्पताल ल्याउन निक्कै ढिला भइसकेको थियो, बच्चा बचाउन नसकेपछि आमा बचाउन खोज्यौ तर सकेनौं ।”
–––
कांग्रेस नेता बास्तोलाको मृत्युको खबर भाईरल, पारिवारिक श्रोत भन्छ ‘खबर झुठो हो’
काठमाडौं । नेपाली कांग्रेस नेता चक्र बास्तोलाको निधन भएको खबर झुठो भएको पारिवारिक श्रोतले जनाएको छ । बास्तेलाका नीजि सचिव राधाकृष्ण काफ्लेले मिडियामा आएको खबर झुठो भएको बताउनु भयो । यसअघि बिभिन्न सन्चारमाध्यममा उहाँको निधन भएको कुरा भान्जी सरीता प्रसाईलाई उदृत गर्दै खबर सार्वजनिक भएको थियो ।
बास्तोलाको आज मध्यान्ह बासबारीस्थीत न्युरो अस्पतालमा भर्ना गरिएको थियो अस्पतालले अपरान्ह ४ बजे डिस्चार्ज गरिएपछि खुमलटारस्थित निवास लगिएको छ