बास्तोलाको शैयन कक्षमै पुरोहितले दश दान गरे
काठमाडौं । नेपाली कांग्रेसका नेता चक्र बास्तोलाको दश दान गरिएको छ । बास्तोलाको अवस्था निकै जटिल बनेपछि हिन्दू परम्परा अनुसार जिउदो अवस्थामा गरिने कार्य दश दान गरिएको हो ।
बास्तोलाको शैयन कक्षमै पुरोहितले दश दान गरेका हुन् । बास्तोलालाई बाँसवारी स्थित न्यूरो अस्पतालमा लगिएकामा अस्पतालले अपरान्ह ४ बजे उपचार सम्भव नरहेको भन्दै डिस्चार्ज गरेको थियो ।
उनलाई अस्पतालले दिएको लाइफलाइन सपोर्ट झिकिएको छ । उनको मुटुको धड्कन शुन्य रुपमा रहेको छ । स्वास थोरै मात्रामा आइ रहेको छ भने अत्यन्त धेरै ज्वरो आइरहेको छ । उनको अवस्था कुनै पनि समय भन्न नसकिने अवस्थामा पुगेको परिवारिक श्रोतले बताएको छ ।
उनको स्वस्थ्य अवस्थाबारे बुझ्न कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति बिमलेन्द्र निधि, महामन्त्री द्वय शशंक कोइराल, पूर्ण बहादुर खड्का तथा नेपाली कांग्रेसका कार्यकर्ता, शुभेक्छुक बास्तोला निवास खुमलटार पुगेका छन् ।
नुहाउने क्रममा पोखरीमा डुबेर बालिकाको मृत्यु
लहान– पोखरीमा डुबेर सिरहा लहान नगरपालिका १५ मोहनपुरमा आज एक बालिकाको मृत्यु भएको छ ।
मृत्युहुनेमा लहान नगरपालिका १५ मोहनपुरकी निर्मल ठाकुरको १३ वर्षीया छोरी चुन्दनकुमारी ठाकुर रहेको प्रहरीले जनाएको छ । घर नजिकैको पोखरीमा नुहाउने क्रममा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
नहरमा डुबेर एक बालकको मृत्यु, एक बेपत्ता
इनरुवा, सुनसरी इटहरी उपमहानगरपालिका– १३ खनारस्थित नहरमा डुबेर आज एक बालकको मृत्यु भएको छ भने एक बालिका बेपत्ता भएकी छिन् ।
सुनसरी मोरङ सिँचाइ आयोजनाको नहर छेउमा खेल्ने क्रममा स्थानीय चार वर्षीय समिर मिया र तीन वर्षीया रिया खातुन नहरमा खसेका थिए । समिरको केही छिनपछि शव फेला परेको थियो भने रिया साँझसम्म फेला नपरेको सुनसरीका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद फुयाँलले जानकारी दिनुभयो ।
रियाको खोजी भइरहेको प्रहरीले जनाएको छ । घर नजिकै रहेको नहरमा खोल्ने क्रममा उनीहरु खसेको हुन सक्ने प्रहरी नायब उपरीक्षक फुयाँलले जानकारी दिनुभयो ।
घोषणापत्रअनुसार काम गर्न सरकार प्रतिबद्ध छ नेता श्रेष्ठ
गोरखा ,नेपाल कम्युनष्टि पार्टी नेकपा का प्रवक्ता नारायणकाजी श्रेष्ठले वर्तमान सरकार पार्टीको घोषणापत्रअनुसार काम गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।
आज गोरखाको सिरानचोक गाउँपालिका–४ मा सिरानचोक गाउँपार्टीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले निर्वाचनका बेला जनतासँग गरेका सवै प्रतिबद्धता पूरा गर्न सरकार लागिपरेको भन्दै अहिले नै सरकारको आलोचना गर्ने बेला नभएको बताउनुभयो ।
“सरकारसँग अहिले नै निरास हुनुपर्ने कुनै कारण छैन, हामीले गरेका सवै प्रतिबद्धता पुरा गर्छौ”, उहाँले भन्नुभयो, “हाम्रो पार्टीले घोषणपत्रमा वृद्धाभत्ता पाँच हजार बनाउने भनेकै हो, त्यो कुनैपनि हालतमा पाँच वर्षभित्रमा रु पाँच हजार बनाएरै छाड्छौ ।”
राजनीतिक परिवर्तनलाई संस्थागत गर्न वर्तमान सरकारले अहिले समाजिक न्यायसहितको समृद्धि मुलुक बनाउने कार्यभारलाई केन्द्रबिन्दुमा राखेर काम गरिरहेको बताउँदै नेता श्रेष्ठ अब विकास र समृद्धि कम्युननिष्ट पार्टीकोे मात्र नभई सवै पार्टीका साझा एजेण्डा बन्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “नेपाल कम्युनिष्ट पार्टी, काँग्रेस वा अरु जुनसुकै पार्टी होस्, सबै पार्टीले सबैको निम्ति विकास हो भनेर सहकार्य गरेर अघि बढ्नुपर्छ ।” रेल, सिँचाइ आयोजना, सडक, पर्यटनको विकास र उद्योगको विकास गरेर नेपाललाई नमुना र विकसित मुलुकको रुपमा परिणत गर्ने दिशातिर सरकारले गुणात्मक ढङ्गले काम गरिरहेको उहाँले बताउनुभयो ।
–––