पोखरामा पानको व्यापार फस्टाउँदै

१५ आश्विन २०७५, सोमबार

पोखरा, १५ असोज ।  पानको पात माया तिम्लाई सम्झन्छु दिनको रात ंं….!’ गीतको रचयिताले पानको पातसँग प्रेमको तुलना गरेर आफ्नो मायालाई गीतको माध्यमबाट वर्णन गर्न खोजेको छ ।

 

‘हो, रहेछ !’  पानको पातसँग जोडेर प्रेमीले जसरी प्रेमीकासमक्ष आफ्ना व्यथा प्रस्तुत गरेका छन् । यसलाई अर्को रुपमा भन्दा जसरी प्रेमको वियोगमा प्रेमी छटपटाइरहन्छन्, त्यसरी नै प्रेममा डुबेका व्यक्ति मुखमा पान चपाउन नपाउँदा मायामा छटपटाइ रहन्छन् । तराईमा पान सहज रुपमा पाइने तर, कतिपय पहाडी जिल्लामा पान नपाउँदा, पानको मायामा छटपटाउनु स्वभाविक हो ।

 

अन्नपूर्ण र माछापुच्छे« हिमालको काखमा अवस्थित पर्यटकीय नगरी पोखरा पानको पातसँग माया गाँसेर यसको व्यवसायमा आफ्नो पहिचान स्थापित गरेकाले पानका लागि छट्पटाउनुपर्ने अवस्था भने यहाँ छैन् । तराईमा अतिथि र साथीसँग बजारमा वा घरमा भेटघाट हुँदा पान खुवाएर सत्कार गर्ने चलन छ । पानको महत्व पूजापाठदेखि अतिथि सत्कारमा सीमिति नरही र यो रोजगारको दरिलो माध्यम पनि बनेको छ ।

 

कम पूँजीमा बढी मुनाफा दिने व्यापारको रुपमा पानको व्यवसायलाई लिन सकिन्छ । पसल थाप्न सानो ठाउँ भए पुग्छ । पानका सामग्रीका लागि बढीमा पाँच हजारको लगानीमा यसको व्यापार गर्न सकिन्छ । पोखराको मुख्य बजार र चोक चौराहामा पानको व्यापार फस्टाएको छ । महानगरको पृथ्वीचोक, सिर्जना चोक, महेन्द्रपुल चोक, चिप्लेढुङ्गा, सिद्धार्थ चोक, गैरापाटन, बागलुङ बसपार्कनजिक, विरौटा, रत्नचोक, बसपार्क, राष्ट्रबैंक चोक, शान्तिचोक, लेकसाइड, रामबजार, बगर र अमरसिंह चोक गरी दुई दर्जनभन्दा बढी पान पसल छन् ।

 

यसका साथै, काठको घर्राजस्तोमा डोरी बाँधेर गर्धनमा झुण्ड्याइ पोखरा बजारका सडकमा घुम्दै पानको ब्यापार गर्ने एक दर्जनको हाराहारीमा छन् । पर्यटकीय नगरी पोखराका स्थायी बासिन्दाबीच पानप्रति त्यति मोह नभए पनि तराईका बासिन्दाका साथै पोखरा घुम्न आउने भारतको उतरप्रदेश र बिहारका मानिस नै बढी पान खाने गरेका छन् ।

तराईका बजारमा पान पसल खोज्न भौँतारिनुपर्दैन । पोखरामा पान पसलको स्थल थाहा नभएको अवस्थामा भौँतारिनुपर्ने अवस्था छ । सप्तरी घर भई हाल पोखरामा व्यापार गर्दै आउनुभएका सत्यनारायण मण्डल दैनिक रुपमा पान खाने गरेको बताउनुहुन्छ । पोखरामा दैनिक रु एक लाखभन्दा बढीको पान बिक्री हुने अनुमान गरिएको छ । दैनिक रुपमा एउटा पान पसलेले न्यूनतम ५० खिल्ली पान बिक्री गरेको अवस्थामा सो रकम बराबरको पान बिक्री भएको अनुमान गरिएको हो । प्रतिखिल्ली रु १५ देखि रु ६० सम्ममा पान बिक्री हुनेगरेको छ ।

 

पानका अर्का पारखी ललनकुमार झा पोखरामा पानको व्यवसाय राम्रो रहेको र आपूm दिनमा तीन–चार खिल्ली पान खाने गरेको बताउनुहुन्छ । सिर्जना चोकमा विगत बीस वर्षदेखि पानको व्यापार गर्दै आउनुभएका राकेश कुमार पानको व्यापारबाट सन्तुष्ट हुनुहुन्छ । “सबै दिन एकनासको बिक्री हुँदैन,” उहाँले भन्नुभयो । व्यापारबाट आपूm सन्तुष्ट भएको उहाँ बताउनुहुन्छ । पानको व्यापारबाट राजश्वसमेत प्राप्त हुन्छ । वर्षेनी आन्तरिक राजश्व कार्यालय, नगरपालिकालगायतमा रु १० हजारसम्म कर तिर्ने गरिएको उहाँले बताउनुभयो ।

 

पोखरामा तीन थरीको पानको पातको व्यापार हुने गर्दछ । बङ्गलापता, मीठापता र पहेँलो रङ्गको पात । भारतको कोलकातालगायत  ठाउँबाट वीरगञ्ज र भैरहवा भएर पानको पात पोखरा भित्रिने गर्दछ । थोक बिक्रेताले अधिकांश पसलमा पान पु¥याउने गर्छन् । पानका अन्य सामग्री कत्था र सुपारी नेपालकै हो । मीठा पानमा प्रयोग हुने सामग्रीका साथै जर्दा, चुना, पिलापतिलगायतका सामग्री भारतबाट आयात गरिन्छ ।

Leave a Reply