एसिसी यू–१९ एसिया कप क्रिकेट नेपाल समूह चरणबाटै बाहिरियो
१५ आश्विन २०७५, सोमबार
पोखरा । नेपाल बङ्गलादेशमा जारी एसिसी यू–१९ एशिया कप क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ । आज अफगानिस्तानसँग तीन विकेटले पराजित हुँदै नेपाल एक खेलअगावै प्रतियोगिताबाट बाहिरिएको हो । टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले १३१ रन मात्र बनाएको थियो । १३२ रनको सामान्य लक्ष्य अफगानिस्तानले ३७ ओभर ३ बलमा सात विकेट गुमाएर पूरा ग¥यो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३८ ओभर ३ बलमा अलआउट हुँदै १३१ रन बनाएको थियो । नेपालका लागि रोहितकुमार पौडेलले ४९ रन जोडे पनि टोलीको उच्च स्कोर बन्न सकेन । नेपालका लागि राशिद खानले २९ तथा कप्तान आरिफ शेखले २० रन जोडे । ऋत गौतमले १० रन जोड्दा नेपालका अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् ।
नेपाललाई १३१ रनमै समेट्ने क्रममा अफगानिस्तानका अजमातुल्लाह ओमरजाईले चार विकेट लिए । कैस अहमद र अब्दुल रहमानले समान दुई÷दुई विकेट लिएका थिए । अङ्क तालिकामा नेपाल र युएईले खाता खोल्न सकेका छैनन् ।
भारत र अफगानिस्तान दुई–दुई खेल जित्दै समान चार÷चार अङ्क जोडेर सेमिफाइनलमा प्रवेश गरेको छ । यसअघि असोज १३ गते भएको पहिलो खेलमा नेपाल भारतसँग १७१ रनले पराजित भएको हो । नेपालले मङ्गलबार युएईसँग खेल्नेछ ।
धनगढीमा जारी आमहड्ताल स्थगित
धनगढी । प्रदेश नम्बर ७ को प्रदेश सभाले राजधानी र नाम तोकेको निर्णय विरुद्ध धनगढीमा जारी आमहड्ताल स्थगित गरिएको छ । नागरिक समाज संघर्ष समिति धनगढीले प्रेस विज्ञप्ति जारी गर्दै आमहड्ताललाई स्थगित गरी आन्दोलनको स्वरुप परिवर्तन गरेको जनाएको छ ।
नेपालीहरुको महान चाड बडादशैं नजिकिए संगै धनगढीस्थित विभिन्न संघ संस्थाहरुको आग्रह र बिद्यार्थीहरुको परीक्षालाई असर पर्न जाने हुँदा तल्काललाई आमहड्ताल स्थगित गरी आन्दोलनको स्वरुप परिबर्तन गरिने विज्ञप्ति मार्फत जनाइएको छ ।
आन्दोलनलाई बदनाम पार्न सरकारले घुस पैठ गर्ने तयारी गरेको बुझिएपछि आन्दोलनको स्वरुप परिवर्तन गर्नु परेको जनाइएको छ । आन्दोलनका भावी कार्यक्रम सोमबार घोषणा गरिने जनाइएको छ ।
प्रदेश सभाले प्रदेश नम्बर ७ को राजधानी गोदावरी २ र ४ मा पर्ने तेघरीस्थित अन्तरास्ट्रिय मोहना जैविक मार्गमा राख्ने प्रस्ताव पेश गरिए लगत्तै धनगढीमा आन्दोलन सुरु भएको थियो ।
प्रस्तावित राजधानी र नामको बिषयमा धनगढी र डोटीमा असन्तुष्टि जनाउँदै आन्दोलन गरिए पनि प्रदेश सभाले दुई तिहाई बहुमतले प्रस्ताव पारित गरि चुरेको फेदमै रहेको जैविक मार्गमै राजधानी तोकेको थियो ।
प्रदेश नम्बर ७ को मुख्य ब्यापारिक नाका धनगढीमा गरिएको हडतालका कारण जनजीवन नराम्ररी प्रभावित बन्न पुगेको थियो ।
सोमबार राति ८ बजे धनगढी उपमहानगरपालिकाभित्र १ घण्टा ब्ल्याक आउट गर्ने निर्णय गरिएको संघर्ष समितिले विज्ञप्तिमार्फत जनाएको छ ।
‘पार्टी र नेतृत्वलाई सुधार गर्न कार्यकर्ताको महत्वपूर्ण हात केसी
पर्वत, असोज १५
नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टी नेतृत्वलाई सुधार गर्न कार्यकर्ताको भुमिका महत्वपूर्ण हुने बताएका छन् । उनले कार्यकर्ता शक्तिको पछि भन्दा सत्यको पछाडी लागेमा पाटीमा आमुल परिवर्तन गर्न सकिने पनि धारणा राखेका छन् । पर्वतमा नेता कार्यकर्तासँगको छलफलमा केसीले नेतृत्वले गलत गरेपनि कार्यकर्ताले साथ र सहयोग गर्ने गरेको गुनासो गरे ।
‘पार्टी र नेतृत्वलाई सुधार गर्न कार्यकर्ताको महत्वपूर्ण हात रहन्छ, कार्यकर्ता शक्तिको पछि लाग्ने तर सत्यको पक्षमा बोल्न डराएकै कारण पार्टीमा यो दुरदशा आएको हो’ काँग्रेसका पूर्वसहमहामन्त्री समेत रहेका केसीले भने । पार्टीमा जसले चाकडी र चाप्लुसी गर्छ उसैले अवसर पाउने र दुःख गरेका इमान्दार कार्यकर्ता पछाडी पर्नुको कारण पनि शक्तिलाई साथ दिएर सत्यको पक्षमा नलाग्नुको कारण भएको उनको दाबी थियो ।
उनले जोसुकै नेता भएपनि राम्रो कुरालाई साथ दिन र गलत कुरालाई सचेत गराउन आग्रह गरे । पार्टीलाई सुदृढ पार्नुको सट्टा एकले अर्कालाई समाप्त पार्ने यदुबंशी प्रथा हावी भएकोमा चिन्ता ब्यक्त गर्दै केसीले नेतृत्वको गलत शैली र एकल निर्णय हावी हुँदा अहिलेको अवस्था आएको आरोप लगाए । उनले केन्द्रीय सदस्य, पदाधिकारी, संसदीय समिति, अनुशासन समिति लगायत सबै समिति प्रत्यक्ष निर्वाचित भएर आउने ब्यवस्था गर्नैपर्ने र त्यसका लागि साथ दिन सबै नेता कार्यकर्तालाई आग्रह गरे ।
विगतमा भएका तितामिठा कुरालाई बिर्सेर सबै पार्टी संगठन निर्माणमा लाग्नुको विकल्प नभएको भन्दै कार्यकर्तालाई पदको स्वार्थ त्यागेर संगठन निर्माणमा जुट्न निर्देशन पनि केसीले दिए । उनले ब्यक्ति स्वतन्त्रता, अभिब्यक्ति स्वतन्त्रता, जीवनको सुरक्षा र संरक्षण लोकतन्त्र भएको जिकिर गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नका लागि सोच्नुपर्ने बताए । उनले लोकतन्त्र भनेको बाद, प्रतिवाद र संबादको प्रक्रिया भएको बताउदै नयाँ मुलुकी संहितामा प्रेसमाथि नियन्त्रण गरेर लोकतन्त्रमाथि नै अंकुश लगाउन थालिएको र त्यो सुधार हुनैपर्नेमा जोड दिए ।
मुलुकमा हिंसा र बलात्कारका घटनाहरु बढ्दै गइरहेको अवस्थामा शान्ति सुरक्षा कमजोर भएको र निर्मला पन्त बलात्कार हत्याको छानबिन आयोगले तयार गरेको प्रतिबेदन सार्वजनिक नहुनुले विभिन्न आशंका पैदा भएको धारणा राखे । पेट्रोलियम पदार्थमा भएको मुल्यबृद्धि, बढदो महंगी र स्थानीय सरकारले लगाएको करले जनताको ढाड सेकेको भन्दै उनले बर्तमान सरकारको १३ प्रतिशत समयावधि त्यसै गुज्रेको बताए ।
निर्मला पन्त बलात्कार हत्याको प्रतिबेदन जनता सामु राख्नु पर्छ नेता केसी
सरिता तिम्सिना पगेनी – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सहमहामन्त्री अर्जुननरसिंह केसीले कञ्चनपुरमा बलात्कार पछि हत्या गरिएकी निर्मला पन्त बलात्कार हत्याको प्रतिबेदन जनता सामु राख्नु पर्नेमा जोड दिएका छन । आइतबार नेपाल प्रेस युनियन जिल्ला शाखा म्याग्दीको सातौं साधारणसभा तथा पाँचौं अधिवेशनको उद्घाटन गर्दै उनले सो कुरा मा जोड दिएका हुन् ।
पूर्वमन्त्री समेत रहेका केसीले पछिल्लो समय देशैभर महिला हिंसा र बलात्कारका घटनाहरु बढ्दै गएको अवस्थामा पनि सरकाले शान्तिसुरक्षा दिन नसक्नुले सुरक्षा निकाय प्रति को संस्थागत मर्यादा पनि कमजोर हुदै गएको बताए । उनले निर्मला पन्त बलात्कार र हत्याको छानबिन आयोगले तयार गरेको प्रतिवेदन सार्वजनिक नहुनुको कारण के हो ? भन्दै सरकारलाई प्रश्न गरेका छन्। उनले बास्तबिक हत्यारा पहिचानका लागि देशैभर आन्दोलन भइरहदा पनि सरकारले बास्तबिक हत्यारा पहिचान गर्न नसक्नु ले कतै सरकारले न्याय मार्ने षडयन्त्र त गरिरहेको छैन भन्दै सरकार प्रति आशंका ब्यत्त गरे ।पछिल्लो समय देशमा धेरै निर्मलाहरु बलात्कार भइरहेको भन्दै उनले त्यस्ता अपराधीहरुलाइ सरकारले कानुनी कठाघारामा नल्याएकोमा चिन्ता ब्यक्त गरे। निर्मला पन्तको गत साउन १० गते साथी रोसनी बमको घरमा गएको बेला बलत्कार पछि हत्या भएको थियो ।११ गते उनको शब उखुबारीमा भेटिएको थियो ।निर्मला पन्त बलत्कार हत्या छानविनका लागि गठित सह सचिब हरी मैनाली नेतृत्वको समितिको सुझाब पछि गृहमन्त्री रामबहादुर थापाले एस पी डिल्लीराज बिष्ट,उनका छोरा किरण बिष्ट,र भीमदत्त नगरपालिकाका मेयर शुरेन्द्र बिष्टका भतिजा आयुष बिष्टको डिएनए परीक्षण गर्न निर्देशन दिएका थिए ।आशंका गरिएका तीनै जनाको नमुना संकलन गरेर त्रिबि शिक्षण अस्पतालका डाक्टर र नेपाल प्रहरीको बिधिबिज्ञान प्रयोगशालाका प्राबिधिकहरुले संयुक्त रुपमा डिएनए परिक्षण गरेका थिए। तीन जनाकै डिएनए रिपोर्ट नेगेटिभ आएपछि कंचनपुर घटना थप रहस्यमय बनेको छ ।