मोवाईल चोरीमा संलग्न पक्राउ
कास्की प्रहरीले मोवाईल चोरीमा संलग्न रहेको आरोपमा एक ब्यक्तिलाई पक्राउ गरेको छ ।पोखरा महानगरपालिका वडा नं १८ बस्ने बर्ष २२ का बिशाल गूरुडलाई बिभिन्न ब्राण्डका ६वटा मोवाइल सहित पक्राउ गरेको कास्की प्रहरी प्रबक्ता रबिन्द्रमान गूरुड ले जानकारी दिए । पक्राउ परेका गूरुडको साथबाट लेनोभो ए १००० मोडेलको मोवाईल १ थान,आईफोन सिक्स १ थान ,सामसूङ्ग ग्यालेक्सी,डिओस , जे टू एक एक थान ,भिभोको वाई ३१ एक थान मोवाईल बरामद भएको कास्की प्रहरीले जनाएको छ । पोखरा १८ सराङ्गकोट का एक ब्यक्तिले पूराना मोवाईलहरु बिक्रि बितरण गर्दे छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोलीले गूरुङ्ग लाइ पक्राउ गरेको हो ।
शिरक भित्रको कथा
पोखरा १ असोज
सरिता तिम्सिना पगेनी
प्रसगं २ बर्ष अघिको हो । कास्कीको लेखनाथमा कानुनी सचेतना कार्यक्रममा सहजीकरणका लागि जानु थियो । कार्यक्रममा हलभरि महिला दिदिबहिनिहरु खचाखच थिए । मैले महिलाको पक्षमा बनेका कानुनी ब्यबस्थाको सहजकिरण गर्ने क्रममा ,जब बैबाहिक बलत्कारको प्रसङ निकाले तब सबै सहभागीहरुले अनौठो मान्दै ,चुपचाप सुनिरहे ।मैले तपाइहरु मध्ये कोहि बैबाहिक बलात्कारमा त पर्नु भएको त छैननी भनेर प्रति प्रश्न समेत गरे । अहँ कोहि चुइक्क बोलेनन । कार्यक्रम सकिएपछि म पोखरा फर्कने तयारी गर्दे थिए , एक जना महिलाले मलाइ चपक्क हातमा समातेर मेडम हाम्रो घर जाँउन भनिन । मैले होइन आज हतार छ ,अरु कुनै दिन जाँउला भने । तर उनी मान्दै मानीनन । उनले निकै कर गरेपछि म उनको पछी,पछी लागे ।मुल बाटो छेउमै तीन तले पक्की घर, रंग रोगन र सजावटले घर धपक्कै बलेको थियो ,मनले ठानिहाल्यो , आहा,कस्तो राम्रो घर ,यति राम्रो घरमा बस्नेहरुको जीबन झन कति सुखी र खुषी होला। च्यानल गेट खोल्दै उनले मलाइ घरको माथिल्लो तलामा लगेर बैठक कोठामा बसालिन । मेरा नजर भित्तामा झुण्डाइएको तस्बीरमा टक्क अडियो । सिउँदो भरि सन्दिुर ,हाँतभरि चुरा,छपक्कै गहना लगाएकी ती महिलाको साथमा ओठमाथि कालो जुगा भएका लाहुरे पहिरनका पुरुष थिए । मैले अनुमान लगाए त्यो भित्तामा मुस्कुराइरहेको तस्बीर उनको र उनका श्रीमान को हो । उनी चिया लिएर आइन ,मैले फोटो तिर हेर्दे भने कस्तो राम्रो जोडी हजुरको ,हेर्दे मायालु जोडी जस्तो लाग्ने । उनले चियाको कप मलाइ दिदै घोसेमुन्टो लगाइन। म बिलखबन्दमा परे , ।आफ्नो जोडी लाइ सुन्दर भनेर प्रसंसा गरिदिदा मक्ख नर्पेने मान्छे को नै होल ठानेकी मैले तर यहाँ त ठिक उल्टो भयो । केहि समय पछि उनले गहभरी आँशु भरेर मलाइ पुलुक्क हेरिन ।म केही बोलिन । उनी आफै बोल्न शुरु गरिन । उनका १ छोरा दुइ छोरी रहेछन । सबै हुर्किसकेका । अलग अलग कोठामा सुत्ने । उनलाइ भने जति बेला पनि श्रीमानका लागि तयार हुनु पर्ने ।लाहुरे श्रीमान ,अनेक प्रकारका ब्लु फिल्म देखाएर त्यहि अनुसार जर्बजस्ती यौन सम्पर्क गर्ने र भनेको नमान्दा पिट्ने र दोश्रो बिहे गर्ने धम्की समेत दिने गरेको उनले सुनाइन । सानै देखि आमा बाबाले श्रीमान ले ,जे जे भन्छ, त्यही त्यहि चुपचाप मान्दै जानु पर्छ भन्ने संस्कारमा हुर्कीएकी उनले आफुले भोगेको यातना माइतीमा समेत भनेकी रहेनछन ।,शिरक भित्रको कुरा ,शिरक भित्र कै कथा बनाएर सहेकी उनले आज श्रीमान बाट पनि महिला बलात्कार हुँदा रहेछन र यसको बिरुद्धमा पनि कानुन रहेछ भन्ने पहिलो पटक सुनेपछि म संग भन्न सहज मानिछन र जर्बजस्ती मलाइ आफ्नो घर लगेकी रहिछन।आफ्नो शिरक भित्रको कथा सुनाउन। मैले उनलाइ उजुरी दिन सुझाब दिए । तर उनी मानिनन । श्रीमानले बलात्कार गर्यो भन्दै म कसरी प्रहरी कहा पुगौ, उनले निराश हुदै भनिन ,छोराछोरीको भबिश्यकोको लागी पनि म मौन बस्न पर्छ ।,जाबो एउटा श्रीमान लाइ पनि खुषी पार्न नसक्ने छी कस्ती आइमाइ भनेर आफ्नै दाजुभाइ ,छरछिेमेकी,साथीभाइले मेरै कुरा काट्नेछन भोली। यो घर र छोराछोरी को माया मार्न सक्दिन बरु म शिरक भित्र मर्न तयार छु । मैले जति सम्झाए पनि उनी मान्दै मानिनन्।
मलाइ लाग्यो ,महिलाहरुले यो वा त्यो वाहानामा आफुले भोगेको हिसा ब्यक्त गर्न सकिरहेका छैनन अझै पनि ।।
भदौ १ गतेबाट लागु भएको मुलुकी अपराध संहिता ऐन २०७४ ले बैबाहिक बलात्कारमा पाँच बर्ष कैद सजाय तोक्ने ब्यबस्था गरेको छ ।२०५८ सालमा अधिबत्ता मीरा ढुगानाले बैबाहिक बलात्कारलाइ दण्डनीय बनाउनुपर्ने माग गर्दे सर्बाेच्च अदालतमा रिट हालेकी थिइन ।
यतिबेला मैले ती महिलालाइ सम्झीरहेकी छु ,उनका जस्तै शिरक भित्रका कथा नेपाली समाजमा बर्गेल्ती छन ।श्रीमानको ज्यादती बिरुद्ध बोल्ने हिम्मत कमैले गरेका छन । कानुन बने पनि यसलाइ टेकेर मुद्या पर्ने क्रम निकै कम छ । आखिर कहिले सम्म शिरक भित्रका कथालाइ कथा मै सिमित राख्ने त अब त बोल्ने हिम्मत गरौ, श्रीमान बाट श्रीमतीलाइ सुरक्षा खतरा भयो भने श्रीमानलाइ अलग्गै बस्न आदेश समेत दिन सक्ने ब्यवस्था आएको छ जुन,अहिलेको मुलुकी ऐन अपराध संहितामा पनि उल्लेख छ । अन्याय गर्नु मात्रै पाप होइन अन्याय सहनु पनि पाप हो । त्यसैले अन्याय नगरौ र सहेर पनि नबसौ ।
Karnali CM says no misunderstanding between federal-province government
Kathmandu –Karnali province chief minister Mahendra Bahadur Shahi has said that there remained no misunderstanding between the province and federal government.
Speaking today at a face-to-face programme at the Reporters’ Club, the chief minister was of the view that the rights of province and federal government were constitutionally clear and it was not appropriate to say that they had disputes regarding their rights.
“The present time is not for making accusations and counter-accusations; rather the time demands the federal government to enact policies and the province and local governments implement them.” He further said that the chief ministers should be given rights as per the constitution.
“The country witnessed a decade-long war, seven years were spent in the discussions about the constitution and it would be a further delay to develop the nation if we continue to engage us in minor things,” he added
The Karnali chief minister claimed the province is rich in natural, geographical, cultural and productive aspects, but has been lagging behind in terms of human development, health facilities and education. He took the time to say the current province leadership is committed to advancing it in view of every aspect and ultimately leading it towards self-sufficiency.
CPN chairs Oli-Dahal meet
Kathmandu –Prime Minister KP Sharma Oli and Communist Party of Nepal (CPN) chair Pushpa Kamal Dahal ‘Prachanda’ today have held discussions on issues relating to the merger between the sister wings of then CPN (UML) and CPN (Maoist Centre). The PM Oli is also the chair of the CPN.
The meeting held at the official residence of the Prime Minister Oli at Baluwatar in the capital also discussed on contemporary issues.
According to the chair Dahal’s secretariat, the chairs duo discussed on the progress achieved so far on the merger process between the sister wings, provincial, district and other local committees of then parties.
The both chairs agreed on calling the party secretariat meeting on September 12 to finalize the unification bid.
The meeting also held review on the chair Dahal’s recent visit to India.