नेकपाको सचिवालय बैठक मङ्सिर ६ मा

३ मंसिर २०७५, सोमबार

झण्डै एक महीनादेखि नबसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक यही हप्ता बस्ने तयारी भएको छ । प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको गठन, जनसङ्गठनको एकता, स्थायी समिति बैठकको मिति तथा कार्यसूची र पार्टी, संसद् तथा सरकारको समीक्षा, केन्द्रीय कार्यालयको व्यवस्थापनलगायत विषयमा छलफल गर्न सत्तारुढ दल नेकपाको बैठक बस्न लागेको हो । पार्टीमा तल्लो तहसम्मको एकता […]

वाह मनाङ फोटो फिचर

३ मंसिर २०७५, सोमबार

कार्यान्वयन भएन त्रिविमा सूचनाको हक

३ मंसिर २०७५, सोमबार

  –कुमार चौलागाई देशकै ठूलो शिक्षण संस्था त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रार कार्यालयले सूचनाको हकसम्बन्धी ऐन र संविधानको बर्खिलाप हुने गरी नागरिकको सूसुचित हुन पाउने हकको हनन् गरिरहेको छ । प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको विषयमा सूचना माग्ने र पाउने हक हुनेछ भनी नेपालको संविधानको धारा २७ र सूचनाको हकसम्बन्धी ऐन २०६४ को दफा ९३० मा […]

फिल्मी शैलीमा सात लाख लुटपाट

३ मंसिर २०७५, सोमबार

महोत्तरी जिल्लाको सोनमा गाउँपालिका– ३ खखनाको ३ वटा घरमा गएराति डकैती भएको छ । डकैतीमा रु सात लाख मूल्य बराबरको धनमाल लुटिएको छ भने पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो । प्रहरी नायब उपरीक्षक खड्काका अनुसार सशस्त्र डाँकाले गएराति सोनमा गापा–३ खखनाका ललिन यादवको घरको मूल ढोका […]

ठेकेदारको लापर्वाहीले धारापानी सिँचाइ योजना अलपत्र

३ मंसिर २०७५, सोमबार

निर्माण कम्पनीको बेवास्ताका कारण कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लामा रहेको धारापानी सिँचाइ आयोजना अलपत्र परेको छ । सिँचाइ आयोजना सम्पन्न गर्न ठेक्का पाएको आशिष कन्ट्रक्सन धनगढीले समयसीमा दुईपटक थप गर्दा पनि काममा ढिलाइ गरेपछि योजना नै अलपत्र परेको हो । दोस्रोपटक काम गर्न थप गरिएको समय सकिएर आठ महीना बितिसक्दा पनि योजनाको काम निर्माण कम्पनीले अटेर […]

हरियो पत्ती चियाको मूल्य निर्धारण नहुँदा समस्या

३ मंसिर २०७५, सोमबार

यसक्षेत्रमा खेती शुरु भएको २०० वर्षभन्दा बढी भए पनि चिया क्षेत्र भने अझै व्यवस्थित बन्न सकेको छैन । विशेषगरी सरकारी क्षेत्रबाट चियामा सहयोग राम्रो नभएको, मूल्यमा एकरुपता नभएको र अर्गानिक चियाको माग बढेपनि त्यसको लागि आपूर्तिको उचित व्यवस्था हुन नसक्दा हाल चियामा बढी समस्या देखिएको छ । सरकारले चियाको बजारीकरणको राम्रो व्यवस्था नगरिदिँदा चिया निकासी […]

रसुवागढी विद्युत्गृहको निर्माण तीब्रगतिमा

३ मंसिर २०७५, सोमबार

भूमिगत संरचनाबाट उत्तरी क्षेत्रमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृह संरचना बनाउने काम धमाधम अगाडि बढेकोे छ । एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको चार हजार १८५ मिटर लामो रेड्रेस सुरुङ र विद्युत् उत्पादन गर्ने स्थलमा पहरा फुटाइ उत्खनन कार्य पूरा भइसकेकाले विद्युत्गृहको संरचना बनाउने कार्य अगाडि बढाइएको आयोजना प्रमुख छवि गैह्रेले बताउनुभयो । […]

देशभरका नारायण मन्दिरमा भक्तजनको भीड

३ मंसिर २०७५, सोमबार

कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा भक्तजनको भीड लागेको छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुत्नुभएका भगवान् विष्णु आज जागा हुनुहुने धार्मिक विश्वास छ । आज जागा हुनुहुने भगवान् विष्णुलाई पूजाआजासहित आराधना गर्न बिहानैदेखि नारायण मन्दिरमा भक्तजनको भीड लागेको हो […]

जिप दुर्घटनामा एकको मृत्यु, सात घाइते

३ मंसिर २०७५, सोमबार

पाल्पाको रिब्दिकोट गाउँपालिका– ३ सिरुखर्कमा जिप आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । दुर्घटनामा बाग्लुङ बरेङ्ग गाउँपालिका– ३ बस्ने कमला परियारका एक वर्षीय छोरा अङ्कित परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उनको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो […]

हराएका १९ मोटरसाइकल सम्बन्धित धनीलाई

२ मंसिर २०७५, आईतवार

महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट विभिन्न समयमा हराएको १९ थान मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाइएको छ । महाशाखाले उपत्यकाको कालिमाटी, सातदोबाटो, साँखु, कपन गौशाला, कालिमाटी, महाराजगञ्ज, भैँसेपाटी, थापाथली, सानेपालगायत स्थानबाट हराएका मोटरसाइकल फेला पारेर आज सम्बन्धित धनीलाई जिम्मा लगाएको हो । महाशाखाले सुमन श्रेष्ठ, सन्तोष उपाध्याय, मोहम्मद गुडजु, भरतबहादुर थापा, अर्जुन […]