वाम बुद्धिजीवी एवं मानवाधिकारकर्मी पद्मरत्न तुलाधरको निधन

१८ कार्तिक २०७५, आईतवार

काठमाडौँ, वाम बुद्धिजीवी एवं मानवाधिकारकर्मी स्व पद्मरत्न तुलाधरप्रति श्रद्धाञ्जलि व्यक्त गर्न विभिन्न राजनीतिक दलका नेता नर्भिक अस्पताल पुग्नुभएको छ । उहाँको आजै ७८ वर्षका उमेरमा नर्भिक अस्पतालमा अपराह्न १२.४५ मा उपचाररत रहँदाकै अवस्थामा निधन भएको हो । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पत्रकारसँग कुरा गर्दै तुलाधरले प्रजातन्त्र पुनःस्थापना, मानवाधिकार र शान्ति प्रक्रियामा खेलेको भूमिका महत्वपूर्ण […]

संस्थानको चामल बिक्री हुन सकेन

१८ कार्तिक २०७५, आईतवार

खाद्यान्न अभाव भइरहने बाजुरामा यस वर्ष नेपाल खाद्य संस्थानको चामल अपेक्षित रुपमा बिक्री हुन सकेको छैन । खाद्य संस्थानले निर्धारण गरेको मूल्यभन्दा बजारमा सस्तोमा चामल पाउन थालेपछि बिक्री हुन नसकेको हो । सदरमुकाम मार्तडीस्थित खाद्य संस्थानको गोदाममा दुई सय क्विन्टल चामल र एक सय क्विन्टल गहुँ मौज्दात रहेको कार्यालयका कर्मचारी परे रावलले जानकारी दिनुभयो । […]

सबैका गलामा माला

१८ कार्तिक २०७५, आईतवार

–हरि बाँस्तोला कुनै पनि औपचारिक कार्यक्रममा अतिथिका लागि माला तथा खादा लगाउने प्रचलन सामान्य हो तर यहाँस्थित एक पर्यटकीय गाउँमा आयोजित कार्यक्रममा उपस्थित सबै पाहुनाको गलामा सयपत्री फूलको माला लगाएर समानताको व्यवहार देखाइएको छ । कास्की जिल्लाको मादी गाउँपालिकाको पर्यटकीय गाउँ ताङ्तिङमा शनिबार आयोजित गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, गण्डकी प्रदेशको पहिलो अधिवेशन उद्घाटन कार्यक्रममा सबैलाई […]

लक्ष्यभन्दा रु पाँच अर्ब ४३ करोड बढी राजश्व

१८ कार्तिक २०७५, आईतवार

चालू आर्थिक वर्ष २०७५÷७६ को तीन महीनामा वीरगञ्ज भन्सार कार्यालयले लक्ष्यभन्दा रु पाँच अर्ब ४३ करोड बढी राजश्व सङ्कलन गरेको छ । चालू आवको साउनदेखि असोजसम्मका लागि कार्यालयले रु ३७ अर्ब ७५ करोड ३२ लाख लक्ष्य पाएकामा रु ४३ अर्ब १९ करोड १७ लाख राजश्व सङ्कलन गर्न सफल भएको छ । सङ्कलित राजश्व लक्ष्यभन्दा १३ […]

पत्रकार सुरक्षा निर्देशिका जारी हुन्छ : आयोग अध्यक्ष शर्मा

१८ कार्तिक २०७५, आईतवार

  राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले पत्रकार सुरक्षाका लागि आयोगले छुट्टै पत्रकार सुरक्षा निर्देशिका तयार गरिरहेको जानकारी दिए। पत्रकारविरुद्ध हुने अपराधको दण्डहीनता अन्त्यसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा फ्रिडम फोरमद्वारा आज यहाँ आयोजित ‘सुरक्षित पत्रकारिताका लागि दण्डहीनताको अन्त्य’ विषयक कार्यक्रममा उनले आयोगले तयार गर्न लागिएको सो निर्देशिकाको मस्यौदामाथि विभिन्न मानवअधिकार सङ्घसंस्थासँग सुझाव लिइरहेको बताए । अध्यक्ष […]

नेपाल विद्यार्थी सङ्घको १२ औँ महाधिवेशन तोकिएको समयमा हुन सकेन

१८ कार्तिक २०७५, आईतवार

  काठमाडौँ,  नेपाली काङग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको १२ औँ महाधिवेशन तोकिएको समयमा हुन सकेन । विसं २०७३ साउनमा सम्पन्न नेविसङ्घको ११औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वले दुई वर्षभित्र १२औँ महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी पाए पनि नेविसङ्घको विधान र उमेरहद विवादका कारण तोकिएको समयमा महाधिवेशन हुन नसकेको हो । नेविसङ्घको गत भदौमा बसेको केन्द्रीय समितिको बैठकले […]

पीपीएल क्रिकेट: चितवन र काठमाडौं आज भिड्दै, फाइनल पुग्ने लक्ष्य

१८ कार्तिक २०७५, आईतवार

पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटको फाइनल प्रवेशको लागि एलिमिनेटर (प्ले अफ) खेल आज हुँदैछ । पोखरा रंगशालामा हुने प्ले अफमा पारस खड्काको चितवन राइनोज र ज्ञानेन्द्र मल्लको हुलास काठमाडौं रोयल्सले प्रतिस्पर्धा गर्नेछन् । बिहान ११ बजेबाट सुरु हुने खेलको विजेता टोलीले फाइनल यात्रा तय गर्नेछन् । यस्तोमा प्रतिस्पर्धाका लागि मैदान […]

३७ किलो चरेससहित तीन पक्राउ

१८ कार्तिक २०७५, आईतवार

रुपन्देही प्रहरीले शनिबार राती बुटवलमा ठूलो परिणाममा लागुऔषध चरेससहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले शनिबार राती करीब ८ बजेको समयमा रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका–१३ स्थित बेलबास शान्तिचोकबाट प्रदेश नं ५ तुलसीपुर दाङको प्रहरी अनुसन्धान टोलीले ३७ किलोग्राम चरेससहित तीन जनालाई पक्राउ गरेको हो । विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी […]

धानमा दाना नलागेपछि कृषक चिन्तित

१८ कार्तिक २०७५, आईतवार

पाकेर थन्क्याउने बेलासम्म पनि धानमा दान (बाला) नलागेपछि यहाँको एक गाउँका कृषक चिन्तित बनेका छन् । पर्वतको फलेवास नगरपालिका–३ स्थित पोखरचौरका कृषकले यस वर्ष लगाएको उन्नत जातको धान ‘लोकतन्त्र’ मा दाना नलागेपछि स्थानीय दर्जनौँ कृषक समस्यामा परेका हुन् । उक्त धान फलेवास नगरपालिकाको कृषि शाखाले सिफारिश गरेको थियो । कृषि प्राविधिकले दोब्बर फल्ने भन्दै अनुदानमा […]

प्रसाद ट्रेलरः विपिन र नम्रताको प्रेममा निश्चल बाधक [भिडियो]

१७ कार्तिक २०७५, शनिबार

अभिनेता विपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठ स्टारर फिल्म ‘प्रसाद’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ। दिनेश राउतको निर्देशन रहेको फिल्ममा अभिनेता निश्चल बस्नेत पनि प्रमुख भुमिकामा देखिएका छन्। शुक्रबार साँझ रियालिटी सो नेपाल आइडल कार्यक्रममा सार्वजनिक गरिएको ट्रेलरमा विपिन र नम्रताको प्रेममा निश्चल बाधक बनेको देख्न सकिन्छ। प्रेम, मिलन र पारिवारिक माहोलबीच सन्तान अवाभले मानसिक रुपमा पिरोलिएका […]