संविधानले दिएका पूरै अधिकार कार्यान्वयन हुन सकेन ः देउवा

२६ आश्विन २०७५, शुक्रबार

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयन भए पनि संविधानले दिएका पूरै अधिकार कार्यान्वयन हुन नसकेको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनद्वारा आज यहाँ आयोजित प्रेस युनियन मैयाँदेवी सूचना केन्द्र भवनको उद्घाटन, चिजकुमार–विष्णुकुमारी श्रेष्ठ स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण र प्रेस युनियन चितवनको आठौंँ जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता देउवाले संविधानले सम्पूर्ण […]

सरकारले छ महीनामा रणनीतिक प्रभाव पार्ने कार्ययोजना तयार गरेको छ : अध्यक्ष प्रचण्ड

२६ आश्विन २०७५, शुक्रबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले छ महीनामा देशलाई दीर्घकालीन र रणनीतिक प्रभाव पार्ने कार्ययोजना तयार पारेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “सरकारले आर्थिक विकासका लागि आधार तयार पारेको छ । पावरबहन र सम्पर्क सञ्जालको विस्तारमा महत्वपूर्ण सम्झौता भएका छन् । त्यसले देश भूपरिवेष्ठित होइन, जमीनबाट जोडिएको देशमा परिणत भएको […]

ए डिभिजन लिग ः मनाङ्को विजयी शुरुवात

२६ आश्विन २०७५, शुक्रबार

मनाङ मस्र्याङ्दी क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी शुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आज भएको खेलमा ब्रिगेड ब्वाइज क्लबलाई ३–१ गोलले पराजित गर्दै मनाङले विजयी शुरुवात गरेको हो । मनाङको जितमा अफिज ओलावलेले दुई तथा हेमन गुरुङले एक गोल गरे । ब्रिगेडका रजक तिवारीले एक गोल गरेका थिए । खेलमा शुरुवाती […]

सन्दीपको राष्ट्रिय कीर्तिमान : नेपाल उपाधिसहित दोस्रो चरणमा प्रवेश

२६ आश्विन २०७५, शुक्रबार

–कुमार चौलागाई आइसिसी विश्वकप टी–२० एशिया क्षेत्र छनोट ‘बी’ को उपाधि नेपालले जितेको छ । छनोटको अन्तिम खेलमा सिङ्गापुरसँग प्रतिष्पर्धा गरिरहेको नेपालले वर्षाका कारण खेल रद्द भएपछि रन रेटका आधारमा उपाधि जितेको हो । मलेशियाको राजधानी क्वालालम्पुरस्थित वायुमस ओभल मैदान आज सिङ्गापुरले दिएको ८२ रनको लक्ष्यका साथ मैदान उत्रेको नेपालले मात्र तीन बल खेलेर एक […]

प्रदेशलाई भ्रष्टाचारमुक्त सुशासनयुक्त बनाइने– मुख्यमन्त्री

२६ आश्विन २०७५, शुक्रबार

विराटनगर, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले भौतिक पूर्वाधार निर्माणमा यसवर्ष रु छ अर्ब खर्च गर्ने बताउनुभएको छ । प्रदेशको यातायात पूर्वाधार विकास मन्त्रालयअन्तर्गत यातायात पूर्वाधार विकास निर्देशनालय कार्यालयको सुनसरीको इटहरी–४ हलगाँडामा नव स्थापित कार्यालयको आज उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभयो । मुख्यमन्त्री राईले प्रदेश सरकारले आफ्नो बजेटको ४० प्रतिशत रकम […]

पोखरा महानगरपालिकाले लिँदै आएको एकीकृत सम्पत्ति कर खारेजी

२६ आश्विन २०७५, शुक्रबार

पोखरा, पोखरा महानगरपालिकाले लिँदै आएको एकीकृत सम्पत्ति कर हटेको छ ।। विहिबारको कार्यपालिका बैठकबाट नयाँ कार्यविधि पारित भएसँगै एकीकृत सम्पत्ति कर खारेजी भएको हो ।यस अघि करको बिषयलाइ लिएर चौतर्फी विरोध गरिएको थियो । नागरिकको ढाँड सेक्ने गरि महानगरले कर असुल गरेको भन्दै उच्च अदालत पोखरामा मुद्धा समेत परेको थियो । मुद्धाको सुनुवाई गर्दै उच्च […]

बिपीको विचारले मात्र काङ्ग्रेसलाई एक बनाउँछः महामन्त्री डा कोइराला

२६ आश्विन २०७५, शुक्रबार

नवलपरासी, नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीलाई एक ढिक्का बनाएर आगामी निर्वाचनमा पहिलो पार्टी बनाउने दाबी गर्नुभएको छ । विजयादशमी, दिपावली र छड पर्व २०७५ को अवसरमा आज पूर्वी नवलपरासीको गैँडाकोटमा काङ्ग्रेस नगर कार्य समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले पार्टीभित्र अब गुट उपगुट होइन्, एक ढिक्का भएर अघि बढ्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो […]

कृषिमा आधुनिकीकरण र ब्यावसायिकरण गरिनुपर्ने , प्रधानमन्त्री ओली

२५ आश्विन २०७५, बिहीबार

नबिन लामिछाने मनाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाँउपालिका –१ भ्राताङमा एग्रो मनाङ प्रालिले स्थापना गरेको स्याउ फार्म उदघाटन गरेका छन । प्रधानमन्त्री ओलीले कृषिमा आधुनिकीकरण मार्फत नै किसान सफल व्यवसायी र उद्यमी बन्न सक्ने बताए ।’ एग्रो मनाङले स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गर्ने खालको उदाहरणीय काम गरेको भन्दै प्रधानमन्त्री […]

६३ औ प्रहरी दिवसको अवसरमा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम

२५ आश्विन २०७५, बिहीबार

६३ औ प्रहरी दिवसको अवसरमा ४ नम्बर प्रदेशले शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रमको आयोजना गर्यो। सम्मानित ब्याक्तिहरुलाई गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ, गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमान, ४ प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरिक्षक दान सिंह बोहोरा लगायतले सम्मान गरे। कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक […]

प्रदेश नम्बर ३ सरकारका काम मन्द गतिमा,अपेक्षाअनुसारको काम गर्न नसकेको नागरिकको गुनासो

२५ आश्विन २०७५, बिहीबार

हेटौंडा ।३ नम्बर प्रदेशमा सरकार गठन भएको ८ महिना पुग्न थालिसक्यो तर प्रदेश सरकारको काम भने मन्द देखिएको छ ।जनताका अपेक्षा अनुसार प्रदेश सरकारले काम गर्न नसकेको भन्दै नागरिकले गुनासो गर्न थालेका छन । प्रतिपक्ष ले मात्र होइन ७र८ महिनासम्म सरकारले झिना मसिना कार्यक्रम र सभा समारोहमै आफूलाई केन्द्रित गरेको प्रति नागरिक निराश छन । […]