बोक्सी आरोप लगाउने पक्राउ

२६ कार्तिक २०७५, सोमबार

बोक्सी आरोप लगाउँदै महिलामाथि दुर्व्यवहार गरेको  अभियोगमा रुपन्देहीको तिलोत्तमा नगरपालिकाका–५ का वडासचिव टीकाराम आचार्यलाई प्रहरीले पक्राउ गरेको छ । तिलोत्तमा–४, नयाँमिल निवासी वडासचिव र उनको परिवारले बोक्सी आरोप लगाउँदै कुटपिट गरेको छिमेकी डम्बरकुमारी न्यौपानेले उजुरी गरेपछि सचिव आचार्यसँगै उहाँकी  श्रीमती र छोरीलाई प्रहरीले पक्राउ गरेको हो  । पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय, बुटवलमा […]

चितवनमा ७८ जुवाडेलाई कारवाही

२६ कार्तिक २०७५, सोमबार

चितवन, जिल्ला प्रहरी कार्यालयले जुवातास नियन्त्रण अभियानअन्तर्गत तिहारमा ७८ जुवाडेलाई पक्राउ गरी आवश्यक कानुनी कारवाही गरेको छ । प्रहरीले यस क्रममा रु ११ लाख २७ हजार बरामद गरेको छ । प्रहरी नायव उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार कात्तिक १२ गतेदेखि २३ गतेसम्म जिल्लाको भरतपुर, रत्ननगर र खैरहनीबाट कौडा र तास खेल्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको […]

सरोज स्मृति प्रतिष्ठान गठन

२६ कार्तिक २०७५, सोमबार

पोखरा,युवाउद्यमी तथा सामाजिक ब्यक्तित्व  स्व सरोज अधिकारीको सम्झनामा पोखरा ३३ बागमारामा सरोज स्मृति प्रतिष्ठान गठन गरिएको छ । प्रतिष्ठानको अध्यक्षमा  तिलक प्रसाद अधिकारी,उपाध्यक्षमा मनोजबहादुर कार्की,सचिबमा गोपीराज अधिकारी तथा कोषाध्यक्षमा बिना पगेनी अधिकारी रहेका छन ।सदस्यहरुमा दधिराम पौडेल,रामबहादुर पुन,,बिष्णुप्रसाद आचार्य,ऋषिमाया लामिछाने तथा दुर्गा केसी छन। बिभिन्न सामाजिक कार्य गर्ने उदेश्यले प्रतिष्ठान गठन गरिएको हो । उद्योग […]

किशोरीलाई बेचबिखनका लागि भारत लैजान लागेको अभियोगमा दुई जना प्रहरी नियन्त्रणमा

२६ कार्तिक २०७५, सोमबार

  बेत्रावती, नुवाकोटका पाँच किशोरीलाई बेचबिखनका लागि भारत लैजान लागेको अभियोगमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा रहेका उनीहरुलाई आइतबार नै मानव बेचबिखन तथा ओसारपसार अभियोग मुद्दामा नुवाकोट जिल्ला अदालतबाट म्याद लिइ अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिनुभयो ।यसैगरी नुवाकोटबाट हराएका पाँच किशोरीलाई घरमा बन्धक बनाएको अवस्थामा सुर्खेतको भेरीगङ्गा […]

बलात्कार पछि हत्या गरेको जिकिर

२६ कार्तिक २०७५, सोमबार

  गाईघाट, उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–३ लाफागाउँमा दुई दिनदेखि हराएकी एक १३ वर्षीया बालिका आइतबार मृतावस्थामा फेला परेकी छिन् । मृतक ती बालिका स्थानीय दुर्गाबहादुर खड्काको १३ वर्षीया छोरी एल्जीना भएको उदयपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शनिबार बाख्रा चराउन गएकी उनी आइतबार स्थानीय पाखाको खरबारी जङ्गलमा कपडा च्यातिएको र शरीरभरि निलडाम भएको अवस्थामा […]

पोखरामा आफ्नै श्रीमतीको हत्या गरी फरार घर्ती रुपन्देहीमा पक्राउ

२५ कार्तिक २०७५, आईतवार

आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका दुर्गाबहादुर घर्तीलाइ कास्की प्रहरीले पक्राउ गरेको छ । हत्या पछि फरार रहेका घर्तीलाई रुपन्देही प्रहरीको सहयोगमा रुपन्देहीमा   पक्राउ गरिएको हो । गत कार्तिक २२ गते पोखरा २७ रिठ्ठेपानीडाँडा स्थित घरमा डेरा गरी बस्ने बर्ष ३२ की शर्मिला घर्तीको उनका श्रीमानले हत्या गरेका थिए। हत्यारा पत्ता लगाउनका लागि जिल्ला […]

हत्यारा पत्ता नलागुन्जेलसम्मका लागि अनिश्चितकालीन धर्ना : यज्ञराज पन्त

२५ कार्तिक २०७५, आईतवार

कञ्चनपुर ।छोरीको  बलात्कारपछि हत्या भएको ४ महिना हुन लागिसक्यो ,सरकारले हत्यारालाई पक्राउ गरि कार्वाही गर्न सकेको छैन । बाध्य भएर  कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका बाबुआमा न्यायको खोजीमा अनिश्चितकालीन धर्ना सुरु गर्दैछन् ।निर्मलाका बुबा यज्ञराज पन्तले सरकारलाई दबाब दिन आइतबार बिहान ११ बजेदेखि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको कार्यालय अगाडि धर्ना बस्ने बताए । धर्ना […]

बाग्लुङ बसपार्कमा हदैसम्मको लार्पबाही,सम्बन्धित निकाय मौन

२५ कार्तिक २०७५, आईतवार

पोखरा महागनरपालिका वडा नं २ स्थित बाग्लुङ्बसपार्क ,जहाँ दैनिक हजारौको संख्यामा यात्रुहरुको चहलपहल हुने गर्दछ । ब्यापार ब्यबसाय गर्नेहरुलाई पनि भ्याइनभ्याई छ। चालक सहचालक सबै आफ्नै काममा ब्यस्त देखिन्छन । टिकट काउन्टर नजिकै  यहाँ फोहोर गर्न सख्त  मनाही छ जरिवाना रु ५००० लेखिएको साइनबोर्ड  पनि देखिन्छ।  साईनबोर्ड कै आडमा फोहोरका पोकाहरुको थुप्रो पनि देखिन्छ ।  […]

आइतबार फाल्गुनन्द जयन्तीको अवसरमा सार्वजनिक बिदा

२४ कार्तिक २०७५, शनिबार

  बनियानी,  झापाको दमक नगरपालिकाले आइतबार फाल्गुनन्द जयन्तीको अवसरमा सार्वजनिक बिदा दिने भएको छ । नगरपालिकाको नगरसभाबाटै फाल्गुनन्द जयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको नगरप्रमुख रोमनाथ ओलीले जानकारी दिनुभयो । “राष्ट्रिय विभूति फाल्गुनन्दको सम्मानका लागि नगरमा सार्वजनिक बिदा दिने निर्णय गरेका हौँ”, उहाँले भन्नुभयो, “इलामको चुलाचुली गाउँपालिकाले पनि बिदा दिने निर्णय गरेको छ ।” […]

पोखरामा छठ पर्व मनाउनेहरु उत्साहका साथ तयारीमा जुटे

२४ कार्तिक २०७५, शनिबार

  पोखरा,  यमपञ्चक पर्व सम्पन्न हुनासाथ पोखरामा छठ पर्व मनाउनेहरु उत्साहका साथ तयारीमा जुटेका छन् । पोखरी, तलाउ, नदी, खोला वा जलाशय भएको क्षेत्रमा यो पर्व मनाइने गरिएकाले पोखराको फेवातालस्थित केदारेश्वर मन्दिरको क्षेत्रमा भव्य रुपमा छठ पर्व मनाउनका लागि घाट निर्माणका साथै सरसफाइका कार्य तदारुकताका साथ शुरु भएको छ । पोखराको नदीपुरमा पनि छठ पर्व […]