पूर्वाधार निर्माण सुदूरपश्चिमको मुख्य प्राथमिकता
नेपाल–भारत आवागमन सहजताका लागि मात्र नभई सुदूरपश्चिम प्रदेशको समृद्धिसँग समेत जोड्ने गरिएको महाकाली नदीमाथिको चार लेनको पक्की पुल निर्माण तीव्र गतिमा अघि बढेको छ ।
पूर्वमा कर्णाली नदीदेखि पश्चिम महाकाली नदीसम्म फैलिएको सुदूरपश्चिम प्रदेशको विकास गतिविधि यिनै नदीबाट शुरु हुन्छ । कर्णालीबाट रानीजमरा, कुलरिया सिँचाइ आयोजनाअन्तर्गत कैलालीमा सिँचाइका लागि ठूलो योजना निर्माणाधीन अवस्थामा छ भने पश्चिम महाकाली नदीबाट पनि कैलालीको मालाखेतीसम्म सिँचाइ पु¥याउन महाकाली सिँचाइ तेस्रो चरणले १३ किलोमिटर मूल नहर निर्माण गरिसकेको छ । थप १४ किलोमिटर नहरको निर्माण कार्य भइरहेको छ ।
भारतको राजधानी नयाँदिल्ली पनि स्थल दूरीका हिसाबले गड्डाचौकी नाका नजीकको दूरी हो । महाकाली नदीमा रहेको बनवासा पुलमा आवागमनको असहजताले नाकाको चहलपहल घटेको लामो समय बितिसक्यो ।
महाकाली नदीमा गत वर्षदेखि थालिएको चार लेनको पुल निर्माण सम्पन्न भइसकेपछि सुदूरपश्चिमको व्यापार/व्यवसायको ढोका खुल्नेमा यहाँका निजी क्षेत्र आशावादी छन् । “महाकालीमा पुल बनेपछि भारतसित व्यापारिक नाकाका रूपमा पनि विकास गर्न सहज हुनेछ,” कञ्चनपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष जङ्गलबहादुर मल्लले भन्नुभयो, “त्यसैले पनि पुललाई समृद्धिको ढोकाका रूपमा हेरिएको हो ।”
हाल सञ्चालनमा रहेको बनवासा पुल जीर्ण भएकाले भारतले ठूला सवारीसाधनलाई दैनिक छ घण्टा मात्रै सञ्चालनमा ल्याउने गरेको छ । यहाँ भइरहेका राष्ट्रिय गौरवका आयोजना निर्माणको गति भने सुस्त नै देखिन्छ । महाकाली सिँचाइ तेस्रो चरणको मूल नहर निर्माणको काम प्रक्रियागत कारणले नै कछुवा गतिमा छ ।
यहाँको बहुचर्चित पञ्चेश्वर जलविद्युत् परियोजना र पश्चिम सेती जलविद्युत् परियोजना दशकौँदेखि अघि बढ्न सकेका छैनन् । झण्डै साढे तीन दशकदेखि बन्ने भन्दै आएको पश्चिम सेती बन्नेमा अझै अन्यौलता नै छ । त्यस्तै, बेलाबखतमा चर्चा पाउने पञ्चेश्वर जलविद्युत् परियोजना बनाउने भनेको पनि दुई दशक बितिसक्यो ।
आर्थिक वर्ष २०६३/६४ देखि निर्माण थालिएको महाकाली सिँचाइको नहर निर्माण अहिलेसम्म १३ किलोमिटर मात्रै भएको छ । महाकाली सिँचाइ तेस्रो चरणको कार्यालय भीमदत्तनगरका अनुसार निर्माण भए कैलालीको मालाखेती र कञ्चनपुरको पूरै क्षेत्रफल गरी ३३ हजार ५२० हेक्टरमा सिँचाइ सुविधा पुग्नेछ ।
सन् २०२२ सम्म पूरा गरिसक्ने लक्ष्य रहे पनि सिँचाइ नहर निर्माणको गति भने सिन्तोषजनक देखिएको छैन । निर्माण अघि बढाउने भनिएको नहरको १४ किलोमिटर क्षेत्रमा मुआब्जा वितरणको काम भने अझै बाँकी छ । वर्षा सकिएसँगै महाकाली नदीमा भने पुल निर्माणले गति पाएको छ । पुलसँगै बन्ने पहुँचमार्ग र सहायक पुलहरू पनि एकसाथ निर्माण भइरहेको निर्माण कम्पनी कुमार सिएसइसी जेभीका इन्जिनीयर किशोरराज पाण्डेयले बताउनुभयो ।
“पहुँचमार्गमा पर्ने जग्गाको मुआब्जाका कारण केही समय सडक निर्माणले गति लिन नसकेको हो,” उहाँले भन्नुभयो – “अब तोकिएको समयमै सम्पन्न हुन्छ ।” पुल निर्माणको लागत रु ३ अर्ब २८ करोड रहेको छ । त्यसैगरी, कैलालीको २० हजार तीन सय हेक्टर क्षेत्र सिँचाइ सुविधा पुग्ने रानीजमरा, कुलरिया सिँचाइ आयोजना निर्माणधीन अवस्थामै छ । लम्की शाखा नहर निर्माण कार्य मुआब्जाका कारण पुनः प्रभावित हुने देखिएको छ । “हामीले वन क्षेत्रमा परेको जग्गाको विवाद मिलाएर छ किलोमिटर नहर निर्माण गर्दैछौँ,” इन्जिनीयर पाण्डेले भन्नुभयो ।
नहर निर्माणको जिम्मा पाएको कालिका–कुमार जेभीका कार्यक्रम प्रबन्धक सुनील पौडेलले भन्नुभयो – “मुआब्जालगायतका कारण अब तत्काल अघि बढ्ने अवस्था छैन ।” चौध दशमलव सात किलोमिटर लम्बाइ रहेको लम्की शाखा नहर निर्माणका लागि २०७३ साउन २३ गते रु एक अर्ब ७१ करोड ७९ लाख १५ हजारमा ठेक्का सम्झौता भएको थियो ।
रानीजमरा, कुलरिया सिँचाइ आयोजना कार्यालय टीकापुरका अनुसार पथरियादेखि थप १८ किलोमिटर शाखा निर्माणका लागि सर्भेको काम हुँदैछ । नहर आधुनिकीकरणका लागि विश्व बैंकले झण्डै रु छ अर्ब लगानी गर्ने बताइन्छ । आयोजनाअन्र्तगत नयाँ शाखाहरू निर्माणमा सरकारको लगानी रहेको छ ।
रु १२ अर्ब ६३ करोड लगानी रहेको आयोजनाअन्तर्गत कर्णालीको चिसापानीमा इन्टेक (मुहान) निर्माण सम्पन्न भई करिब पाँच दशमलव आठ किलोमिटर मूल नहर निर्माणको कामसमेत अन्तिम चरणमा पुगेको छ ।
आयोजना कार्यालयका इन्जिनीयर कृष्णबहादुर विष्टले आगामी वर्षभित्र आठ दशमलव आठ किलोमिटर मूल नहर र जलविद्युत् आयोजना निर्माणको काम सकिने बताउनुभयो । “आयोजनाको भौतिक संरचना निर्माणतर्फ ३६ प्रतिशत काम सकिएको छ”, उहाँले भन्नुभयो, “शाखा नहर निर्माण पनि धमाधम भइरहेको छ ।” आयोजनाअन्र्तगत रानीजमरा र कुलरिया गरी तीन वटा शाखा नहर विस्तार यसअघि नै भइसकेको उहाँले जानकारी दिनुभयो ।
सिञ्चित क्षेत्रको संरक्षणका लागि कर्णाली, पथरैया र मोहना नदीहरूमा तटबन्धन कार्य गर्ने लक्ष्य रहेकामा हाल सम्म २१ किलोमिटर लामो भागमा तटबन्धनको काम भएको छ । यससँगै यहाँका सबै जिल्लामा साना तथा मझौला विकासका कार्यक्रमहरूसमेत अघि बढेका छन ।
सुदूरपश्चिमको समृद्धिसँग जोडिएको कैलालीको गेटास्थित मेडिकल कलेजको पूर्वाधार निर्माण कार्यले गति लिएको छ । सरकारले विसं २०६६ मा कैलालीको गेटामा मेडिकल कलेज स्थापनाको घोषणा गरेको थियो ।
मेडिकल कलेजको निर्माणाधीन अस्पताल भवनको पहिलो चरणको निर्माण सकिन लागेको कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले बताउनुभयो । अस्पताल भवनका बाँकी तीन तलासहित अन्य सातवटा संरचना निर्माणका लागि हालै बोलपत्र आह्वानसमेत भइसकेको छ । पहिलो चरणमा कलेजको तीन तले अस्पताल भवन निर्माणको काम चाँडै सम्पन्न हुने निर्माण कम्पनीले जनाएको छ ।
कलेजका लागि दुई तलाको र तीन तलाको गरी दुईवटा छुट्टाछुट्टै भवन निर्माणाधीन रहेकामा ५५ प्रतिशत निर्माण कार्य पूरा भइसकेको छ । यस्तै, पाँच तलाका दुई छात्रावास भवनको काम पनि करीब ४० प्रतिशत पूरा भइसकेको छ ।
छ सय शय्या हुने कलेजको पहिलो चरणमा निर्माणाधीन अन्य कतिपय भौतिक पूर्वाधारको काम आर्थिक वर्ष २०७७/७८ मा पूरा गर्ने लक्ष्य छ । भौतिक संरचना निर्माणका लागि हालसम्म रु तीन अर्ब पाँच करोडको ठेक्का भइसकेकामा चालु आर्थिक वर्षमा थप रु एक अर्ब बराबरका संरचना निर्माणका लागि ठेक्का दिइएको छ । मेडिकल कलेज स्थापनाको घोषणासँगै खुशी भएका सुदूरपश्चिम प्रदेशवासी कलेज सञ्चालनको प्रतीक्षामा छन् ।
सुदूरपश्चिमको राष्ट्रिय गौरवको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजना गत माघदेखि सञ्चालनमा आएको छ । उक्त आयोजनाले १५–१५ मेगावाटका दुई युनिटबाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडेको छ । बैतडी र दार्चुलाको सीमा नदी चमेलियामा २०६३ साल पुसदेखि निर्माण शुरु भएको आयोजनाले २०६८ सालमा निर्माण सक्ने लक्ष्य राखेको भए पनि पटक÷पटक म्याद थप गर्दै सम्पन्न गर्न छ वर्ष लगायो ।
आयोजनाले गएको पुसदेखि परीक्षण उत्पादन शुरु गरेको थियो । साढे आठ अर्ब रूपैयाँमा निर्माण गरिसक्ने भनिएको आयोजनाको कुल लागत बढेर रु १६ अर्ब पुगेको आयोजनाले जनाएको छ । आयोजना चाइना गेजुवा ग्रुप अफ कम्पनी (सिजिजिसी) ले निर्माण गरेको हो ।
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा सडक पूर्वाधार निर्माणले पनि प्राथमिकता पाएको छ । यहाँ सडक, खानेपानी, शिक्षा र स्वास्थ्य क्षेत्रमा समेत उल्लेख्य रुपमा विकास हँुदै गएको छ ।
त्यसैगरी, कैलाली–कञ्चनपुरमा हुलाकी सडक मार्ग निर्माणाधीन अवस्थामा छ । सघन शहरी विकास कार्यक्रमअन्र्तगत पनि यहाँ विकास निर्माणको कामलाई प्राथमिकता दिइएको छ । स्थानीय तहहरू पनि पूर्वाधार निर्माणमा जुटिरहेका छन् ।
चलिरहेका
रातको समयमा पौने नौ लाख बराबरको अबैध सामान पक्राउ
पोखराको लेकसाइडमा पुर्व झापाबाट भित्रीए केहि ब्यक्ति, स्थानीयमा त्रास
कास्कीको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा एक महिलाको मृत्युु
पाेखरा -१० का २ जना महिलामा काेराेना संक्रमण पुष्टि
-
रातको समयमा पौने नौ लाख बराबरको अबैध सामान पक्राउ
४ मंसिर २०७५, मंगलवार -
पोखराको लेकसाइडमा पुर्व झापाबाट भित्रीए केहि ब्यक्ति, स्थानीयमा त्रास
२९ बैशाख २०७७, सोमबार -
कास्कीको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा एक महिलाको मृत्युु
२४ जेष्ठ २०७७, शनिबार -
कास्कीकाे रुपाका २ जनामा काेराेना संक्रमण, कास्कीमा काेराेना संक्रमितकाे संख्या ४ पुग्याे
२४ जेष्ठ २०७७, शनिबार
-
स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्णप्रसाद बास्तोला सम्मानित
२२ श्रावण २०७९, आईतवार -
प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार पौडेल र बास्तोला पुरस्कृत हुने
२२ श्रावण २०७९, आईतवार -
विश्व स्तनपान दिवसमा जोन्टा क्लव अफ पोखराको सप्ताहव्यापी कार्यक्रम सम्पन्न
२० श्रावण २०७९, शुक्रबार -
पोखरा महानगरले चिस्यान सुविधा सहितको कृषि एम्बुलेन्स सञ्चालन गर्ने
२० श्रावण २०७९, शुक्रबार
-
कञ्चनपुर प्रकरण : गृहमन्त्रीसँग दुई घण्टा वार्तापछि फेरि काममा फर्किए केसी
२८ भाद्र २०७५, बिहीबार -
रेन्डी विलियम बेरी नेपालका लागि नयाँ अमेरिकी राजदूत
२७ भाद्र २०७५, बुधबार -
मन्त्री र सचिवलाई प्रधानमन्त्री ओलीको प्रश्न : ‘एउटै योजना ३० वर्षमा पनि किन सकिएन ?’
२७ भाद्र २०७५, बुधबार -
आसाममा ५.५ रिक्टरस्केलको भूकम्प, नेपालसम्म धक्का
२७ भाद्र २०७५, बुधबार
You may also like
स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्णप्रसाद बास्तोला सम्मानित
पोखरा ।स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्णप्रसाद बास्तोला राष्ट्रिय नागरिक पत्रकारिता सम्मान–२०७९ द्वारा सम्मानित भएका छन् । काठमाडौंमा राष्ट्रिय नागरिक विकास समाजको १३ औं वार्षिकोत्सव समारोहबीच उनलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले सम्मान गरेका हुन् । समारोहमा मन्त्री कुँवरले सम्मानपत्र, पूर्व पर्यटन राज्यमन्त्री परशुराम तामाङले माला तथा समाजका अध्यक्ष महेशजंग कुँवरले […]
प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार पौडेल र बास्तोला पुरस्कृत हुने
पोखरा। नेपाल प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार रमेश पौडेल र रवीन्द्र बास्तोला पुरस्कृत हुने भएका छन् । नेपाल प्रेस युनियन कास्कीले स्थापना गरेको सो पुरस्कार छनोट समितिको सिफारिस बमोजिम वर्ष २०७७ का लागि रमेश पौडेल र वर्ष २०७८ का लागि रवीन्द्र बास्तोलालाई पुरस्कृत गरिने भएको हो । गंगाधर पराजुली संयोजक रहेको प्रतिभा छनोट समिति […]
विश्व स्तनपान दिवसमा जोन्टा क्लव अफ पोखराको सप्ताहव्यापी कार्यक्रम सम्पन्न
पोखरा । जोन्टा क्लव अफ पोखराले विश्व स्तनपान दिवसका अवसरमा पोखराका विभिन्न स्थानमा सचेतनामुलक कार्यक्रम गर्दै सप्ताहव्यापी अभियान सम्पन्न गरेको छ । अभियानको अन्तिम दिन शुक्रबार पोखराको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा स्तनपान सम्बन्धी शिक्षा र समर्थन कार्यक्रम गरेको छ । कार्यक्रमका प्रमुख अतिथि प्रतिष्ठान निर्देशक डा. भरत खत्रीले स्तनपान सप्ताह विश्वकै […]
पोखरा महानगरले चिस्यान सुविधा सहितको कृषि एम्बुलेन्स सञ्चालन गर्ने
पोखरा ।पोखरा महानगरपालिकाले चिस्यान सुविधा सहितको कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । ग्रामीण क्षेत्रका कृषकहरूको उत्पादनलाई बजारीकरण गर्न निःशुल्क ढुवानी सुविधा सहित फलफूल तरकारी मूल्य शृखला विकास आयोजनासँगको साझेदारीमा कृषि एम्बुलेन्स सञ्चालन गर्न लागिएको हो । सो सम्बन्धी सम्झौतामा कृषि तथा पशु पन्छी विकास मन्त्रालयका सहसचिव प्रकाश कुमार सन्जेल र पोखरा महानगरपालिकाका प्रमुख […]
४.० जिपिए प्राप्त गर्ने कास्कीकै एकमात्र छात्रा रितिकाकाे चार्टर्ड एकाउन्टेन्ट बन्ने लक्ष्य
पोखरा । २०७८ सालको एसईईमा डिज्निल्याण्ड एकेडेमीकी छात्रा रितिका पोखरेल कास्की जील्लाभर कै प्रथम भएकी छन् । नीलकण्ठ पोखरेल (दीपक) र आमा रीता पोखरेलका २ सन्तान मध्ये कान्छी सन्तान रितिकाकाे चार्टर्ड एकाउन्टेन्ट बन्ने लक्ष्य छ । नतिजापछि निकै खुसी लागेको प्रतिक्रिया दिंदै रितिकाले निरन्तर मेहनत, समयको सदुपयोग एवं शिक्षकहरुको मार्गदर्शन नै सफलताको श्रेय हो भनिन् […]
प्रदेशको भूमिका खोज्दै लोकतान्त्रिक खेलकुद
पोखरा । पोखरामा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुदमा नेपाल लोकतान्त्रिक खेलकुद संघ, गण्डकीले प्रदेशको भूमिका खोज्न सुरु गरेको छ । पोखरामा हुन लागेको प्रतियोगितामा प्रदेशका खेल संघ संस्था र पूर्व खेलाडीहरुलाई कुनै भूमिका नदिएको लोकतान्त्रिक खेलकुद संघ, गण्डकी प्रदेशले अयोजना गरेको अग्रज खेलाडी भेटघाट कार्यक्रममा उपस्थित पूर्व खेलाडीहरुले गुनासो गरेका छन् । दोस्रो संस्करणको […]
उच्च ओहदा र तहमा आसिन हुन सफल डागर स्मृति प्रतिष्ठानका अभिभावक तथा शुभेच्छुकलाई सम्मान
पोखरा । डागर स्मृति प्रतिष्ठान नेपालले बुधवार एक समारोहका बीच चार जना सामाजिक व्यक्तित्वलाई सम्मान गरेको छ ।प्रतिष्ठानका अभिभावक तथा शुभेच्छुकहरू विभिन्न उच्च ओहदा र तहमा आसिन हुन सफल भएको अवसरमा शुभकामनासहित प्रतिष्ठान सम्मान अर्पण गरेको हो । यसरी सम्मानित हुनेमा प्रतिष्ठानका अभिभावक डिष्ट्रिक ३२५ बी १ का पूर्व डिस्ट्रिक गभर्नर तथा महानगरप्रमुख […]
जनताप्रति जवाफदेही र पारर्दशी बन्नुपर्नेमा पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत भारतीको जोड
पोखरा।पोखरा महानगरपालिका लेखा समितिको दोश्रो बैठक सोमबार सम्पन्न भएको छ । लेखा समितिका संयोजक झपट रानाभाटको अध्यक्षमा बैठक सम्पन्न भएको थियो । बैठकमा बोल्दै पोखरा महानगरपालिकामा हालै सुरुवा भएर आउनुभएका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले जनताप्रति जवाफदेही बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले सबै जनताप्रति जवाफदेही र पारर्दशी बन्नुपर्नेमा जोड दिनुभयो । ‘महानगरले गर्ने सबै […]
विश्व स्तनपान सप्ताहका अवसरमा जाेन्टा क्लव अफ पाेखराद्वारा शिक्षा र समर्थन कार्यक्रम संचालन
पाेखरा।विश्व स्तनपान सप्ताहकाे अवसरमा जाेन्टा क्लव अफ पाेखराले स्तनपान सम्वन्धी शिक्षा र समर्थन कार्यक्रम संचालन गरेको छ।क्लबले दिवसको पहिलो दिन साेमवार पाेखरा महानगरपालिका वडा नम्बर ३ मा सुरक्षित स्तनपान कक्षको स्थापनाका साथै सचेतनामुलक कार्यक्रम समेत सम्पन्न गरेको छ। कार्यक्रममा वाेल्दै पाेखरा -३ का वडाअध्यक्ष प्रकाशमान उदासले स्तनपानलाई एक महत्त्वपूर्ण सार्वजनिक स्वास्थ जिम्मेवारीका रुपमा […]
पोखरा आएर प्रदीपले भने,‘प्रकाश समाजको यथार्थप्रदक कथा’
पोखरा । चलचित्र प्रकाश समाजको यथार्थप्रदक कथा भएका नायक प्रदीप खड्काले बताएका छन् । फिल्म प्रोमोशनका लागि पोखरा आएका खड्काले यस्तो बताएका हुन् । विहिबार चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खड्काले प्रकाशले आफुलाई कलाकार बनाएको अभिव्यक्ति दिए । उनले चलचित्र प्रकाशमा आफु संलग्न हुन पाउँदा खुशी लागेको बताए । ‘चलचित्र प्रकाश […]
Leave a Reply
You must be logged in to post a comment.