घाइतेहरुको उपचारमा सरकारले केही चिकित्सक र स्वास्थ्यकर्मीहरु केन्द्रबाट पठाउनु पर्ने : देउवा

१९ चैत्र २०७५, मंगलवार

कांग्रेस सभापती शेरबहादुर देउवाले हावाहुरीका कारण घाईते भएकाहरुलाई विरगंजको नारायणी अंचल अस्पतालमा पुगेर भेट गरेका छन ।देउवाले घाइतेहरुको उपचारमा अझै चुस्तता आवस्यक रहेको भन्दै सरकारले केही चिकित्सक र स्वास्थ्यकर्मीहरु केन्द्रबाट पठाउनु पर्ने देखिएको बताए । त्यसको प्रवन्ध गर्न म सरकारसँग आग्रह गर्दछु उनले भनेका छन ।

रेडियो अन्नपूर्णको रक्तदानमा १६२ यूनिट रक्त संकलन

१६ चैत्र २०७५, शनिबार

  पोखरा । रेडियो अन्नपूर्ण ९३.४ ले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रमबाट १ सय ६२ यूनिट रक्त संकलन भएको छ । रेडियो प्राङगणमा आयोजना गरिएको १८ औं संस्करणको रक्तदान बिहान ७ वजेदेखि दिउँसो १.०० वजेसम्म सञ्चालन भएको थियो ।   क्षेत्रीय रक्तसंचार सेवा पोखराको प्राविधिक समन्वयमा आयोजना गरिएको रक्तदान कार्यक्रममा पहिलो पटक ३७ जनाले रक्तदान गरेका […]

कर्णालीमा जनस्वास्थ्य कार्यक्रम

१५ चैत्र २०७५, शुक्रबार

  जुम्ला, उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कर्णालीको स्वास्थ्य क्षेत्रको केन्द्रका रुपमा विकास गर्न मन्त्रालय गम्भीर रुपमा लागेको बताउनुभएको छ । “कर्णालीका लागि स्वास्थ्य क्षेत्रको गुरुयोजना निर्माण भइरहेकोले आगामी बजेटमा कर्णालीका विषय समेटिनेछन्”, उहाँले भन्नुभयो, “अब कसैले स्वास्थ्य सेवा नपाएर मर्न पर्दैन ।” कर्णालीमै पहिलो पटक ‘स्कूल अफ’ जनस्वास्थ्य […]

मौसम बदलीसँगै भाइरल ज्वरोको सङ्क्रमण

१३ चैत्र २०७५, बुधबार

    डडेल्धुरा, मौसम बदलीसँगै डडेल्धुरामा भाइरल ज्वरोको सङ्क्रमण फैलिएको छ । केही दिन यतादेखि भएको मौसम बदलीपछि डडेल्धुराका स्वास्थ्य संस्थामा ज्वरो, रुघाखोकीसहित निमोनियाका बिरामीको चाप बढेको जनाइएको छ । केही दिनयता डडेल्धुरा सदरमुकामस्थित डडेल्धुरा अस्पताललगायतका अन्य स्वास्थ्य संस्थामा ज्वरो र रुघाखोकीका बिरामीको चाप ह्वात्तै बढेको छ । दैनिक १०० बिरामी पुग्ने डडेल्धुरा अस्पतालमा आजभोलि […]

तोकिएभन्दा बढी शुल्क लिने दोषी कलेजलाई कारवाही गर– विवेकशील साझा

५ चैत्र २०७५, मंगलवार

  काठमाडौँ,  विवेकशील साझा पार्टीले मेडिकल कलेजहरुले तोकिएभन्दा बढी शुल्क लिएर विद्यार्थीबाट लाखौँलाख ठगी गरेका पछिल्ला समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विवेकशील साझा पार्टीका प्रवक्ता डा सूर्यराज आचार्यले विज्ञप्ति जारी गरी शिक्षा र स्वास्थजस्ता आधारभूत सेवाका क्षेत्रमा नाफाखोर व्यवसायीकरणको नीतिले गर्दा अभिभावक र विद्यार्थी निरन्तर रूपमा मारमा परेको बताउँदै तोकिएभन्दा बढी शुल्क लिने […]

कास्कीमा पनि बर्डफ्लू

४ चैत्र २०७५, सोमबार

  पोखरा । हेटौंडा र काठमाण्डौमा कुखुरामा बर्ड फ्लू संक्रमण देखिएको समाचार आइरहँदा कास्कीमा पनि बर्ड फ्लू भेटिएको छ । मादी गाउँपालिका वडा नं। ३, याङ्जाकोटमा स्थानीयले पालेका लोकल र गिरीराज जातका कुखुरामा बर्डफ्लू संक्रमण भएको हो । जिल्ला प्रशासन कार्यालय, कास्की बर्डफ्लू रोग नियन्त्रक कक्ष सूचना अधिकारी डा। गृष्म न्यौपानेका अनुसार याङ्जाकोटमा घरमा पालिएका […]

काठमाडौँमा बर्डफ्लु

३ चैत्र २०७५, आईतवार

काठमाडौँ,  काठमाडौँको ताकेश्वरका दुई कुखुरा पोल्ट्रीफार्ममा बर्डफ्लु भएको पुष्टि भएको छ । तारकेश्वर–७ स्थित बस्नेत टोलका श्यामसन्दुर बस्नेतको सागर पोल्ट्रीफार्म र श्यामकुमार बस्नेतको आकाश पोल्ट्रीफार्मका कुखरामा बर्डफ्लु भएको पुष्टि भएपछि २८ हजार कुखुरा नष्ट गरिएको नगर पशुशाखा प्रमुख डा जयप्रकाश राय यादवले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष पनि यहाँ हाँसमा बर्डफ्लुको सङ्क्रमण देखिएको […]

युवालाई व्यवसायिक पशुपालनमा आकर्षित गर्न ३५ दिने ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता तालिम

२ चैत्र २०७५, शनिबार

    युवालाई व्यवसायिक पशुपालनमा आकर्षित गर्ने र पशु स्वास्थ्यको बारेमा जानकारी दिने लक्ष्य सहित पोखराको आर्वामा ३५ दिने ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता तालिम सञ्चलान भइरहेको छ । त्यसै तालिम अन्तर्गत पोखरा महानगरपालिका वडा नं.३३ मा एक दिने पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । वडा नं. ३३ मा सञ्चालन भएको उक्त शिविर बाघमारा र […]

पाठेघरसम्बन्धी समस्याबाट पीडित हुनेको सङ्ख्या बढ्दो

२९ फाल्गुन २०७५, बुधबार

खस्यौली, २ रुपन्देही सैनामैना नगरपालिका–३ का ३५ महिला पाठेघरसम्बन्धी समस्याबाट पीडित भएका छन् । महिलामा हुने पाठेघरलगायत रोगको परीक्षणबाट ती महिलामा पाठेघरसम्बन्धी समस्या देखिएको पर्रोहा हेल्थ पोष्ट, मुर्गियाले जनाएको छ । परीक्षणबाट ३३ जनाको पाठेघरमा क्यान्सरको जोखिममा रहेको, १० को पाठेघरमा मासु पलाएको र एकको पाठेघर खसेको पाइएकाले उनीहरुलाई थप उपचारका लागि सिफारिस गरिएको परिवार […]

गण्डकी मेडिकल कलेजमाथि कारवाही माग

२८ फाल्गुन २०७५, मंगलवार

  काठमाडौँ, गण्डकी मेडिकल कलेजले त्यहाँ अध्ययनरत विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको भन्दै उक्त कलेजमाथि अनुगमन गरी कारवाही गर्न माग गरिएको छ । एमबिबिएसमा अध्ययनरत विद्यार्थीलाई आर्थिकरुपमा ठगी गर्नुका साथै आफूहरुलाई परीक्षाबाट बञ्चित गराएकाले ४० दिनदेखि विद्यार्थीले आन्दोलन गर्दै आएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । सो कलेजमा अध्ययनरत पीडित विद्यार्थीले कलेजले प्रतिविद्यार्थी रु […]