लमहीको विकट क्षेत्रमा सभामुख, स्थानीयले विकासका योजना मागे

२८ आश्विन २०७५, आईतवार

  घोराही,  सभामुख कृष्णबहादुर महराले आज दिनभर लमहीको विकट क्षेत्रको अनुगमन भ्रमण गर्नुभएको छ । यहाँको लमही नगरपालिकाका विकट क्षेत्र मानिने हात्तिखालको वडा नं ९ मा पर्ने गोठुवा, पैते, अमेलियालगायतका स्थानमा उहाँले आज दिनभर घुमेर स्थानीयसँग भेटघाट गर्दै उनीहरुको गुनासो सुन्नुभयो । लमही नगपालिकाका प्रमुख जीतबहादुर केसीका साथमा महरा लमहीको विकट गाउँमा पुग्नुभएको हो । […]

बारामा ६ वर्षिय बालकको अपहरणपछि हत्या, दुई पक्राउ

२८ आश्विन २०७५, आईतवार

मुकेश यादव,बारा  । बारामा  मा एक ६ वर्षिय बालकको अपहरण पछि हत्या भएको छ । बाराको सिम्रौनगढ नगरपालिका ३ नयकाटोलका धनेश्वर प्रसाद यादवको छ वर्षीय छोरा गोलु भन्ने दिपक प्रसाद यादवको अपहरण पछि घांटी थिचेर हत्या भएको छ । असोज २४ गते बुधबारका दिन सांझ चारबजे देखि बेपता भएका दिपकको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराले […]

धार्मिक सहिष्णुतामा नेपाल संसारकै नमूना , तिमिल्सिना

२८ आश्विन २०७५, आईतवार

  बागलुङ,  राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले धार्मिक सहिष्णुतामा नेपाल संसारकै नमूना देश भएको बताउनुभएको छ । महान् पर्व बडादशैँको अवसरमा बागलुङ नगरपालिकाले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले नेपालमा अनेक धर्म मान्ने सम्प्रदाय भए पनि धार्मिक सद्भाव रहेको बताउनुभयो । उहाँले नेपाल प्राकृतिक तथा धार्मिक हिसाबले धनी हुदाँहुदै पनि […]

श्रद्धाञ्जलिका लागि काङ्ग्रेसका नेता स्वर्गीय बास्तोलाको पार्थिव शरीर सानेपामा

२८ आश्विन २०७५, आईतवार

  काठमाडौँ, नेपाली काङ्ग्रेसका नेता स्वर्गीय चक्रप्रसाद बास्तोलाको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि अपराह्न १ः३० देखि ४ बजेसम्म ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने भएको छ । विसं २०६९ पुसदेखि मस्तिष्कघात भई अर्धचेत अवस्थामा रहनुभएका बास्तोलाको हिजो राति निधन भएको थियो । उहाँका श्रीमती र दुई छोरी हुनुहुन्छ । शनिबार नै उहाँको स्वास्थ्य अवस्था जटिल भएपछि […]

कांग्रेस नेता बास्तोलाको ७४ वर्षको उमेरमा निधन

२७ आश्विन २०७५, शनिबार

काठमाडौं ,नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको ७४ वर्षको उमेरमा निधन भएको छ । मस्तिष्कघातबाट अर्धचेत अवस्थामा रहेका उनको शनिबार राती ९ बजेर २० मिनेट जाँदा ललितपुर खुमलटार स्थित आफ्नै निवासमा निधन भएको हो । उनका निजि सचिव राधाकृष्ण काफ्लेले ९ बजेर २० मिनेट जाँदा बाँस्तोलाको निधन भएको पुष्टि गरे । ‘९ बजेर २० मिनेट जाँदा […]

गुर्जा हिमाल आरोहणका क्रममा सात जनाको मृत्यु, दुई वेपत्ता

२७ आश्विन २०७५, शनिबार

  पर्वत,  म्याग्दी धौलागिरि गाउँपालिका–१ स्थित गुर्जा हिमाल आरोहणका लागि आधार शिविर पुगेका नौ जनामध्ये सातजनाको मृत्यु भएको छ । पाँच जना कोरियाली र चार जना नेपाली नागरिकसहित नौ जनाको टोली गुर्जा हिमालको आधार शिविरमा पुगेका थिए । उनीहरुको खोजीका लागि गएका स्थानीयवासीले तीमध्ये सात जनाको शव देखेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी […]

घोषणापत्रअनुसार काम गर्न सरकार प्रतिबद्ध छ नेता श्रेष्ठ

२७ आश्विन २०७५, शनिबार

  गोरखा  ,नेपाल कम्युनष्टि पार्टी नेकपा का प्रवक्ता नारायणकाजी श्रेष्ठले वर्तमान सरकार पार्टीको घोषणापत्रअनुसार काम गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । आज गोरखाको सिरानचोक गाउँपालिका–४ मा सिरानचोक गाउँपार्टीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले निर्वाचनका बेला जनतासँग गरेका सवै प्रतिबद्धता पूरा गर्न सरकार लागिपरेको भन्दै अहिले नै सरकारको आलोचना गर्ने बेला नभएको बताउनुभयो । “सरकारसँग […]

कम्युनिष्टलाई भोट हाल्ने जनता पछुताउन थाले

२७ आश्विन २०७५, शनिबार

’ दमौली, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावमा कम्युनिष्टलाई भोट हाल्ने जनता पछुताउन थालेको टिप्पणी गर्नुभएको छ । कांग्रेस व्यास नगरसमिति वडा नं १० ले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले बढ्दो महँगी, भ्रष्टाचार, बलात्कारका घटना न्यूनीकरणमा सरकार असफल भएसँगै जनता निराश हुन थालेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “जनताले जे सोचेर […]

कांग्रेसभित्रको गुटउपगुट सिध्याउन फोरमको समायोजन गरे   गच्छदार

२७ आश्विन २०७५, शनिबार

  विराटनगर । नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले कांग्रेसभित्रको गुटउपगुट सिध्याउन फोरमको समायोजन गरेको बताएका छन् । विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै गच्छदारले नेपाली कांग्रेसभित्र रहेको गुटउपगुट समाप्त गरी एकता कायम गराउनका लागि नै नेपाल लोकतान्त्रिक फोरमले समायोजन गरेको विचार व्यक्त गरेका छन् । नेता गच्छदारले कांग्रेसको आन्तरिक विवादको कारण बस्न नसकेको […]

एनआरएनसँग सहकार्य गर्न सरकार तत्पर छ प्रधानमन्त्री

२६ आश्विन २०७५, शुक्रबार

काठमाडौँ,  प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल निर्माणका लागि सरकार निजी क्षेत्र र गैरआवासीय नेपाली सङ्घसँग सहकार्य गर्न तत्पर रहेको बताउनुभएको छ । राजधानीमा शुक्बार देखि  शुरु भएको गैरआवासीय नेपाली विज्ञहरुको विश्व सम्मेलनको उद्घाटन गर्दै उहाँले नेपालको पहिचान विश्वसामु प्रस्तुत गर्न सङ्घले निर्वाह गरेको भूमिकाको सराहना गर्नुभयो । मुलुकको आर्थिक समृद्धिका लागि आवश्यक वातावरण तयार […]