छ लाखसहित ११ जना जुवाडे पक्राउ

१७ कार्तिक २०७५, शनिबार

बैदाम वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रु पाँच लाख ९७ हजार ३६० सहित ११ जुवाडेलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–९ नयाँबजारस्थित ध्रुव कुमारको कोठामा जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठको नेतृत्वमा गएको टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ पर्नेमा भारतको गढीमाई […]

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तोकिएकै समयमा सम्पन्न गर्न नेता नेपालको निर्देशन

१५ कार्तिक २०७५, बिहीबार

   पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ । विमानस्थलको आज निरीक्षणपछि वरिष्ठ नेता नेपालले देशमा भौतिक पूर्वाधार निर्माणमा तोकिएको मितिभन्दा धेरै ढिलाइ हुने गरेको उदाहरण दिँदै पोखरा विमानस्थल समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । सङ्घीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समिति र पर्यटन […]

काङ्ग्रेसको चियापानमा एक लाखलाई निम्ता

१५ कार्तिक २०७५, बिहीबार

 प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले विजया दशमी, दिपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा शुक्रबार चियापान कार्यक्रमको आयोजना गर्दैछ । चियापान कार्यक्रममा विभिन्न क्षेत्रका करीब एक लाख व्यक्तित्वलाई निमन्त्रण गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले राससलाई जानकारी दिनुभयो । काङ्ग्रेसले शुक्रबार काठमाडौँ उपत्यकाको केन्द्रीय कार्यालयमा र बाँकी ७४ जिल्लामा चियापान कार्यक्रम आयोजना गरेको जनाएको छ । विसं […]

काङ्ग्रेसको चियापानमा एक लाखलाई निम्ता

१५ कार्तिक २०७५, बिहीबार

  काठमाडौँ,  प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले विजया दशमी, दिपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा शुक्रबार चियापान कार्यक्रमको आयोजना गर्दैछ । चियापान कार्यक्रममा विभिन्न क्षेत्रका करीब एक लाख व्यक्तित्वलाई निमन्त्रण गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले राससलाई जानकारी दिनुभयो । काङ्ग्रेसले शुक्रबार काठमाडौँ उपत्यकाको केन्द्रीय कार्यालयमा र बाँकी ७४ जिल्लामा चियापान कार्यक्रम आयोजना गरेको जनाएको छ […]

खोलाको किनारमा युवतीको शव फेला

१५ कार्तिक २०७५, बिहीबार

  लहान,  सिराहा नगरपालिका–६ बसबिटास्थित कमला खोलाको किनारमा हिजो साँझ एक युवतीको शव फेला परेको छ । सनाखत हुननसकेको अन्दाजी २५ वर्षीया ती युवतीको शव उक्त खोलाको किनारसंगैको खेतमा फेला परेको हो । तराईवासी जस्तो देखिने युवतीको शव शव परीक्षणका लागि सिरहा जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो […]

दश कम्पनी कालोसूचीमा

१२ कार्तिक २०७५, सोमबार

निर्माण कार्यमा चित्तबुझ्दो काम नगरेको भन्दै सार्वजनिक खरीद अनुगमन कार्यालयले विभिन्न दश निर्माण तथा मालबस्तु आयात गर्ने कम्पनीलाई कालोसूचीमा राखेको छ । तोकिएको जिम्मेवारी पूरा नगरेको तथा विकास निर्माणको काममा लापर्वाही गरेको पाइएपछि ती कम्पनीलाई कारवाही गरिएको हो । कार्यालयकाअनुसार इशान कन्स्ट्रक्सन प्रालि, भुवनेश्वरी इन्टरनेशनल प्रालि, एमएस जेभी इन्टरनेशनल, गौरव निर्माण सेवा, एमडी, धर्मेन्द्र जेभी, […]

प्रमको स्वास्थ्य स्थिर , काङ्ग्रेस सभापति देउवाद्धारा स्वास्थ्यस्थितिबारे जानकारी

१२ कार्तिक २०७५, सोमबार

 प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थिति स्थिर रहेको उहाँको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । प्रा डा अरुण सायमीको संयोजकत्वमा प्रा डा दिव्यासिंह शाह तथा डा सन्तकुमार दास सम्मिलित चिकित्सक टोलीले प्रधानमन्त्रीको उपचार गरिरहेको छ । “प्रधानमन्त्रीज्यूको स्वास्थ्य परीक्षणका पछिल्ला रिपोर्ट सुधारोन्मुख छन्, सुगरको लेभल पनि स्थिर छ”, प्रधानमन्त्रीको स्वास्थ्यस्थितिबारे आज साँझ सञ्चारकर्मीलाई जानकारी दिँदै […]

ओलीको स्वास्थ्य बुझ्न प्रचण्ड सहित नेकपाका नेता ,कार्यकर्ता र अन्य दलका नेताहरु अस्पतालमा

१२ कार्तिक २०७५, सोमबार

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य बुझ्न नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड  सहित नेकपाका नेता तथा कार्यकर्तासंगै अन्य दलका नेताहरु यतिबेला अस्पताल पुगेका छन् । अस्पतालका डाक्टर अरुण सायमीका अनुसार सोमबार बिहान ९ बजेमात्रै ओलीको स्वास्थ्यबारे अस्पतालले जानकारी गराउने बताए । स्वास्थ्यमा सुधार नभएपछि उनी सोमबार बिहानै महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका […]

प्रधानमन्त्री ओली अस्पतालमा भर्ना, आइसीयुमा उपचार हुदै

१२ कार्तिक २०७५, सोमबार

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालमा भर्ना भएका छन् । स्वास्थ्यमा सुधार नभएपछि उनी सोमबार बिहानै महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका हुन् । एक्कासी छातिमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको बताइएको छ । उनको अहिले मनमोहन कार्डियो सेन्टरको आइसीयुमा उपचार भइरहेको छ । यसअघि आइतबार मात्रै ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको भन्दै […]

विवाह भएको दुईहप्ता पनि नपुग्दै दुलही रूपा थापा मगरको दुर्घटनामा परि ज्यान गयो

६ कार्तिक २०७५, मंगलवार

  पाल्पा। स्याङ्जाको मालुङ्गा नजिकै  स्कुटी दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते  भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । मृत्यु हुनेमा गुल्मीको मालिका गाउँपालिका १ नेटाका २१ वर्षीया रूपा थापामगर रहेको गल्याङ प्रहरी चौकीका प्रमुख तथा प्रहरी निरीक्षक जनक रेग्मीले  जानकारी दिए ।थापाको लुम्बिनी मेडिकल कलेज […]