हिमालयन शेर्पा विजयी 

३ मंसिर २०७५, सोमबार

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज भएको तेस्रो खेलमा हिमालयन शेर्पा क्लब विजयी भएको छ । सशस्त्र प्रहरीको हल्चोकस्थित मैदानमा भएको खेलमा सरस्वती युथ क्लबलाई १–० गोलले पराजित गर्दै हिमालयन शेर्पाले जित हात पारेको हो । हिमालयनको जितमा खेलको ३०औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जितसँगै हिमालयन शेर्पाले दुई खेलबाट चार […]

पार्टीभित्र मोर्चाबन्दी गर्न पाइन्छः देउवा

३ मंसिर २०७५, सोमबार

नेपाली काङ्ग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाले पार्टीमा कोइरालाहरुबीचको एकताबाट पार्टीलाई फाइदा हुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले पार्टीभित्र मोर्चाबन्दी गर्न पाइने स्पष्ट पार्नुभयो । पूर्वप्रधानमन्त्री देउवाले काङ्ग्रेस प्रजातान्त्रिक पार्टी भएकाले यसभित्र गुट उपगुट हुने बताउँदै विगतमा पार्टी सभापति गिरिजाप्रसाद हुँदा विधानअनुसार सञ्चालन नभएको प्रष्ट पार्नुभयो । पार्टीभित्र आन्तरिक द्वन्द्व […]

समाजवाद ल्याउन युवा विद्यार्थी लागेमात्र प्रकाशप्रति श्रद्धाञ्जली

३ मंसिर २०७५, सोमबार

  नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० निकट युवा तथा विद्यार्थी सङ्ंगठनले तत्कालीन नेकपा ९माओवादी केन्द्र०का युवा नेता प्रकाश दाहालको ‘प्रथम स्मृति दिवस’का अवसरमा आज यहाँ श्रद्धाञ्जलीसभा तथा दीप प्रज्वलन गरेका छन् । माइतीघरमा आयोजित श्रद्धाञ्जलीसभामा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले युवा नेता प्रकाशको नेपालको कम्युनिष्ट आन्दोलनमा ठूलो योगदान रहेको बताउनुभयो । नेपाली समाज परिवर्तन गर्न देखाएको भूमिका […]

जातजातिलाई भन्दा युवा पुस्तालाई राजनीतिमा आरक्षण दिइनुपर्छ : काङ्ग्रेस महामन्त्री कोइराला

३ मंसिर २०७५, सोमबार

    काठमाडौँ, नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले जातजातिलाई भन्दा युवा पुस्तालाई राजनीतिमा आरक्षण दिइनुपर्नेमा जोड दिनुभएको छ । सुशील कोइराला मेमोरियल फाउन्डेसनले आज यहाँ आयोजना गरेको ‘म र साहित्य’ विषयक छलफल कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दैै उहाँले ६० प्रतिशतभन्दा बढी ४० वर्षमुनिका युवा भए पनि राजनीतिमा उपयुक्त अवसर पाउन नसकेको बताउनुभयो । “पार्टीमा रक्तसञ्चार […]

शेयर बजार : छ अङ्कले घट्यो

३ मंसिर २०७५, सोमबार

: धितोपत्र बजारमा आज शेयरको मूल्य पुनः ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ५ दशमलव नौ बिन्दुले घटेर एक हजार १८९ दशमलव ५६ बिन्दु भएको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स (परिसूचक) एक दशमलव २१ बिन्दुले घटेर २५२ दशमलव ९३ बिन्दुमा पुगेको छ । […]

मनाइयो हरिबोधनी एकादशी

३ मंसिर २०७५, सोमबार

भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा गरी हरिबोधनी एकादशी पर्व मनाइएको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन यो पर्व मनाउने गरिन्छ । आज तुलसीको दामोदर अर्थात् भगवान् विष्णुसँग विवाह गरेपछि चार महीना लामो व्रत उद्यापनका लागि भोलिदेखि वैदिक सनातन धर्मावलम्बीले घर घरमा हवन गर्छन् । आषाढ शुक्ल एकादशी अर्थात् हरि […]

सशस्त्रको पहिलो जित

३ मंसिर २०७५, सोमबार

सशस्त्र प्रहरीको एपिएफ क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा मैदानमा आज भएको दोस्रो खेलमा फ्रेन्ड्स क्लबलाई १– ० गोलअन्तरले पराजित गर्दै एपिएफले लिगमा पहिलो जित दर्ता गरेको हो । एपिएफको जितमा प्रविन स्याङतानले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको इन्जुरी समयमा प्रविनले गोल गर्दै […]

नेकपाको सचिवालय बैठक मङ्सिर ६ मा

३ मंसिर २०७५, सोमबार

झण्डै एक महीनादेखि नबसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक यही हप्ता बस्ने तयारी भएको छ । प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको गठन, जनसङ्गठनको एकता, स्थायी समिति बैठकको मिति तथा कार्यसूची र पार्टी, संसद् तथा सरकारको समीक्षा, केन्द्रीय कार्यालयको व्यवस्थापनलगायत विषयमा छलफल गर्न सत्तारुढ दल नेकपाको बैठक बस्न लागेको हो । पार्टीमा तल्लो तहसम्मको एकता […]

वाह मनाङ फोटो फिचर

३ मंसिर २०७५, सोमबार

कार्यान्वयन भएन त्रिविमा सूचनाको हक

३ मंसिर २०७५, सोमबार

  –कुमार चौलागाई देशकै ठूलो शिक्षण संस्था त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रार कार्यालयले सूचनाको हकसम्बन्धी ऐन र संविधानको बर्खिलाप हुने गरी नागरिकको सूसुचित हुन पाउने हकको हनन् गरिरहेको छ । प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको विषयमा सूचना माग्ने र पाउने हक हुनेछ भनी नेपालको संविधानको धारा २७ र सूचनाको हकसम्बन्धी ऐन २०६४ को दफा ९३० मा […]